Routine of Syangja Banda

Routine of Syangja Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Syangja Banda, News & Media Website, Putalibazar Municipality, Syangja.

12/10/2023

Sad News: स्याङ्जाको भिरकोटमा ३ महिना अगाडि रक्सी पिउने क्रममा मासु धेरै खाएको भनी झगडा पर्दा भिनाजुले कुट्दा घाइते भएका सालाको उपचार पश्चात् घर आएपछी गत आइतबार मृत्यु भएको छ । 😢

07/10/2023

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका -३ सिरिन्डाँडा बस्ने १७ वर्षीय पुरुष घरको आँटीको बलोमा नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका छन् । थप आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

04/10/2023

सुर्खेत जिल्ला गुम्बाकोट नगरपालिका घर भई विगत ९ वर्ष देखि स्याङ्जाको पुतलीबजार नगरपालिका -४ माथिल्लो रामकोष हजुरबुबा नाता पर्नेको घर बस्ने १० वर्षीय बालिका हजुरबुबाको कोठाको बलोमा चुन्नीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी छन् । थप आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

01/10/2023

स्याङ्जाको वालिङ् नगरपालिका-८ मोड बस्ने ४१ वर्षीय पुरुषले आफैंले संचालन गरेको होटलमा १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । बालिकाले निज सहित उनका २/३ जना साथीले समेत जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन् भने बलात्कार पश्चात् गर्भ रहेको र उनले १ छोरालाई जन्म दिएको समेत जाहेरीमा उल्लेख गरेकी छन् । उनको अहिले ७ महिने छोरा छन् ।

पर्यटनका अनेक सम्भावनाहरू बोकेको हाम्रो देश नेपालको आर्थिक समृद्धिका लागि पर्यटन प्रवर्द्धन अपरिहार्य छ ।विश्व पर्यटन दि...
29/09/2023

पर्यटनका अनेक सम्भावनाहरू बोकेको हाम्रो देश नेपालको आर्थिक समृद्धिका लागि पर्यटन प्रवर्द्धन अपरिहार्य छ ।
विश्व पर्यटन दिवसको सम्पूर्णमा शुभकामना ।
स्थान: स्वरेक, स्याङ्जा
Photo.: Raj Adhikari

World heart day and Heart-shaped river at pink city Waling as seen from Bahunthan, Syangja ❤️Photo.: Raj Adhikari
29/09/2023

World heart day and Heart-shaped river at pink city Waling as seen from Bahunthan, Syangja ❤️
Photo.: Raj Adhikari

25/09/2023

स्याङ्जामा १३ वर्षीय नाबालिकालाई पटकपटक जबरजस्ती करणी गरेको आरोपमा पुतलीबजार नगरपालिकाका -१३ का ५५ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

03/09/2023

स्याङ्जामा १४ वर्षीय नाबालिकालाई पटकपटक जबरजस्ती करणी गरेको आरोपमा पुतलीबजार नगरपालिकाका -३ का ४२ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

07/08/2023

स्याङ्जाको भिरकोट नगरपालिका -४ छाङ्छाङ्दीमा बुटवलबाट पोखरा जाँदै गरेको इन्डियन नम्बर पिलेटको बस र काठमाडौंबाट वालिङ् जाँदै गरेको माइक्रो एक आपसमा ठक्कर खाँदा दुर्घटनामा परी तेह्र जना घाइते भएका छन् । घाइतेमध्ये माइक्रो चालक र सह-चालकलाई थप उपचारको लागि पोखरा पठाइएको र बाँकीको प्राथमिक स्वास्थ्य केन्द्र,वालिङमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

06/08/2023

स्याङ्जाको भीरकोट-२ केघामा ग १ ज ६२५० नम्बरको जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । जीप सडकबाट करिब ७० मिटर तल खसेको अनुमान गरिएको छ। घाइतेहरुको अबस्था सामान्य रहेको छ।

04/08/2023

स्याङ्जाको भिरकोट नगरपालिका-६ कार्कीडाँडा स्थित भित्री सडकखण्डमा बयरघारीबाट तिसेदीतर्फ जाँदै गरेको ग २ च ७३७५ नम्बरको बलेरो जिप दुर्घटनाग्रस्त भएको छ । उकालो बाटोमा जिप ब्याक भई सडक मै पल्टिन जाँदा जिपमा सवार चालक सहित १० जना घाइते भएका छन् । गम्भीर घाइते भएका ४ जनालाई गण्डकी अस्पताल पोखरामा उपचारका लागि पठाइएको छ भने अन्य घाइतेहरुको भिरकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

