Lalit Basnet/ललित बस्नेत

  • Home
  • Lalit Basnet/ललित बस्नेत

Lalit  Basnet/ललित बस्नेत लेखन, प्रशिक्षणमा समेत रुची भएको राष्ट्र र नागरिकको सेवामा समर्पित एक राष्ट्रसेवक ।

सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली   अर्पण गर्दै सहिदका सपना पुरा गर्न मन, वचन र कर्मले सधैं लागिपर्ने प्रतिबद्ध...
17/09/2025

सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सहिदका सपना पुरा गर्न मन, वचन र कर्मले सधैं लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

NEA को कार्यकारी निर्देशकबाट अन्याय र अपमानपूर्वक बहिर्गमन र केही महिनामै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा मन्त्रीक...
16/09/2025

NEA को कार्यकारी निर्देशकबाट अन्याय र अपमानपूर्वक बहिर्गमन र केही महिनामै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा मन्त्रीको रुपमा आगमन वास्तवमै फिल्ममा देखिने दृश्य जस्तो लाग्छ ।
धेरै धेरै बधाई तथा विगतमा NEA मा गरेजस्तै चमत्कारिक कार्यको लागि शुभकामना छ माननीय मन्त्री ज्यू । माननीय मन्त्रीज्यूको spirit अनुसार काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।

16/09/2025

दलका नेता/कार्यकर्ताले "हामी फेरि जुट्छौं, उठ्छौं" भन्ने रटान लगाउनुभन्दा विगतमा भएका गल्ती कमजोरीप्रति माफी माग्ने, भ्रष्टहरुलाई दलबाट विदामात्र होइन सबैको सम्पति छानवीन गरी कडा कार्वाही गर्ने र अव दम्भ, अहंकार, भ्रष्ट आचरण, सत्ता/पदलोलुपता त्यागेर जेन्जीको भावना अनुसार पूर्ण रुपमा रुपान्तरण हुन्छौं र वास्तविक लोकतान्त्रिक सँस्कार र मूल्य मान्यतातालाई आत्मासात गर्छौं भन्दा राम्रो होला, अन्यथा यहाँहरुले सोचे विपरित फागुन २१ मा जनताले नराम्रोसँग धुलो चटाउने निश्चित छ, अव साँच्चिकै सच्चिने वा सक्किने शीघ्र निर्णय गर्ने बेला आएको छ । यहाँहरुलाई के लाग्दछ ?

समय मिले उहाँका कुरा सुन्दा र  गुन्दा उपयुक्त नै हुन्छ ।
15/09/2025

समय मिले उहाँका कुरा सुन्दा र गुन्दा उपयुक्त नै हुन्छ ।

अँध्यारोबाट_उज्यालोतिर ----------------------------------Guest: Dr. Bipin Adhikari संविधानविदRes...

पुराना दलका भए पनि समय मिले उहाँका कुरा सुन्दा र  गुन्दा उपयुक्त नै हुन्छ । अमुक दलमा आवद्ध भए भन्दैमा सबैलाई लखेट्ने र ...
15/09/2025

पुराना दलका भए पनि समय मिले उहाँका कुरा सुन्दा र गुन्दा उपयुक्त नै हुन्छ । अमुक दलमा आवद्ध भए भन्दैमा सबैलाई लखेट्ने र गाली गर्ने भन्दा यस्तालाई संरक्षण र प्रोत्साहन गर्नुपर्दछ र साँच्चिकै आँट भए उहाँहरुले पनि कुरामा होइन व्यवहारमा कि त दलमा आमूल रुपान्तरण गर्न सक्नुपर्छ वा नसके समयको माग अनुसार विद्रोह गर्नुपर्छ, कि कसो ?

About Showयक्ष प्रश्नमा नेपाली काङ्ग्रेसका नेता डा. चन्द्र भण्डारी -"तपाईं आज पनि नेपाली काङ्ग्रेस हुनुहुन्छ ? ३६ बर्षमा...

14/09/2025

साविककै व्यवस्था अनुसार समयमै निर्वाचन गरे पनि त्यसले मुलुकलाई कुनै पनि विकास र निकास नदिने देखिएकोले साँच्चिकै निकास सहित दिगो शान्ति, विकास, समृद्धि र सुशासनको आकांक्षा पुरा गर्न र सहिद, घाइते तथा वास्तविक जेन्जी आन्दोलनकारीको सपना पुरा गर्न सर्वप्रथम सर्वपक्षीय सहमतिको आधारमा कम्तिमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था सहितको शासकीय प्रणालीमा रुपान्तरण गर्ने गरी संविधान संशोधन गरेर सोहि अनुसार मात्र शीघ्र स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन अपरिहार्य छ भन्ने ठान्दछु। सबैले यसमा बहश गर्न अति जरुरी छ । यहाँहरुलाई के लाग्छ ? - Lalit Basnet

13/09/2025

प्रतिनिधिसभा विघटनसँगै निर्माणको अन्तिम चरणमा रहेको निजामती सेवा विधेयक ढुस भएको छ, अब साविककै ऐन अनुसार जुट्नुपर्छ तर विस्तारै

विषम परिस्थितिमा सुशीला कार्की नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा  हार्दिक बधाई तथा चुनौतिलाई अवसरमा रूपान्तरण ग...
12/09/2025

विषम परिस्थितिमा सुशीला कार्की नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा चुनौतिलाई अवसरमा रूपान्तरण गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

विषय गम्भीर छ ।
12/09/2025

विषय गम्भीर छ ।

२७ भदौ, काठमाडौं । सिंहदरवारका केही निजामती कर्मचारीहरुले मुलुकको जनधनको ठूलो क्षति हुँदा समेत प्रशासनिक नेतृत.....

