Taja Khabar 24

  • Home
  • Taja Khabar 24

Taja Khabar 24 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Taja Khabar 24, News & Media Website, .

शिक्षक आन्दोलन २५ औँ दिन पुग्दा नयाँ बानेश्वरमा प्रहरीसँगको झडपमा एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् । शिक्षा ऐन...
27/04/2025

शिक्षक आन्दोलन २५ औँ दिन पुग्दा नयाँ बानेश्वरमा प्रहरीसँगको झडपमा एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् ।

शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो।

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु आज दिउँसो करिब २ बजे बरियारपट्टी गा.पा ४ सोहपुर र हरिपुर बीच पोइनी माट्रयाक्टर पल...
25/04/2025

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु आज दिउँसो करिब २ बजे बरियारपट्टी गा.पा ४ सोहपुर र हरिपुर बीच पोइनी मा
ट्रयाक्टर पलटिदा चालक सोहपुर निबासी सुरज राय अमात को घटना अस्थलमा मृत्यु भएको छ ।

काश्मिर हत्याकाण्डपछि भारत सरकारले गरेको कडा निर्णयः
23/04/2025

काश्मिर हत्याकाण्डपछि भारत सरकारले गरेको कडा निर्णयः

सिरहा,९ बैशाख :नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल सिरहाले जिल्लाभित्रका १७ वटा स्थानीय तहमा संगठन सुदृढीकरणका ला...
22/04/2025

सिरहा,९ बैशाख :नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल सिरहाले जिल्लाभित्रका १७ वटा स्थानीय तहमा संगठन सुदृढीकरणका लागि संयोजकहरु तोकेको छ। तरुण दलका केन्द्रीय सदस्य तथा सिरहा संयोजक सुभाष यादवले स्थानीय तहमा संगठनलाई बलियो बनाउँदै चाँडै ५औं जिल्ला अधिवेशन गर्ने तयारी गरिएको जानकारी दिएका छन्।

उनका अनुसार संगठनलाई पुनर्गठन गर्दै नयाँ जोश र जाँगरका साथ युवाहरूलाई नेतृत्वमा ल्याउने उद्देश्यले स्थानीय तह संयोजक चयन गरिएको हो। यादवले भने, जिल्ला अधिवेशन नजिकिँदै छ, हामी संगठनात्मक रूपमा अझ मजबुत हुँदै अगाडि बढिरहेका छौँ।

तरुण दलले गाउँपालिका, नगरपालिकासहित १७ वटै तहमा क्रियाशील युवाहरूलाई संयोजकको जिम्मेवारी दिएको तरुण दलका जिल्ला सचिव शेखर यादबले जान्कारी दिए।यादबले भने,संगठन सुदृढीकरण अभियान अन्तर्गत युवाहरूलाई सामाजिक र राजनीतिक रुपमा सक्रिय बनाउँदै आगामी अधिवेशन सफल बनाउने लक्ष्य रहेको बताइएको छ।

तरुण दलले जिल्लास्तरमा विभिन्न भेलाहरू, प्रशिक्षण कार्यक्रम र संगठन विस्तार अभियान चलाउँदै आएको छ। अहिले तोकिएका संयोजकहरूले गाउँ-गाउँमा युवालाई सक्रिय बनाउने कार्यलाई तीव्रता दिने जनाइएको छ।भोलिको दिनमा एउटा वडाको कमिटीमा ३० सदस्य अनिवार्य हुनुपर्ने र ३० प्रतिशत महिला हुनुपर्ने पार्टीको विधानमै उल्लेख गरिएको बताए ।

जनकपुरबाट काठमाडौंको लागि उडेको बुद्ध एयरको जहाजको एउटा अगाडीको पांग्रा जनकपुरमै खसेको छ भने विमान काठमाडौंमा Safely Lan...
06/03/2025

जनकपुरबाट काठमाडौंको लागि उडेको बुद्ध एयरको जहाजको एउटा अगाडीको पांग्रा जनकपुरमै खसेको छ भने विमान काठमाडौंमा Safely Land गरेको छ। .
जनकपुर विमानस्थलमा‌ खसेको बुद्ध एयर जहाजको अगाडीको पांग्रा!

