euttardayitwa.com

  • Home
  • euttardayitwa.com

euttardayitwa.com इ-उत्तरदायित्व डट कम

पाल्पा, निस्दी गाउँपालिकाकाे गल्धाफाँटमा अवस्थित निस्दी खोला पुल निर्माणका लागि शिलान्यास गरिएको छ । शिलान्यास कार्यक्रम...
04/03/2025

पाल्पा, निस्दी गाउँपालिकाकाे गल्धाफाँटमा अवस्थित निस्दी खोला पुल निर्माणका लागि शिलान्यास गरिएको छ । शिलान्यास कार्यक्रम जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक तथा पुर्बाधार विकास मन्त्रालय भाैतिक तथा पूर्वाधार विकास मन्त्री भुमिस्वर ढकालकाे प्रमुख आतिथ्यतामा शिलान्यास गरिएको छ। शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेश भाैतिक पूर्वाधार विकास मन्त्री भुमिस्वर ढकालले पुल निर्माण सम्पन्न भएपछि यहाँको ब्यापार व्यवसाय एवं कृषि उत्पादनलाई बजारीकरण गर्नमा निर्माण गरिने पुलले टेवा पुग्ने बताउँनुभयो । पुलको राम्रो र गुणस्तरीय काम भए नभएको स्थानीय पालिका र जनताले अनुगमन तथा निरीक्षण गर्नुपर्ने बताउँनुभयो । भाैतिक तथा याेजना विकास मन्त्री ढकालले यस आर्थिक बर्षमा पचास लाख रूपैयाँ बिनियोजन भएको बताउँदै बहुबर्षिय रुपमा बजेट बिनियोजन गरी तोकिएको समयमा निर्माण सम्पन्न गर्न बजेटको अभाव नहुने बताउँनुभयो। नेपालमा अनेकन सम्भावना रहेकोले नेपालमै बसेर सम्भावनाको खोजी गरी काम गर्न सम्पूर्ण समेत जनतामा आग्रह गर्नुभयो ।मन्त्री ढकालले अहिलेको एमाले र काङ्ग्रेसको संयुक्त सरकारले जनताको अपेक्षा पुरा गर्न कटिबद्ध भएर कामहरू गरिरहेको बताउँनुभयो ।...

पाल्पा, निस्दी गाउँपालिकाकाे गल्धाफाँटमा अवस्थित निस्दी खोला पुल निर्माणका लागि शिलान्यास गरिएको छ । शिलान्यास...

पाल्पा, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन दाङको देउखुरीमा सम्पन्न भएको छ । अधिवेशनको प्रमुख अतिथ...
03/03/2025

पाल्पा, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन दाङको देउखुरीमा सम्पन्न भएको छ । अधिवेशनको प्रमुख अतिथि एवं प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश वस्नेतले उद्घाटन गर्नुभएको छ । प्रेस चाैतारी नेपालकाे दाेस्राे अधिवेशन उद्घाटन सत्रमा विशिष्ट अतिथिकाे रुपमा नेकपा एमाले केन्द्रीय प्रचार विभाग प्रमुख तथा प्रेस चौतारी नेपालका ईन्चार्ज राजेन्द्र गौतम,नेकपा एमाले लुम्बिनी प्रदेश सचिव दिपक आचार्य,नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सान्दर्भिक भनाइ सहित शुभकामना मन्तब्य राख्दै सम्वाेधन गर्नुभएको थियोे । …...

पाल्पा, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन दाङको देउखुरीमा सम्पन्न भएको छ । अधिवेशनको प्....

