Jagaran FM Surkhet

Jagaran FM Surkhet Jagaran Community FM Radio, Online news portal, Youtube
--Birendranagar-12, Surkhet--

नामः जागरण एफ‍. एम. वीरेन्द्रनगर–१२, सुर्खेत ।
सञ्चालक संस्थाः हातेमालो जागरण वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ।
फोन (कार्यक्रम)-०९७७८३–५२४३४२, ५२५२४२
फोन (सूचना,समाचार र प्रतिक्रिया) ०८३–५२४१४२,९८५८०५२३३९
वेवसाइटः www.onlinejagaran.com

वि.सं. २०८० मा गएको विनाशकारी भूकम्पबाट विस्थापित नागरिकले अहिलेसम्म राहत नपाएको भन्दै जाजरकोटका युवाहरूले संघीय राजधानी...
13/09/2026

वि.सं. २०८० मा गएको विनाशकारी भूकम्पबाट विस्थापित नागरिकले अहिलेसम्म राहत नपाएको भन्दै जाजरकोटका युवाहरूले संघीय राजधानी काठमाडौंस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागी युवाहरूले भूकम्पपीडितलाई तत्काल राहत वितरण गर्नुपर्ने र क्षतिग्रस्त ऐतिहासिक जाजरकोट दरबारको पुनर्निर्माण अविलम्ब सुरु गर्नुपर्ने माग गरेका छन्। उनीहरूले भूकम्प गएको लामो समय बितिसक्दा पनि पीडितहरूको उचित पुनर्स्थापना हुन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन्। जागरण एफ एम Jagaran FM Surkhet

नेपाली कांग्रेसको संस्थापन पक्ष पार्टीको भित्रको अर्को पक्षलाई समेट्न थप लचक भएको छ ।पूर्व सभापति शेरबहादुर देउवा नेतृत्...
13/09/2026

नेपाली कांग्रेसको संस्थापन पक्ष पार्टीको भित्रको अर्को पक्षलाई समेट्न थप लचक भएको छ ।
पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वका समितिमा रहेका र विशेष महाधिवेशनको विपक्षमा रहेकालाई समेट्ने उद्देश्यले केन्द्रीय समितिमा थप्ने निर्णय लिएको छ । जागरण एफ एम Jagaran FM Surkhet

भोटेकोशी बाढी प्रभावित परिवारका लागि सरकारले स्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा १५ हजार रुपैयाँ आवास भाडा दिने नि...
13/09/2026

भोटेकोशी बाढी प्रभावित परिवारका लागि सरकारले स्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा १५ हजार रुपैयाँ आवास भाडा दिने निर्णय गरेको छ । ४ जनासम्मका परिवारलाई मासिक १५ हजार र ४ जनाभन्दा धेरै सदस्य भएमा प्रतिव्यक्ति थप २ हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो ।
मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत यो जानकारी दिँदै बाढी प्रभावितको राहत, पुनर्स्थापना र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । जागरण एफ एम Jagaran FM Surkhet

13/09/2026

अहिले तपाई सुन्दै हुनुहुन्छ जागरण एफएम ९०.८ मेगाहर्जले सुर्खेतमा तयार पारेको साँझ ७ बजेको कर्णाली रैबार । कर्णाली रैबार कर्णाली प्रदेशका दशवटै जिल्लाबाट एकैसाथ प्रसारण भईरहेको छ । साथै हामीलाई Mobile Apps: हाम्रो पात्रोमा Jagaran FM, Online मा https://onlinejagaran.com/live/ बाट पनि संसारभरि एकसाथ सुन्न सकिन्छ । जागरण एफएम, एफएम वेण्डमा ९०.८ मेगाहर्ज । वीरेन्द्रनगर १२, सुर्खेत ।

13/09/2026

सञ्जय साहसँग उनी अस्पतालबाट डिस्चार्ज भएसँगै गरिएको कुराकानी |
रसुवा बाढीका कारण माथिल्लो त्रिशूली ३ए विद्युत् आयोजनाको सुरुङमा फसेको १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्, "मोबिल मिसिएको पानी आफ्नै कपडाले छानेर खाएर बाँचेँ"
अन्तर्वार्ता/भिडिओ : कमल परियार | BBC Nepali Sewa

एसीसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एशिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने...
13/09/2026

एसीसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एशिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ ।
टोली मलेसियन एअरलाइन्सबाट राति पौने १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ । नेपाल हिजो भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा यूएईलाई ४४ रनले हराउँदै च्याम्पियन बनेको हो । जागरण एफ एम Jagaran FM Surkhet

सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणाली (एफडब्लुसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक ...
13/09/2026

सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणाली (एफडब्लुसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ ।
मलेसिया रोजगारीमा सिन्डिकेट गर्न लागिएको आशंकामा वैदेशिक रोजगार विभागले एफडब्लुसीएमएस प्रणालीमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत २५ वटा इजाजतपत्रप्राप्त संस्थालाई प्रणालीसँगको आबद्धता निरन्तरता नदिन निर्देशन दिएको हो । जागरण एफ एम Jagaran FM Surkhet

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत भएको छ । दु...
13/09/2026

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत भएको छ । दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका-१ रुघाका सुन्दर खड्का मगर र सानीभेरी-६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जागरण एफ एम Jagaran FM Surkhet

13/09/2026

अहिले तपाई सुन्दै हुनुहुन्छ जागरण एफएम ९०.८ मेगाहर्जले सुर्खेतमा तयार पारेको बिहान ५:३० बजेको कर्णाली रैबार ।कर्णाली रैबार कर्णाली प्रदेशका दशवटै जिल्लाबाट एकैसाथ प्रसारण भईरहेको छ । साथै हामीलाई Mobile Apps: हाम्रो पात्रोमा Jagaran FM, Online मा https://onlinejagaran.com/live/ बाट पनि संसारभरि एकसाथ सुन्न सकिन्छ । वीरेन्द्रनगर १२, सुर्खेत

Address

Karnali Province
Surkhet

Alerts

Be the first to know and let us send you an email when Jagaran FM Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jagaran FM Surkhet:

Shortcuts

Share

Category