30/01/2025
१. लैङ्गिक हिंसामा परेका महिला र किशोरीलाई सुरक्षित रूपमा राख्न ‘मङ्गला सहाना पुनर्स्थापना केन्द्रको स्थापना कहाँ गरिने भएको छ ?
☑️ सूर्यविनायक–८, भक्तपुर
२.सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङको ब्रेक थ्रु कहिले भएको हो ?
☑️विसं २०८१ माघ ११
३.सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस कहिले मनाइन्छ ?
☑️ माघ १४ (विसं २०८१ पुस १६ को मन्त्रीपरिषद्को निर्णय)
४. युरोप तथा अमेरिकी क्षेत्रबाहिर आयोजित पहिलो विश्वकप फुटबल कुन हो ?
☑️ १७ औँ विश्वकप–२००२ (जापान र दक्षिण कोरियामा संयुक्त रूपमा)
५. नेपालको चीनसँग दौत्य सम्बन्ध कहिले कायम भएको हो ?
☑️ सन् १९५५ अगस्ट १
६. शाहवंशीय इतिहासमा सबभन्दा लामो समय शासन गर्ने राजा को हुन् ?
☑️ श्री ५ त्रिभुवन
७.सन् २०२५ जनवरीमा भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो खो–खो विश्वकपमा नेपालले कुन स्थान हासिल गर्यो ?
☑️ दोस्रो (विजेता : भारत)
८. १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मिति कुन हो ?
☑️ विसं २०८१ चैत्र २३–३०, कर्णाली प्रदेश
९.उदीयमान अर्थतन्त्र भएका राष्ट्रहरूको समूह ब्रिक्सको नयाँ सदस्यका रूपमा इन्डोनेसिया कहिले प्रवेश गरेको हो ?
☑️सन् २०२५ जनवरी
१०. चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेस्थित डिङ्ग्री काउन्टी अन्तर्गत सोगो सहरलाई केन्द्र बनाई शक्तिशाली भूकम्प कहिले गएको हो ?
☑️ सन् २०२५ जनवरी ७
११. राष्ट्रिय योग दिवस २०८१ को नारा ?
☑️ स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग
१२.योगमाया आयुर्वेदिक विश्वविद्यालयको नाम परिवर्तन गरी के बनाइएको छ ?
☑️ विदुषी योगमाया हिमालयन आयुर्वेदिक विश्वविद्यालय
१३. इजरायल र प्यालेस्टिनी समूह हमासबिच युद्धविरामको सहमति कहिले भएको हो ?
☑️ सन् २०२५ जनवरी, युद्ध विराम सन् २०२५ जनवरी १९ देखि लागु
१४.विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले प्रकाशित गरेको सन् २०२५ मा घुम्नु पर्ने विश्वका उत्कृष्ट ठाउँको सूचीमा बुद्ध जन्मस्थल लुम्बिनी कति औँ नम्बरमा रहेको छ ?
☑️ नवौँ
१५. नेपाली महिला क्रिकेट टोली पहिलो पटक विश्वकपमा कहिले सहभागी भएको हो ?
☑️ सन् २०२५ जनवरी
१६. हेन्ली पासपोर्ट इन्डेक्स–२०२५ मा नेपाल कति औँ स्थानमा रहेको छ ?
☑️ १०१ औँ
१७.बालगायक सचिन परियारको निधन कहिले भएको हो ?
☑️ विसं २०८१ पुस १८
१८.दैलेखको जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङ (गहिरो खोतल्ने) कार्य कहिले सम्पन्न भएको छ ?
☑️ विसं २०८१ पुस १७
१९. नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था कहिलेदेखि गरेको हो ?
☑️ विसं २०८१ माघ १
२०.नेपालसँग बिप्पा र दोहोरो करमुक्ति दुवै सम्झौता भएका मुलुक कुन कुन हुन् ?
☑️ भारत र मौरिसस
🖊 संकलनकर्ता : केशर पुन मगर