Notary Public Authorized Translator, Birendranagar, Surkhet

  • Home
  • Nepal
  • Surkhet
  • Notary Public Authorized Translator, Birendranagar, Surkhet

Notary Public Authorized Translator, Birendranagar, Surkhet Notary Public Authorized Translation and Legal Services

२०७२ असोज १४ पछाडी बिहे गर्ने छोरीहरुले अंश पाउने गरि बृहत पूर्ण इजलासबाट भएको फैसलाफैसला मिति : २०८२/०३/३१/३
07/10/2025

२०७२ असोज १४ पछाडी बिहे गर्ने छोरीहरुले अंश पाउने गरि बृहत पूर्ण इजलासबाट भएको फैसला
फैसला मिति : २०८२/०३/३१/३

निलम्बन=====Bar Council of India (BCI) ले advocate Rakesh Kishore लाई law practice गर्नबाट निलम्बन गरेकोछ। उनले  सोमबार ...
06/10/2025

निलम्बन
=====
Bar Council of India (BCI) ले advocate Rakesh Kishore लाई law practice गर्नबाट निलम्बन गरेकोछ। उनले सोमबार भारतका प्रधानन्यायाधीश( Chief Justice of India) (CJI) BR Gavai माथी जुत्ता प्रहार गरेको आरोप लागेकोछ /

२०८२ साल फागुन २१ गते निर्वाचनका लागि निर्वाचन तालिका।
06/10/2025

२०८२ साल फागुन २१ गते निर्वाचनका लागि निर्वाचन तालिका।

ठेस पुगेनि पुगोस ।सिंहदरबारमा २०१४ साल भदौ महिनामा भैरहेको मन्त्रिपरिषदको बैठकमा दौरा सुरुवाल र कोट लगाएर सहभागी तत्काली...
26/09/2025

ठेस पुगेनि पुगोस ।
सिंहदरबारमा २०१४ साल भदौ महिनामा भैरहेको मन्त्रिपरिषदको बैठकमा दौरा सुरुवाल र कोट लगाएर सहभागी तत्कालीन शिक्षा तथा स्वायत्त मन्त्री महाकवि लक्ष्मीप्रसाद देवकोटा लाई निकै गर्मी भएछ, उनले कोट खोलेर मेचमा झुण्ड्याए। बैठक सकियो, अरु मन्त्रीसँगै उनी पनि आफ्नो मन्त्रालय कार्यकक्षमा गए।

काम सकेर बेलुका घर फर्कने बेला भएपछि सदाझैं कोट लगाउन खोजे- कोट त गायब। यताउति हेरे, कतै छैन। सहयोगीलाई सोधे– ए भाइ, खोइ मेरो कोट?
जवाफ- क्याबिनेटमा जाँदा तपाइँ कोट लगाएर जानु भएको थियो, फर्कंदा नलगाई आउनुभयो।
सहयोगीको कुरा सुनेपछि उन्ले सम्झिहाले र भने, ओहो धेरै गर्मी भएकाले कोट खोलें र मेचमा झुण्ड्याएर बसेको थिएँ । त्यहीं बिर्सिएछु । जाऊ जाऊ त्यति ल्याइदेऊ ।

निकै समय लगाएर शिक्षामन्त्रीको कार्यकक्षमा फर्किएको सहायकको हात रित्तै थियो । देवकोटाले सोधे– खोइ त मेरो कोट ? सहायकले जवाफ दियो– सबैतिर खोजी गरें, कहींकतै भेटिएन । त्यहाँको हाकिमले पनि कोटको खोजतलास गर्नुभयो तर पाइएन । देवकोटा त्यहीं धुरुधुरु रुन थाले । वरिपरि भएका कर्मचारी अक्क न बक्क बने । मन्त्री घुँक्कघुँक्क गरिरहेछन् ।
निकै समयपछि एउटा कर्मचारीले मुख फोर्‍यो– मन्त्रीज्यू, एउटा कोट हरायो त हरायो, के रुनु भएको ? नयाँ कोट किन्न तपाइँलाई गाह्रो छ र सक्नुहुन्न भने बरु हामी कर्मचारी मिलेर कोट किनी ल्याइदिन्छौं ! उसका कुरा सुनेपछि आफ्ना ठूलाठूला आँखा पल्टाउँदै देवकोटाले दिक्क भावमा भने, ‘तिमीले ठान्यौ म लोभले रोएको हुँ तर मूर्ख निजामती हो, कुरो त्यसो होइन । मेरो भक्कानो फुटेको कारण यो देशमा क्याबिनेटबाट मन्त्रीको कोट त चोरी हुन्छ भने यो देशका कर्मचारीहरुले जनताका के कुरा बाँकी राख्लान् ? म रुनुको कारण यो हो !!!!!

