Rastra Sanchar

Rastra Sanchar RASTRA SANCHAR
तथ्य खाेज, सत्य प्रवाह
(1)

अत्यन्त जरुरी सूचना तथा खोजीका लागि अपिलगणेश ज्ञवाली, छत्रकोट गाउँपालिका–४, दिगाम, बोहा निवासी तथा रसुवास्थित हाइड्रोपाव...
26/08/2026

अत्यन्त जरुरी सूचना तथा खोजीका लागि अपिल

गणेश ज्ञवाली, छत्रकोट गाउँपालिका–४, दिगाम, बोहा निवासी तथा रसुवास्थित हाइड्रोपावरमा कार्यरत, बाढीपछि सम्पर्कविहीन हुनुभएको छ।

हालसम्म उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेकोले स्थानीयवासी, सुरक्षाकर्मी, उद्धार टोली तथा सम्बन्धित निकायलाई उहाँको तत्काल खोजी तथा उद्धारमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

उहाँलाई कसैले देख्नुभएको, भेट्नुभएको वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्नुभएको भए कृपया परिवारको मोबाइल नम्बरमा तुरुन्त सम्पर्क गरिदिनुहोला।

📞 सम्पर्क नम्बर: ९८४७२२६७१७

🙏 गणेश ज्ञवाली सकुशल भेटिनुहोस् र तत्काल उद्धार हुन सकोस्।

कृपया यो सूचना धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्। एउटा सेयरले पनि उहाँको खोजीमा महत्वपूर्ण सहयोग पुग्न सक्छ।

पाल्पाली निलम कार्की सम्पर्कविहीनरसुवा जिल्ला स्याफ्रुबेँसीमा बस्दै आउनुभएका लाङटाङ राष्ट्रिय निकुञ्ज राष्ट्रिय वन रक्षक...
26/08/2026

पाल्पाली निलम कार्की सम्पर्कविहीन

रसुवा जिल्ला स्याफ्रुबेँसीमा बस्दै आउनुभएका लाङटाङ राष्ट्रिय निकुञ्ज राष्ट्रिय वन रक्षक निलम कार्की सम्पर्कविहीन हुनुभएको छ।

उहाँको खोजी तथा सकुशल उद्धारका लागि सहयोग गरिदिनुहुन अनुरोध छ। उहाँलाई कतै देख्नुभएको वा उहाँबारे कुनै जानकारी प्राप्त गर्नुभएको भए तलका नम्बरमा तुरुन्त सम्पर्क गरिदिनुहोला।

📞 ९८०२०३९२५३
📞 ९८४३६०८१११

उहाँको खोजीमा सहयोग पुग्ने गरी यो सूचना धेरैभन्दा धेरै सेयर गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ। 🙏

कृष्ण बस्याल सम्पर्कविहीनपाल्पा घर भई रसुवास्थित हाइड्रोपावरमा कार्यरत कृष्ण बस्याल बाढीपछि सम्पर्कविहीन हुनुभएको छ।उहाँ...
26/08/2026

कृष्ण बस्याल सम्पर्कविहीन

पाल्पा घर भई रसुवास्थित हाइड्रोपावरमा कार्यरत कृष्ण बस्याल बाढीपछि सम्पर्कविहीन हुनुभएको छ।

उहाँलाई कतै देख्नुभएको वा उहाँबारे कुनै सूचना प्राप्त गर्नुभएको भए कृपया परिवारका यी नम्बरमा तुरुन्त सम्पर्क गरिदिनुहोला।

📞 ९८४४७९६९३०
📞 ९८६४४७२४६९

कृष्ण बस्यालको सकुशल उद्धार तथा खोजी कार्यमा सहयोग पुग्ने गरी यो सूचना धेरैभन्दा धेरै सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ।

कृपया एक सेयरले पनि उहाँको खोजीमा ठूलो सहयोग पुग्न सक्छ। 🙏

26/08/2026

भोटेकोसीको त्यो कहालीलाग्दो दौड

रसुवाको भोटेकोसीमा बाढी उर्लिएको त्यो क्षण,
मानौँ मृत्यु नै पछाडिबाट दौडिरहेको थियो।

बालकदेखि विद्यार्थी, युवा, वयस्क हुँदै पाका उमेरका मानिसहरू—
सबैका पाइला एउटै दिशातर्फ दौडिरहेका थिए, ज्यान जोगाउने दिशातर्फ।