राष्ट्र धेरै विशेषतायुक्त समाजहरूको सम्मिश्रण हो। यी विविधताहरू आफैंमा विशेषतायुक्त हुन्छन्।समाज र राष्ट्रका यी विशेषताह...
24/02/2025

राष्ट्र धेरै विशेषतायुक्त समाजहरूको सम्मिश्रण हो। यी विविधताहरू आफैंमा विशेषतायुक्त हुन्छन्।समाज र राष्ट्रका यी विशेषताहरूप्रत्येक राष्ट्रको मौलिक पहिचान र गर्वको विषय हुने गर्दछ । राष्ट्रिय पहिचान र गर्वसँगै स्थानीय पहिचानको पनि महत्व खोजिने विषय स्वाभाविक प्रक्रिया हो। बहुजातीय, बहुभाषिक एवं लामो ऐतिहासिक पृष्ठभूमि भएको समाजमा संस्कृतिको पनि विविधता रहन्छ। जातीय परम्पराहरूअलग–अलग हुन सक्छन्। उनीहरूको रीतिरिवाज, लवाईखवाई, मूल्यमान्यता, धर्म र सांस्कृतिक क्रियाकलापमा विविधता रहन्छ। यी सबै पक्षहरूको पहिचान एवं सम्मान गर्ने र कुनै विभेद नहुने अवस्थाको सिर्जना गर्नुनै विविधता व्यवस्थापन हो।...

राष्ट्र धेरै विशेषतायुक्त समाजहरूको सम्मिश्रण हो। यी विविधताहरू आफैंमा विशेषतायुक्त हुन्छन्।समाज र राष्ट्रका...

पाल्पा, रम्भा गाउँपालिका-२ फोक्सिङकोटमा रानीबास सामुदायिक घर बास (होमस्टे) कार्यक्रम सुरू भएको छ । रम्भा गाउँपालिकामा पह...
15/02/2025

पाल्पा, रम्भा गाउँपालिका-२ फोक्सिङकोटमा रानीबास सामुदायिक घर बास (होमस्टे) कार्यक्रम सुरू भएको छ । रम्भा गाउँपालिकामा पहिलाे पटक चाैध घरधूरीले पुरानै घरका काेठालाई व्यवस्थापन गर्दै घरवास (हाेमस्टे) सुरू गर्नभएकाे हाे ।रानीवास सामुदायिक घरवास (हाेमस्टे) कार्यक्रमकाे प्रतिनिधि सभा सदस्य नारायण आचार्य र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले संयुक्तरूपमा शुभारम्भ गर्नुभएको छ । रम्भा गाउँपालिकाकाे पर्यटकीय संभावना बोकेको फोक्सिङकोटमा सञ्चालन भएको होमस्टे कार्यक्रमले यहाँको विकासलाई समेत टेवा पुग्ने सांसद आचार्यले बताउँनुभयाे। नमुना होमस्टेको रुपमा स्थापित गर्न संघीय सरकारसँग आवश्यक बजेट र कार्यक्रमको लागि पहल गर्नेछु,उहाँले शुभारम्भ मन्तब्यमा भन्नुभयो । सांसद आचार्यले कालीगण्डकी कोरिडोरबाट यहाँ आउने सडकमार्गकाे स्तरोन्नति गर्नका लागि बजेटको व्यवस्था मिलाउने समेत उहाँले बताउँनुभयाे । …...

पाल्पा, रम्भा गाउँपालिका-२ फोक्सिङकोटमा रानीबास सामुदायिक घर बास (होमस्टे) कार्यक्रम सुरू भएको छ । रम्भा गाउँपाल.....

प्रकृतिको एक अनुपम उपहार पाल्पा । जाति, भाषा र वहुसंस्कृतिको विशिष्टपहिचान अनि सेनवंशी र मगराती पृष्ठभुमी बोकेको जिल्ला ...
15/02/2025

