पाठपत्र

  • Home
  • पाठपत्र

पाठपत्र सत्यतथ्य खबर का लागि पाठपत्र डटकम

खनाल, घिसिङ र अर्याल मन्त्रीमा सिफारिस, सपथ भोलिकाठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्री नियुक्तिको सिफा...
14/09/2025

खनाल, घिसिङ र अर्याल मन्त्रीमा सिफारिस, सपथ भोलि

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्री नियुक्तिको सिफारिस गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री कार्कीले आज साँझ तीन जनालाई मन्त्रीमा नियुक्त गर्न सिफारिस गर्नुभएको हो ।

पूर्वअर्थ सचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्रीमा सिफारिस गरिएको हो ।

खनाललाई अर्थ, अर्याललाई गृह र कानुन तथा घिसिङलाई उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

उहाँहरुको सपथ भोलि हुने बताइएको छ ।

सांसद भवन,
09/09/2025

सांसद भवन,

09/09/2025

अहिलेको संसद भवनको अवस्था,

ब्रेकिंगः प्रधानमन्त्री ओलीले राजीनामा दिएका छन् ।
09/09/2025

ब्रेकिंगः प्रधानमन्त्री ओलीले राजीनामा दिएका छन् ।

🗣 सिंहदरबारलाई नेपालको डाटा सेन्टर रहेको संवेदनशील क्षेत्र भन्दै त्यहाँ तोडफोड तथा आगजनी नगर्न सुझाव दिइएको छ, र यो सुझा...
09/09/2025

🗣 सिंहदरबारलाई नेपालको डाटा सेन्टर रहेको संवेदनशील क्षेत्र भन्दै त्यहाँ तोडफोड तथा आगजनी नगर्न सुझाव दिइएको छ, र यो सुझाव अनलाइनमार्फत फैलिएको छ।

१८ जनाको हत्या र ६० जना विद्यार्थीहरूलाई  गोली लागेर घाईते बनाएपछि जेनजी आन्दोलनकारीले भोलि देखि सबै शैक्षिक संस्था बन्द...
08/09/2025

१८ जनाको हत्या र ६० जना विद्यार्थीहरूलाई गोली लागेर घाईते बनाएपछि जेनजी आन्दोलनकारीले भोलि देखि सबै शैक्षिक संस्था बन्द गर्न सबै शैक्षिक संचालकरूलाई आह्वान गरेको छ।

सामाजिक सञ्जाल कम्पनी एक्स (पहिले ट्विटर) ले नेपालमा दर्ता गर्न अस्वीकार गरेको छ। कम्पनीले नेपाललाई उच्च स्तरको भ्रष्टाच...
08/09/2025

सामाजिक सञ्जाल कम्पनी एक्स (पहिले ट्विटर) ले नेपालमा दर्ता गर्न अस्वीकार गरेको छ। कम्पनीले नेपाललाई उच्च स्तरको भ्रष्टाचार हुने मुलुकको सूचीमा परेका कारण दर्ता नगर्ने निर्णय गरेको हो।

नेपाल सरकारसँग भएको संवादमा एक्सले प्रष्ट पार्दै भनेको छ, “नेपाल भ्रष्टाचार हुने मुलुकहरूमध्ये निकै अघिको सूचीमा पर्छ। त्यस्तो भ्रष्ट मुलुकहरूमा कार्यालय दर्ता गर्ने हाम्रो नीति छैन।”

त्यस्तै कम्पनीले नेपालमा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता नभएको पनि उल्लेख गरेको छ। अभिव्यक्ति स्वतन्त्रताको ‘ग्यारेन्टी’ नभएसम्म नेपालमा दर्ता नहुने स्पष्ट गर्दै एक्सले नेपालमा आफ्नो आधिकारिक कार्य सञ्चालन सम्भव नभएको जनाएको हो।

नेपालको झण्डा सहित नेपाली  माटोमै गोली लागेर प्रदर्शनकारीले संसार छोडेका छन्। अन्य विवरणहरू पनि आउँदैन।😥
08/09/2025

नेपालको झण्डा सहित नेपाली माटोमै गोली लागेर प्रदर्शनकारीले संसार छोडेका छन्। अन्य विवरणहरू पनि आउँदैन।😥

08/09/2025

संसद भवनका केही दृश्यहरू
भिडियो: सामाजिक सञ्जाल

रणभूमि बन्यो बानेश्वर, हेर्नुहोस् तस्बिरहरूसबै तस्बिर : दिपेश दर्शनधारी र विजय राई/नागरिक
08/09/2025

