Rastra Sanchar

Rastra Sanchar RASTRA SANCHAR
तथ्य खाेज, सत्य प्रवाह
(1)

12/01/2026

12/01/2026

सीपी गजुरेल, धर्मेन्द्र बास्तोला लगायत विभिन्न ६ वटा कम्युनिष्ट पार्टीहरुले उपत्यका बन्दको घोषणा गरेका हुन् ।

उपत्यका बन्दको आह्वान गर्दै आज महास जुलुस निकाल्दा विभिन्न ठाउँबाट झण्डै ३ दर्जन प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।

12/01/2026

देशको रक्षा सँगसँगै कला संस्कृतिको संरक्षणमा समेत नेपाली सेनाले अग्रसरता जनाउँदै आएको छ ।

12/01/2026

पाल्पामा पनि नेपाली सेनाले बजार परिक्रमा गरि बृहत झाँकी प्रर्दशन गरेको छ ।

12/01/2026

इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या कम्तीमा ५४४ पुगेको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन् । यसैबीच, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ताका लागि तयार भएको दाबी गरेका छन्, तर अवस्था गम्भीर बन्दै गएमा बैठकअघि नै कडा कदम चाल्नुपर्ने चेतावनी पनि दिए ।
आइतबार राति एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानमाथि साइबर आक्रमणदेखि लिएर प्रत्यक्ष सैन्य कारबाहीसम्मका विकल्पहरूबारे आफ्नो राष्ट्रिय सुरक्षा टोलीले छलफल गरिरहेको जानकारी दिए ।

माथागढीमा TATA गाडी दुर्घटना, चालक गम्भीर घाइतेपाल्पाको माथागढी गाउँपालिका–७ ओखरीगौडा टोलमा TATA गाडी दुर्घटना भएको छ। ग...
12/01/2026

माथागढीमा TATA गाडी दुर्घटना, चालक गम्भीर घाइते

पाल्पाको माथागढी गाउँपालिका–७ ओखरीगौडा टोलमा TATA गाडी दुर्घटना भएको छ। ग १ क ६२२४ नम्बरको TATA गाडी ढुङ्गा खानीबाट सर्बोत्तम कम्पनीतर्फ फर्कँदै गर्दा दुर्घटनामा परेको हो।
प्राप्त जानकारी अनुसार बाटो चिप्लो भएका कारण उकालोमा गाडीले लोड तान्न नसकी अचानक ब्याक हुँदा दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा चालक गम्भीर घाइते भएका छन्। घाइते चालकलाई तत्काल उपचारका लागि नजिकको अस्पतालतर्फ लगिएको छ।
उक्त स्थानमा यसअघि पनि पटक–पटक TATA गाडी दुर्घटना हुँदै आएको स्थानीयवासीले बताएका छन्। जोखिमपूर्ण र चिप्लो सडकका कारण सवारी साधन दुर्घटनाको सम्भावना बढ्दै गएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
हाल दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
-अम्मर काम्मु मगरबाट

प्रतिनिधि सभा निर्वाचन २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी बाट प्रत्यक्षतर्फ जितेका ८ जना सांसदहरू    1. विराजभक्त श्रेष्...
12/01/2026

प्रतिनिधि सभा निर्वाचन २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी बाट प्रत्यक्षतर्फ जितेका ८ जना सांसदहरू
1. विराजभक्त श्रेष्ठ — काठमाडौँ ८
2. गणेश पराजुली — काठमाडौँ ७
3. हरि ढकाल — चितवन १
4. रवि लामिछाने — चितवन २
5. शिशिर खनाल — काठमाडौँ ६
6. सोविता गौतम — काठमाडौँ २
7. तोसिमा कार्की — ललितपुर ३
8. स्वर्णिम वाग्ले — तनहुँ १
समानुपातिक : १३ सिट
राष्ट्रिय स्वतन्त्र ले समानुपातिक मतहरूमा कुल १,१३,०३४४ मत पाएको थियो, जसले कुल समानुपातिक मतहरूको लगभग १०.७०% पायो।
२०८२ मा हुने निर्वाचन मा कति मत आउला?

12/01/2026

शुभ बिहानी
जय सत्यवती बजै सबैको कल्याण गर्नुहोस्। 🕉️♥️🙏

12/01/2026

Address

Tansen Palpa
Tansen
32500

Alerts

Be the first to know and let us send you an email when Rastra Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rastra Sanchar:

Share