सिम्ता,पानीखोला वडा नं ५ मेलमिलाप ग्रुप

  • Home
  • Nepal
  • Surkhet
  • सिम्ता,पानीखोला वडा नं ५ मेलमिलाप ग्रुप

सिम्ता,पानीखोला वडा नं ५ मेलमिलाप ग्रुप सुन्दर सफा बस्तीको निर्माण

24/09/2025

🙏 प्रिय सदस्य तथा शुभेच्छुकहरू 🙏

हाम्रो ग्रुप विगत १ वर्षदेखि विवाह, पूजा तथा विभिन्न धार्मिक–सामाजिक कार्यहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको छ। अब नयाँ अनुभवसहित वीरेन्द्रनगर साकाेस सुर्खेत को साधारण सभा को लागि पूर्ण तयारी भइसकेको छ।

तसर्थ, यस साधारण सभामा सवै शेयर सदस्यहरूलाई तोकिएको समयमा उपस्थित भई सहभागिता जनाइदिन हार्दिक अनुरोध गर्दछौँ।

📅 तपाईँको उपस्थिति नै हाम्रो सफलताको आधार हो।
धन्यवाद।

 #सूचनानेपालमा नयाँ प्रधानमन्त्री आएसँगै,गंगामाला देउती बज्यै मन्दिर निर्माण कार्यमा आर्थिक योगदान पुर्‍याउनु भएका युवा ...
12/09/2025

#सूचना

नेपालमा नयाँ प्रधानमन्त्री आएसँगै,
गंगामाला देउती बज्यै मन्दिर निर्माण कार्यमा आर्थिक योगदान पुर्‍याउनु भएका युवा पुस्ताहरूको नामावली सार्वजनिक गरिएको छ।

आज मिति २०८२ साल भाद्र २८ गतेसम्मको योगदान सूची प्रकाशित गरिएको हो।
यस पवित्र कार्यमा अझै पनि संयोग गर्ने इच्छुक महानुभावहरूले सहजै सहभागिता जनाउन सक्नु हुनेछ।

यदि प्रकाशित नामावलीमा कुनै नाम छुटेको भए, कृपया यसै पेजको कमेन्टमार्फत जानकारी दिनुहुन अनुरोध छ।

#गंगामाला_देउती_बज्यै_मन्दिर
#युवा_पुस्ता_को_समर्पण
#आर्थिक_संयोग

💓 गंगामाला देउती बज्यैको मन्दिर निर्माणमा तपाईंको साथ र सहयोगको अपेक्षा 💓जहिले पनि सकारात्मक सोच राख्ने, कुनै पनि सामाजि...
30/08/2025

💓 गंगामाला देउती बज्यैको मन्दिर निर्माणमा तपाईंको साथ र सहयोगको अपेक्षा 💓

जहिले पनि सकारात्मक सोच राख्ने, कुनै पनि सामाजिक कार्यमा पछि नहट्ने, मिलनसार र प्रेरणादायी सिम्ता गाउँपालिका वडा नं. ८, साहुखोला (स्यला) सुर्खेत निवासी तथा हाल भारतमा कार्यरत श्री पारस विश्वकर्मा ज्यूबाट रु. १,२२२ (एक हजार दुई सय बाईस मात्र) सहयोग प्राप्त भएकोमा मेलमिलाप ग्रुप तथा सम्पूर्ण पानीखोला बासीको तर्फबाट हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछौं।

✍️ "आफ्नो गाउँ, आफैं बनाऔं" भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै, पानीखोलाको गौरवशाली इतिहास, संस्कृति र धार्मिक परम्परालाई जगेर्ना गर्ने उद्देश्यले देउती बज्यैको मन्दिर निर्माण कार्य अघि बढाइएको हो।

🙏 हामी सबैको स–साना योगदानहरूले ठूलो कार्य सफल बनाउन सक्छन्। आउनुहोस्, देउती बज्यैको मन्दिर निर्माणमा हातेमालो गरौं र हाम्रो साझा पहिचान, आस्था तथा सांस्कृतिक सम्पदालाई अझ गौरवान्वित बनाऔं।

