Tanahun Khabar

Tanahun Khabar तथ्यपरक सूचना, सन्तुलित विश्लेषण
(2)

तनहुँमा यात्रुवहाक बस दुर्घटनाः २ जनाको मृत्यु, २९ जना घाइतेलाई थप उपचारका लागि पोखरा पठाइयोतनहुँमा यात्रुवहाक बस दुर्घट...
24/04/2026

तनहुँमा यात्रुवहाक बस दुर्घटनाः २ जनाको मृत्यु, २९ जना घाइतेलाई थप उपचारका लागि पोखरा पठाइयो

तनहुँमा यात्रुवहाक बस दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित पृथ्वी राजमार्गमा पोखराबाट नारायणगढतर्फ हिँडेको ग २ ख १८३६ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–१ की अन्दाजी ६५ बर्षीया जसमाया सुनारको पहिचान खुलेको छ । अन्दाजी ३० वर्षको युवतीको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
घटनास्थलबाट उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते २९ जनालाई थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएको छ । घाइतेमध्य २ जनाको अवस्था गम्भिर रहेको छ । बसमा सवार ३४ जना रहेकोमा ३ जना भने जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा सामान्य उपचारपश्चात डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका घाइते देव गजमेरले बाइकलाई जोगाउन खोज्दा बस सडकमै पल्टिएको बताए ।

जो जन्मदिनकै दिन दुर्घटनामा अस्ताएतनहुँ– शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित पृथ्वी राजमार्गमा सवारी दुर्घटना हुदा दु...
11/04/2026

जो जन्मदिनकै दिन दुर्घटनामा अस्ताए

तनहुँ– शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित पृथ्वी राजमार्गमा सवारी दुर्घटना हुदा दुई जनाको निधन भएको छ । दुर्घटनास्थलबाट उद्धार गरेर अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
https://www.tanahukhabar.com/specially-about-tanahun/17380/

11/04/2026

शुक्लागण्डकी-२ गाछेपानीमा सडक दुर्घटना

टोयटा गाडीले स्कुटरलाई ठक्कर दिएपछी दुर्घटना भएको हो । दुर्घटनामा घाइते स्कुटर चालक र पछाडी सवार दुइ जनाको उद्दार गरेर अस्पताल लगिएको छ । एक जनालाई तनहुँ सेवा हस्पिटल दुलेगौंडा र अर्कोलाई पोखरा पठाइएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकको ओखल्दी गाउँ । तस्बिरः तनहुँमा घर छ
11/04/2026

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकको ओखल्दी गाउँ । तस्बिरः तनहुँमा घर छ

केन्द्रले जारी गरेको सूचनामा भर्ना अभियान वैशाख १५ गतेबाट र वैशाख २१ गतेबाट पठनपाठन सुरु हुने उल्लेख छ ।
09/04/2026

केन्द्रले जारी गरेको सूचनामा भर्ना अभियान वैशाख १५ गतेबाट र वैशाख २१ गतेबाट पठनपाठन सुरु हुने उल्लेख छ ।

काठमाडौं – शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने भएको छ । सरकारले १५ वैशाखबाट शैक्षिकसत्र .....

बर्ष दिनपछि हलगोरु पाल्ने किसानलाई अनुुदान दिने निर्णय- किसानलाई ५ हजार रुपैयाँका दरले अनुदान दिने निर्णयhttps://www.tan...
09/04/2026

बर्ष दिनपछि हलगोरु पाल्ने किसानलाई अनुुदान दिने निर्णय
- किसानलाई ५ हजार रुपैयाँका दरले अनुदान दिने निर्णय
https://www.tanahukhabar.com/economy/17370/

तनहुँको शुक्लागण्डकी नगरपालिका-९ ढान्डर (शितलवस्ती) मा रहेको लघु जलविद्युतको संरचनाहरु । यहाँ २०३६ सालमा खैरेनीमा रहेको ...
07/04/2026

तनहुँको शुक्लागण्डकी नगरपालिका-९ ढान्डर (शितलवस्ती) मा रहेको लघु जलविद्युतको संरचनाहरु । यहाँ २०३६ सालमा खैरेनीमा रहेको जर्मन परियोजनाले कृषि केन्द्रका लागि बिजुली उत्पादन गरेको थियो । पछि परियोजना बाहिरिएसँगै जलविद्युत परियोजना लथालिंग भएको हो । तस्बिरहरु: Bee Nod

पत्रकारलाई फोटो/भिडियो खिच्न रोक लगाएको घटनाप्रति महासंघको आपत्तिदमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकारलाई भिड...
07/04/2026

पत्रकारलाई फोटो/भिडियो खिच्न रोक लगाएको घटनाप्रति महासंघको आपत्ति

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकारलाई भिडियो खिच्न रोक लगाइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा र जिल्ला प्रशासन कार्यालय तनहुँसँगको सहकार्यमा शुसासनका लागि नागरिक समाज (ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल आवद्ध संस्था) कास्कीद्वारा मंगलबार दमौलीस्थित व्यास नगरपालिकाको सभाहलमा “भ्रष्टाचार विरुद्धको सहकार्य” नाराका साथ आयोजित सुशासन कार्यशाला गोष्ठीका क्रममा उक्त घटना भएको हो।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख/सहसचिव नारायणप्रसाद रेग्मीले सार्वजनिक धारणा राख्दै गर्दा तस्बिर तथा भिडियो खिचिरहेका पत्रकारलाई एक्कासी ‘अनुमति नलिईकन फोटो/भिडिओ खिच्नु पनि भ्रष्टाचार हो’ भन्दै भिडियो खिच्न रोक लगाएको महासंघले जनाएको छ।

शाखा अध्यक्ष डिपी अधिकारी र सचिव कृष्ण न्यौपानेद्वारा जारी विज्ञप्तीमा सार्वजनिक कार्यक्रममा निमन्त्रणा गरिएका पत्रकारलाई फोटो तथा भिडियो खिच्न रोक लगाउनु प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप भएको ठहर गरेको छ।

लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण रहने सन्दर्भमा जिम्मेवार निकायका उच्च अधिकारीबाट गरिएको यस्तो कार्य निन्दनीय र अस्वीकार्य रहेको महासंघले उल्लेख गरेको छ।

घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै महासंघले यस्ता गतिविधि तत्काल बन्द गर्न तथा आगामी दिनमा प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न जोडदार माग गरेको छ।

हिउँले सेताम्मे मुक्तिनाथ क्षेत्रमुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ रानीपौवा मुक्तिनाथ क्षेत्रबाट मंगलबार बिहा...
07/04/2026

हिउँले सेताम्मे मुक्तिनाथ क्षेत्र
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ रानीपौवा मुक्तिनाथ क्षेत्रबाट मंगलबार बिहान देखिएको हिमपातपछि सेताम्मे मुक्तिनाथ क्षेत्र । सोमबार दिउँसो परेको हिमपातपछि मुक्तिनाथ क्षेत्र सेताम्मे बनेको हो । तस्बिर : सुशीलबाबु थकाली/रासस

स्याङजाको विरुवा गाउँपालिका-४ ओरष्टे मड्किनामा भएको दुर्घटनामा ११ जना घाइते, उपचार हुदैं
06/04/2026

स्याङजाको विरुवा गाउँपालिका-४ ओरष्टे मड्किनामा भएको दुर्घटनामा ११ जना घाइते, उपचार हुदैं

Address

Tanahun

Alerts

Be the first to know and let us send you an email when Tanahun Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tanahun Khabar:

Shortcuts

Share