Jan Awaj Khabar

Jan Awaj Khabar This is the official page of Jan Awaj Khabar. Please like and follow for the latest news updates. Contact: 9703209487

26/09/2026

कमला नदीमा जोखिमपूर्ण डुंगा यात्रा, मनपरी भाडाले यात्रु थप मारमा , सिरहाको बसपिट्टाघाटमा यात्रुको गुनासो : जोखिम मोलेर यात्रा, मनपरी भाडा असुली ,,

अविरल वर्षा र हावाहुरीले उखु बालीमा क्षति, किसान चिन्तितसिरहाको विष्णुपुर गाउँपालिकामा अविरल वर्षा र हावाहुरीका कारण उखु...
25/09/2026

अविरल वर्षा र हावाहुरीले उखु बालीमा क्षति, किसान चिन्तित

सिरहाको विष्णुपुर गाउँपालिकामा अविरल वर्षा र हावाहुरीका कारण उखुलगायतका बालीमा क्षति पुगेको छ। विष्णुपुर–१ का पूर्व वडा अध्यक्ष गोपेन्द्र यादवले एक बिघामा लगाएको उखु बाली ढलेर नष्ट भएको छ। क्षतिपछि किसानहरूले राहत तथा सहयोगका लागि सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरेका छन्। सम्बोधनका लागि जानुअ...
25/09/2026

प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरेका छन्। सम्बोधनका लागि जानुअघि उनले यसअघि नेपालमा लगाउँदै आएको शैलीकै कालो दौरा–सुरुवाल पहिरिएका थिए।

25/09/2026

यूएन महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको सन्देश: पशुपतिनाथले विश्वको कल्याण गरुन्, विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् ,,

24/09/2026

छठपछि मधेशले सरकारलाई लखेट्दैन, फूलमालाले स्वागत गर्छ : रास्वपा सांसद बब्लु गुप्ता ,,

24/09/2026

१५ वर्षदेखि अलपत्र कमला पुल अब सञ्चालनको चरणमा,केही दिनमै खुल्छ : सांसद शिव यादव ,,

24/09/2026

आज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षाको सम्भावना। आजदेखि नै वर्षा भइरहेकोले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह।

सिरहा भन्सारमा ट्याक्सी प्लेटका गाडीलाई नियमविपरीत छुट पुर्जी दिएको आरोपसिरहा । सिरहा भन्सार कार्यालयबाट ट्याक्सी प्लेटम...
23/09/2026

सिरहा भन्सारमा ट्याक्सी प्लेटका गाडीलाई नियमविपरीत छुट पुर्जी दिएको आरोप

सिरहा । सिरहा भन्सार कार्यालयबाट ट्याक्सी प्लेटमा दर्ता भएका सवारीसाधनलाई नियमविपरीत सुविधा तथा ‘छुट पुर्जी’ दिने गरिएको आरोप लागेको छ। भन्सारको नियमित प्रक्रिया तथा राजस्व असुलीसँग सम्बन्धित व्यवस्थामाथि प्रश्न उठाउँदै यस्तो सुविधा कुन कानुनी आधारमा दिइएको हो भन्ने विषयमा समेत प्रश्न उठेको छ।

सिरहाको रमौल नाकाबाट दैनिक तीनवटासम्म भारतीय नम्बर प्लेटका ट्याक्सीमार्फत यात्रु ओसारपसार हुँदै आएको र ती सवारीसाधनलाई सिरहा भन्सार कार्यालयले दैनिक रूपमा छुट पुर्जी उपलब्ध गराउँदै आएको बताइएको छ। केही दिनयता ती सवारीसाधनलाई सुविधा दिन रोक लगाइए पनि पुनः छुट पुर्जी प्रदान गरिएको विषयमा प्रश्न उठेको हो।

यस विषयमा सिरहा भन्सार कार्यालयका सूचना अधिकारी विमल श्रेष्ठसँग प्रश्न गर्दा उनले ट्याक्सी प्लेटका चारपाङ्ग्रे सवारीसाधनलाई सुविधा (छुट पुर्जी) दिन नमिल्ने स्पष्ट नियम नरहेको दाबी गरे। उनले कार्यालयबाट त्यस्ता सवारीसाधनलाई छुट पुर्जी उपलब्ध गराउँदै आएको बताए।

तर, भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाले भने ट्याक्सी प्लेट नम्बर भएका सवारीसाधनलाई सुविधा अर्थात् छुट पुर्जी दिन नमिल्ने बताएका छन्। यस्तो कार्य नियमविपरीत हुने भएकाले त्यस्ता काम नगर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको उनको भनाइ छ।

भन्सार कार्यालय र विभागका अधिकारीको भनाइबीच देखिएको फरकले ट्याक्सी प्लेटका सवारीसाधनलाई दिइँदै आएको छुट पुर्जीको कानुनी आधार र प्रक्रियामाथि थप प्रश्न उठाएको छ।

कमला नदीमा मधेसका बासिन्दा कसरी जोखिम मोलेर वारिपारि गर्छन् ? हेर्नुहोस् , यस्तो छ दृश्य।
22/09/2026

कमला नदीमा मधेसका बासिन्दा कसरी जोखिम मोलेर वारिपारि गर्छन् ? हेर्नुहोस् , यस्तो छ दृश्य।

Address

सिरहाको विष्णुपुर गाउँपालिका
Siraha

Website

Alerts

Be the first to know and let us send you an email when Jan Awaj Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share