02/08/2023

स्याङ्जाको गल्याङ नगरपालिका -१ मालुङ्गा आफ्नै ठुलीआमासङ्ग बस्ने १७ वर्षीय एक महिलाले विदेश रहेका आफ्ना बाबुआमासङ्ग फोनमा झगडा पर्दा मुसा मार्ने विषादी सेवन गरेकी छन् । उनको पाल्पा स्थित मिशन अस्पतालमा उपचार भइरहेको छ भने अवस्था सिरियस रहेको छ ।

02/08/2023

स्याङ्जा र गुल्मी जोड्ने कालीगण्डकी गाउँपालिका -२ स्थित मोटरेवल पुलबाट सोही स्थान कोटाकोटबेशी बस्ने ५८ वर्षे एक पुरुष कालीगण्डकी नदिमा हाम फालेर बेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको छ ।

Trending on Social Media: वालिङ, स्याङ्जाका भिम लुइँटेल द्वन्द्वकालमा परिवारको १२-१५ लाख ऋण भएपछि सेनाको जागिरले परिवारल...
01/08/2023

Trending on Social Media: वालिङ, स्याङ्जाका भिम लुइँटेल द्वन्द्वकालमा परिवारको १२-१५ लाख ऋण भएपछि सेनाको जागिरले परिवारलाई धान्न गाह्रो भयो, त्यसपछि उनले नेपाली सेनाको जागिर छाडेर खाडी गए। वैदेशिक रोजगारबाट ऋण तिरिसकेपछि ४ लाख बचाएर नेपाल आए, उक्त रकमले परिवारको लागि किराना पसल राखिदिए, आँफुले भने ३ लाख लिएर ऋण लिएर बंगुर पालन सुरु गरे। व्यवसायीक लाभ भएसंगै ३ लाखको लगानी ९ करोड पुग्यो तर अचानक बंगुरमा रोग लागेपछि बजारमा लान तयार रहेका १,५०० हाराहारीमा बंगुर मरे, बंगुरले लाभ दिने बेलामा उनीहरुलाई खाल्डो खनेर पुर्दा उनको व्यवसाय अहिले संकटको अवस्थामा छ। अहिले उनको खोरमा रहेका २५० बंगुरलाई खुवाउने दाना नभएपछि उनले आफ्नो परिवारका लागि घरमा राखेको धान कुटेर बंगुरलाई खुवाईरहेका छन्।

उनी भन्छन्, 'हाम्रो नेपाली दाजुभाइहरु कोरिया गएर बंगुर फार्ममा काम गर्दा ४ लाख तलब पाउँछन् भने नेपालमा सकिन्न र? आट्ने हो भने सकिन्छ। हाम्रो व्यवसाय उचाइमा रहेको बेला फार्ममा भाले नलागेकै हुन्थेन, जन्मने बच्चा नै बुक हुन्थ्यो, मानिसहरू बंगुरको बच्चा लिनको लागि पावर लगाउँथे। अहिले मसंग भएको संरचना फुल फेजमा चल्ने हो भने महिनाको ५० लाखसम्मको कारोबार गर्न सकिन्छ। व्यवसायमा सजिलोसँग प्रगती हुँदैन, व्यवसाय सुरु गर्न पैसा भन्दापनि आँट र आइडिया चाहिन्छ, सरकारले पनि कृषि कर्जा लिने प्रक्रिया र कर्जा धितोमा सुधार गरे कृषि पेशामा भविष्य देख्ने धेरै व्यक्तिहरुकाई सजिलो हुनेथियो।" ❤️

Story & Pic: Herne Katha

31/07/2023

गल्याङ्को मालुङ्गामा कार दुर्घटना , तीन जना घाइते

राम बहादुर रोकाहा , स्याङ्जा

बुटवलबाट पोखरा आउँदै गरेको कार स्याङ्जाको गल्याङ नगरपालिका स्थित मालुङ्गामा दुर्घटना भएको छ । कारमा सवार चालक सहित तीनजना घाइते भएका छन् ।

स्याङ्जाको गल्याङ नगरपालिका -१ मालुङ्गा स्थित सिद्धार्थ राजमार्गमा ग २ च २१७४ नम्बरको कार सडकदेखी अन्दाजी ३०० मिटर तल खसी दुर्घटना हुँदा चालक कास्की पोखरा महानगरपालिका बस्ने ४३ वर्षीय सुमन गुरुङ गम्भीर घाइते भएका छन् भने कारमा सवार २८ वर्षीय उत्तम भण्डारी र ३५ वर्षीय सन्दिप थकाली सामान्य घाइते भएका छन् ।

