Herne Karnali

Herne Karnali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Herne Karnali, News & Media Website, karnali, Surkhet.

कर्णालीका हरेक सत्य-तथ्य समाचार तपाईंहरु माहाज़ ल्याउने जमर्को गरेका छौं। कर्णाली आज नजिक बाट नियाल्न को हेर्ने कर्णाली लाई आजै follow गरेर हामीसँग जोडिनु होला धन्यबाद 🙏🇳🇵
www.Hernekarnali.com

29/04/2026

विद्यालयको चरम लापरवाही ! 😡
Jajarkot को कुशे गाउँपालिका स्थित मान्ने ढुङ्गा माध्यमिक विद्यालय का Class 12 का १७ जना विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भएका छन् ।

विद्यालयले समयमै परीक्षा फारम र आवश्यक कागजात राष्ट्रिय परीक्षा बोर्डमा नपठाएपछि विद्यार्थीहरूको भविष्य अन्योलमा परेको छ । 📚💔

एक वर्षको मेहनत, सपना र संघर्षमाथि विद्यालयकै लापरवाहीले ठुलो चोट पुगेको भन्दै अभिभावक र स्थानीय आक्रोशित भएका छन् । अब यसको जिम्मेवारी कसले लिने ? 🤔

🇳🇵

06/03/2026

सुर्खेत २ मा ९ बजेबाट मत गणना सुरु हुने!

सुर्खेतमा रास्वपाको चुनावी सभा ड्रोनबाट हेर्दाको दृश्य।
19/02/2026

सुर्खेतमा रास्वपाको चुनावी सभा ड्रोनबाट हेर्दाको दृश्य।

17/02/2026

:
विरेन्द्रनगर सुर्खेत स्थित मङलगडि चोकमा महिला महिला बिच कु*टाकु*ट😳

झुटो हल्ला फैलाएको र निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा दुर्गा प्रसाईंलाई फेरि नेपाल प्रहरीले पक्राउ गरेको छ। 😲   ...
16/02/2026

झुटो हल्ला फैलाएको र निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा दुर्गा प्रसाईंलाई फेरि नेपाल प्रहरीले पक्राउ गरेको छ। 😲

Source: Kathmandu Police's Spokesperson

16/02/2026

रास्वपा जाजरकोटको निर्वाचन सम्बन्धी प्रशिक्षण कार्यक्रम
राष्ट्रिय स्वतन्त्र पार्टी, जाजरकोटको आयोजनामा आगामी निर्वाचनलाई लक्षित गरी विशेष प्रशिक्षणात्मक कार्यक्रम हुने भएको छ।
प्रमुख अतिथि: श्री प्रेम बोहरा (प्रदेश उपसभापति)
मिति: २०८२ फागुन ६ गते
समय: दिउँसो १:०० बजे
स्थान: पार्टी कार्यालय, खलंगा
नोट: जिल्ला र पालिका कमिटीका सबै पदाधिकारीहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। 🔔
#प्रेम_बोहरा #रास्वपा

    वीरेन्द्रनगरको फोरलेन सडक किनारामा भेटिएको श #व कैलालीको लम्की घर भएका प्रकाश महतरा रहेको प्रारम्भीक रुपमा खुलेको छ ...
15/02/2026

वीरेन्द्रनगरको फोरलेन सडक किनारामा भेटिएको श #व कैलालीको लम्की घर भएका प्रकाश महतरा रहेको प्रारम्भीक रुपमा खुलेको छ । ३५ वर्षीय महतरा वीरेन्द्रनगरकै एक हाेटलमा काम गर्ने र उनी राती फर्किदै गर्दा गाडीले ठक्कर दिएको सीसी टिभी क्यामरामा देखिएको सुर्खेत प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिएको गाडीलाई वीरेन्द्रगरको भैरवस्थानबाट नियन्त्रणमा लिएको छ । आफन्तहरु सम्पर्कमा आएको र घटनाबारे अझै थप अनुसन्धान गरिरहेकाले विस्तृतमा जानकारी पछि दिने प्रहरीकाे भनाइ छ ।

15/02/2026

ब्रेकिङ: सुर्खेतमा एक पुरुषको शव फेला 🚩
सुर्खेतको पञ्चपुरी नगरपालिका–४ बरैचेस्थित सिँचाइ कुलोमा ५४ वर्षीय भक्तबहादुर बयक मृत अवस्थामा फेला परेका छन्।
पञ्चपुरी–६ माल्हाफे निवासी बयक स्थानीय एक विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए। इलाका प्रहरी कार्यालय बाबियाचौरका अनुसार पानीमा डुबेको अवस्थामा शव फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
मृतकप्रति हार्दिक श्रद्धाञ्जली! 🙏
#सुर्खेत

बधाई छ ज्योति कटुवाल ज्यू! 💐❣️कान्तिपुर दैनिककी कर्णाली प्रदेश संवाददाता ज्योति कटुवाल नेपाली सेनाको प्रतिष्ठित “प्रधानस...
15/02/2026

बधाई छ ज्योति कटुवाल ज्यू! 💐❣️
कान्तिपुर दैनिककी कर्णाली प्रदेश संवाददाता ज्योति कटुवाल नेपाली सेनाको प्रतिष्ठित “प्रधानसेनापति प्रशंसा चिन्ह” बाट सम्मानित हुनुभएको छ। नेपाली सेना र समाजप्रति पुर्‍याएको उल्लेखनीय योगदान र व्यावसायिक पत्रकारिताको कदर गर्दै उहाँलाई यो सम्मान प्रदान गरिएको हो।
यो सफलताको लागि उहाँलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना! 👏l

15/02/2026

नयाँ वर्ष २०८३ मा विवाहको लहर: वर्षभरि परे ४१ वटा शुभ साइत (सूचीसहित)
सुर्खेत :
नयाँ वर्ष २०८३ सालमा लगनगाँठो कस्ने तयारीमा रहनुभएका जोडीहरूका लागि खुसीको खबर छ। आगामी वर्ष विवाहका लागि कुल ४१ दिन शुभ साइतहरू निस्किएका छन्।
पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष बैशाखदेखि फाल्गुन महिनासम्म विभिन्न मितिमा विवाहको लगन जुरेको हो। सबैभन्दा धेरै लगन फाल्गुन महिनामा १२ दिन रहेको छ भने माघ महिनामा सबैभन्दा कम ६ दिन मात्र साइत परेको छ।
यस्तो छ महिनागत लगनको विवरण:
बैशाख: ७, ८, २२, २३, २४, २५, ३० र ३१ गते (८ दिन)
असार: ९, १३, १४, १५, १७, १८ र २३ गते (७ दिन)
मंसिर: ९, १०, १६, १७, १९, २४, २५ र २६ गते (८ दिन)
माघ: ४, १२, १५, १९, २० र २७ गते (६ दिन)
फाल्गुन: ३, ४, ११, १२, १५, १६, १७, १८, २०, २५, २६ र ३० गते (१२ दिन)
ज्योतिषीहरूका अनुसार जेठ, साउन, भदौ, असोज र कात्तिक महिनामा भने यस वर्ष विवाहको लगन परेको छैन। विवाहको तयारी गरिरहेकाहरूका लागि फाल्गुन महिना विशेष व्यस्त रहने देखिन्छ।
विवाह जस्तो महत्वपूर्ण संस्कारका लागि आफ्नो कुण्डली र राशिका आधारमा उपयुक्त दिन छान्न भने ज्योतिषीसँग परामर्श लिनु राम्रो मानिन्छ।

Address

Karnali
Surkhet

Alerts

Be the first to know and let us send you an email when Herne Karnali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share