प्रकृतिको एक अनुपम उपहार पाल्पा । जाति, भाषा र वहुसंस्कृतिको विशिष्टपहिचान अनि सेनवंशी र मगराती पृष्ठभुमी बोकेको जिल्ला पाल्पा । दक्षिणएसियाकै ठुलो त्रिशुल अनि भैरव मन्दिर भएको जिल्ला पाल्पा, नेपालकोमानचित्रमा लुम्विनी प्रदेशमा पर्ने, विश्वमै परिचत शान्तिका अग्रदुतगौतमवुद्धको जन्मस्थल लुम्विनी र पर्यटकीय स्थल पोखराको विचमा पर्दछ।पाल्पा जिल्लाको ऐतिहासिक राणाकालीन भवनहरू, अनि प्राचीन कला कौशलले भरिपूर्ण धार्मिकस्थल तथा पर्यटकीय अनेकौ रमणीय सुन्दर ठाउँहरुकोगुणगान जत्तिनै गरेपनि पुग्दैन । अझ पाल्पाली ढाका र पाल्पाली करुवाकोगरिमा र महिमा, झन कति छन् कति ?...

प्रकृतिको एक अनुपम उपहार पाल्पा । जाति, भाषा र वहुसंस्कृतिको विशिष्टपहिचान अनि सेनवंशी र मगराती पृष्ठभुमी बोकेक....

पाल्पा, लुम्बिनी र गण्डकी प्रदेश सरकारकाे समन्वयात्मक बैठक पाल्पाको रानीमहलमा सम्पन्न भएको छ । लुम्बिनी - गण्डकी प्रदेश ...
14/02/2025

पाल्पा, लुम्बिनी र गण्डकी प्रदेश सरकारकाे समन्वयात्मक बैठक पाल्पाको रानीमहलमा सम्पन्न भएको छ । लुम्बिनी - गण्डकी प्रदेश सरकारबीच संघीय सरकारबाट अघि बढेको भरतपुर- बुटवल - पोखराक्षेत्रलाई समेटी लुम्बिनी र गण्डकीकाे आर्थिक त्रिभुज परियोजना कार्यान्वयनको पहलका लागि साझा सहमति भएको हाे। लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच पहिलोपटक पाल्पाको ऐतिहासिक दरबार रानीमहलमा आयोजना गरिएको संयुक्त बैठकमा संघीय सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्य मार्फत अघि सारेको गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयन गर्ने विषयमा सहमति गरिएको हो ।...

पाल्पा, लुम्बिनी र गण्डकी प्रदेश सरकारकाे समन्वयात्मक बैठक पाल्पाको रानीमहलमा सम्पन्न भएको छ । लुम्बिनी – गण्डक....

पृष्ठभूमि ः— “न्याय गरेर मात्र हुँदैन, न्याय गरेको जस्तो देखिनु पनि पर्दछ” न्यायीक अधिकारीहरु र न्याय क्षेत्रमा काम गर्न...
14/02/2025

पृष्ठभूमि ः— “न्याय गरेर मात्र हुँदैन, न्याय गरेको जस्तो देखिनु पनि पर्दछ” न्यायीक अधिकारीहरु र न्याय क्षेत्रमा काम गर्ने जो कोही पनि मालिक होईनन्, जनताका सेवक हुन, सेवक जहिले पनि उत्तरदायी हुन्छ, त्यसैले अधिकार प्राप्तीको अहंकारबाट ग्रसित हुने होईन, जिम्वेवारी र कर्तव्यबाट उत्प्रेरित हुनुपर्दछ, कानून र पद्धती सँगसगै प्रवृत्ती र संस्कार महत्वपूर्ण हुने हुँदा त्यसलाई समयानुकुल बदल्न र परिष्कार गर्न तयार हुनुपर्दछ । प्रक्रियालाई कहिल्यै अवज्ञा नगर्ने र विवादका पक्षहरु प्रति समान व्यवहार गर्ने पक्षहरुको सम्मान गर्दै विवाद समाधानका लागी सहज वातावरण निर्माण गर्ने र मिसील संलग्न कागज प्रमाणहरुको कानून र प्रमाणको आधारमा व्याख्या विश्लेषण गर्दै न्यायीक मुल्यांकन गर्ने कुरामा न्यायीक अधिकारीहरु सदैव न्यायका सेवाग्राही प्रति कानून र न्यायको परिपालना गर्ने गराउने दृष्टीकोणबाट जवाफदेही हुनै पर्दछ । …...

