Ramdhuni Diary

Ramdhuni Diary Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ramdhuni Diary, Media/News Company, inaruwa 01, Sunsari.

यो page ले सत्य र प्रमाणित समाचार तथा जानकारीहरू प्रकाशित गर्दछ। रामधुनी डायरी 📰✍️
समाचार र विचारहरू, सत्यको पक्षमा हाम्रो आवाज। 📍 रामधुनी नगर, सुनसरी र नेपाल निष्पक्ष र जिम्मेवार पत्रकारिता। #सत्यको_संगत #समाचार_र_विचार

गृह मन्त्रालयले जेनजी प्रदर्शनपछिको परिस्थितिलाई ध्यानमा राख्दै सहायता कक्ष स्थापना गरेको छ। सूचना, गुनासो वा सुझाव मोबा...
19/09/2025

गृह मन्त्रालयले जेनजी प्रदर्शनपछिको परिस्थितिलाई ध्यानमा राख्दै सहायता कक्ष स्थापना गरेको छ। सूचना, गुनासो वा सुझाव मोबाइल ९८५१३६०६०३ मार्फत फोन, एसएमएस, ह्वाट्सएप वा भाइबरबाट दिन सकिनेछ।

नेपाली कांग्रेसका अनुसार जेनजी आ'न्दोलनका क्रममा घा'इते भएका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ टाँ'का लगाइएको र गर्धनम...
19/09/2025

नेपाली कांग्रेसका अनुसार जेनजी आ'न्दोलनका क्रममा घा'इते भएका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ टाँ'का लगाइएको र गर्धनमा सामान्य चो'ट लागेको पार्टीले जनाएको छ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार उनको स्वास्थ्यमा सुधार भइरहेको छ, उनी सामान्य बोलचाल र नेताहरूसँग संवाद गर्न सक्ने भएका छन्। उपचारका लागि केही दिन अस्पतालमै राखिने बताइएको छ।

प्रदर्शनकारीलाई ताकीताकी गो*ली हान्ने आदेश थिएन : ओली
19/09/2025

प्रदर्शनकारीलाई ताकीताकी गो*ली हान्ने आदेश थिएन : ओली

सरकारले चाह्यो भने बिदेशी ॠण तुरुन्तै तिर्न सक्छ, ठूलो कुरा होइन । - गभर्नर डा.विश्व पौडेल एक पडकास्टमा बोल्दै भन्छन् - ...
19/09/2025

सरकारले चाह्यो भने बिदेशी ॠण तुरुन्तै तिर्न सक्छ, ठूलो कुरा होइन । -
गभर्नर डा.विश्व पौडेल एक पडकास्टमा बोल्दै भन्छन् - "१० अर्ब डलर बिदेशी ऋण हो, तर नेपालसँग २१ अर्ब डलर बिदेशी मुद्रा छ। बंगलादेशको ॠण हेर्नुस, पाकिस्तानको ॠण हेर्नुस्, श्रीलंकाको ॠण हेर्नुस बिजोग छ नि उनिहरूको त । तपाईँले नेपाललाई धेरै विदेशी ॠण छ भनेर हल्ला सुनिरहनुभएको छ भने त्यो नचाहिँदो कुरा हो, त्यो त सरकारले चाह्यो भने तुरुन्तै तिर्न सक्छ ।

संविधान खारेज गरिंदै थियो, मैले बचाउन सहजीकरण गरें।😮  -प्रचण्ड
19/09/2025

संविधान खारेज गरिंदै थियो, मैले बचाउन सहजीकरण गरें।😮 -प्रचण्ड

सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १ झुम्का बजारमा रहको प्रहरी बिट पुनस्थापना रामधुनी १ सुनसरीको झुम्का बजारमा रहेको प...
19/09/2025

सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १ झुम्का बजारमा रहको प्रहरी बिट पुनस्थापना
रामधुनी १ सुनसरीको झुम्का बजारमा रहेको प्रहरी बिट जेनजी युवाहरूले पुनस्थापना गरेको स्थानीयहरुले बताएका छ्न ।
भदौ २४ गते मंगलबार भ्रष्टाचार र बन्द गरीएको सामाजिक सन्जाल तथा विभिन्न ठाउमा आन्दोलनको क्रममा युवाहरूलाई गोलि प्रहार गरेको विरुद्धको आन्दोलनमा प्रदर्शनकारीहरुले छेउमै रहेको नहरमा प्रहरी बिट बगाइ दिएका थिए ।
Dhirendra Chaudhary

"देशको निशानी मेटाउन खोजियो, नयाँ पुस्ता पछुताउनेछ।" - Kp Oli
19/09/2025

"देशको निशानी मेटाउन खोजियो, नयाँ पुस्ता पछुताउनेछ।" - Kp Oli

19/09/2025

केही दिन अघि चुरियामाईमा यसरी भएको रहेछ, नेपाली सेनाको ट्रक दुर्घटना

निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन पश्चात् पहिलोपटक सामाजिक सञ्जालद्वारा आफ्नो धार...
19/09/2025

निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन पश्चात् पहिलोपटक सामाजिक सञ्जालद्वारा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।। संविधान दिवसको शुभकामना दिँदै उनले लेखेका छन् -

"दिदीबहिनी तथा दाजुभाइहरू !
आज संविधान दिवस। नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैंले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन । लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन ।
यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।
संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरु बनाइरहेका थियौं। उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं। हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौं। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौं । अर्थतन्त्र तंग्रदै थियो।

गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घु'सपैठ भयो-आह्वान कर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने ष'ड्यन्त्रकारीहरूले हिं'सा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गो'ली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित ह'तियारले गो'ली हानेको घ'टनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जलि एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।

हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आ'क्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार ज'लाइएको छ - नेपालको नक्सा ज'लाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी ख'रानी बनाइएको छ।

यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आ'क्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ। विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ ।
तर, यो कुरा समय छँदै बुझ्नु पर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ ।

हाम्रा युवाहरुले काजी भीम मल्लको मृ'त्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ का'टिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ।
हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ - सार्वभौमसत्तामाथि गरिएको प्र'हार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न। सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ।
मेरो सबैमा अपील छ -
संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं।

19/09/2025

सुनसरीको इनरुवामा संविधान दिवसको अवसरमा कांग्रेस एमालेको संयुक्त ऱ्याली । जेनजी आन्दोलन पछिको यो दुइदलको पहिलो औपचारिक कार्यक्रम हो।

Golden heart : सामाजिक अभियन्ता आशिका तामाङले अस्पतालबाट फर्किएका आर्थिक रूपमा कमजोर जेन्जी आन्दोलनका घा'इतेहरूलाई प्रति...
19/09/2025

Golden heart : सामाजिक अभियन्ता आशिका तामाङले अस्पतालबाट फर्किएका आर्थिक रूपमा कमजोर जेन्जी आन्दोलनका घा'इतेहरूलाई प्रतिव्यक्ति ४० हजार र अस्पतालमै भेटिएका घाइतेहरूलाई ३० देखि ३५ हजार रुपैयाँसम्म सहयोग गरिरहेको बताएकी छन्। गम्भीर अवस्थाका केहीलाई बढी सहयोग गरिएको र मृ'तकका परिवारलाई काठमाडौं बस्न समेत सहयोग उपलब्ध गराएको उनले जनाइन्। दाताहरूको सहयोग खेर नगएको र आवश्यक परेमा आफैंले थप रकम खर्च गरेको उल्लेख गर्दै उनले उद्धारमा साथ दिने सबैप्रति आभार प्रकट गरेकी छन्।

आज संविधान दिवस । संविधान दिवसको शुभकामना ।
19/09/2025

आज संविधान दिवस । संविधान दिवसको शुभकामना ।

Address

Inaruwa 01
Sunsari

Alerts

Be the first to know and let us send you an email when Ramdhuni Diary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramdhuni Diary:

Share