KESAMI

KESAMI Simple living high thinking

"मंगोल" शब्द के हो ?विक्रम सुब्बाको वालबाट“मंगोल” शब्द कसैले गौरवसाथ बोल्छन्, कसैले यो शब्द त अपमानजनक भन्छन। कुरो के हो...
10/10/2025

"मंगोल" शब्द के हो ?

विक्रम सुब्बाको वालबाट
“मंगोल” शब्द कसैले गौरवसाथ बोल्छन्, कसैले यो शब्द त अपमानजनक भन्छन। कुरो के हो आदाङबे?

गंभीर मुद्रामा साम्माङले जवाफ दिएः
१) ऐतिहासिक र भौगोलिक सन्दर्भमा “मंगोल” शब्द एक, पहिचानजनित, तटस्थ र सकारात्मक शब्द हो। यो १३औँ शताब्दीको मंगोल साम्राज्य नायक (चङ्गेज खान र उनका उत्तराधिकारीहरूको काल) सँग सम्बन्धित जातीय-राजनीतिक नाम शब्द बन्यो। “मंगोलिया” भन्ने देशका नागरिक वा मंगोलिक भाषा वक्ता जातिहरूलाई जनाउन “मंगोल” शब्द पहिचान जनाउँन र गर्वका साथ प्रयोग हुन्थ्यो। जस्तैः Mongol Empire, Mongol culture, Mongolian language आदि।

२) तर कालान्तरमा अपमानजनक (derogatory) शब्दको रुपमा पनि “गोरे” जातिले “मंगोल” शब्द प्रयोग गर्न थाले। जस्तैः पश्चिमा चिकित्सकीय इतिहासको १९औँ शताब्दीको अन्त्य र २०औँ शताब्दीको मध्यसम्म युरोपेली चिकित्सकहरूले “Down syndrome (वौद्धिक अपांगता या लठप्रोपन)” भएका व्यक्तिहरूको अनुहार (विशेषगरी चिम्सो आँखा, डल्लो अनुहार, लरबरे बोली, ढिलो कुरा बुझ्ने र बेढंगको जवाफ दिने, आदि) मंगोल जातिसँग तुलना गरी Down syndrome रोगलाई नै “Mongolism” भनेर गोरे Racists डक्टरहरुले नामकरण गरे। यसले “Mongol” शब्दलाई “जातीय अपमान” र “मानसिक अपाङ्गता” सँग जोड्ने गलत परम्परा सुरु गर्‍यो। र, 1960 तिरै मंगोलिया सरकार र बौद्धिक समुदायले विश्व स्वास्थ्य संगठन (WHO) सँग यस शब्दको अपमानजनक प्रयोग हटाउन माग गरे। फलस्वरूप, 1965 मा WHO र World Health Assembly ले “Mongolism” वा “Mongoloid idiocy” जस्ता शब्द डक्टरहरुले प्रयोग बन्द गरी Down syndrome भन्ने नै नामलाई औपचारिक रुपमा चलाउँने भनेर निर्णय गरियो। यही चिकित्सकीय-Racism ले सृजना गरेको भ्रमकै कारण “Mongol” शब्द पश्चिमी समाजमा insult वा slur को रूपमा प्रयोग हुन थाल्यो, कसैलाई “मन्दबुद्धि”को मानिस वा “बिकृत अनुहार” भएको भन्दै हेला गर्नको निम्ती अहिले पनि “पाल्सी कुरा”का रुपमा “मंगोल” शब्द यूरोपेली गोरे बिभेदकारी-जातीवदीहरुले प्रयोग गर्छन् भनिन्छ। यसरी एक जातीय पहिचानजनित शब्दलाई Racist हरुले गलत नियत सहित अपमानजनक शब्द बनाएको देखिन्छ।

