Prabin Baniya

  • Home
  • Prabin Baniya

Prabin Baniya Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prabin Baniya, Digital creator, .

▪️लेख्न र पढ्न मन पराउने मान्छे ✍️ 📚
▪️चिया र कफीको अम्मली ☕
▪️फुटबलको फ्यान ⚽
▪️गीत-संगीतको पागल स्रोता 🎼 🎶 🎻
▪️समाचार सम्पादन गरेर गर्जो टार्ने श्रमिक 🙋‍♂️
🇳🇵 एक देशभक्त नागरिक ✊

😅 महेश बस्नेत भन्छन्– ‘अध्यक्षज्यूले छोइदिने, तपाईंहरूले लिने ।’ अनि, राहत थापेर हिँड्न लागेका एमाले कार्यकर्ताले पोको ओ...
05/09/2026

😅 महेश बस्नेत भन्छन्– ‘अध्यक्षज्यूले छोइदिने, तपाईंहरूले लिने ।’

अनि, राहत थापेर हिँड्न लागेका एमाले कार्यकर्ताले पोको ओलीतिर सार्दै भन्छन्– ‘अध्यक्षज्यू छोइदिनु न ।’

#नोट: एमालेले बाँडेको र ओलीको हातले नछोएको राहत अपवित्र हुने र त्यो खाएमा घाँटीमै अड्किने एमालेको ‘ओली–बस्नेत राहत ल्याब’ले पुष्टि गरेको छ । 😮

😯 वरिष्ठ मुटुरोग विशेषज्ञ राजेन्द्र कोजु फेसबुकमा लेख्नुहुन्छ-"कहिलेकाहीँ, हृदयाघातको उपचार क्याथल्याबमा एन्जियोप्लाष्टी...
05/09/2026

😯 वरिष्ठ मुटुरोग विशेषज्ञ राजेन्द्र कोजु फेसबुकमा लेख्नुहुन्छ-

"कहिलेकाहीँ, हृदयाघातको उपचार क्याथल्याबमा एन्जियोप्लाष्टी गरिसके पछि, बिरामीलाई क्याथ टेबलबाट बेडमा सारेर आइसियु सम्म ल्याउँदा, म पनि सार्न, बेड तान्न वा घचेटन मद्दत गर्ने गर्छु।

हाम्रा सबैजसो सहकर्मीले सबैजसो काममा हात दिने कोशिस गर्नुहुन्छ।

मध्यरातमा सहकर्मी कम हुँदा होस् अथवा कसैले गर्दै गरेको काममा सहजता होस् भनेर।

म प्रमुख मुटुरोग विशेषज्ञ, एन्जियोप्लाष्टी गर्ने चिकित्सक भएकै कारण मैले बेड तान्नु वा घचेट्नु हुँदैन भन्ने हुँदैन। परेको बेलामा सबैले सबै काम गरे काम फत्ते छिटो हुन्छ।
गृहमन्त्रीज्यू ले अक्सिजन सिलिण्डर बोक्नु भाको पनि मैले त्यस्तै बुझेँ।

बाँकी आ आफ्नो बुझाई।" 🙏❤️🇳🇵

05/09/2026

❤️ Good News: बाढी आएको १० दिनपछि अपरत्रिशुली१ सुरङबाट निस्कियो अर्को जिन्दगी ! 🙏

05/09/2026

एमालेको वैज्ञानिक राहत वितरण प्रणाली : अध्यक्षले छोएपछि मात्रै लिने, नत्र खाँदा घाँटीमा अड्किन्छ ! 🤗

😯 सुकिलो पक्की घरभित्र एक बोरा मुसुरो दालमा २० वटा हातले छोएर राहत वितरण ! सरकारको कोषमा जम्मा नगरी सिधै पीडितका हातमा र...
04/09/2026

😯 सुकिलो पक्की घरभित्र एक बोरा मुसुरो दालमा २० वटा हातले छोएर राहत वितरण ! सरकारको कोषमा जम्मा नगरी सिधै पीडितका हातमा राहत पुर्‍याउने अभियानअन्तर्गत एमालेको वैज्ञानिक राहत वितरण प्रणाली ! अनुहार चैं बिहेको निम्तो बाँडेजस्तो हाँसिला देखिन्छन्...... 😳

04/09/2026

🚁 🪖 यस बाढी र प्रकोपमा १०० भन्दा धेरै सफल उद्धार उडान भरिसकेकी नेपालकै पहिलो महिला हेलिकप्टर पाइलट– प्रिया अधिकारी ! 🇳🇵 ❤️ 🫡