🌸 सिम्ता गाउँपालिका वडा नं. ५, मेलमिलाप ग्रुप, पानीखोला

 #गंगामाला_देउती_बज्यैको_मन्दिर_निर्माणमा_तपाईंको_साथ_र_सहयोगको_अपेक्षा जहिले पनि सकारात्मक सोच राख्ने, कुनै पनि सामाजिक...
21/08/2025

#गंगामाला_देउती_बज्यैको_मन्दिर_निर्माणमा_तपाईंको_साथ_र_सहयोगको_अपेक्षा

जहिले पनि सकारात्मक सोच राख्ने, कुनै पनि सामाजिक कार्यमा पछि नहट्ने, मिलनसार र प्रेरणादायी सिम्ता गाउँपालिका–५, आली सुर्खेत निवासी तथा हाल साउदी अरबमा कार्यरत श्री बम बहादुर बस्नेत ज्यूबाट रु. ३,०२५ (तीन हजार पच्चीस मात्र) सहयोग प्राप्त भएकोमा मेलमिलाप ग्रुप तथा सम्पूर्ण पानीखोला बासीको तर्फबाट हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछौं।

✍️ "आफ्नो गाउँ, आफैं बनाऔं" भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै, पानीखोलाको गौरवशाली इतिहास, संस्कृति र धार्मिक परम्परालाई जगेर्ना गर्ने उद्देश्यले देउती बज्यैको मन्दिर निर्माण कार्य अघि बढाइएको हो।

🙏 हामी सबैको स–साना योगदानहरूले ठूलो कार्य सफल बनाउन सक्छन्। आउनुहोस्, देउती बज्यैको मन्दिर निर्माणमा हातेमालो गरौं र हाम्रो साझा पहिचान, आस्था तथा सांस्कृतिक सम्पदालाई अझ गौरवान्वित बनाऔं।

🌸 सिम्ता गाउँपालिका–५, मेलमिलाप ग्रुप, पानीखोला 🌸

🔔 सूचना सूचना सूचना 🔔यस अत्यन्तै दुःखद घडीमा सम्पूर्ण ईष्टमित्र, दाजुभाइ, दिदीबहिनी तथा शुभचिन्तक महानुभावहरूमा यो जानका...
10/08/2025

🔔 सूचना सूचना सूचना 🔔

यस अत्यन्तै दुःखद घडीमा सम्पूर्ण ईष्टमित्र, दाजुभाइ, दिदीबहिनी तथा शुभचिन्तक महानुभावहरूमा यो जानकारी गराउन चाहन्छौं कि सिम्ता गाउँपालिका–५, पानीखोला निवासी श्री चन्द्र बाठाका कान्छा सुपुत्र तथा पानीखोला मेलमिलाप ग्रुपका सदस्य स्व. गोविन्द बिकको शोकसभा तथा सुधीकार्य आज यहि मिति २०८२ साल श्रावण २५ गते आइतबार (तदनुसार १० अगस्ट २०२५) का दिन सम्पन्न हुने भएकोले,

सम्पूर्ण आफन्तजन, ईष्टमित्र तथा शुभचिन्तक महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

📍 स्थान: गोजी बजार पुलको खोला साइडमा
🕯️🌹🙏

05/08/2025

शोक सन्देश

सिम्ता गाउँपालिका वडा नं. ५ निवासी श्री चन्द्र बहादुर बाठाका सुपुत्र, आमा धनसरा बाठा, श्रीमती सुशीला विक, एक छोरा, सात जना दिदीबहिनीहरू र दाजु श्री दुर्ग बहादुर विकका भाई, साथै सिम्ता गाउँपालिका वडा नं. ५ पानिखोला मेलमिलाप ग्रुपका सक्रिय सदस्य श्री गोविन्द विकको भारतको गुजरात राज्यअन्तर्गत राजकोट, जुनागढमा रोजगारीको सिलसिलामा रहँदा भएको असामयिक निधनको दुःखद खबरले हामी सबै मर्माहित एवं स्तब्ध भएका छौँ।

