भिमाद एफ.एम १००.९ मेगाहर्ज

  • Home
  • Nepal
  • Tanahun
  • भिमाद एफ.एम १००.९ मेगाहर्ज

भिमाद एफ.एम १००.९ मेगाहर्ज Vibrant voice of Tanahun! Tune in to stay connected with latest news,entertaining show. .9

लगातार ओरालो लाग्दै सुनको मूल्य:- प्रतितोला १ लाख २७ हजार ५ सय सम्म मूल्य झर्नसक्ने विज्ञहरूको अनुमान
29/10/2025

लगातार ओरालो लाग्दै सुनको मूल्य:- प्रतितोला १ लाख २७ हजार ५ सय सम्म मूल्य झर्नसक्ने विज्ञहरूको अनुमान

29/10/2025

भिमाद नपा ४ vs भिमाद नपा ९ मोहोरिया बिचको पहिलो खेल

जनशान्ति कप - २०८२
साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता

आयोजक
जनशान्ति युथ क्लब
भिमाद नपा ६ शान्तिनगर तनहुँ ।

मनाङको विभिन्न ठाउँमा कात्तिक १० गतेदेखि भएको भारी हिमपातको कारण फसेका २०० भन्दा बढी बिदेशी पर्यटक सहित करिब १५०० जनालाई...
29/10/2025

मनाङको विभिन्न ठाउँमा कात्तिक १० गतेदेखि भएको भारी हिमपातको कारण फसेका २०० भन्दा बढी बिदेशी पर्यटक सहित करिब १५०० जनालाई मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानिय प्रशासन, जनप्रतिनिधि, शसस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानियहरुको सहकार्यमा सुरक्षित स्थानसम्म पुग्न सहयोग गरेको छ ।

OC : Nepali Army

भिमादमा वित्तीय संघीयता तथा स्थानीय योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्नभिमाद, तनहुँ ।भिमाद नगरपालिकाको आयोजनाम...
28/10/2025

भिमादमा वित्तीय संघीयता तथा स्थानीय योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

भिमाद, तनहुँ ।
भिमाद नगरपालिकाको आयोजनामा तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग (NNRFC) को सहजीकरणमा “वित्तीय संघीयता तथा स्थानीय योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रम” सोमबार सम्पन्न भएको छ ।
कार्तिक ११ गते भिमाद नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख दधिराज सुवेदीको अध्यक्षता तथा नेपाल सरकारका पूर्वमन्त्री माननीय किरण गुरुङको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रमका प्रमुख वक्ता तथा आयोगका अध्यक्ष जुद्ध बहादुर गुरुङले वित्तीय संघीयताको सैद्धान्तिक र व्यावहारिक पक्षबारे विस्तृत प्रस्तुति दिनुभएको थियो। उहाँले स्थानीय तहमा स्रोत वितरण, राजस्व बाँडफाँटको प्रक्रिया र वित्तीय पारदर्शिताका मापदण्डहरूबारे प्रकाश पार्दै, ती सूचकाङ्कहरूबारे सचेत नगरपालिकाहरूले बढी स्रोत परिचालन गर्न सक्ने अवसरहरूबारे जानकारी दिनुभयो।

कार्यक्रममा नगर उप–प्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, राजनीतिक दलका प्रतिनिधिज्यूहरू, पत्रकार, विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले स्थानीय तहमा वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन, स्रोत व्यवस्थापनमा पारदर्शिता, र आगामी वर्षका योजना निर्माणमा वित्तीय सूचकहरूको प्रयोगका सम्बन्धमा सहभागीहरूलाई महत्वपूर्ण ज्ञान तथा मार्गदर्शन प्रदान गरेको नगरपालिकाले जनाएको छ।

मुक्तिनाथमा हिमपात ।Photo : Anuj Thapa
28/10/2025

मुक्तिनाथमा हिमपात ।

Photo : Anuj Thapa

हरिबाेधनी एकादशीकाे अवसरमा जनशान्ति युथ क्लब भिमाद शान्तिनगरद्वारा आयाेजना गरिएकाे वडा स्तरीय सिनियर पुरुष भलिबल प्रतिया...
28/10/2025

हरिबाेधनी एकादशीकाे अवसरमा जनशान्ति युथ क्लब भिमाद शान्तिनगरद्वारा आयाेजना गरिएकाे वडा स्तरीय सिनियर पुरुष भलिबल प्रतियाेगिता तथा विविध सांस्कृतिक कार्यक्रम - २०८२ को खेल टाइसिट यस प्रकार रहेको छ । खेल विविध कारणले २०८२/०७/१२ गते ९ बजे देखि संचालन हुने जानकारी गराउँछौं । समयानुसार उपस्थित हुनुहुन सबैमा अनुरोध गर्दछौं ।।।🙏🙏🙏
#जनशान्ति_युथ_क्लब
#भिमाद_६_शान्तिनगर
#तनहुँ_गण्डकी_प्रदेश_नेपाल

दर्शक भेट्न आज दमौली आउदै ‘जेरी अन टप’का कलाकार अनमोल, जसिता र आँचलदमौली । असोज ३१ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म...
27/10/2025

दर्शक भेट्न आज दमौली आउदै ‘जेरी अन टप’का कलाकार अनमोल, जसिता र आँचल

दमौली । असोज ३१ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टपकोदर्शक प्रतिक्रिया बुझ्न फिल्म युनिट सोमबार मोफसल टुरमा आउन लागेका छन ।

अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय जसिता गुरुङ र आँचल शर्मासहितको टिम भोलि सोमबार दर्शक भेट्न दमौली स्थित क्युएफएक्स एपेक्सको हलमा आउने भएका छन । सो अवसरमा फिल्म युनिटले क्युएफएक्स एपेक्स मलमा दिउँसो साढे २ देखि ३ बजेको समयमा दर्शक भेट्ने कार्यक्रम रहेको छ ।

छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरुआँबुखैरेनी (तनहुँ), ९ कात्तिक — तनहुँ जिल्लाको आँबुखैरेनी हाट...
26/10/2025

छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु
आँबुखैरेनी (तनहुँ), ९ कात्तिक — तनहुँ जिल्लाको आँबुखैरेनी हाटबजारस्थित पवित्र स्थलमा शनिबारदेखि छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। महाभारत पर्वत श्रृङ्खलाको २१३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको बृहत्तर विकासका लागि आयोजना गरिएको उक्त महायज्ञ आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ।
महायज्ञको उद्घाटन एक भव्य समारोहका बीच आँबुखैरेनी निवासी १०२ वर्षीया वयोवृद्ध जेष्ठ नागरिक मिना देवी मिश्रले गर्नुभयो। उद्घाटन समारोहमा उहाँले पवित्र श्लोक वाचन पनि गर्नुभएको थियो।
महायज्ञमा वाचन प्रविण पण्डित श्री दिनबन्धु पोखरेलको मुखारविन्दबाट श्रीमद्भागवत वाचन तथा ज्ञानगङ्गा प्रवाह भइरहेको छ।
महायज्ञ छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समिति, छिम्केश्वरी पर्यटन विकास समिति, मन्दिर संरक्षण समिति र आँबुखैरेनी गाउँपालिकाको संरक्षकत्वमा आयोजना गरिएको हो।
उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष शुक्र चुमान, निवर्तमान अध्यक्ष गिरबहादुर थापा, संयोजक कृष्णमान तामाङ र महासचिव केशर बहादुर के.सी. लगायतका वक्ताले मन्तव्य राखेका थिए।
उनीहरूले महायज्ञले छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन विकासमा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गर्दै सबैलाई सहयोग र सहभागिताको लागि आग्रह गरे।
महायज्ञ मूल समारोह समितिका संयोजक कृष्णमान तामाङका अनुसार, यस महायज्ञबाट करिब १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ भने ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
महायज्ञको पहिलो दिन शनिबार ५८ हजार ७७० रुपैयाँ नगद, १५ हजार रुपैयाँ फोन–पे मार्फत, र ६ हजार ८० रुपैयाँ भेटी स्वरूप संकलन भएको आर्थिक संयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो।
महायज्ञ अवधिभर पितृ उद्धारार्थ वैदिक कर्म, धान्याञ्चल, तुलादान, विवाह–ब्रतबन्ध, ग्रहशान्ति पूजन लगायतका धार्मिक कार्यहरू सम्पन्न हुनेछन्।
यसका साथै तामा, पित्तल, ढोलक जस्ता पुराना धार्मिक सामाग्रीहरू तथा धान, चामल, पिठो, घ्यू, खाद्यान्न लगायतका अन्न दान पनि स्वीकार गरिने बताइएको छ।
स्थानीयवासीहरूका अनुसार, यस महायज्ञले छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास गरिएको छ।

दसैँ-तिहारमा मुस्ताङमा अग्रिम बुकिङ बिना अत्यधिक पर्यटक पुगेपछि होटल र खाना अभाव भएको छ। अग्रिम बुकिङ बिना आएका धेरैले ग...
26/10/2025

दसैँ-तिहारमा मुस्ताङमा अग्रिम बुकिङ बिना अत्यधिक पर्यटक पुगेपछि होटल र खाना अभाव भएको छ। अग्रिम बुकिङ बिना आएका धेरैले गाडीमै रात बिताए। एकै दिनमा करिब ७ हजार पर्यटक २,१६८ सवारीसाधनमार्फत मुस्ताङ पुगेका थिए। जोमसोममा बास र खाना नपाएर महँगो शुल्क तिर्नुपरेको गुनासो गर्दै धेरैले अब अफसिजनमै घुम्ने योजना बनाएका छन्।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीमा बिहीबार दुर्घटनाग्रस्त बस । पोखराबाट दमौली आउँदै गरेको ग ...
23/10/2025

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीमा बिहीबार दुर्घटनाग्रस्त बस । पोखराबाट दमौली आउँदै गरेको ग १ ख ९३०१ नम्बरको बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

मुग्लिन नारायणगढ सडकखण्डको गाइघाटमा शनिबार दुर्घटनाग्रस्त सवारीहरु । बस र ट्रक ठोक्किएपछि थप छ गाडीमा क्षति पुगेको छ । व...
18/10/2025

मुग्लिन नारायणगढ सडकखण्डको गाइघाटमा शनिबार दुर्घटनाग्रस्त सवारीहरु । बस र ट्रक ठोक्किएपछि थप छ गाडीमा क्षति पुगेको छ । विस्तृत विवरण आउन बॉकी ।

तस्बिर : देविन्द्र कार्की

त्रिभुवन विश्वविद्यालयले (Bachelor) दोस्रो बर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । यो आन्दोलनका कारण स्थगित भएको परीक्...
17/10/2025

त्रिभुवन विश्वविद्यालयले (Bachelor) दोस्रो बर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । यो आन्दोलनका कारण स्थगित भएको परीक्षाको तालिका हो ।

Address

Tanahun

Alerts

Be the first to know and let us send you an email when भिमाद एफ.एम १००.९ मेगाहर्ज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to भिमाद एफ.एम १००.९ मेगाहर्ज:

Share