04/09/2026

😯 दार्चुलाको अपी हिमाल जाने बाटोमा पर्ने भट्टाड गाउँ नजिक ठूलो पहिरो गएको छ । पहिरोले केहीबेर चमेलिया नदी थुनिएकोमा अहिले पानी निकास भइरहेको छ।
Video : जयप्रकाश लोठ्याल

😯 सुकिलो पक्की घरभित्र एक बोरा मुसुरो दालमा २० वटा हातले छोएर राहत वितरण ! सरकारको कोषमा जम्मा नगरी सिधै पीडितका हातमा र...
04/09/2026

😯 सुकिलो पक्की घरभित्र एक बोरा मुसुरो दालमा २० वटा हातले छोएर राहत वितरण ! सरकारको कोषमा जम्मा नगरी सिधै पीडितका हातमा राहत पुर्‍याउने अभियानअन्तर्गत एमालेको वैज्ञानिक राहत वितरण प्रणाली ! 😳

‼️ विपद्, पीडा र आँसुबीच राजनीति गर्नेहरूका नाममा ! 🤯___________________नेकपा एमालेलाई सेना–प्रहरी र राज्यका संयन्त्रको ...
04/09/2026

‼️ विपद्, पीडा र आँसुबीच राजनीति गर्नेहरूका नाममा ! 🤯
___________________

नेकपा एमालेलाई सेना–प्रहरी र राज्यका संयन्त्रको विश्वास नलागेर बाढीपीडितलाई राहत आफैं बाँड्ने रे ! हर्क साम्पाङको पार्टीले सरकारलाई ‘त्यस्ता नाथे’ भन्दै आफ्नै पार्टीको खातामा पैसा (राहत) संकलन गर्ने । संसद्मा जाँदा बालेनले आफूलाई नहेरी गएकोमा पित्त फुट्ने गरी प्रचण्डको कत्रो चित्त दुखाइ, तेरिमा टोक्ने ! उता, यो सरकार बाढीसँगै बगेर गयो भन्ने कुराको चिन्ताले एमाले नेतृ रामकुमारी झाँक्रीलाई चैं रातभर निद्रा लाग्दैन रे !

अनि, यिनीहरूलाई नै आपत्ति छ– गृहमन्त्रीले बाढीबाट निकालेको बच्चा बोकेर हेलिकप्टरमा हाल्दै हिँड्ने हैन । त्रिशुली ३–ए बाट १० दिनपछि जीवितै उद्धार भएकालाई लगाएको मानव अक्सिन सिलिन्डर गृहमन्त्री आफैंले बोकेर दौडिने होइन । गृहमन्त्रीले पीडितका हात समाउँदै, आँसु पुछ्दै हिँड्ने हैन । गृहमन्त्रीले बाढी प्रभावित क्षेत्रमा गएर उद्धारकर्ता र सुरक्षाकर्मीको हौसला बढाउने होइन ...... ।

(अस्ति काठमाडौंमा बाढी आउँदा एउटा छाप्राको छतमा उद्धार माग्दै ४–५ घण्टा पर्खिएका नागरिकलाई अन्ततः बाढीले बगाउँछ । तर उद्धार गर्न ‘भीजीबीलीटी पुगेन’ भन्दै हेलिकप्टर उडाउन नसक्ने निकम्मा सरकार र बज्रस्वाँठ गृहमन्त्री यिनीहरूकै पालाको थियो भन्ने कुरा मैले चैं अझै बिर्सेको छैन ।)

कांग्रेस–एमालेहरूको स्वर चर्को छ– गृहमन्त्रीले संयन्त्र र स्रोत–साधन परिचालन गर्ने हो । निर्णय कार्यान्वयन गर्दै जाने हो । उनीहरूलाई लाग्दो रहेछ– हजारौं मानिस बाढीमा बेपत्ता भएका बेला, मानिसका मनहरू विक्षिप्त भएका बेला सरकार र उसका संयन्त्रहरू बनभोज खान गएका छन् ।

त्यसोभए बाढी आएको एक–डेढ घण्टाभित्र सेनाका हेलिकप्टरलाई उद्धार गर्न बाढी क्षेत्रमा कुन देशको सरकारले पठायो ? बाढीपहिरोबाट १०औं हजार नागरिकको उद्धार एमाले–कांग्रेस–नेकपा मध्ये कुन पार्टीले गरेको हो ? डोरीमा खानेकुरा र औषधिका पोका झुण्ड्याएर बाढीपीडित नागरिक र उनीहरूको आश्रयस्थल खोज्दै डाँडाकाँडा उडिरहेका हेलिकप्टर कुन पार्टीका भ्रातृ संगठनका हुन् ? बाढीबाट तानेर–निकालेर, डोरीमा झुण्ड्याएर अस्पताल पुर्‍याइरहेका हेलिकप्टर र स्रोत–साधन कसका हुन् ? एक प्याकेट चाउचाउ र एक बोतल पानीका भारमा १०औं दिनदेखि दिनरात नभनी हिलो–दलदल र सुरुङमा आफ्ना नागरिकको सास (कि लास) को खोजीमा खटिइरहेका सेना–प्रहरी कुन पार्टीका हुन् ? मित्रराष्ट्रहरूबाट प्राप्त टनका टन राहत सामग्री कुन पार्टीले कुन विमानमा बोकेर बाढी प्रभावित क्षेत्रमा पुराइरहेको छ ? बाढी क्षेत्रमा खटिइरहेका हजारौं कर्मचारी, स्वास्थ्यकर्मी, उद्धारकर्ता कुन देशका हुन् ?