३) नेपाल, भारत, बङ्गलादेश, युरोप वा अमेरिका जस्ता ठाउँहरूमा “पूर्वी एशियाली (चीन, जापान, उत्तर कोरीया, दक्षिण कोरीया, ताइवान, र हङकङ तथा मकाऊ लगायतका मानिसका)अनुहार भएका मानिसहरूलाई सामान्यीकृत रूपमा “मंगोल” भन्ने चलन थियो। यद्यपि यी मानिसहरू वास्तविक “Mongol ethnicity” का होइनन्, तर शब्द प्रयोगले “तिमीहरू अर्काै जातिका, बाहिरबाट आएका, फरक अनुहारका” भन्ने अन्यीकरण (othering) र जातीय अपमान गर्न “गोरे” जातिले प्रयोग गरेका हुन। दक्षिण एसियामा “मंगोल” भन्ने शब्दले प्रायः पूर्वी-हिमालयन वा भारतको उत्तर-पूर्वी जातीय समूहलाई तिरस्कारपूर्वक जनाउने निहितार्थ खातिर समेत प्रयोग गर्छन्। नेपाल, भारत, बंग्लादेश, पाकिस्तान, यूरोप र अमेरिकामा आर्यन मुखाकृति विपरित चिम्सा आँखा र गोलो अनुहारलाई “मन्दबुद्धी”को निशानी ठानेर देख्नासाथै “हेप्ने” मनोवृत्ति व्याप्त रहेको मानिन्छ।

४) प्राज्ञिक र अधिकारिक निकायहरूको आग्रहः विभिन्न शैक्षिक, जातीय अधिकार तथा अन्तर्राष्ट्रिय निकायहरूले निम्न सुझाव दिएका छन्ः क) Mongolian भन्ने शब्दले मंगोलिया देश वा भाषा/संस्कृति जनाउँछ; ख) Mongol people/Mongol ethnicity भन्नाले मंगोलियाली ईतिहास र जातीय समूह जनाउँन प्रयोग गर्ने; ग) सकेसम्म “मंगोल”को सट्टा Tibeto-Burman (भोट-बर्मेली), East Asian appearance, Himalayan ethnic groups भनेर मानवशास्त्रीय वर्गीकरण गर्ने; घ) नेपालका लिम्बु, राई, गुरुङ, तामाङ, शेर्पा, थकाली आदिलाई “मंगोल” नभनेर लिम्बु, राई, गुरुङ, तामाङ, शेर्पा, थकाली शब्दले नै चिनाउँने। साझा (Common) छाता-शब्द प्रयोग गर्न परेमा भोट-बर्मेली (Tibeto-Burman) शब्द प्रयोग गर्ने;ङ) “प्रयोग नगर्न” सिफारिस गरिएका शब्दहरू: १) “Mongol” भनेर कुनै व्यक्तिको अनुहार, बुद्धि, जातीय वर्ग जनाउने गरी प्रयोग नगर्ने; २) “Mongoloid” भन्ने पुरानो जातीय-मानवशास्त्रीय वर्गीकरणमा वैज्ञानिक आधार नभएको र अब अप्रचलित र अपमानजनक ठहरिएकोले प्रयोग नगर्ने; ३) “Mongol face या Mongol type” भन्ने शब्द पनि पूर्ण रूपमा अप्रयुक्त/अपमानजनक हुन्छ, प्रयोग नगर्ने। (नोटः १८औँ शताब्दीको अन्त्यदेखि २०औँ शताब्दीको मध्यसम्म युरोपेली वैज्ञानिकहरूले मानिसहरूलाई “जात (race)” भनेर शरीरका देखिने विशेषता (physical traits) जस्तैः छालाको रंग, अनुहारको आकृति, नाकको बनोट आदिका आधारमा केही “मुख्य वर्ग”मा बाँडे। जस्तैः क) सेतो छाला भएकालाई ककेसोइड; ख) कालो छाला भएकालाई निग्रोइड; ग) पहेंलो-गोरो छाला भएकालाई मंगोलोइड; घ) कालो छाला, लाम्चो अनुहार भएकालाई आउस्ट्रेलोइड; ङ) हल्का खेरो छाला भएका र होचा आकारकालाई कापोइड; च) अमेरिकी आदिवासीलाई अमेरिकोनोइड, आदि। यी वर्गीकरणहरू Johann Friedrich Blumenbach (१७७९), Carl Linnaeus, र पछि Carleton C**n (१९३९–१९६२) जस्ता युरोपेली मानवशास्त्री भनिनेहरूले गरेका थिए। तर, यो वर्गीकरणलाई Genetic science ले “अवैज्ञानिक” साबित गरेपछि प्राज्ञिक जगतले यो वर्गीकरणलाई त्याग्दै गएकाछन्। UNESCO Statement on Race (1950, 1964, 1978) मा पनि “जात वर्गीकरणहरू जैविक आधारहीन र राजनीतिक रूपमा हानिकारक” भनेको र American Anthropological Association Statement on Race (1998)ले पनि “Race is not a biological reality but a social construct.” भनेको र WHO, American Psychological Association (APA), Britannica, Oxford सबैले यी शब्दहरूलाई obsolete and offensive भनेर उल्लेख गरेकाछन्। र, अचेल ककेसोइड, मंगोलोइड, निग्रोइड जस्ता शब्द प्रयोग गर्ने मानिस “प्राज्ञिक” मानिन अयोग्य मानिन्छ। कसैले प्राज्ञिक लेखनमा यस्तो शब्द प्रयोग गरेमा Racit मानिन्छ।)