पृष्ठभूमि ः— “न्याय गरेर मात्र हुँदैन, न्याय गरेको जस्तो देखिनु पनि पर्दछ” न्यायीक अधिकारीहरु र न्याय क्षेत्रमा ...

पाल्पा, रिब्दीकोट गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को कार्य स...
13/02/2025

पाल्पा, रिब्दीकोट गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को कार्य सम्पादनमा भएको प्रगति विवरण सहित आर्थिक वर्षकाे पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ गरेको छ । रिब्दीकाेट गाउँपालिकाकाे आयोजना र सञ्चार मन्च पाल्पाको समन्वय तथा सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाइ कार्यक्रममा रिब्दीकाेट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले चालु आर्थिक वर्षमा गाउँपालिकाबाट कार्य सम्पादनमा भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले आन्तरिक आम्दानी, योजना सम्झौता लगायत गाउँपालिकाबाट प्रवाह गरिएको सेवा सुविधाका विषयमा सार्वजनिक सुनुवाइमा प्रगति प्रतिवेदन पेस गर्दै जानकारी गराउँनुभएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रमका लागि पाल्पा सञ्चार मञ्चले गाउँपालिकाकाे वडातहबाट संकलन गरिएको नागरिक सन्तुष्टि सर्भेक्षण र बर्हिगमन अभिमतको प्रतिवेदन समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । …...

पाल्पा, रिब्दीकोट गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ .....

प्रदेश संवाददाता काठमाडौं, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलि...
08/02/2025

प्रदेश संवाददाता काठमाडौं, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को व्यवस्थित विकास एवं प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य सहित ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति-२०८१’ को मस्यौदा तयार पारेको छ । कृत्रिम बौद्धिकताकाे माध्यमबाट देशको सामाजिक,आर्थिक र प्रशासनिक क्षेत्रमा रूपान्तरणकारी परिवर्तन ल्याउने लक्ष्य र उद्धेश्य राख्दै नीतिको मस्यौदा उपर मन्त्रालयले सुझाव माग गरेको छ । “नेपालमा एआई प्रविधिको प्रयोग बढाउन,अनुसन्धान र विकासलाई प्रोत्साहन गर्न,सुशासन र सार्वजनिक सेवा सुधार गर्न,नयाँ व्यापारिक अवसर सिर्जना गर्न,नवप्रवर्तनलाई प्रवर्द्धन गर्न र एआई प्रविधिको नियमनमार्फत जोखिम न्यूनीकरण गर्न यस नीतिको आवश्यकता रहेको छ”, …...

प्रदेश संवाददाता काठमाडौं, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशमा कृत्रिम बौद्धिकता (आर्टिफिसि...

पाल्पा, तानसेन स्थित पाल्पा आवासीय माविको ४५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।विद्यालयकाे वार्...
08/02/2025

पाल्पा, तानसेन स्थित पाल्पा आवासीय माविको ४५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।विद्यालयकाे वार्षिकोत्सबमा प्रधानाध्यापक गोपाल पिसिले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिबेदनमा विद्यालयकाे संस्थागत विकास र निजी विद्यालयमा पाल्पा जिल्लामै पुरानो रहेको यस विद्यालयलाई आगामी दिनमा अझ सुविधा सम्पन्न बनाउँदै थप प्रयोगशाला र पुस्तकालयको प्रयोगलाई सु-व्यवस्थित गरिने र एक बिद्यार्थी एक ल्यापटप अवधारणको विकास गरिने, इमेल इन्टरनेट सहित सुविधा सम्पन्न पुस्तकालयको व्यवस्था गरिने, कम्प्युटर तथा होटल म्यानेजमेन्ट प्रयोगशालालाई आधुनिक एवं सुविधा सम्पन्न बनाउने याेजना अघि बढाएको प्रस्तुत वार्षिक प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । उहाँले बिद्यार्थीकाे अध्ययन अध्यापन साथै नियमिति अतिरिक्त क्रियाकलापहरूमा सहभागी गराउने लगायतका कार्यक्रम रहेको बताउँनुभयो ।प्रधानाध्यापक पिसिले यस विद्यालयका शैक्षिक तथा अतिरिक्ति क्रियाकलाप कार्यक्रमलाई बिद्यार्थी र अभिभावकहरुको चाहना एवं सुझाव बमोजिम अगाडि बढाउँदै आएको समेत कार्यक्रममा बताउँनुभयो ।...