घाइते ३ जनाको उपचार गल्याङ नगर अस्पताल , गल्याङमा भई रहेको प्रहरी चौकी गल्याङका प्रमुख प्रहरी नायब निरीक्षक यमनाथ बगालेले बताउनुभयो ।

26/07/2023

स्याङ्जाको चापाकोट र पाल्पाको रामपुर जोड्ने स्याङ्जा चापाकोट-७ रामघाट स्थित झोलुङ्गे पुलबाट सोही स्थान गाग्रीछाप बस्ने १६ वर्षे एक महिला कालीगण्डकी नदिमा हाम फालेकि उनी बेपत्ता भएकी छन् ।

20/07/2023

स्याङ्जाको पुतलीबजार नगरपालिका - ५ पौवेगौँडे संगम टोल बस्ने २० वर्षीय एक महिला आफ्नै घरको आँटीमा रहेको काठको बलोमा नाइलनको डोरीको पासो लाई झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

16/07/2023

स्याङ्जाको भिरकोट नगरपालिका-७ चिउरीखर्कमा घरयासी सामान्य विवाद पश्चात् बाबुले आफ्नै १७ वर्षीय छोरीलाई धारिलो हतियार खुकुरी प्रहार गरि गम्भिर घाइते बनाएका छन् ।

घाइते छोरीको पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने बाबुलाई प्रहरीले पक्राउ गरेको छ भने प्रहार गरेको खुकुरी खोजतलासी गर्दा उनको कोठाबाट अवैध एकनाले भरुवा बन्दुक १ थान , छर्रा ७ थान , ५० ग्राम बारुद , छर्रा बनाउने सिसा १ थान , सोडा ५० ग्राम , पटका १ थान बरामद गरेको छ ।

16/07/2023

स्याङ्जाको चापाकोट नगरपालिका -८ ज्याग्दीघाट स्थित कालीगण्डकी नदिको किनारमा अन्दाजी २७ वर्षीय पुरुषको मृत शरीर बेवारिसे अवस्थामा फेला परेको छ ।

09/07/2023

स्याङ्जाको आँधिखोला-२ का बेदप्रसाद पौडेल (Rocky) नाम गरेका एक पुरुष २० गते हरिनास गाउँपालिका -३ खैरेकोट आफ्नै जेठानी दिदिको घर गएको र असार २१ गते बिहान ६ बजेदेखी कोहि कसैलाई केही खबर नगरी सम्पर्कबिहिन भएकोमा खोजतलास गर्ने क्रममा सोही खैरेकोट स्थित जङ्गलमा मौवाको रुखमा गलबन्धीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

09/07/2023

स्याङ्जाको हरिनास गाउँपालिका -४ कुलुङ्खोला बस्ने १८ वर्षीय एक महिला ( भर्खरै मात्र कक्षा ११ को परिक्षा दिई पास भई बसेकी ) आफ्नै घरमा आफू सुत्ने कोठाको काठको बलोमा सिलिङ पंखा झुण्डाउन बनाएको तारको कुण्डीमा सलको पासो लाई झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

07/07/2023

स्याङ्जाको आँधिखोला गाउँपालिका -१ कामीटारी बस्ने २० वर्षीय एक महिला आफ्नै घरमा आफू सुत्ने कोठाको बलोमा गलबन्धीको पासो लाई झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

मानिस हराएको सूचना !!स्याङ्जाको हरिनास गाउँपालिका -३ खैरेकोट बाट असार २१ गते बिहान ६ बजेदेखी आँधिखोला-२ का बेदप्रसाद पौड...
06/07/2023

मानिस हराएको सूचना !!

स्याङ्जाको हरिनास गाउँपालिका -३ खैरेकोट बाट असार २१ गते बिहान ६ बजेदेखी आँधिखोला-२ का बेदप्रसाद पौडेल (Rocky) नाम गरेका एक पुरुष कोहि कसैको सम्पर्कमा नआएको र कसैलाई केही खबर नगरी सम्पर्कबिहिन भएकोले कतै देख्नुहुने महानुभावले यथासिघ्र नजिकैको प्रहरी कार्यालय वा निम्न नम्बरमा सम्पर्क गरिदिनुहोला ।

9856062766 (भाइ)
9856005605 (मामा)

लामागे फाँट तथा पृष्ठभुमीमा स्याङ्जा बजार ।।❤️Pc.: Yugal Poudel
06/07/2023

लामागे फाँट तथा पृष्ठभुमीमा स्याङ्जा बजार ।।❤️
Pc.: Yugal Poudel

06/07/2023

Sad News :
स्याङ्जाको हरिनास गाउँपालिका - ६ हटिया , क्याम्कीमा बुधबार राती ८ बजेको समयमा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा ३ जना घाइते भएका छन् । उनिहरुको दुवै खुट्टामा पोलेको छ भने एकको अनुहारमा समेत पोलेको छ । उनिहरुलाई उपचारका लागि पोखरा स्थित क्षेत्रीय अस्पतालमा लगिएको छ ।