12/09/2025

योजनाबद्ध रुपमा घुसपैठ भएका केही स्वार्थ समूह र विभिन्न शक्तिकेन्द्रबाहेक आम जेन्जी (Gen Z )को आन्दोलनको माग अहिलेको भन्दा उन्नत एवं परिष्कृत लोकतन्त्र र गणतन्त्र सहितको अग्रगमन हो न कि प्रतिगमन हो भन्ने लाग्छ । सामाजिक संजालमा हल्ला गरे जस्तो मुलुकलाई प्रतिगमनतर्फ लान खोजिए अव Gen Z मात्र होइन Gen Y, Gen X सहित सारा सचेत नेपाली जुरुक्कै उठ्नेछन् र स्वार्थ समूहहरुलाई खरानी पार्नेछन्। यहाँहरुलाई के लाग्छ ?

नोट: अहिले विषम परिस्थितिमा विचार निर्माण गर्न आवश्यक भएकोले कमेन्ट र शेयर अवश्य गर्नुहोला ।

11/09/2025

मुलुकमा विधिको शासन एवं सुशासन कायम गर्न लोकतान्त्रिक सँस्कार र मूल्य मान्यतायुक्त राजनैतिक दलहरु अपरिहार्य छन् । विद्यमान दलहरुमा भएका केही निरंकुश, दम्भी, भ्रष्ट, अहंकारी एवं पदलोलुप व्यक्तिहरु र उनीहरुका गलत कदममा ताली पिट्ने दास स्वभावका झोले नेता कार्यकर्ताको कारण अहिलेको अवस्था आएको हो । तसर्थ सबै दललाई र तिनका इमान्दार र निष्ठावान नेता कार्यकर्तालाई निषेध गर्ने भन्दा त्यस्ता प्रवृत्तिका मान्छेलाई निषेध गर्न जरुरी छ ।
अव संविधान संशोधन गर्दा अन्य कुराका अतिरिक्त कर्मचारी जस्तै ६० वा ६५ वर्ष उमेर पुगेका सबै नेतालाई राजनीतिबाट अनिवार्य अवकाश हुने गरी संविधान र कानूनमा व्यवस्था गरे कसो होला ?

11/09/2025

# मुलुकको सार्वभौमसत्ता,स्वाधीनता र अखण्डतालाई केन्द्रमा राख्न जरुरी छ #
अहिलेको विषम परिस्थितिमा सरकार निर्माण गर्न सक्रिय हुने काम राष्ट्रपतिको हो, जो नेपाली सेनाको परमाधिपति पनि हो । सेनाको काम कठिन अवस्थामा शान्ति सुरक्षा कायम गर्ने हो । नेपाली सेनाले केही ढिला भए पनि यो काम गरिरहेको छ, यसलाई प्रशंसनीय नै मान्नुपर्दछ र सबैले सहयोग गर्नुपर्दछ ।
-तसर्थ जेन्जी मित्रहरु अहिलेको विषम परिस्थितिमा नयाँ प्रधानमन्त्री वा अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षको लागि उपयुक्त पात्रमा शीघ्र सहमति गरी बरु सेनापति समेतको उपस्थितिमा राष्ट्रपतिसँग छलफल गर्न उपयुक्त देखिन्छ न की सैनिक मुख्यालयमा लाइन लाग्न जाने ।
-भाद्र २३ गतेको आन्दोलनमा अनावश्यक रुपमा बल प्रयोग गरी १९ बढीको मृत्यु भएको र २४ गतेको आन्दोलनमा विभिन्न स्वार्थ समूह र शक्तिकेन्द्रको योजनाबद्ध घुसपैठ र उक्साहटमा यहाँहरुले कल्पना समेत नगरेको तोडफोड र आगजनी भएकोले संयमित भएर विवेकपूर्ण कदम चाल्नुहोला, मुलुकको सार्वभौमसत्ता,स्वाधीनता र अखण्डतालाई केन्द्रमा राख्नुहोला ।

Address


Opening Hours

Monday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Saturday 09:00 - 17:00

Telephone

+9779851242155

Website

Alerts

Be the first to know and let us send you an email when Lalit Basnet/ललित बस्नेत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lalit Basnet/ललित बस्नेत:

  • Want your business to be the top-listed Media Company?

Share