आँखामा त्रास थियो, मुटुमा कम्पन थियो।
अगाडि सुरक्षित ठाउँको आशा थियो,
तर पछाडिबाट बाढीले मृत्युको सन्देश बोकेर पछ्याइरहेको थियो।

सँगै भागिरहेका कतिपयलाई
आफ्नै आँखाअगाडि भेलले बगाएर लग्यो।
हेर्दाहेर्दै आफ्ना मान्छेहरू नदीको उर्लंदो भेलमा हराए,
तर बाँकी रहेकाहरूको दौड रोकिएन।
किनकि त्यो दौड केवल बाटो पार गर्ने दौड थिएन,
त्यो जीवन र मृत्युबीचको अन्तिम दौड थियो।

कसैको हातमा बालक थियो,
कसैको काँधमा वृद्ध अभिभावक,
कसैको आँखामा परिवार छुट्ने पीडा।
तर सबैको एउटै प्रार्थना थियो—
आज बाँच्न पाइयोस्।

भोटेकोसीको त्यो बाढीले
धेरै घर, सपना र आफन्त मात्र बगाएन,
मानिसको मनभित्र कहिल्यै नमेटिने एउटा भय पनि छोडेर गयो।

प्रकृतिको यो निर्मम नियति
फेरि कसैको भाग्य नबनोस्।
कुनै आमाले सन्तान गुमाएर रुनु नपरोस्,
कुनै सन्तानले आफ्ना अभिभावकलाई आँखैअगाडि बग्दै गरेको हेर्नु नपरोस्।

हे पशुपतिनाथ,
भोटेकोसीमा देखिएको त्यो कहालीलाग्दो दृश्य
फेरि कहिल्यै नदोहोरियोस्।

मानिसको जीवनमाथि प्रकृतिको यस्तो कहर फेरि नओस्—
यही कामना छ।

“समयको खेल, बाढी–पहिरोको कहर।”
26/08/2026

“समयको खेल, बाढी–पहिरोको कहर।”

26/08/2026

पश्चिम नवलपरासीमा नारायणी नदीपारी रहेकाे सुस्ता गाउँपालिका वडा नम्बर ५ मा अवस्थित सुुस्ता गाउँका डेढ सय परिवारलाइ सुरक्षित स्थानमा सारिएको छ।

भोटेकोशी नदीको भीषण बाढीको असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सुस्ता गाउँ लगभग खाली गराइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयाे । जोखिम महसुस गरेर नारायणी पारी रहेका सबैलाई सुरक्षा निकायको सहयोगमा नारायणी वारी सारिएको छ ।

26/08/2026

मुग्लिन–नारायणगढ सडकखण्ड राति बन्द

काठमाडौं, भदौ १० । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन–नारायणगढ सडकखण्डमा बुधबार रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।

सडकको अवस्था तथा सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म रातिको समयमा उक्त सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।

सम्बन्धित निकायले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ।

रातिको समयमा सडक बन्द भएपछि मुग्लिन हुँदै नारायणगढ तथा नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधन प्रभावित हुने भएका छन्। सडक सञ्चालन तथा बन्दसम्बन्धी थप सूचना सम्बन्धित निकायबाट जारी गरिने जनाइएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष -
26/08/2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष -

26/08/2026

नुवाकोटको त्रिशूलीमा बाढीको भयावह अवस्था

नुवाकोटको त्रिशूली नदीमा आएको भीषण बाढीपछि सघु क्षेत्रको अवस्था भयावह बनेको छ। नदीको तीव्र बहावका कारण आसपासका क्षेत्र जोखिममा परेका छन्।

सतर्क रहौँ, सुरक्षित रहौँ। 🙏

रसुवा बाढी : नुवाकोटको त्रिशूलीको ताजा अवस्थारसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि नुवाकोटको त्रिशूली क्षेत्रमा समेत पानी...
26/08/2026

रसुवा बाढी : नुवाकोटको त्रिशूलीको ताजा अवस्था

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि नुवाकोटको त्रिशूली क्षेत्रमा समेत पानीको बहाव बढेको छ। त्रिशूली बजार तथा आसपासका क्षेत्रमा जोखिम बढेकाले स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

तस्बिर : सुबास श्रेष्ठ

Address

Tansen Palpa
Tansen
32500

Alerts

Be the first to know and let us send you an email when Rastra Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rastra Sanchar:

Shortcuts

Share