उहाँप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौँ। साथै शोकको यस घडीमा उहाँका सम्पूर्ण परिवारजन, आफन्तजन र मित्रजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं।

गोविन्द विक अत्यन्त मिलनसार, सहयोगी, इमान्दार र जिम्मेवार व्यक्ति हुनुहुन्थ्यो। उहाँ सधैं सामाजिक कार्यमा अग्रसर रहनुहुन्थ्यो र पानिखोला मेलमिलाप ग्रुपको माध्यमबाट आर्थिक तथा भौतिक रूपमा जुनसुकै परिस्थितिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको थियो।

उहाँको निधनले ग्रुप तथा समग्र समाजले एक होनहार, कर्मठ र समर्पित व्यक्तित्व गुमाएको छ।

श्री गोविन्द विकप्रति श्रद्धासुमन अर्पण।

💓 देउती बज्यैको मन्दिर निर्माणमा तपाईंहरूको साथ र सहयोगप्रति हार्दिक आभार 💓🙏 सिम्ता–५, मेलमिलाप ग्रुप, पानीखोला सुर्खेतद...
01/08/2025

💓 देउती बज्यैको मन्दिर निर्माणमा तपाईंहरूको साथ र सहयोगप्रति हार्दिक आभार 💓

🙏 सिम्ता–५, मेलमिलाप ग्रुप, पानीखोला सुर्खेतद्वारा निर्माणाधीन गंगामाला देउती बज्यै मन्दिर निर्माणका लागि सहयोग संकलन कार्य अन्तर्गत ठेली नं. ० बाट पनि सहयोग संकलन गरिने जानकारी गराइन्छ।

यस पवित्र कार्यमा सहभागी भई आफ्नो आस्था, संस्कार र गौरव जोगाउनका लागि हातेमालो गर्न सबैमा हार्दिक अनुरोध गर्दछौं।

🌺 जय देउती बज्यै!

✍️
मेलमिलाप ग्रुप
सिम्ता गाउँपालिका – वडा नं. ५, पानीखोला
📞 संपर्क:
व्यवस्थापक – देव प्रसाद ढकाल
मो.नं. 980-3164317

💓 देउती बज्यैको मन्दिर निर्माणमा तपाईंको साथ र सहयोगको अपेक्षा 💓सधैं सकारात्मक सोच राख्दै, समाजसेवामा अग्रसर रहने, मिलनस...
30/07/2025

💓 देउती बज्यैको मन्दिर निर्माणमा तपाईंको साथ र सहयोगको अपेक्षा 💓

सधैं सकारात्मक सोच राख्दै, समाजसेवामा अग्रसर रहने, मिलनसार र प्रेरणादायी व्यक्तित्वका धनी सिम्ता गाउँपालिका वडा नं. ७, तामा सुर्खेत निवासी श्री बुद्धिमान सुनार ज्यूबाट देउती बज्यैको मन्दिर निर्माणका लागि रु. १,५१५ (एक हजार पाँच सय पन्ध्र रुपैयाँ) सहयोग प्राप्त भएको जानकारी गराउँदै, मेलमिलाप ग्रुप तथा सम्पूर्ण पानीखोला बासीको तर्फबाट उहाँप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं।

"आफ्नो गाउँ, आफैं बनाऔं" भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै, पानीखोलाको समृद्ध इतिहास, संस्कृति र धार्मिक परम्पराको जगेर्नाका लागि देउती बज्यैको मन्दिर निर्माण कार्य अगाडि बढाइएको हो।

हामी सबैको स-साना योगदानले एउटा ठूलो सपना साकार पार्न सक्छ।
आउनुहोस्, आस्था र संस्कृति जोगाउन हातेमालो गरौं।