पाल्पा, तानसेन स्थित पाल्पा आवासीय माविको ४५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।विद्याल....

पाल्पा, रिब्दीकाेट गाउँपालिका स्वास्थ्य शाखाकाे आयोजनामा एचपीभी खाेप सञ्चालन गर्नका लागि गाउँपालिकाका निमावि र माविका प्...
05/02/2025

पाल्पा, रिब्दीकाेट गाउँपालिका स्वास्थ्य शाखाकाे आयोजनामा एचपीभी खाेप सञ्चालन गर्नका लागि गाउँपालिकाका निमावि र माविका प्रधानाध्यापक सहित सराेकारवालाहरूसंग अभियान सञ्चालनका अभिमुखिकरण कार्यक्रम गरेको छ । रिब्दीकाेट गाउँपालिकास्तरीय खाेप समितिले सरकारकाे राष्ट्रिय खोप अभियान कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका ६५९ जना विद्यालयका बालिका र २जना विद्यालय बाहिर गरि ६६१ जना किशोरीलाई एचपीभी खोप लगाउने भएको हाे। गाउँपालिकाकाे १८ सामुदायिक विद्यालय र १ निजी विद्यालय गरि १९ विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका बालिका सहित ६६१ जना बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने जानकारी रिब्दीकाेट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले गराउँनुभएको छ।उहाँले एचपीभी खोप कार्यक्रम अभियानका लागि रिब्दीकाेट गाउँपालिका आठ वटै वडाबाट तथ्याङ्क सङ्कलन गरी सोही अनुसारको जनशक्ति व्यवस्थापन गरिसकेको समेत जानकारी दिनुभयो । स्वास्थ्य शाखा प्रमुख अधिकारीले खोप कार्यक्रम एकै चरणमा सञ्चालन हुने छ । रिब्दीकाेट गाउँपालिका स्वास्थ्य शाखाले ५४ जना स्वयंसेवक २७ स्वास्थ्यकर्मी र आठ स्वास्थ्य केन्द्र ताेकेकाे छ। १८ सामुदायिक र १ निजी विद्यालय गरि ६६१ जना बालिकालाई एचपीभी खोप लगाउने कार्यक्रममा रहेको जानकारी दिनुभएकाे हाे।...

पाल्पा, रिब्दीकाेट गाउँपालिका स्वास्थ्य शाखाकाे आयोजनामा एचपीभी खाेप सञ्चालन गर्नका लागि गाउँपालिकाका निमावि ....

पाल्पा, "समृद्धिका लागि सञ्चार कर्म,प्रेस चौतारीको मुल मर्म" भन्ने नारा सहित प्रेस चौतारी नेपाल पाल्पाले तेस्रो वार्षिक ...
05/02/2025

पाल्पा, "समृद्धिका लागि सञ्चार कर्म,प्रेस चौतारीको मुल मर्म" भन्ने नारा सहित प्रेस चौतारी नेपाल पाल्पाले तेस्रो वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन सम्पन्न गरेको छ ।अधिवेशनले पुनः कृष्ण कार्कीको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्य समिति चयन गरेको हाे । अधिवेशनले उपाध्यक्षमा रिमा सोमै र शाेभाकान्त पाठक, सचिव दयाराज न्यौपाने, काेषाध्यक्ष नेत्र गैरे, सह-सचिवद्वय विजय बौडेल र भुवन रायमाझी निर्विरोध निर्वाचित हुनुभएको छ। …...

