27/12/2025
भुटाहामा टि २० क्रिकेट कप प्रतियोगिता शुरु
हरिनगर । हरितगर स्पोर्टस क्लब हरिनगर १ सुनसरीले आयोजना गरिएको टि २० क्रिकेट कप प्रतियोगिता शुरु भएको छ । सो प्रतियोगितामा १५ क्रिकेट क्लबहरुले भाग लिएको आयोजक समितिले जनाएको छ । हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले सो प्रतियोगिताको रिबन काटी ब्याटिंग समेत गरि उदघाटन गर्नु भएको थियो ।