प्रदीप भट्टाराईको x अकाउंटबाट साभार

यो सार्वजनिक वक्तव्य युलेन्स एजुकेसन फाउन्डेसनको पोजिसन हो।  यसमा  हामीलाई सान्त्वना, सहयोग, समर्थन वा प्रतिक्रिया दिन च...
24/09/2025

यो सार्वजनिक वक्तव्य युलेन्स एजुकेसन फाउन्डेसनको पोजिसन हो। यसमा हामीलाई सान्त्वना, सहयोग, समर्थन वा प्रतिक्रिया दिन चाहने कुनैपनि व्यक्ति, सरोकारवाला संघसंस्था एवम् सरकारी निकायहरूले सार्वजनिक रुपमै आफ्नो प्रतिक्रिया दिनुहोला। युलेन्स समुदायको कुनैपनि व्यक्तिलाई व्यक्तिगत रुपमा दिइएका प्रतिक्रियाको महत्व रहने छैन।

https://ullens.edu.np/public-statement/

22/09/2025

संविधानका धाराहरु सतप्रतिशत लागु हुनुपर्छ भन्ने हाम्रो धारणालाई इतिहासले कहिलेकाहीँ चुनौती दिन्छ। आजसम्म एउटै संविधानमा चलेको संयुक्त राज्य अमेरिका हाम्रा लागि एउटा उदाहरण हुनसक्छ। अमेरिकामा १७८९ मा संविधान लागु भए पनि सन् १८६१ मा दक्षिणका ११ वटा राज्यहरुले दासत्व प्रथा राख्न पाउनुपर्ने मागसहित केन्द्र सरकारप्रति विद्रोह गरी केन्द्रबाट अलग भएको घोषणा गरेपश्चात त्यहाँका भुभागहरुमा अमेरिकी संविधानको कार्यान्वयन केही समय फ्रिज भएको देखिन्छ।

Texas, Florida लगाएतका दक्षिणी ११ राज्यसहितको भूभागमा न त संघीय अदालत चले, न त संघीय कानुन नै लागू भए। उल्टै ती ११ राज्यले हामी अमेरिकी संविधान मान्दैनौ भनी आफ्नो छुट्टै संविधान पनि जारी गरे र सबै कर्मचारीहरुले नयाँ संविधान बमोजिम सपथ पनि खाए।

तर केन्द्रले पुनः ती दक्षिणी ११ राज्य विरुद्ध शसस्त्र युद्ध जितेपछि मात्र संविधानले त्यहाँ पुनर्जीवन पायो। यसले के देखाउछ भने अमेरिकाजस्तो देशमा पनि केही समय केही भुभागमा नयाँ संविधान नै जारी हुनेसम्मको परिस्थिति निर्माण हुनसक्छ तर समयक्रममा सो सबै साम्य हुन्छ। संविधान ‘अक्षरमा विद्यमान’ भए पनि प्रयोगमा स्थगित भएका अवस्थाहरु कहिलेकसो देखिन सक्छ।

आज नेपाल पनि त्यस्तै संवैधानिक संकटको दिशामा हिँडिरहेको छ। संविधानको अक्षरहरु त हामी हेर्दै छौं तर व्यवहारमा त्यसको प्रयोग थमिएको छ। संविधान मरेको त पक्कै होइन, तर फ्रिजसम्म अवस्य भएकै हो।

ढिलो चाडो हाम्रो संविधानले लय समात्नेमा हामी पुर्ण विश्वस्त छौँ ।
From Sulav Kharel’s Facebook Wall

Is it true?
20/09/2025

Is it true?

From Amrit Kharel’s Facebook Wall…!गौहत्या गर्न पाउनुपर्ने माग राखेर रिट हाल्ने व्यक्ति सुशीलाको कार्कीको प्रस्तावित मन्...
14/09/2025

From Amrit Kharel’s Facebook Wall…!
गौहत्या गर्न पाउनुपर्ने माग राखेर रिट हाल्ने व्यक्ति सुशीलाको कार्कीको प्रस्तावित मन्त्री
----------------------

अहिले पश्चिमा मिसनरी, सिआइए, फ्रि तिब्बत मुभमेन्टबाट समेत फन्डिङ ल्याई नेपाली बिचौलिया हतियार तस्कर दीपक भट्ट र थर्मल गन कालोबजारी साहिल अग्रवाल समेतको कालो धन प्रयोग गरेर अबोध निर्दोष युवाहरू मारेर बनाइएको पश्चिमाको कठपुतली सरकारमा मन्त्री बनाउन प्रस्तावित एकजना व्यक्तिले नेपालमा सनातन हिन्दू धर्मावलम्बीहरूको मूल्य मान्यता विपरीत गौ हत्या खुला गर्नुपर्ने माग राखी रिट दायर गरेका थिए।

सम्पूर्ण सनातन धर्मावलम्बीले यस्तो षडयन्त्रको जोडदार विरोध गर्नु जरुरी छ।

यस्तो मान्छेलाई पश्चिमा अमेरिकी गोटीका रुपमा नियुक्त गर्नुको अर्थ सनातन धर्म संस्कृति विरुद्धको ठूलो षडयन्त्र हो।

उनले हालेको रिट सर्वोच्च अदालतले खारेज गरेको थियो।

यसरी परम्परागत धर्म संस्कृतिको रक्षा गर्न उभिएकाले सर्वोच्च अदालतमा ताकी ताकी पश्चिमा मिसनरी समेत लागेर आगो लगाइदिई खरानी पारिदिएको बुझ्न सकिन्छ।

यो लामो डिजाइन र षडयन्त्रमा भएको देखिन्छ ।

उक्त मुद्दा नेपाल कानून पत्रिकामा निर्णय नं ७९९९ मा प्रकाशित छ।

फैसला आफैं पढ्नुहोस्।

Does contradiction make sense?
14/09/2025

Does contradiction make sense?

Dissolution of Parliament and Declaration of Parliamentary Election
12/09/2025

Dissolution of Parliament and Declaration of Parliamentary Election

Resignation by KP Oli
09/09/2025

Resignation by KP Oli

Address

Birendranagar
Surkhet
44600

Website

Alerts

Be the first to know and let us send you an email when Notary Public Authorized Translator, Birendranagar, Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share