02/08/2022
दलितको आवाजले मात्र परिवर्तन सम्भव छैन
उहाँ देव बहादुर राना, पेशाले शिक्षक हुनुहुन्छ । हरिनास गाउपालिका १ मा उहाको घर । केही दिन अगाडि घर गएको थिए घरजादा आमा सँग सामाजिक अवस्थाको बारेमा कुराकानी भएको थियो। आमाले खुशी हुँदै भन्नुभयो बाबू पहिले झ्याउरे ( लाहुरे आएपछि लाहुरेको घरमा गीत गाउन जाने चलन)मा जादा सँगै बसेर गित गाइन्थ्यो अनि खाजा ( चिया बिस्कुट) खाने बेलामा साथीहरू बाट छुट्टै बसेर खानुपर्थ्यो, विभिन्न भोज कार्यक्रममा जादा छुट्टै बसेर खानुपर्ने थियो तर बिगत केही महिनादेखी त्यो भोग्नुपरेको छैन। मैले आमालाइ सोधे आमा कसरी यस्तो भयो? आमा ले भन्नुभयो " देव सरले अहिले समाजलाइ बुझाउनु भएको छ अब छुवाछूत गर्न हुन्न भनेर अब सायद बिस्तारै हट्दै जाला।"
यो अवस्थाले एउटा कुराभने सिकायो, जातिए विभेदबाट समाजलाइ उन्मुक्ति दिन दलितको आवाजले मात्र सम्भव छैन । गैरदलित साथीहरुको आवाज पनि आउन जरुरी छ। " मैले तैले छोएको खाएको छु त, मैले छुवाछूत गरेको छैन क्यारे" गैरदलित साथीहरुको दाहित्व यति मात्र भने हैन अब हरेक ठाउमा देव सर जस्तो मान्छे निस्कनु जरुरी छ । आउनुहोस् तपाइको ठाउमा अनि देव बहादुर सर जस्तै कोहि हुनुहुन्छ भने तस्वीर र पहिले र अहिलेको अवस्था पठाउनुहोला ।
हार्दिक सम्मान आदरणीय देव बहादुर राना लगाएर सम्पूर्ण रानाथर आमा समूह, युवा क्लब र सम्पुर्ण समाजललाइ
( रिदेस सुनार बाट साभार)