पाल्पा, “समृद्धिका लागि सञ्चार कर्म,प्रेस चौतारीको मुल मर्म” भन्ने नारा सहित प्रेस चौतारी नेपाल पाल्पाले तेस्रो ...

पाल्पा,सहिद दिवसकाे अवसरमा साहित्यकार लेखक एवं कवि तेजनारायण ढकालको ‘मानव’ कविता संग्रह विमोचन गरिएको छ । सहिद दिवसको अव...
31/01/2025

पाल्पा,सहिद दिवसकाे अवसरमा साहित्यकार लेखक एवं कवि तेजनारायण ढकालको ‘मानव’ कविता संग्रह विमोचन गरिएको छ । सहिद दिवसको अवसरमा साहित्यकार लेखक एवं कवि ढकालद्वारा प्रकाशन गरिएको पुस्तकलाई तानसेनमा विमोचन गरिएको हो ।लेखकद्वारा प्रकाशन गरिएको कृति त्रिभुवन बहुमुखी क्याम्पस तानसेन, पाल्पा क्याम्पस प्रमुख एवं साहित्यका डा. टंकप्रसाद पन्थ, पत्रकार सेनानी मेघराज शर्मा, नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष कमल तिमिल्सिना, तानसेन बहुमुखी क्याम्पस प्रमुख एवं साहित्यकार पुष्कर अथक रेग्मी तथा कृति सर्जक तेजनारायण ढकालकाे अध्यक्षतामा भएको कार्यक्रममा उक्त कृतिलाई संयुक्त रूपमा विमोचन गरिएको थियोे ।...

पाल्पा,सहिद दिवसकाे अवसरमा साहित्यकार लेखक एवं कवि तेजनारायण ढकालको ‘मानव’ कविता संग्रह विमोचन गरिएको छ । सहिद द...

काठमाडौं, सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक...
23/01/2025

काठमाडौं, सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याउनुभएकी अधिकारीले आफ्नो जन्म दिनको अवसर पारेर ‘मेरा कलमका डोबहरू पाठकमाझ ल्याउनुभएको हो ।...

काठमाडौं, सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उ.....

पाल्पा, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य बीमालाई औपचारिकक्षेत्रसंग जोड्दै लगिएको बता...
21/01/2025

पाल्पा, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य बीमालाई औपचारिकक्षेत्रसंग जोड्दै लगिएको बताउँनुभएको छ । स्वास्थ्य मन्त्री सारूले राज्यको मुख्य प्राथमिकतामा रहेको स्वास्थ्य बीमालाई औपचारिक क्षेत्रसंग जोड्दै लगिएको उहाँले बताउँनुभएकाे हाे । राज्यका विभिन्न तह र निकायमा रहेका व्यक्तिहरुलाई स्वास्थ्य बीमामा जोड्दा राज्यको नीति एवं कार्यक्रम सफल बनाउन ठुलो मद्दत पुग्ने बताउँनुभएको छ। उहाँले राज्यका विभिन्न क्षेत्रमा रहेका कर्मचारीहरू र विशिष्ट व्यक्ति स्वास्थ्य बीमा कार्यक्रममा जोडिँदा उदाहरणीय प्रस्तुत हुने भन्दै यसलाई प्राथमिकता दिएर स्वास्थ्य मन्त्रालयले काम अघि बढाइरहेको बताउँनुभयो ।...

पाल्पा, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य बीमालाई औपचारिकक्षेत्रसंग जोड्द...