Aerial view of Waling malebagar , Syangja ❤️Pic by.: Puran Thapa
25/10/2022

Aerial view of Waling malebagar , Syangja ❤️
Pic by.: Puran Thapa

बालक हराएको सूचना !!!स्याङ्जाको अर्जुनचौपारी वडा न।२ - केवरे घर भएका १६ वर्षीय प्रेम क्षेत्री केही दिन अगाडि पोखरा जान भ...
22/10/2022

बालक हराएको सूचना !!!
स्याङ्जाको अर्जुनचौपारी वडा न।२ - केवरे घर भएका १६ वर्षीय प्रेम क्षेत्री केही दिन अगाडि पोखरा जान भनी घरबाट हिडेको र आजसम्म सम्पर्कमा न आएको हुँदा खोजी कार्यमा यहाँहरुले सहयोग गरिदिन अपिल गर्दछौं । कहिँकतै देख्नुहुने महानुभावले ९७४५९४९६७८ यो नम्बरमा वा नजिकै रहेको प्रहरी कार्यालयमा सम्पर्क गर्दिनुहुन अनुरोध गर्दछौं ।

03/09/2022

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा -८ मा आफ्नै श्रीमानले श्रीमतीलाई कुटपिट गर्दा टाउकोमा चोट परि जिल्ला अस्पताल स्याङ्जामा उपचारका लागि लगिएकोमा उपचार हुन नसकी पोखराको मणिपाल अस्पतालमा उपचारका लागि पठाइएकोमा उपचार कै क्रममा निजको मृत्यु भएकोले निजका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोत :- जिल्ला प्रहरी कार्यालय स्याङ्जा

बालक हराएको सूचना।।उमेर १३ वर्ष हाल पुतलीबजार ०५ चौर निवासी एन्जल गोदार(साने) नाम गरेको बालक १४ गते दिनको ५ बजेबाट सम्पर...
01/09/2022

बालक हराएको सूचना।।
उमेर १३ वर्ष हाल पुतलीबजार ०५ चौर निवासी एन्जल गोदार(साने) नाम गरेको बालक १४ गते दिनको ५ बजेबाट सम्पर्कमा न आएको हुँदा खोजी कार्य जारी रहेको छ देख्नु हुने महानुभावले ९८६३४१८५०८/९८०५८११३५१ यो नम्बरमा सम्पर्क गरिदिनु होला साथै नजिकै रहेको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु हुन अनुरोध छ ।

08/08/2022

स्याङ्जाको गल्याङ नगरपालिका - २ मा आफ्नै ६ महिने छोरी बच्चालाई अस्थाई शौचालयको खाल्डोमा फाली हत्या गरि परपुरुषसङ्ग भागी विवाह गर्ने महिला साथै निज पुरुषलाई पक्राउ गरि नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

28/07/2022
त्रिभुवन आदर्श बहुमुखी क्याम्पस , पुतलीबजार नगरपालिका , स्याङ्जा 😍💚Photo.: Ishwor Poudel
15/04/2022

त्रिभुवन आदर्श बहुमुखी क्याम्पस , पुतलीबजार नगरपालिका , स्याङ्जा 😍💚
Photo.: Ishwor Poudel

Good morning from Ramdanda , Sekham , Chapakot Syangja 😊❤️Pic.: Bipin Shrestha
07/04/2022

Good morning from Ramdanda , Sekham , Chapakot Syangja 😊❤️
Pic.: Bipin Shrestha

21/03/2022

सिद्धार्थ राजमार्ग स्थित स्याङ्जाको गल्याङ नगरपालिका-१ मा विपरीत दिशातिरबाट आइरहेका बोलेरो जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा गल्याङको एक मोटरसाइकल वर्कसपमा काम गर्ने २७ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको छ भने जिप चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Huge volleyball craze: Nearly 5000 people came to watch Kaligandaki Cup Volleyball in mirmee Syangja..😮Pic.Suraj Neupane
16/03/2022

Huge volleyball craze: Nearly 5000 people came to watch Kaligandaki Cup Volleyball in mirmee Syangja..😮

Pic.Suraj Neupane

Cricket craze in Syangja: मैदान सानो भएपनिइच्छाशक्ति ठूलो छ। ❤️Pic. Tulsiram Bhandari
15/03/2022

