30/07/2026
अस्पतालमा लापरबाही छैन त?
ग्यारेन्टी गरेर भन्छु, लापरबाही छ। १ डाक्टरले १००-२०० बिरामी हेर्नु नै लापरबाही हो। ७५ स्वीकृत बेडमा ४०० बिरामी राखेर उपचार गर्नु लापरबाही हो। एकजना डाक्टरले दिनमा ८-१० अपरेसन गर्नु लापरबाही हो। कसैले ३६ घन्टा निरन्तर उपचार गर्नु पनि लापरबाही हो।
मापदन्ड अनुसार १००० जनसंख्याको लागि ४ बेड संख्या नछुट्याउनु लापरबाही हो (नेपालमा ०.३९ छ)। टिकट र ओपिडीमा भीड़ खडा गरेर सास्ती दिनु लापरबाही हो। जनसंख्यालाइ आवस्यक पर्ने आइसियु बेड उपलब्ध नहुनु लापरबाही हो। अस्पताल फोहोर हुनु लापरबाही हो। पैसा बिना सरकारी अस्पतालमा पनि मानिसको ज्यान जानु लापरबाही हो। भात खान पुग्ने तलब नदिएर सरकारी कार्यालयमा काम गर्ने जो कोही कर्मचारी लुखुर लुखुर दोस्रो कामको, क्लिनिकको वा घुसको पछि लाग्ने अवस्था छ, त्यो पनि लापरबाही नै हो।
लापरबाही छ स्वास्थ्य क्षेत्रमा। स्वास्थ्य क्षेत्र के, देसका सबै क्षेत्रमा लापरबाही छ।
तर यी माथिका कति लापरबाही स्वास्थ्यकर्मीले समाधान गर्न सक्ने छ? यी कुराको जवाफ आफुले चुनेका सांसद, मन्त्रीलाइ सोध्नुहोस। ७५ बेडमा ४०० बिरामी राखेर खुब क्यामेरा बोकेर निरिक्षणमा आउँछन त, पानी माथिका ओभानाहरु।
तपाइँले जति डाक्टर कुट्नुस, मार्नुस, जलाउनुस, तर जुन समस्या डाक्टरले गराएको नै होइन, त्यो कुराको समाधान उसलाइ कुटेर मारेर निस्किँदैन।
संगठित तवरले ज्यान मार्नेगरी हमला त आम नागरिकलाइ त के जनावारलाइ गरे पनि अपराध हो।
अपराधको बिरोध गर्न पनि नपाइने हुन्छ? संगठित हत्या प्रयासमा सिसिटिभि फुटेज हुँदाहुँदै पनि कारबाही बढाउन देशको अस्पताल बन्द गर्ने वातावरण आउँछ भने यो देशको कानुनलाइ के दिने? हार्दिक श्रद्दाञ्जली??
यसैको बिरोधमा अस्पतालमा आकस्मिक बाहेक सेवा बन्द हुनुमा स्वयं आमनागरिक र सरकार दोषि छन। आफ्नो ज्यान मारेर कसैले उपचार गर्दैनन।।