Karnali television HD

  • Home
  • Karnali television HD

Karnali television HD News

विद्यार्थीलाई बलात्कार गरेको आरोपमा इन्डोनेसियाका एक ३६ वर्षीय शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । उनले पटकपटक गरेर ई...
05/04/2022

विद्यार्थीलाई बलात्कार गरेको आरोपमा इन्डोनेसियाका एक ३६ वर्षीय शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । उनले पटकपटक गरेर ईस्लामिक बोर्डिङ स्कुलका १३ जना छात्रालाई सन् २०१६ देखि २०२१ को अवधिमा बलात्कार गरेका थिए ।
मृत्युदण्डको यो सजायलाई इन्डोनेसियामा विद्यालयमा छात्राहरूको यौन दुर्व्यवहारमा कमि ल्याउन सहयोगी भूमिका हुने भन्ने अपेक्षा गरिएको छ ।

नारी दिवस भनेर शुभकामना मात्र दिएर हुदैन,इज्जत र अत्मसम्मान पनि दिन जान्नु पर्छ! शहरको पाँचतारे होटलमा मात्र होईन,गाऊँको...
08/03/2022

नारी दिवस भनेर शुभकामना मात्र दिएर हुदैन,इज्जत र अत्मसम्मान पनि दिन जान्नु पर्छ! शहरको पाँचतारे होटलमा मात्र होईन,गाऊँको झुपडिहरुमा पुगोस् नारी दिवस।कलम,कपि, जुत्ता चप्पललेमात्र होइन, खाली खुट्टा चिरिएका पैतालाहरुले पनि थाहा पाओस् नारी दिवस।नारीहरु सन्तान उत्पादनका औजारमात्र होईनन् सृष्टी संचालनका संवाहक हुन्,त्यसो त समानताको मुरली बजाउँदै समावेशीताको बुई चढेर कमजोर महिलामाथी सिंहनाद गर्ने पनि तिनै नारी हून्! एकातिर घरब्यबहारकाे, आफन्त र मान्यजनलाइ मान्नु पर्ने बाेझ अर्कातर्फ आफुभित्रकाे श्रृङ्गारिक दासत्व, अफिस, जागिर र टार्गेटकाे बाेझ । यि सबै बाेझहरुलाइ पन्छाउदै नारिहरुलाइ खुसि,आनन्द, उत्साह, हिम्मत र मनकाे इच्छा पुरा गर्न सक्ने शत्ति मिलाेस । सकारात्मक साेचाई राख्ने संसारभरका नारीहरूप्रति गहकिलो सद्भाव र शुभकामना छ !

कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । आगामी शैक्षिक सत्र असर...
05/03/2022

कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । आगामी शैक्षिक सत्र असर नपर्ने गरी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभएको छ ।बोर्डले छिट्टै परीक्षाको समय तालिका सार्वजनिक गर्ने जनाएको छ । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइनबाट नै पठाउने तयारी गरेको छ ।
कोरोनाका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र अनलाइनमार्फत् पठाउन थालेको हो । गत वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा भएको समस्या सुधार्दै प्रश्न पत्र पठाउने तयारी गरेको बोर्डले जनाएको छ ।

02/03/2022

भोलि १९ गते बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय गरेको छ ।

राष्ट्रिय सेना दिवसको सम्पुर्ण नेपालीहरुलाई शुभकामना ।
01/03/2022

राष्ट्रिय सेना दिवसको सम्पुर्ण नेपालीहरुलाई शुभकामना ।

१२ फागुन,रुकुम पूर्वमा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । जिल्लाको भूमे गाउँपाल...
24/02/2022

१२ फागुन,रुकुम पूर्वमा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । जिल्लाको भूमे गाउँपालिका ४ को झिङ्गेटारमा आज बिहान ९ बजे बा २ क ७०१८ नम्बरको टिप्पर दुर्घटना हुँदा पुथाउत्तरगंगा गाउँपालिका १४ का अन्दाजी २५ वर्षिय गोविन्द बुढा र भूमे गाउँपालिका ५ उपल्लो साकिमका २५ वर्षिय दामु बुढाको मृत्यु भएको हो ।
दुर्घटनामा परी लामा कन्स्ट्रक्सनका सव इन्जिनीयर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका ५ का २३ वर्षका रामआशिस चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेन्द्र बाँनीयाले जानकारी दिनुभएको छ ।दुवै जनाको अहिले रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको छ । कन्स्ट्रक्सनको टिप्पर झिङ्गेटारमा सडक मर्मतका लागि लोड गरिएको ढुङ्गा झार्ने क्रममा अनियन्त्रित भइ दुर्घट्ना भएको हो । टिप्पर सडकदेखि करिब १५ मिटर तल खसेको प्रहरीको भनाई छ ।

सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छ...
16/02/2022

सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् । सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन बिना एमसीसी पारित हुन नसक्ने निर्णय गरेको थियो । जबरजस्ती एमसीसी टेबुल गरिए सरकारबाटै बाहिरिने माओवादीले निष्कर्ष निकालेसँगै प्रधानमन्त्री देउवा ब्याक भएका हुन् । संसदीय दलको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । बालुवाटार पुगेर प्रचण्डले संशोधन बिना अहिलेको अवस्थामा एमसीसीका अघि नबढाउन तथा बढाइए सरकारबाट बाहिरिने सम्मको पार्टीको निर्णय सुनाएका थिए छ।उसो त प्रचण्डले पार्टीको बैठकमा नेकपा एकीकृत समाजवादी पार्टी पनि एमसीसीको पक्षमा नरहेको बताएका थिए । एकीकृत समाजवादीले एमसीसीबारे मौनता साँधिरहेका बेला प्रचण्डले पार्टीको बैठकमा यस्तो बताएका हुन् । तथापि बुधबार बिहानसम्म एकीकृत समाजवादी पार्टीको स्पष्ट धारणा बाहिर आइसकेको छैन । सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले भने एमसीसीको पक्षमा मतदान गर्ने दाबी काँग्रेस नेताहरुको छ । प्रतिनिधिसभामा १९ मत रहेको जसपाका नेता डा बाबुराम भट्टराई खुलेर एमसीसीको पक्षमा लागेका छन् भने अध्यक्ष उपेन्द्र यादव मौन छन् । भट्टराईको पक्षमा ११ र यादवको पक्षमा ८ सांसद रहेको जसपाका नेताहरु बताउँछन् ।
गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा भने सुरुदेखि एमसीसीको विपक्षमा छ । गठबन्धनमा विवाद भएपछि केही दिनयता काँग्रेसले एमसीसीबारे माहोल बनाउन लबिङ थालेको थियो । सोही क्रममा मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गराउने निर्णय गरेको थियो भने यसबारे सहयोग गर्न सबै दलहरूलाई आग्रह पनि गरेको थियो ।प्रधानमन्त्री शेरबहादुर देउवाकै आग्रहमा सभामुखले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका थिए । दिउँसो १ बजे बस्ने संसद बैठकका लागि मंगलबार सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा एमसीसी राखिएपनि कार्यव्यवस्था परामर्श समितिको बैठकबाट एजेण्डा राख्ने प्रयास गरिएको थियो ।

Mcc खारेजको माग गर्दै विभिन्न राजनीति दलहरुको आमहड्तालका करण दाङ जिल्लामा रहेको बजार क्षेत्र बिहानै देखि सुनसन बनेको छ भ...
16/02/2022

Mcc खारेजको माग गर्दै विभिन्न राजनीति दलहरुको आमहड्तालका करण दाङ जिल्लामा रहेको बजार क्षेत्र बिहानै देखि सुनसन बनेको छ भने फाटफुट रुपमा सवारी साधन संचालन भए पनि लामो र छिटो दुरी मा चल्ने सवारी साधन चल्न सकेको छैन्न र स्कुल,कलेज पनि बन्द भएका छन ।

दाङमा नेपाल बन्दको पूर्ण रुपमा प्रभाव परेको छ ।राष्ट्रघाती एमसीसी विरुद्ध विप्लवले नेतृत्व गरेको नेकपासहित ५ राजनीतिक दल...
16/02/2022

दाङमा नेपाल बन्दको पूर्ण रुपमा प्रभाव परेको छ ।राष्ट्रघाती एमसीसी विरुद्ध विप्लवले नेतृत्व गरेको नेकपासहित ५ राजनीतिक दल र १ मोर्चाको संयुक्त रूपमा घोषणा गरेको सो बन्द कारण आज दाङ पूर्ण प्रभावित बनेको हो ।बन्दका कारण दाङका बजारहरु पूर्ण रुपमा बन्द रहेका छन् भने लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् ।बन्दमा कुनैपनि अप्रीय घटना हुन नदिनका लागि बजारका चोकहरुमा सुरक्षा व्यवस्था तैनाथ गरिएको छ।बन्द साझ ५ बजे खुल्ने खुन्ले भएको छ ।नेपाल वन्द गर्ने राजनैतिक पार्टीहरुमा विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा , आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल रहेका छन् ।

