06/10/2025
सुधन गुरुङ र परिवर्तित युवा नेतृत्व: सञ्चार जगतको निष्पक्षतामाथि प्रश्न
...
नेपालको वर्तमान राजनीतिक र सामाजिक परिदृश्यमा सुधन गुरुङको उदय एक महत्त्वपूर्ण घटना हो। परम्परागत राजनीतिक शक्ति र तिनका स्वार्थ समूहबाट पोषित केही पत्रकार, विश्लेषक र बुद्धिजीवीहरूले मिडिया तथा सामाजिक सञ्जालमार्फत उनीविरुद्ध एकतर्फी र सुनियोजित रूपमा भ्रम छर्ने प्रयास गरिरहेका छन्।
नेपालको वर्तमान राजनीतिक र सामाजिक परिदृश्यमा सुधन गुरुङको उदय एक महत्त्वपूर्ण घटना हो। परम्परागत राजनीतिक शक्ति र तिनका स्वार्थ समूहबाट पोषित केही पत्रकार, विश्लेषक र बुद्धिजीवीहरूले मिडिया तथा सामाजिक सञ्जालमार्फत उनीविरुद्ध एकतर्फी र सुनियोजित रूपमा भ्रम छर्ने प्रयास गरिरहेका छन्। र, पुराना, यथास्थितिवादी चरित्रलाई फेरि स्थापित गरी देशमा भ्रष्टाचारलाई निरन्तरता दिने र त्यहीँ मेलोमा आफु पनि केही नगरी लुटेरै खाने र उनीहरुबाट पालितपोषित हुने भ्रष्ट मनोविज्ञानमा रहेको स्पष्ट देखिन्छ । निस्वार्थ राष्ट्रसेवामा लागेका सुधनहरूलाई नकारात्मक रूपमा प्रस्तुत गर्नु पछाडिको मुख्य कारण यही हो ।
केही मिडिया र पत्रकारिताको नाँऊमा देशदोहन गरिरहेका दल दले पत्रकार, बुद्धिजीवी र विश्लेषका एक ठूलो हिस्सा विना शकां कुनै न कुनै राजनीतिक दल र स्वार्थ समूहबाट प्रभावित र परिचालित छन् । राष्ट्र र जनताको हितलाई सर्वोपरी राख्नुपर्ने बेला, सुधन गुरुङजस्ता परिवर्तनका संवाहकको सन्दर्भमा नियोजित एवम् प्रायोजित रुपमा खनिरहनुले पनि पत्रकारिताको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ।
सुधन गुरुङलाई परिस्थिति र युवा आन्दोलनले निर्माण गरेको एक महत्त्वपूर्ण र प्रभावशाली व्यक्तित्वु को रूपमा स्वीकार गर्न यी हुतिहारा आलोचकहरूलाई किन पनि गाह्रो भएको छ भने, भष्ट्रहरुले गरेको राष्ट्रदोहन र जनतामारा काममा यिनको पनि प्रत्यक्ष संलग्नता छ । यसकारण भ्रष्टहरूको हण्डी खाने यी लाचारीहरु राष्ट्र र जनताको हितमा समर्पित हुन सक्दैनन् र भ्रष्टाचार र राज्य सञ्चालनमा देखिएको कमी कमजोरीविरुद्ध खडा भएर पुराना नेतृत्व अब सक्षम छैनन् युवालाई नेतृत्व हस्तान्तरण गर भन्न सक्दैनन् ।
परम्परागत दलहरूको स्वार्थका लागि व्यक्ति, जात, लिङ्ग वा राजनीतिक पूर्वाग्रहका आधारमा कसैको योगदानलाई कम आँक्नु वा बेवास्ता गर्नु सत्य पत्रकारिता कदापि होइन। यस्तो कार्यले पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठाउँदै अन्ततः मिडियालाई कलंक साबित गरिरहेको छ । तर पनि यी पिसाचहरु एकोहोरो गल्ती र अपराधहरु ढाकछोप गर्नका लागि सुधनलाई नराम्रो देखाउने प्रयास गरिरहेका छन् ।
सुधन गुरुङ एक व्यक्ति मात्र नभएर, भ्रष्टाचार विरोधी भावना र आम जनताको जनअसन्तुष्टिलाई संगठित रूप दिने एक प्रभावशाली सामाजिक अभियन्ता र नागरिक नेताका रूपमा स्थापित भइसकेका छन् । महामारी, भूकम्प र वर्तमान आन्दोलनमा निस्वार्थ रूपमा उनले गरेका कामहरुलाई जात, लिङ्ग र भूगोलको घेराभन्दा माथि उठेर राष्ट्रहित को दृष्टिकोणबाट हेर्न सक्ने क्षमता दल दले पत्रकार, मिडिया, बुद्धिजीवी र विश्लेषक पिपासुहरुमा छैन् । यसकारण, भ्रम छर्न, सुधनलाई कपोकल्पित र नियोजित समाचार, विचार र प्रस्तुतीहरु बनाएर नकारात्मक देखाउन उनीहरु लागिरहन्छन् । तर, जति बढी प्रहार र नकारात्मक भ्रम फैलाउने प्रयास गरिन्छ, त्यति नै सुधन गुरुङ बलियो र अविचलित हुनेछन् । उनीमाथि हुने हरेक नियोजित हमलाले उनलाई युवा पुस्ता माझ, हरेक राष्ट्रप्रेमीहरुको बीचमा अझ बढी लोकप्रिय बनाइरहेको छ, बनाईरहने छ । र उनी परम्परागत राजनीतिको विकल्प र युवा पुस्ताको सशक्त आवाज भई स्थापित बनिसकेका छन् । देशको राजनीतिक घटनाक्रममा ठूलो प्रभाव पार्न सफल सुधनलाई आजका जेनजी युवा पुस्ताले मात्र नभई राष्ट्र नै खोजिरहेका छन् र नेतृत्व मानिरहेका छन् । जति जति प्रहार भईरहन्छ, सुधन उति उति नै मजबुत भईरहनेछन् ।
केही सञ्चार माध्यम वा व्यक्तिहरूले जातीय वा राजनीतिक पूर्वाग्रहका कारण सुधन गुरुङलाई ओझेलमा पार्ने वा विवादमा ल्याउने प्रयास गरिरहँदा, यसको प्रतिक्रिया स्वरूप हजारौं युवाहरू स्वतस्फूर्त रूपमा उहाँको पक्षमा सक्रिय भई उत्रिने क्रम बढ्दै गएको छ।
व्यावसायिक मिडिया र इमानदार पत्रकारिता गर्नेहरू अझै पनि सुधन बारे स्पष्ट र सत्य लेखिरहेका छन्। मिडियाको काम निष्पक्ष, स्वतन्त्र र सत्य पत्रकारिता गर्नु नै हो। उनीहरु गरिहेकै छन् । तर, केहीले गर्दा मिडिया र पत्रकारहरुले विश्वसनीयता पूर्ण रूपमा गुमाउन सक्ने खतरा पनि छ । नेपालमा प्रगतिशील परिवर्तनका लागि एक वफादार राष्ट्रवादीको नाताले, सुधन गुरुङले खेलेको महत्त्वपूर्ण भूमिकालाई समर्थन गर्नु देशको वर्तमान आवश्यकता भएको ठहर गर्दै मैले भने झोलेहरु, अर्थात् हण्डी खाने एकात्मकवादी, नश्लयी एवम् यथास्थीवादी दल दले पत्रकार, स्वघोषित आलु बुद्धिजीवी र खोया विश्लेषक बारे निडरतापूर्वक यो विचार प्रकट गरेको हु ।