पाल्पा, तानसेन नगरपालिका-४ सिलखानटाेलमा रहेको सन्चो हेल्थ केयर प्रालिमा यही माघ १२ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्...
20/01/2025

पाल्पा, तानसेन नगरपालिका-४ सिलखानटाेलमा रहेको सन्चो हेल्थ केयर प्रालिमा यही माघ १२ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंज, काठमाडौबाट अध्ययन तथा अनुभब प्राप्त बरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्यानकृयाज रोग बिशेषज्ञ डा.मोहन भुसाल (DM Gastroenterology & Hepatology; TUTH, IOM) आउनुहुने भएको छ। सन्चो हेल्थ केयर प्रा.लि.तानसेन -४ सिलखानटाेल, पाल्पामा माघ १२ गते एक दिनकाे लागि आउनुहुनेछ । पेट,आन्द्रा,कलेजो तथा प्यानकृयाज सम्बन्धि कुनै पनि समस्या भएका बिरामीहरूले नाम दर्ता गर्न सम्पर्क गर्न सक्नुहुनेछ।पेट सम्वन्धि कुनै पनि समस्या रहनुभएका बिरामीहरूका लागि याे अबसर हुने सन्चाे हेल्थ केयर प्रालिका सञ्चालक मदन भण्डारीले बताउँनुभयाे । उहाँले यी समस्याहरूकाे उपचार तथा परामर्श सेवा लिन र लाभलिनका लागि अनुरोध समेत गर्नुभयो । उहाँले खानु मन नलाग्ने; खाना निल्दा गारो हुने; वाक-वाकी लाग्ने; बान्ता हुने; भोक नलाग्ने; थकाइ लाग्ने; वजन घट्ने दुब्लाउने; मुखमा अमिलो पानि आउने; पेट, छाती तथा मुटु पोल्ने दुख्ने; पेटमा पानि जम्मा हुने; पेट फुल्ने; खुट्टा हरु सुन्निने; पेट भित्र गानो-गोला (ग्यास भरिएको) भएको महसुस हुने; खाना नपच्ने; कब्जियत तथा पातलो दिसा हुने; दैनिक दिसा नहुने; दिसा मा रगत जाने; रगत बान्ता हुने; शरीरमा रगतको कमि हुने; गाढा पहेलो पिसाब आउने; छाला तथा आँखा पहेलो (जन्डिस) देखिने; पेट तथा आन्द्रामा घाउ/अल्सर हुने; कलेजो फुल्लिने/ सुन्निने; कलेजो वरि-परि बोसो (Fatty Liver) जम्मा हुने; कलेजोमा कडापन (Liver Cirrhosis) हुने; शरीर चिलाउने ; भाइरस को संक्रमण (Hepatitis A, B, C, D, E); मदिरा सेवन कारणले हुने कलेजोमा वरि-परि बोसो जम्मा हुने(Alcoholic Fatty Liver Disease) ; मदिरा नपिउनेमा मोटोपनको कारणले कलेजोमा वरि-परि जम्मा हुने बाेसाे (Non-Alcoholic Fatty Liver Disease) ; पेट,आन्द्रा, प्याङ्क्रियाज तथा कलेजोको क्यान्सर; Gastroesophageal Reflux Disease (GERD), Esophageal Varices, Barrett's Esophagus, Stricture, Celiac Disease, Ulcerative Colitis/Crohn's Disease, Diverticulosis लगायत पेट,आन्द्रा तथा कलेजो सम्बन्धि कुनै पनि समस्या भएका बिरामीहरूले सम्पर्क गर्न सक्नुहुनेछ भण्डारीले भन्नुभयो । उहाँले ओ.पी.डि....

पाल्पा, तानसेन नगरपालिका-४ सिलखानटाेलमा रहेको सन्चो हेल्थ केयर प्रालिमा यही माघ १२ गते त्रिभुवन विश्वविद्यालय श....