भोलिको नेपाल बन्दको पुर्वसन्ध्यामा नेकपा राजपुरले निकल्यो मशाल जुलुस, दाङ विप्लव नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र...
15/02/2022

भोलिको नेपाल बन्दको पुर्वसन्ध्यामा नेकपा राजपुरले निकल्यो मशाल जुलुस, दाङ विप्लव नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी राजपुरले एमसिसी विरुद्ध भोलि फागुन ४ गते नेपाल बन्दको पुर्व सन्ध्यामा आज मशाल जुलुस निकालेको नेकपा राजपुरले जानकारी गरेको छ।उक्त कोण सभालाई सम्बोधन गर्दै नेकपा राजपुरका इन्चार्ज कमरेड उज्ज्वलले बर्तमान गठबन्धन सरकारले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने प्रयास गरेर नेपालको राष्ट्रिय स्वाधीनता माथि निर्मम प्रहार र दुस्साहस गरेकाले प्रत्येक नेपाली यसको विरोध गनुपर्ने बताउदै नेपालको सबिधान र आफ्ना नागरिक भन्दा एमसिसि माथि हुन नसक्ने बताउदै र एमसिसी सम्झौता नेपालको कानुन भन्दा माथि हुने सेना सहित आउने नेपाल सरकार को समेत कुनै हात नहुने, तत्कालीन अवस्था मा आर्थिक सहयोग को नाम मा अमेरीका , नेपालमा घुस्न चाहेको इन्दो फेसिफिक रणनीति अन्तर्गत चीनलाई घेर्ने रणनीति भएको नेपाल लाई अस्थिर बनाउने चीन र अमेरिकाको युद्ध मा नेपाल रणभूमि हुने भएको ले यो सम्झौता को विरुद्ध संघर्ष गर्नु परेको बताउनु भयो ।साथै सम्पूर्ण देशभक्त जन समुदाय लाई राष्ट्रघाती mcc सम्झौता खारेज गर्न आन्दोलन मा सरिक हुन आग्रह समेत गरेको जनाइएको छ।राजपुरको भैसाहवा चोकमा मशाल जुलुस संगै कोण सभा सम्पन्न गरेको र त्यसै गरि राजपुरको बेलामा गरि राजपुरको २ ठाँउमा मशाल जुलुस कार्यक्रम सम्पन्न गरेको नेकपा राजपुरले जनाइएको छ साथै भोलि फागुन ४ गतेको नेपाल बन्दलाई पूर्ण रुपमा सफल बनाउनका लागि सम्पूर्ण देशभक्त, राष्ट्रवादी, यातायात व्यवसायी, उद्योग, ब्यापारी, कलाकारखाना लगायतालाई सहयोगको अपिल गरेको जनाइएको छ।आज सम्पन्न गरेको मशाल जुलुसमा नेकपा राजपुर गाउकमिटी इन्चार्ज उज्वल,मधेसी मुक्ती मोर्चा नेपाल दाङका संयोजक शुर्य यादव,नेकपा दाङ जिल्ला सल्लाहकार समिती सदस्य तथा अखिल किसान क्रान्तिकारीका उपाध्यक्ष भिम बहादुर बुढाथोकी,नेकपा दाङ जिल्ला सदस्य हरिप्रसाद,रामप्रसाद लगाएतको युवा संगठनका युवा साथिहरुको उपस्थिति रहेको नेकपा राजपुरले जनाएको छ।

14/02/2022
तुलसीपुरको उपमहानगरपालिका वडा नम्बर ५ ‘ङ’ लाईन स्थित इरम फुटवेयर चप्पल गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । मृतक...
11/02/2022

तुलसीपुरको उपमहानगरपालिका वडा नम्बर ५ ‘ङ’ लाईन स्थित इरम फुटवेयर चप्पल गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । मृतकहरुको पहिचान खुलेको छ । चार जना बालबालिका रहेका छन ।
मृत्यु हुनेमा तुल्सिपुर उपमहानगरपालिका ५ बस्ने अन्दाजी वर्ष १४ कि साजिदा खातुन, सोही ठाउँ बस्ने वर्ष १५ का हसन बकस, १७ वर्षका मसिन बकस, ४२ वर्षका नजरदीन अलि, ६ वर्षका आबिददीन अलि रहेका छन् । विद्युतको मिटर पड्किदा आगलागी भएको प्रहरीले बताएको छ |

Address


Alerts

Be the first to know and let us send you an email when Karnali television HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Karnali television HD:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share