Syangja Online

  • Home
  • Syangja Online

Syangja Online हामी सबै स्याङ्जालीको "स्याङ्जा अन्ल?

स्याङजा जिल्ला, बिश्व प्रसिद्द लुम्विनी र पर्यटकिय नगरी पोखराको बिचमा पर्ने सुन्दर र रमणिय स्थान हो । ११६४ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो जिल्ला, मध्ये-पश्चिम नेपालको अत्यन्तै चर्चित जिल्ला पनि हो । यस जिल्लालाई कोटै कोटको जिल्ला समेत भन्ने गरिन्छ । नुवाकोट, सतौंकोट, भिरकोट,गह्रौकोट, कालिकाकोट ,बहाकोट, चन्द्रकोट, गिरकोट, कोल्माकोट, सिर्सेकोट, खैरीकोट ईत्यादी यहाँका प्रमूख कोटहरु हुन

् । नेपालको पहिलो नमूना पर्यटकीय गाउँ शिरुवारे, भगवान रामका पिता दशरथसंग जोडिएको अन्धाअन्धी दह र आधीखोला, संसार कै ठुलो मानिएको शालिग्राम शिला, शाहवंशको शुरुवाती राज्य भिरकोट, कुलदेवी आलम देबी, स्वस्थानी ब्रत कथामा बर्णित सतिदेवीका बाँकी अंगहरु पतन भएको क्षेत्र छायाँक्षेत्र, ऐतिहासिक राजा रजौटाका दरवार तथा भग्नवशेष, हिउँ पर्ने पञ्चासेको लेक, भित्री मधेशलाई बिर्साउने अन्न भण्डार क्रमश गण्डकबेशी, चापाकोट, कुवाकोट र रत्नपुर फाँट लगायत विभिन्न जातजातिका विविध संस्कृतिले भरिएको जिल्ला हो स्याङ्जा जिल्ला । यस जिल्लाको मध्ये भागवाट सिद्दार्थ राजमार्ग निर्माण गरिएको छ भने हाल आएर प्रत्येक जसो गाविस र गाउँ सम्म पुग्नका लागि कच्ची सडक खनिएका छन् । यो जिल्ला सुन्तला, अदुवा, अलैंची तथा कफी जस्ता नगदेबालीका लागि प्रसिद्द छ र यहाँ उत्पादीत कृषिजन्य वस्तुहरु देश बिदेशमा समेत निर्यात हुने गरेको पाईन्छ । यस जिल्लालाई देश कै शिक्षित जिल्लाको रुपमा चिनिन्छ । यहाँका अधिकाँश शिक्षित वासिन्दाहरु नेपाल सरकारको निजामति सेवा अन्तर्गतका उच्च ओहोदामा पुगी देश सेवामा जुटेका भेटिन्छन् भने युवाहरु देश बिदेश पुगी रोजगारीमा संलग्न रहेका छन् । स्याङजा जिल्ला बिबिध जाती, धर्म र समुदायको संगमस्थल पनि हो

Address


Alerts

Be the first to know and let us send you an email when Syangja Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share