ठाटीकाँध मिडिया

ठाटीकाँध मिडिया Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ठाटीकाँध मिडिया, Media, Dailekh, Thatikadh, Surkhet.

कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णयराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय ...
22/04/2025

कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

बोर्ड अध्यक्ष महाश्रम शर्माले परीक्षा सञ्चालनमा सहयोग गर्न सबै पक्षलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । उनले भने– 'परीक्षा संवेदनशील विषय हो । साढे ५ लाख विद्यार्थीको भविष्य यससँग जोडिएको छ । त्यसैले हामी शिक्षकलाई जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गर्दछौँ । '

शिक्षकहरू परीक्षा सञ्चालनका लागि तयार नभए निजामती कर्मचारी खटाएर भएपनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निष्कर्षमा बोर्ड पुगेको हो ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत छन् । सरकार र शिक्षक महासंघका पदाधिकारी–प्रतिनिधबिचि पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन ।

शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत उनीहरुका माग छन् । माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने उनीहरुको अडान छ ।

विद्यालयका प्रधानाध्यापक मृत भेटिएकालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक मृत अवस्थामा भेटिएक...
19/04/2025

विद्यालयका प्रधानाध्यापक मृत भेटिए

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक मृत अवस्थामा भेटिएका छन् । स्थानीय शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय कृष्णबहादुर शाही मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

शुक्रबार बेलुका नजिकैको बेलुपाटा बजारमा गएका शाही आज बिहान पनि घर नर्फिएपछि परिवारले प्रहरीलाई खबर गरेको थिए । स्थानीय र प्रहरीले खोजी गर्दा बेलुपाटा बजार नजिकै मृत अवस्थामा भेटिएको र अहिले घटनाका विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली त्यसतर्फ गइरहेको कालीकोट जिल्लाका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।

‘घटनाको अनुसन्धानका लागि प्रहरी त्यसतर्फ गइरहेको छ’, उनले भने, ‘घटनाका विषयमा अनुसन्धान हुनेछ ।’

दुःखद खबर 😭हुम्ला:जिल्ला अदान्चुली गाउँपालिका गोरपालीमा छहरा खेतमा आएको बाढी पहिरोले बाख्राको गोठ छोपियको।घटनास्थलमा उद्...
17/04/2025

दुःखद खबर 😭
हुम्ला:जिल्ला अदान्चुली गाउँपालिका गोरपालीमा छहरा खेतमा आएको बाढी पहिरोले बाख्राको गोठ छोपियको।
घटनास्थलमा उद्धार टोली पुग्दै। थप विवरण आउन बाँकी!

13/04/2025

नयाँ वर्ष २०८२ सालको सुखद उपलक्ष्यमा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी, विज्ञापनदाता, दर्शक तथा पाठकहरूमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।

– ठाटिकाँध मिडिया परिवार

दुःखद खबर दैलेख जिल्ला महाबु गाउँपालिका वडा नं ३ बासी बस्ने भिमे  धामीकी  साइली छोरी संङ्गिता थापा दुई दिन अगाडिबाट सम्प...
13/04/2025

दुःखद खबर
दैलेख जिल्ला महाबु गाउँपालिका वडा नं ३ बासी बस्ने भिमे धामीकी साइली छोरी संङ्गिता थापा दुई दिन अगाडिबाट सम्प्रर्क विहीन हुनुहुन्छ। काहीँ कतै देख्नुभयो भने तल दिएको मोबाइल नम्बरमा फोन गरि वा नजिकैको प्रहरी लाई बुझाई सहयोग गरि दिनहुन अनुरोध गर्दछौ।
मोबाइल नम्बर 9742445280

दैलेख घटना:प्रेमीलाई आफू गर्भवती छु भनेकी १८ वर्षिय किशोरीले बच्चा जन्माएँ भनेर देखाउन एक महिने बच्चा चोरिन्। दैलेखकी एक...
13/04/2025

दैलेख घटना:
प्रेमीलाई आफू गर्भवती छु भनेकी १८ वर्षिय किशोरीले बच्चा जन्माएँ भनेर देखाउन एक महिने बच्चा चोरिन्।

