Don News

Don News Fearless Journalism For Civic. "नागरिकका लागि निर्भीक पत्रकारिता
www.donnews.com

02/06/2026

प्रधानमन्त्री बालेनको अभिव्यक्ति विरुद्ध पोखरामा राँके जुलुश

01/06/2026

पोखरास्थित मणिपाल अस्पतालका डा. विशाल श्रेष्ठमाथि उपचारका क्रममा औषधिको 'साइड इफेक्ट' बारे गुनासो गर्दा बिरामी ज्योति कुमारी भण्डारीलाई गालीगलौज, दुर्व्यवहार र मानसिक हिंसा गरेको आरोप लागेको छ। डाक्टरले बिरामीका कागजातहरू भुइँमा फ्याँक्दै धम्की दिएपछि पीडित पक्षले माफीको माग गरेका छन्। अस्पताल प्रशासनले सुरुमा घटनालाई टार्न खोजे पनि पीडित पक्षको दबाबपछि हाल यस विषयमा औपचारिक निवेदन दर्ता गरिएको छ। यस सम्बन्धमा पीड़ित र आफन्तको भनाई:

मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
31/05/2026

मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा

---- Read More ----

गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
31/05/2026

गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने

---- Read More ----

तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
30/05/2026

तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु

---- Read More ----

30/05/2026

पोखरा–८, सिमलचौरमा फिर्के खोला र सार्वजनिक बाटो मिचेर ठडिएको लिटिल स्टेप बोर्डिङ स्कुलको 'अवैध साम्राज्य' अन्ततः ढलेको छ। ३० वर्षसम्म राजनीतिक पहुँच र अदालतको 'सेटिङ' को आडमा रवाफ देखाउने सञ्चालक शेरबहादुर गुरुङको दम्भ शुक्रबार साँझ डोजरको गर्जनसामु टिक्न सकेन।

अदालतको आदेश र प्रशासनिक 'चलखेल' लाई कुटनीतिक चक्मा दिँदै वडाध्यक्ष नरेन्द्र थापा (नरेन) को नेतृत्वमा रहेको निडर जनप्रतिनिधिहरूको टोलीले यो चुनौतीपूर्ण अभियान सफल बनाएको छ। सार्वजनिक जग्गा अतिक्रमण गर्ने माफियाहरूका लागि यो एउटा बलियो चेतावनी हो– कानुनभन्दा माथि कोही छैन।

कानुन मिचेर प्रकृतिको छातीमा प्रहार गर्नेहरूको अब खैरियत छैन। पोखरा अब सुध्रिँदैछ!

30/05/2026

पोखरा–८, सिमलचौरमा फिर्के खोला र सार्वजनिक बाटो मिचेर ठडिएको लिटिल स्टेप बोर्डिङ स्कुलको 'अवैध साम्राज्य' अन्ततः ढलेको छ। ३० वर्षदेखि राजनीतिक पहुँच र सेटिङको आडमा दम्भ देखाउने सञ्चालकको भवनमा शुक्रबार साँझ डोजर चल्यो।

स्थानीय भन्छन्: "हामीले दशकौंदेखि खोलाको छातीमाथिको त्यो कंक्रीटको पहाड र सञ्चालकको दादागिरी सहेर बस्यौं। हिजोसम्म कानुनलाई समेत खल्तीमा राखेझैं गर्ने उनी आज आफ्नै आँखा अगाडि अवैध साम्राज्य भत्किँदै गर्दा टुलुटुलु हेर्न विवश छन्। वडाध्यक्ष नरेनको यो 'एक्सन' ले हाम्रो न्यायको ढोका खोलेको छ।"

वि.सं. २०३९ सालमा बगरको भीमकाली पाटनबाट सानो रूपमा सुरु भएको ’लिटिल स्टेप बोर्डिङ स्कुल’ वि.सं. २०५५ मा सिमलचौर सरेपछि म...
30/05/2026

वि.सं. २०३९ सालमा बगरको भीमकाली पाटनबाट सानो रूपमा सुरु भएको ’लिटिल स्टेप बोर्डिङ स्कुल’ वि.सं. २०५५ मा सिमलचौर सरेपछि माफिया शैलीमा मौलाएको थियो। तर, ३० वर्षपछि शुक्रबारको त्यो साँझले पोखरामा एउटा बलियो सन्देश दिएको छ–‘कानुन मिचेर प्रकृति र सार्वजनिक सम्पत्ति हडप्ने जोकोही हुन्, तिनको दम्भ एकदिन यसरी नै ढल्नेछ।’

Address

Nepal, Gandaki Province, Kaski District, Pokhara-7, Masbar (Shantinagar Chowk)
Syangja
33800

Alerts

Be the first to know and let us send you an email when Don News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Don News:

Share