Cricket craze in Syangja: मैदान सानो भएपनि
इच्छाशक्ति ठूलो छ। ❤️

Pic. Tulsiram Bhandari

Volleyball Craze in Mirmee, Syangja as huge crowd comes to watch Kaligandaki Cup. ❤️Pic. Suraj Neupane
15/03/2022

Volleyball Craze in Mirmee, Syangja as huge crowd comes to watch Kaligandaki Cup. ❤️

Pic. Suraj Neupane

जिल्ला प्रशासन कार्यालय स्याङ्जामा सेवा लिन आएका अपांग नागरिकलाई कार्यालयको पार्किङ स्थलबाट नै सेवा उपलब्ध गराउनको लागि ...
17/02/2022

जिल्ला प्रशासन कार्यालय स्याङ्जामा सेवा लिन आएका अपांग नागरिकलाई कार्यालयको पार्किङ स्थलबाट नै सेवा उपलब्ध गराउनको लागि सहजीकरण गर्दै कार्यालयका कर्मचारी सुर्य बहादुर रोकाहा ।।

07/02/2022

स्याङ्जा आँधिखोलाको पन्चासे सहकारीमा करिब नगद ४ लाख रुपैयाँ चोरी
राम बहादुर रोकाहा , स्याङ्जा
स्याङ्जाको आँधिखोला गाउँपालिका स्थित एक सहकारीमा गए राती करिब नगद ४ लाख रुपैयाँको चोरी भएको छ ।
आँधिखोला गाउँपालिका वडा न. ४ बाङ्सिङ स्थित पन्चासे बचत तथा ऋण सहकारी संस्थामा गए राती चोरी भएको हो ।
गए राती चोरी भएतापनी आज बिहान अन्दाजी ७ बजे सो स्थल देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उक्त बचत तथा ऋण सहकारी संस्थाको काउन्टरको ताला फोरि भित्र रहेका ३ वटा दराज तोडफोड गरि करिब नगद ४ लाख रुपैयाँ लुटपाट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
चोरी गर्ने व्यक्तिको खोजतलास जारी रहेको छ ।

05/02/2022

स्याङ्जाको वालिङ्मा महिलाको कङ्काल फेला पर्यो
राम बहादुर रोकाहा ,स्याङ्जा
स्याङ्जाको वालिङ् नगरपालिकामा एक महिलाको कङ्काल फेला परेको छ ।
वालिङ् नगरपालिका वडा नं. ११ ज्वाङखोला स्थित खोल्सामा शुक्रबार बिहान अन्दाजी १०:४० बजेको समयमा स्थानीयहरुले निज महिलाको कङ्काल मात्र फेला पारी प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
खोल्सामा रहेको पानी ट्याङ्की सफा गर्न जाने क्रममा स्थानीयहरुले वालिङ् नगरपालिका-११ सतिबन बस्ने ४८ वर्षीय देवि नामले चिनिने हिमा कुमारी पौडेलको कङ्काल फेला पारेको खबर पश्चात् प्रहरी अधिकृत सहितको टोलि गई निज महिलालाई लगाएको कपडाबाट पहिचान गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
गत १७ गतेदेखि हराएकी पौडेलको ४ दिनपछि कङ्काल मात्र फेला परेको तर पोस्टमार्टम गर्न नमिल्ने अवस्थामा रहेकोले कङ्काल आफन्तलाई बुझाएको डिएसपी अधिकारीले बताउनुभयो ।

Address

Putalibazar Municipality
Syangja

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Syangja Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Syangja Banda:

Videos

Share


Comments

तु अावश्यकता
full time, part time दुबै गर्न मिल्ने
तपाईं शिक्षक, स्वायम सेविका वा गृहणी, अध्यक्ष वा कुनै संस्थामा अावद्ध हुनुहुन्छ भने पनि याे कार्य गर्न मिल्छ ।
कृपया काम बारे जान्न फेसबुक वा फाेन नं. मा जाेडिनुहाेला ।
कृपया नराम्रो कमेन्ट नगरि इच्छुकले मात्र सम्पर्क गर्नुहाेला ।
होइन आज फेरि यो आम हडताल किन ??
आफ्नो स्वार्थ परिपुर्ति गर्नका लागि यी सोझा आम जनतालाइ किन थुन्नु पर्यो ?? यदि थुन्ने नै हो भने बिहान बेलुका छाक टार्न का लागि परिश्रम\ काम गरेर खाने जनताको के रोजि रोटिको जिम्मा लिन सक्छौ ????
खर्सु लेकको काखमा आँधिखोला गाउँपालिका
View from syangja viewpoint