📍 सिम्ता गाउँपालिका वडा नं. ५
मेलमिलाप ग्रुप, पानीखोला

💓 देउती बज्यैको मन्दिर निर्माणमा तपाईंको साथ र सहयोगको अपेक्षा 💓जहिले पनि सकारात्मक सोच राख्ने, सामाजिक कार्यमा सक्रिय र...
26/07/2025

💓 देउती बज्यैको मन्दिर निर्माणमा तपाईंको साथ र सहयोगको अपेक्षा 💓

जहिले पनि सकारात्मक सोच राख्ने, सामाजिक कार्यमा सक्रिय रहने, मिलनसार र प्रेरणादायी व्यक्तित्वका धनी सिम्ता गाउँपालिका–५, पानीखोला सुर्खेत निवासी तथा मेलमिलाप ग्रुपका उपाध्यक्ष श्री भुपेन्द्र के.सी. ज्यूबाट रु. १२,२२२ (बाह्र हजार दुई सय बाइस रुपैयाँ) सहयोग प्राप्त भएकोमा मेलमिलाप ग्रुप तथा सम्पूर्ण पानीखोला बासीको तर्फबाट हार्दिक धन्यवाद र आभार प्रकट गर्दछौं।

"आफ्नो गाउँ, आफैं बनाऔं" भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै, पानीखोलाको गौरवशाली इतिहास, संस्कृति र धार्मिक परम्परालाई जगेर्ना गर्न देउती बज्यैको मन्दिर निर्माण कार्य अघि बढाइएको हो।

हामी सबैको स-साना योगदानहरूले पनि ठूलो कार्य सफल बनाउन सक्छन्।
आउनुहोस्, देउती बज्यैको मन्दिर निर्माणमा हातेमालो गरौं र हाम्रो साझा पहिचान, आस्था र सांस्कृतिक सम्पदालाई अझ गौरवान्वित बनाऔं।

सिम्ता गाउँपालिका वडा नं. ५
मेलमिलाप ग्रुप, पानीखोला

💓 गंगामाला देउती बज्यैको मन्दिर निर्माणमा तपाईंको साथ र सहयोगको अपेक्षा 💓आज आफ्नै जन्मदिनको विशेष अवसरमा, व्यक्तिगत खर्च...
19/07/2025

💓 गंगामाला देउती बज्यैको मन्दिर निर्माणमा तपाईंको साथ र सहयोगको अपेक्षा 💓

आज आफ्नै जन्मदिनको विशेष अवसरमा, व्यक्तिगत खर्चभन्दा गाउँ समाजलाई प्राथमिकता दिँदै, आगामी दिनमा फेरि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै, सिम्ता गाउँपालिका वडा नं. ५ पानीखोला निवासी तथा मेलमिलाप ग्रुपका सक्रिय समिति सदस्य श्री शंकर बि.क. ज्यूले रु. ४,९६० (चार हजार नौ सय साठी रुपैयाँ) देउती बज्यैको मन्दिर निर्माणका लागि सहयोग प्रदान गर्नुभएकोमा, मेलमिलाप ग्रुप तथा सम्पूर्ण पानीखोला बासीको तर्फबाट हार्दिक धन्यवाद र आभार प्रकट गर्दछौं।

"आफ्नो गाउँ, आफैं बनाऔं" भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै, पानीखोलाको गौरवशाली इतिहास, संस्कृति र धार्मिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले देउती बज्यैको मन्दिर निर्माण कार्य अघि बढाइएको हो।

हामी सबैको स-साना सहयोगहरूले नै ठूलो कार्य सफल बनाउन सक्छ।
आउनुहोस्, देउती बज्यैको मन्दिर निर्माणमा हातेमालो गरौं र हाम्रो साझा पहिचान, आस्था र सांस्कृतिक सम्पदालाई अझ गौरवान्वित बनाऔं।

सिम्ता गाउँपालिका वडा नं. ५
मेलमिलाप ग्रुप, पानीखोला

💓 गंगामाला देउती बज्यैको मन्दिर निर्माणमा तपाईंको साथ र सहयोगको अपेक्षा 💓सधैं सकारात्मक सोच राख्ने, कुनै पनि सामाजिक कार...
14/07/2025

