Mero pardesh

Mero pardesh News and media

GoodNews: अब देखि सरकारी कर्मचारीले घुस मागेमा सिधै अर्थमन्त्रीलाई इमेल गर्न सकिने भएको छ । अर्थमन्त्रीको इमेल rameshwor...
22/09/2025

GoodNews: अब देखि सरकारी कर्मचारीले घुस मागेमा सिधै अर्थमन्त्रीलाई इमेल गर्न सकिने भएको छ । अर्थमन्त्रीको इमेल [email protected] मा मेल गरेर अर्थमन्त्रीलाई गुनासो टिपाउन सकिने भएको हो ।

४५ घण्टापछि पुनः सञ्चालनमा आयो नारायणघाट–मुग्लिन सडक Mero pardesh Sanjeet Khanal LêfŤý
21/09/2025

४५ घण्टापछि पुनः सञ्चालनमा आयो नारायणघाट–मुग्लिन सडक
Mero pardesh Sanjeet Khanal LêfŤý

दसैंको माहोलसँगै व्यास–३, दमौलीको खुला मैदानमा पिङ हालिँदै तस्बीर:Mero pardesh
21/09/2025

दसैंको माहोलसँगै व्यास–३, दमौलीको खुला मैदानमा पिङ हालिँदै
तस्बीर:Mero pardesh

21/09/2025

जानकारीका लागिः
नारायणगढ आउनका लागि मुग्लिनमा हिजोदेखि जाममा रहेका सानो गाडीहरु, माईक्रोहरुको लागि दमौली खैरेनीटारबाट देव्रे साईड हुदै भिमाद-मानपुर हुदै डेढगाउ-वुलिङटार-ढोडेनी हुदै गैडाकोट । १-२ ठाउ बाहेक बाटो राम्रो छ । समय ६ घण्टा
थप जानकारी :
मुग्लिनदेखि खैरनीटार ( ७० किमि
खैरनीटार-भिमाद कालोपत्र । भिमाद-मानपुर अफरोड, मानपुर-डेढगाउँ कालोपत्रे (४० किमि)
डेढगाउँदेखि नारायणगढ ( ७० किमि (कालिगण्डकी करिडोर कालोपत्र सडक)

मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक बाटो हुँदै पैदल यात्रुहरूको भीड देखिन्छ। सुरक्षाका लागि पालैपालो १५ जनाक...
21/09/2025

मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक बाटो हुँदै पैदल यात्रुहरूको भीड देखिन्छ। सुरक्षाका लागि पालैपालो १५ जनाको समूहमा मात्र पुल पार गराइँदै छ। मोटरसाइकल र बोलेरोले पनि सेवा दिइरहेका छन्, तर असजिलो सडकका कारण यात्रुहरूले विशेष सावधानी अपनाउनुपर्ने अवस्था छ। 🙏

२४ भदौको दिउँसो करिब १ बजे काठमाडौंको गौशालामा भएको जेनजी आन्दोलन तनावग्रस्त बन्यो। भीडले प्रहरी चौकीतर्फ ढुङ्गामुढा र ट...
19/09/2025

२४ भदौको दिउँसो करिब १ बजे काठमाडौंको गौशालामा भएको जेनजी आन्दोलन तनावग्रस्त बन्यो। भीडले प्रहरी चौकीतर्फ ढुङ्गामुढा र टायर बाल्न थालेपछि प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास प्रहार गर्‍यो र पछि गोलीसमेत चलायो।

त्यो समयमा ४५ वर्षीय कुमार उपाध्याय आफ्नै घरको छतमा उभिएर घटनाक्रम हेर्दै थिए। छेउमै १९ वर्षीया निकिता गौतम पनि उभिएकी थिइन्। अचानक चलाएको गोलीको चोट निकितालाई लाग्यो र छेउमै रहेका कुमारको पाखुरामा पनि चोट पुग्यो।

घटनापछि वरिपरिका व्यक्तिहरूले तत्काल सहयोग गरे र दुबैलाई मोटरसाइकलमार्फत नजिकैको फ्रन्टलाइन अस्पताल पुर्‍याए। स्वास्थ्यकर्मीले करिब ३० मिनेटसम्म सीपीआर गरे पनि निकितालाई जोगाउन सकेनन्। कुमारको तत्कालै उपचार सुरु गरियो, दुई पटक शल्यक्रिया भइसकेको छ र अहिले उनी वार्डमा छन् – उठबस र बोल्न अझै कठिन छ।