लागुऔषधसहित सिरहा जिल्लाको  गोलबजारमा दुई  जना पक्राउसिरहा, १६ फागुन – सिरहाको गोलबजारबाट प्रहरीले लागुऔषधसहित दुई जनाला...
03/03/2025

लागुऔषधसहित सिरहा जिल्लाको गोलबजारमा दुई जना पक्राउ

सिरहा, १६ फागुन – सिरहाको गोलबजारबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोलबजार नगरपालिका–६ स्थित कृष्ण मन्दिर नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो।

बुधवार राति करिब ८ बजे प्रहरीले मधेश प्रदेश ०२-००८ प. ०७३८ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा सुवर्ण मणी पाण्डेले लगाएको ज्याकेटको खल्तीमा लुकाइराखेको लागूऔषध फेला परेको थियो। प्रहरीले पाण्डेले बोकेको सेतो कागजमा बेरिएको १२ वटा स–साना कालो प्लास्टिकको टुक्राभित्र खैरो हिरोइन जस्तो देखिने १.८४ ग्राम पदार्थ बरामद गरेको छ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–६ का २९ वर्षीय सुवर्ण मणी पाण्डे र ३७ वर्षीय काशि साह रहेका छन्। लागूऔषध र मोटरसाइकल समेत बरामद गरी दुबैजनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक बिरेन्द्र कुमार पासवान जनाएको छ। उनीहरूविरुद्ध सिरहा जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ।

चित्त बुझे मात्र एक शेयर गर्नुहोला ।
09/02/2025

चित्त बुझे मात्र एक शेयर गर्नुहोला ।

Breaking News: सर्लाहीको लालबन्दी नगरपालिका १५ स्थित सर्लाही र सिन्धुलीको सिमाना चुरे पहाडमा बस दुर्घटना भएको छ । आज दिउ...
28/01/2025

Breaking News: सर्लाहीको लालबन्दी नगरपालिका १५ स्थित सर्लाही र सिन्धुलीको सिमाना चुरे पहाडमा बस दुर्घटना भएको छ । आज दिउँसो लालबन्दी बजारबाट सिन्धुलीको मरिण हुँदै छापसम्म पुग्ने यात्रु बस चुरे पहाडमा बिपरित दिशाबाट आउँदै गरेको जन्ती बसलाई साईड दिने क्रममा दुर्घटनामा परेको त्यहाँबाट प्रत्यक्षदर्शि प्रज्ञान विश्वकर्माले जानकारी दिए ।

बा २ ख ६४३३ नम्बरको काल्तान ट्राभल्सले जन्ती बसलाई साईड दिने क्रममा चिप्लिएर खोल्सामा खसेको हो । बस झाडीमा पल्टिए पनि कुनै मानविय क्षति भने नभएको खबर प्राप्त भएको छ । त्यहाँ अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट असई शम्भु चौधरीको नेतृत्वमा ३ जना र २ जना ट्राफिक प्रहरीको टोली गएको छ । त्यस क्षेत्रमा मोबाईल नेटवर्क नटिप्ने भएकोले प्रहरीसँग सम्पर्क भने हुन सकेको छेन । जन्ती बसको बारेमा भने केहि जानकारी आएको छैन । बस नरोकिकनै गएको स्थानियले बताए ।

सिरहा गोलबजार नगरपालिका-११. बल्कबा स्थित मैनाबती खोलामा लागेको भब्री मेलामा आएका केही व्यक्तिहरूबीच एक आपसमा झै-झगडा भएक...
21/01/2025

सिरहा गोलबजार नगरपालिका-११. बल्कबा स्थित मैनाबती खोलामा लागेको भब्री मेलामा आएका केही व्यक्तिहरूबीच एक आपसमा झै-झगडा भएको खबर पाएपछि प्रहरी पुगेका थिए ।

भाग्दै गरेको अवस्थामा गोलबजार नगरपालिका-१२ बेतौनाका १९ वर्षीय प्रमोद ठाकुर र वर्ष सोही वडा बेतौनाकै १९ वर्षीय बिष्णु कुमार महतोलाई प्रहरीले नियन्त्रण लियाे । चेकजाँच गर्दा ठाकुरको साथबाट १ थान कटुवा पेस्तोल र महतोको साथबाट फलामको नक एक थान बरामद भएको छ ।

प्रहरीले हातहतियार सम्बन्धी कसुरमा सिरहा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य बढाएको छ ।

20/01/2025

चितवनमा भुजेल नामकाे नेपाल प्रहरीले वाइक चालकले कसैलाई फाेन गर्छु, भन्दैमा गुण्डा शैलीमा ट्रिट गरे । यसलाई के भन्नू हुन्छ ? कमेन्ट गर्न * न भुल्नु हाेला ।।

Breaking, पुल भत्किदा बाटो बन्द: बुटवल - नारायणगढ सडकको नवलपरासी पुर्वको दुम्किबासमा पुल भत्किँदा Two-way बाटो बन्द भएको...
10/01/2025

Breaking, पुल भत्किदा बाटो बन्द: बुटवल - नारायणगढ सडकको नवलपरासी पुर्वको दुम्किबासमा पुल भत्किँदा Two-way बाटो बन्द भएको छ। 🥹

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । 😱 earthquake
07/01/2025

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । 😱 earthquake

Address


Alerts

Be the first to know and let us send you an email when Taja Khabar 24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Taja Khabar 24:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share