विपद् र दुःख परेका बेला सरकारका मन्त्री जनताको घरआँगन पुगेर जनताको हात समाउँदा, आँसु पुछ्दा यिनीहरूलाई यतिविघ्न किन पोलेको ? यिनीहरू किन यसरी आत्तिएका ? यिनीहरू किन सरकारलाई चोरऔंला ठड्याउँदै ‘कसरी गर्दो रैछस्, हेरुँला, देखुँला’ भन्दैछन् ?

मेरो लाटो बुझाइ– यो विपद्मा कांग्रेस–एमाले–नेकपा लगायत साना पार्टीहरूको नियत नै खराब छ– यो बाढी र प्रकोपका नाममा रास्वपा सरकार पूर्णतः असफल होस् । र, यिनीहरूप्रति जनतामा चरम घृणा जागोस् । अनि, मात्रै आफूहरूले शिर उठाउन पाइन्छ भन्ने स्वार्थपूर्ण अन्तर्य छ ।

तर देश कहालीलाग्दो विपद्सँग जुधिरहेका बेला जनताको लास, भोग, शोक, आँसु र पीडासँग राजनीति गर्नेहरू 'अपराधीसरह' हुन् । तिमीहरू र तिमीहरूको यो प्रवृत्तिको हिसाब जनताले अस्तिको चुनावमा जस्तै अर्को चुनावमा पनि जरुर गर्लान् ! यो बेला ओली, प्रचण्ड र गगनहरूले आफ्नो चोथाले मुख चलाउने होइन । नत्र ०८४ मा पनि जनताले फेरि अस्तिकै पारामा ‘खुलिबिन्दाङ’ बनाइदेलान् !

देश विपद्सँग जुधिरहेका बेला सबै पक्ष एकताबद्ध हुने हो । नागरिकलाई विपद्बाट बाहिर ल्याउन अधिकतम् कोसिस हो । यसका लागि सबैले हातेमालो गर्नुपर्छ । पटक–पटक प्रधानमन्त्री भएका ओलीले ‘हामीलाई यो सरकारको विश्वास नै छैन, राहत आफैं बाँड्छौं’ भनेर सरकारलाई ललकार्ने बेला यो होइन । ‘सेना–प्रहरीले राहत सामग्री किन बाँडेको भनेर’ सेनासँग रिसाउने होइन ।

जेनजी आन्दोलनका बेला ज्यान बचाउन हेलिकप्टरमा झुन्डिएर भाग्नु परेका दिन सेना–प्रहरीले आफूलाई साथ दिएन भनेर राहत बाँडेका नाममा यी सेनाप्रति ‘दुश्मनी देखाउने’ बेला यो होइन । सरकारले आफूलाई समातेर खोरमा हाल्यो भनेर यो विपद्का बेला सरकारसँग बदलाको भावना राख्ने पनि होइन ।

(विपद् र प्रकोपका बेला जनताले राहतमा पाउने ‘जस्तापाता निल्ने’ नेता यही देशका हुन् । प्रभावित क्षेत्रमा पीडितका नाममा पुगेको राहत सामग्री पार्टीका मान्छे, नजिकका मान्छे र आफन्त पर्नेलाई पहिला दिने अनि बाँकी रहे मात्रै अरूलाई दिने यहींका पार्टी हुन् । राहत वितरण प्रणाली नै पार्टीले कब्जा गर्ने पनि यतैकतै हो ।)

यो बेला देशको विपद् र समस्या सबैको साझा चिन्ता बन्नुपर्छ । देश र नागरिक रहे भने त भोलि पनि राजनीति गर्ने होला नि ! विचार चोगे है काङ्बाहरू ! ❤️ 🇳🇵 🙏

04/09/2026

❤️ 🇳🇵 Breaking: त्रिशुली 3-A बाट २ जनाको सकुशल उद्दार भएको छ । अरू पनि रहेको जानकारी आएको छ । उद्धार जारी छ ! 🙏

Address


Website

Alerts

Be the first to know and let us send you an email when Prabin Baniya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prabin Baniya:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share