10/07/2025
स्वास्थ्य परीक्षण शिविर सम्पन्न ।
सुनसरी। शान्तिपूर्ण तथा सुरक्षित समाज निर्माणका लागि "समुदाय–प्रहरी साझेदारी" कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय सुनसरीले आज हिरासतमा रहेका थुनुवाहरुको स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।
शिविरमा वरिष्ठ डाक्टर किशोर कुमार पौडेलले थुनुवाहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै भिडियो एक्सरे मेसिनद्वारा चेकजाँच गरी विभिन्न समस्या पहिचान गरेका थिए । स्वास्थ्य परीक्षणका क्रममा केही थुनुवामा सामान्य रोगको लक्षण देखिएको र आवश्यक सल्लाह, औषधि तथा थप उपचारका लागि आग्रह गरेको डा. पौडेलले जानकारी दिनुभयो ।