पाल्पा, लुम्बिनी प्रदेश सरकारकाे स्वास्थ्य मन्त्री खेमबहादुर सारूले प्रेस चाैतारी नेपाल पाल्पा शाखा सचिवालय सदस्य विजय क...
19/01/2025

पाल्पा, लुम्बिनी प्रदेश सरकारकाे स्वास्थ्य मन्त्री खेमबहादुर सारूले प्रेस चाैतारी नेपाल पाल्पा शाखा सचिवालय सदस्य विजय कुमार वाैडेललाई प्रेस संयाेजकमा नियुक्त गर्नुभएको छ । स्वास्थ्य मन्त्री सारूले वाैडेललाई नियुक्त गरेको पत्र हस्तान्तरण गर्दै जानकारी दिनुभएको हाे। विशिष्ठ श्रेणीमा नियुक्त हुनुभएका प्रेस संयाेजक वाैडेलले पाल्पामा रहेर विगत पन्ध्र वर्षदेखि सक्रिय रूपमा पत्रकारिता गर्दै आउँनुभएका उहाँ स्वास्थ्य मन्त्री सारूकाे प्रेस संयाेजककाे जिम्मेवारीमा रहेर कार्य सम्पादन गर्नुहुनेछ । पत्रकारितामा राम्रो दखल राख्नुहुने वाैडेलले सामुदायिक रेडियो मदनपाेखरा एफ एम १०६.९ मेगाहर्जबाट आफ्नो पत्रकारिता सुरु गर्नु भई पन्ध्र वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा रहेर कर्म गर्दै आउँनुभएकाे छ । उहाँ प्रेस चाैतारी नेपाल पाल्पाकाे सचिवालय सदस्य साथै माडीभ्यू डटकमका सञ्चालक तथा सम्पादक समेत हुनुहुन्छ ।

पाल्पा, लुम्बिनी प्रदेश सरकारकाे स्वास्थ्य मन्त्री खेमबहादुर सारूले प्रेस चाैतारी नेपाल पाल्पा शाखा सचिवालय सद...

पाल्पा,माथागढी गाउँपालिकाले एकीकृत घुम्ती सेवा सुरु गरेको छ । गाउँपालिकाले पालिकाको केन्द्रबाट प्रदान गर्दै आएको सबै सेव...
19/01/2025

पाल्पा,माथागढी गाउँपालिकाले एकीकृत घुम्ती सेवा सुरु गरेको छ । गाउँपालिकाले पालिकाको केन्द्रबाट प्रदान गर्दै आएको सबै सेवाहरूलाई वडाका बस्ती टाेलमा पुगेर प्रदान गरिने भएको हाे । शुक्रबारबाट सुरु भएको एकीकृत घुम्ती शिविर सेवा वडा नं. १ को चिदीपानीमा सम्पन्न भइसकेको छ । अन्य वडाहरूमा क्रमस सेवा प्रदान गरिनेछ । माथागढीकाे सराइमा शनिबार भएको एकीकृत घुम्ती शिविरकाे सेवा उद्घाटन गर्नुहुँदै लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नागरिकको सेवा सुबिधालाई ध्यान राखेर गाउँपालिकाले विभिन्न सेवा प्रदान गर्नु आफैँमा एउटा उदाहरणीय काम भएको बताउँनुभयो । उहाँले संघीयताको मूल मर्म भनेको दुर्गम ठाउँका बस्तीमा रहेको नागरिकले घरमै सेवा प्राप्त गर्नु रहेको प्रसङ्गलाई उल्लेख गर्नुहुँदै स्वास्थ्य मन्त्री सारुले गाउँपालिकाले याे सेवालाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिनुभयो । घुम्ती शिविर दुर्गम, पिछडिएका,विपन्न नागरिकलाई सहज र सरल रुपमा सेवा लिन अत्यन्त उपयोगी हुने विश्वास आफूले गरेको बताउँनुभयो ।...

पाल्पा,माथागढी गाउँपालिकाले एकीकृत घुम्ती सेवा सुरु गरेको छ । गाउँपालिकाले पालिकाको केन्द्रबाट प्रदान गर्दै आए...

Address


Alerts

Be the first to know and let us send you an email when euttardayitwa.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to euttardayitwa.com:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share