
20/04/2025
sad news 😢😢
काठमाडौंबाट बेसिशहर आउँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र बेसिशहरबाट डुम्रेतर्फ जाँदै गरेको २६ प ४०५८ नम्बरको स्कुटर तनहुँको कालिमाटिमा आइतबार एकापसमा ठोक्किँएको छ ।
दुर्घटनामा लमजुङ बेसिशहरकी अनिता थापा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ भने स्कूटर चालक सुरेश श्रेष्ठ गम्भीर घाइते छन् । माइक्रोमा सवार अर्का व्यक्ति मनाङ नासोङ गाउँपालिका वडा नं ८ का ४० वर्षीय मन घलेको उपचारका क्रममा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भोटेओडारले जानकारी दिएको छ । मृत्यु हुने मन घले काठमाडौंमा भइरहेको शिक्षक आन्दोलनमा सहभागी भएर घर फर्कदै थिए। उनी मनाङको नाँसो ताचैस्थित जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।
माइक्रोबसमा सवार १७ जनामध्ये दुई जनालाई पोखरा र एक जनालाई चितवन रिफर गरिएको छ। अन्य ७ जनाको लमजुङको भोटेओडार अस्पतालमा उपचार पछि विभिन्न स्थानमा थप उपचारको लागि पठाइएको छ ।