निकिता भर्खर १२ कक्षा (कम्प्युटर साइन्स) पास गरेर डेनमार्कमा उच्च शिक्षा पढ्न जाने तयारीमा थिइन्। उनका दाइ डेनमार्कमा छन्। स्थायी घर चितवनको पदमपुर भए पनि निकिता, उनकी आमा र परिवारका सदस्यहरू लामो समयदेखि कुमारकै घरमा बस्दै आएका थिए। आमा मधुमेहकी बिरामी भएकीले छोरी गुमाएपछि स्वास्थ्य अवस्था बिग्रिएको छ।

कुमार र उनकी श्रीमतीको भनाइ छ – उनीहरू निर्दोष भएर छतमा बस्दै थिए, तर घटनाको क्रममा गोली लाग्यो। उनीहरूले निष्पक्ष छानबिन र जिम्मेवारलाई जवाफदेही बनाउन माग गरेका छन्।

यो घटनाले एउटा उज्ज्वल भविष्य बोकेको युवतीको जीवन गुमेको र एक परिवारलाई गहिरो पीडामा पुर्‍याएको छ। समाज र राज्यका सबै पक्षहरूले शान्तिपूर्ण वातावरणमा नागरिकको सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनामा पारदर्शी छानबिन गरेर न्याय दिलाउनुपर्ने आवश्यकता स्पष्ट देखिन्छ।

18/09/2025

विजया दशमी र तिहारको अवसरमा ✨
व्यास दन्त सेवा, दमौलीमा निशुल्क दन्त चेकअप र हल्लिएको दाँत निकाल्ने सेवा 🦷
👉 असोज ३ गतेदेखि कार्तिक १५ गतेसम्म मात्र!

📍 स्थान: व्यास–४, भोर्लेटार चौक, रत्नहरि हस्पिटलको आडैमा
📞 सम्पर्क: ९८०४१८१११७ / ९८०२८४०६२४

बन्द कोठाभित्रको उकुसमुकुस, आँखाको बिरामीको लामो चाप… तर उपचार गर्ने स्वास्थ्यकर्मी एउटामात्र।दमौली प्रदेश अस्पतालको आखा...
15/09/2025

बन्द कोठाभित्रको उकुसमुकुस, आँखाको बिरामीको लामो चाप… तर उपचार गर्ने स्वास्थ्यकर्मी एउटामात्र।
दमौली प्रदेश अस्पतालको आखा उपचार केन्द्रमा दिनहुँ देखिने यथार्थ यही हो।

आँखामा समस्या लिएर आउनेहरू धेरै छन्, तर सुविधा र जनशक्ति नपुग्दा धेरै बिरामीले निराश भएर फर्कनुपर्छ। आँखाभन्दा बहुमूल्य अरू के नै हुन्छ र?

हामी सबैले देख्न चाहेको कुरा केवल “नामको केन्द्र” होइन, बिरामीलाई वास्तविक राहत दिने उपचार केन्द्र हो।
सम्बन्धित निकाय र जिम्मेवार नेतृत्वले यसतर्फ गम्भीर चासो दिन जरुरी छ।

आँखामा आशा बोकेर आउने प्रत्येक बिरामीलाई उज्यालो फर्काउन सक्ने वातावरण प्रदेश अस्पतालमा चाँडै बनोस् ।
Sabin Lamichhane

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । राष्ट्रिय सभा भने का...
12/09/2025

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । राष्ट्रिय सभा भने कायमै रहनेछ । कार्कीलाई ६ महिनाभित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन गर्ने कार्यादेश दिइएको छ ।

B***n post प्रिय Gen Z,तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंह...
12/09/2025

B***n post

प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।

वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
B***n ***nshah

अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचन गराउने गरी सहमतिको प्रस्ताव तयार गरिएको उच्च अधिकारीहरुले बताएका छन् ।प्रधानमन्...
12/09/2025

अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचन गराउने गरी सहमतिको प्रस्ताव तयार गरिएको उच्च अधिकारीहरुले बताएका छन् ।
प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेसँगै आम निर्वाचनको मिति पनि प्रस्ताव गरिएको स्रोतले दाबी गरेको छ ।

शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ लगा...
12/09/2025

शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ लगायतका जेनजी प्रतिनिधिहरू हात उठाउँदै ।

Address

Tanahun

Alerts

Be the first to know and let us send you an email when Mero pardesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero pardesh:

Share