💓 गंगामाला देउती बज्यैको मन्दिर निर्माणमा तपाईंको साथ र सहयोगको अपेक्षा 💓

सधैं सकारात्मक सोच राख्ने, कुनै पनि सामाजिक कार्यमा पछि नहट्ने, मिलनसार र प्रेरणादायी व्यक्तित्व सिम्ता गाउँपालिका वडा नं. ५, आली निवासी श्री शेरबहादुर परियार ज्यूबाट रु. ३,९२५ (तीन हजार नौ सय पच्चीस रुपैयाँ) देउती बज्यैको मन्दिर निर्माणका लागि सहयोग प्राप्त भएकोमा, मेलमिलाप ग्रुप तथा सम्पूर्ण पानीखोला बासीको तर्फबाट हार्दिक धन्यवाद र आभार प्रकट गर्दछौं।

"आफ्नो गाउँ, आफैं बनाऔं" भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै, पानीखोलाको गौरवशाली इतिहास, संस्कृति र धार्मिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले देउती बज्यैको मन्दिर निर्माण कार्य अघि बढाइएको हो।

हामी सबैको स-साना सहयोगले ठूलो कार्य सफल बनाउन सक्छ।
आउनुहोस्, देउती बज्यैको मन्दिर निर्माणमा हातेमालो गरौं र हाम्रो साझा पहिचान, आस्था र सांस्कृतिक सम्पदालाई अझ गौरवान्वित बनाऔं।

सिम्ता गाउँपालिका वडा नं. ५
मेलमिलाप ग्रुप, पानीखोला

💓 गंगामाला देउती बज्यैको मन्दिर निर्माणमा तपाईंको साथ र सहयोगको अपेक्षा 💓सधैं सकारात्मक सोच राख्ने, कुनै पनि सामाजिक कार...
11/07/2025

💓 गंगामाला देउती बज्यैको मन्दिर निर्माणमा तपाईंको साथ र सहयोगको अपेक्षा 💓

सधैं सकारात्मक सोच राख्ने, कुनै पनि सामाजिक कार्यमा पछि नहट्ने, मिलनसार र प्रेरणादायी व्यक्तित्व सिम्ता गाउँपालिका वडा नं. ५, पानीखोला सुर्खेत निवासी मेलमिलाप ग्रुप सदस्य श्री टीकाराम पौडेलज्यूको परिवारबाट देउती बज्यैको मन्दिर निर्माणका लागि उल्लेखनीय सहयोग प्राप्त भएकोमा मेलमिलाप ग्रुप तथा सम्पूर्ण पानीखोला बासीको तर्फबाट हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं।

उहाँको घर परिवारबाट प्राप्त योगदान यसप्रकार छः
१. पूजा पौडेल – रु. ५,५५५/-
२. हरी पौडेल – रु. ५,५५५/-
३. यमुना पौडेल – रु. ५,५५५/-
४. हिमा पौडेल – रु. ५,५५५/-
५. टीकाराम पौडेल – रु. ५,५५५/-
🔸 जम्मा सहयोग राशिः रु. २७,७७५/-

"आफ्नो गाउँ, आफैं बनाऔं" भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै, पानीखोलाको गौरवशाली इतिहास, संस्कृति र धार्मिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गंगामाला देउती बज्यैको मन्दिर निर्माण कार्य अगाडि बढाइएको हो।

हामी सबैको स-साना योगदानहरूले ठूलो कार्य सफल बनाउन सक्छ।
आउनुहोस्, देउती बज्यैको मन्दिर निर्माणमा हातेमालो गरौं, र हाम्रो साझा आस्था, पहिचान र सांस्कृतिक सम्पदालाई अझ गौरवान्वित बनाऔं।

सिम्ता गाउँपालिका वडा नं. ५
मेलमिलाप ग्रुप, पानीखोला

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when सिम्ता,पानीखोला वडा नं ५ मेलमिलाप ग्रुप posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share