दैलेखकी एक किशोरीले भारतमा रहेका केटा साथीलाई देखाउन एक महिने बालिका चोरेर लगेको खुलेको छ । जंगलबाट बच्चासहित पक्राउ परेकी १८ वर्षीया किशोरीले प्रहरीलाई बताएअनुसार भारतमा रहेका आफ्नो केटा साथीलाई देखाउन उनले रातको समयमा बच्चा चोरेकी थिइन् ।

किशोरी आफ्नै गाउँका एक युवकसँग प्रेममा थिइन् । ती युवक रोजगारीको सिलिसलामा भारतमा छन् । ‘यसअघि पनि किशोरीले गाउँघरमा र सामाजिक सञ्जाल टिकटक लगायतमा आफू गर्भवती छु भन्ने कुरा उल्लेख गरिएको पाइयो,’ प्रहरी प्रवक्ता लालबहादुर सुनारले भने ।

भारतमा रहेका केटा साथीलाई देखाउनकै लागि उनले बच्चा चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । उनले एक महिनाकी बालिका चोरी गरेकी थिइन्।

‘उनले आफू गर्भवती छु भनेकी थिइन्, बच्चा जन्माएँ भनेर प्रमाणित गर्न उनले बच्चा चोरी गरेको देखिन्छ,’ उनले भने, ‘बच्चालाई मन पराउने र माया गर्ने गरेको पनि देखिन्छ।’

उनले दैलेखको ठाटीकाँध गाउँपालिका १ सिराडीका बमबहादुर बुढाकी एक महिने छोरीलाई बिहीबार बेलुकी ९ बजेतिर घरभित्रै सुतेको समयमा चोरेर लगेकी थिइन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी सुनिल दाहालका अनुसार ती किशोरीलाई शुक्रबार बिहान ९ बजेतिर जंगलबाट नियन्त्रणमा लिइएको थियो। त्यसबेला नाबालिकालाई साथमा लिएर हिँडिरहेकी थिइन्।

उनलाई दिउँसो मात्रै जिल्ला प्रहरी कार्यालय दैलेखमा पुर्‍याइएको थियो। डिएसपी दाहालका अनुसार जिप्रका ल्याइएपछि सोधपुछ गर्ने क्रममा उनी बेहोस भएपछि उपचारका लागि अस्पताल पठाउनु परेको थियो।

ती किशोरी पटक-पटक बेहोस भएपछि प्रहरीले शनिबारदेखि अस्पतालमा भर्ना गरेको छ। ‘सोधपुछ गर्न थालेपछि बेहोस हुने समस्या देखिएको छ। त्यही भएर पनि गहन रुपमा सोधपुछ र अनुसन्धान हुन पाएको छैन,’ उनले भने।

प्रहरीले शुक्रबार बिहान ९ बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका ३ को लामिडाँडा जंगलबाट बालिकाको उद्धार गरेको थियो। बालिका रोएपछि दूधको खोजीका लागि १८ वर्षीया किशोरी गाउँ पसेकी थिइन्। स्थानीयलाई शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए।

गंगु क्षेत्रीको सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गरी चरित्रहत्या गर्ने व्यक्ति पक्राउ । ललितपुर महानगरपालिका वडा न...
11/04/2025

गंगु क्षेत्रीको सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गरी चरित्रहत्या गर्ने व्यक्ति पक्राउ । ललितपुर महानगरपालिका वडा नम्बर ४ शान्तपुर्व मार्ग बस्ने वर्ष २४ को आयुष अधिकारी खुल्न आएको हो ।

गए राति ठाटिकाँध गाउँपालिका १  सिराडिबाट अपहरण परेकाे १ महिनाको बच्चा र बच्चा लिने ब्यक्ति चामुण्डा बिन्द्रासैनि नगरपालि...
11/04/2025

गए राति ठाटिकाँध गाउँपालिका १ सिराडिबाट अपहरण परेकाे १ महिनाको बच्चा र बच्चा लिने ब्यक्ति चामुण्डा बिन्द्रासैनि नगरपालिका २ देउरालिमा फेला परेकाे आफन्तजनहरुमा जानकारी गराउदछाैं ।
बच्चा लिने महिला चामुण्डा बिन्द्रासैनि नगरपालिका सिरउलकाे रहेकाे भन्ने खबर आएकाे छ र बच्चा अहिले सम्म सकुसल रहेकाे कुरा जानकारी गराउदछाैं ।