रणभूमि बन्यो बानेश्वर, हेर्नुहोस् तस्बिरहरू

सबै तस्बिर : दिपेश दर्शनधारी र विजय राई/नागरिक

GenZ को कार्यक्रम सुरु हुन नपाउँदै शहरका चोक–चोकमा निःशुल्क नेपालका झण्डा बाँडेर सहयोग गरिरहेका युवाहरू ।
08/09/2025

GenZ को कार्यक्रम सुरु हुन नपाउँदै शहरका चोक–चोकमा निःशुल्क नेपालका झण्डा बाँडेर सहयोग गरिरहेका युवाहरू ।

निर्मल कुमार बुढा , नेपालगञ्ज, ८ जुन २०२५ लुम्बिनी प्राविधिक विश्वविद्यालय (Lumbini Technological University – LTU) को आ...
18/06/2025

निर्मल कुमार बुढा , नेपालगञ्ज, ८ जुन २०२५
लुम्बिनी प्राविधिक विश्वविद्यालय (Lumbini Technological University – LTU) को आयोजनामा ‘International Conference on Digital Transformation and Innovation – 2025’ नामक एकदिने अन्तर्राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। ‘Shaping the Future of Lumbini, Nepal through Digital Innovation’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यो सम्मेलन नेपालगञ्जको भ्यु होटल सिद्धार्थमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन प्रदेश तथा विश्वविद्यालयका उच्च पदाधिकारीहरू प्रा.डा. बिनोद प्रसाद ढकाल (Vice Chancellor of LTU), रजिस्टार रेग भन्डारी र डिन डा. निरज के.सीको उपस्थितिमा गरिएको थियो। प्रमुख अतिथिको रूपमा लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री मा. जन्म जय तिमिल्सेना त्यसै गरि विशिष्ट अथितिमा प्रा.डा. बेदराज के.सी. (Vice Chancellor of Pokhara University) लगायत अन्य University का बाट Vice Chancellor ले सम्मेलन उद्घाटन गर्दै डिजिटल प्रविधिको वर्तमान महत्व र लुम्बिनी प्रदेशको भविष्य निर्माणमा यसको भूमिकामाथि विशेष जोड दिनुभयो। उहाँले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई नवप्रवर्तन, अनुसन्धान तथा स्थानीय र वैश्विक प्रविधि विकाससँग जोड्ने केन्द्रको रूपमा विकास गर्ने लक्ष्य रहेको पनि बताउनुभयो।
सम्मेलनमा विभिन्न देश तथा नेपालका सूचना प्रविधि, शिक्षाशास्त्र, नीति निर्माण, नवप्रवर्तन, र नेतृत्व विकास क्षेत्रमा क्रियाशील विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। प्रस्तुतिहरूले डिजिटल शिक्षाको रूपान्तरण, स्मार्ट सिटी निर्माण, कृत्रिम बौद्धिकता (AI), ब्लकचेन, साइबर सुरक्षा, डाटा विश्लेषण तथा नवप्रवर्तनका अन्य पक्षहरूलाई समेटेका थिए।
कार्यक्रममा सहभागी वक्ताहरूले डिजिटल नवप्रवर्तनले शिक्षा, स्वास्थ्य, प्रशासन, कृषि, पर्यटन लगायतका क्षेत्रहरूमा पार्न सक्ने सकारात्मक प्रभावमाथि प्रकाश पारे। स्थानीय तहसँग सहकार्य गर्दै डिजिटल नेपाल बनाउने अभियानमा विश्वविद्यालयहरूको भूमिका विशेष महत्त्वपूर्ण हुने भनाइहरू पनि राखिए।
यस सम्मेलनको सफल आयोजनामा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, सूचना प्रविधि समाज नेपाल (IFSN), र SCEE Summit लगायतका संस्थाहरूको विशेष सहयोग रहेको थियो। सहभागीहरूका अनुसार यस्तो खालको सम्मेलनले लुम्बिनी प्रदेशलाई डिजिटल नवप्रवर्तनको केन्द्र बनाउने दिशामा उल्लेखनीय टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।
कार्यक्रमको अन्त्यमा सहभागी वक्ताहरूलाई सम्मान गरिएको थियो भने, डिजिटल नवप्रवर्तन सम्बन्धी कार्यपत्रहरूको सारांश पनि सार्वजनिक गरिएको थियो। विश्वविद्यालयले आगामी वर्षहरूमा अझ विस्तारित स्तरमा यस्ता सम्मेलनहरू आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

Address


21700

Alerts

Be the first to know and let us send you an email when पाठपत्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share