11/04/2025

बालक सकुशल भेटिएकि छन ।

दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका‎‎पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१,...
11/04/2025

दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका

‎‎पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नमा गएराति एक महिनाको शिशुलाई बेपत्ता पारिएकाे छ। ‎गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बुढालाई अपहरणशैलीमा बेपत्ता पारिएको‌ हो ।

‎‎उक्त शिशु एक महिना अगाडि जन्मिएको हो । ‎बमबहादुरका दाजु दीपक बुढाका अनुसार घरमा सबै सुतिसकेका थिए । ‎घर पछाडिको रुखमा राखेको खरमा आगो लाग्यो ‌। उक्त कुरा सुरुमा कसैलाई पत्तै थिएन ।

‎'माथिल्लो घरका मान्छेले देखेर खबर गरे' उनी भन्छन्, 'त्यसपछि बच्चाको आमा, बुबादेखि सबै जना आगो निभाउन गए ।' ‎लगत्तै घरमा आउँदा बच्चा नभएको उनले बताए।

बच्चालाई लिनका लागि कुनै समूहले खरमा आगो लगाएको र निभाउन गएको मौकामा बच्चा उठाएर भागेको उनको शंका छ । ‎बेपत्ता पारिएको बच्चासँग अर्को छोरा पनि साथमा सुतेको थियो । आउँदा ठुलो बच्चा सुतिरहेकै भएपनि सानो बच्चा नभएको उनले बताए।

‎‎घटना लगत्तै स्थानीयले ठाटीकाँध प्रहरी चौकीमा खबर गरेका थिए । राति नै प्रहरी त्यहाँ पुगेर खोजतलास गर्दा कुनै क्लु पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख सुनिल दाहालले बताए ।

‎'अचम्म लाग्दो घटना भयो,' उनले भने, 'अहिले पुनः त्यहाँ प्रहरी परिचालन गरेको छु।' ‎परिवारले बच्चा खोजी दिनका लागि सामाजिक सञ्जालदेखि प्रहरीमा आग्रह गरेका छन्।

दैलेखको ज्वाला माध्यमिक विद्यालयले परिक्षा शुल्क दोब्बर लियो अभिभावक आक्रोशितराष्ट्रिय परीक्षा बोर्डले तोकेको परीक्षा शु...
13/01/2025

दैलेखको ज्वाला माध्यमिक विद्यालयले परिक्षा शुल्क दोब्बर लियो अभिभावक आक्रोशित

राष्ट्रिय परीक्षा बोर्डले तोकेको परीक्षा शुल्कभन्दा दोब्बर रकम असुली गर्दै ज्वाला माध्यमिक विद्यालय प्रति स्थानीय अभिभावक आक्रोशित बनेका छन। राष्ट्रिय परीक्षा बोर्डले ६०० रुपैयाँको परिक्षा शुल्क तोकिए तापनि ज्वाला माध्यमिक विद्यालय, भगवतीमाई गाउँपालिका १, दैलेखले १२०० रुपैयाँ शुल्क असुलिरहेको छ। स्थानीय शिक्षाप्रेमी र अभिभावकले यस विषयमा आपत्ति जनाएका छन् र विद्यालय प्रशासनसँग स्पष्टिकरणको माग गरेका छन्। विद्यालयले थप शुल्क लिँदा विद्यार्थीदेखि अभिभावकसम्म चिन्ता व्यक्त गरेका छन्, किनकि यसले आर्थिक भार बढाउँछ। यसबारे विद्यालय प्रशासनले भने, “हामीले आवश्यक शुल्क र व्यवस्थापनका लागि थप रकम लिएका हौं” भनेर स्पष्टीकरण दिएको छ।विभिन्न सरोकारवालाहरूले यस अनियमितता छानबिन गर्न र शैक्षिक संस्थाहरूको शुल्क संरचनामा सुधार ल्याउन अनुरोध गरेका छन्।

23/12/2024

बाढी कसरी आउँछ छ हेर्नु होस है ।

Address

Dailekh, Thatikadh
Surkhet
0894

Alerts

Be the first to know and let us send you an email when ठाटीकाँध मिडिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ठाटीकाँध मिडिया:

Share

Category