५) आधुनिक वैकल्पिक दृष्टिकोणः क) Race-based को सट्टा भाषा परिवार या जेनेटिक्स या भौगोलिक-क्षेत्रीय आधारमा नामाकरण गर्ने। जस्तैः भोट-बर्मेली (Tibeto-Burman language/ethnic group) या पूर्वी-एशीयाली मानव समुह, आदि; ख) शारिरिक रुप-रंग आधारितको सट्टा राइ, लिम्बू, मगर, गुरुङ भनेर तोकेरै उल्लेख गर्ने; ग) निग्रोइडको सट्टा अफ्रिकन, सब-साहारन अफ्रिकन, अफ्रो-डिसेन्डेन्ट, आदि प्रयोग गर्ने; घ) मंगोलोलइडको सट्टा पनि भोट-बर्मेली या हिमाली जाति, आदि प्रयोग गर्ने भनेर प्रस्ताव गरिएकछन्। आधुनिक दृष्टिकोणले “जात”लाई स्थिर समूह होइन भन्छ, र मानव प्रवास, वातावरणीय अनुकूलन र सांस्कृतिक पहिचानका रूपमा हेर्छ। अर्थात, गोरो मानिसहरु पनि अफ्रिकामा गएर बसोबास गरे २-३ पुस्तामा काला हुन सक्छन्, र अफ्रिकनहरु पनि हिउँनै हिउँ भएको मुलुकमा २-४ पुस्ता बसे छालाको रंग बदलिन्छ। तेस्तै, फरकफरक जातिका वीच विबाहबाट जन्मेका मानिसहरुको अनुहारको आकार-प्रकार पनि बदलिन्छन्। तेसैले छालाको रंग, अनुहार तथा शरिरको आकारप्रकारको आधारमा “जाति” तोक्ने काम वैज्ञानिक कुरा होइन भनेर “Mongoloid, Negroid, Caucasoid” जस्ता वर्गीकरणहरू पुराना, वैज्ञानिक आधारहीन, नस्लवादी राजनीति र औपनिवेशिकतासँग गाँसिएका हुन, र आज प्रयोग निषेध गरिएको छ। यसमा UNESCO, WHO, AAA लगायतका संस्थाहरूले यी वर्गीकरण पूर्ण रूपमा अस्वीकार गरिसकेका छन्। अहिले मानव समूहहरू बुझ्दा भाषिक परिवार, सांस्कृतिक-भौगोलिक पहिचान, वा आनुवंशिक प्रवाह (gene flow) जस्ता वैकल्पिक ढाँचा प्रयोग गरिन्छ। अर्थात, “मंगोल” शब्द आफैंमा ऐतिहासिक रूपमा गौरवपूर्ण जातीय पहिचान हो, तर पश्चिमी चिकित्सकीय नस्लवादी प्रयोग र दक्षिण एसियाली जातीय हेलाको संस्कृतिका कारण यस शब्दले कालान्तरमा अपमानजनक अर्थ ग्रहण गर्‍यो। त्यसैले प्राज्ञिकहरूले अहिले सन्दर्भअनुसार ठ्याक्कै जातीय नाम, वा Mongolian (भौगोलिक) भन्ने शब्द प्रयोग गर्न सिफारिस गर्छन्। “Mongol” शब्द प्रयोग गर्नु अनुपयुक्त र अपमानजनक मानिन्छ। कालान्तरमा शब्दहरुले नयाँ अर्थ ग्रहण गर्छन, ती नकारात्मक पनि हुन पुग्छन्। जस्तैः कुनै जमानामा “सामन्ती” शब्द गाउँभरिका जनताहरुको “संरक्षक” भन्ने सम्मानित अर्थमा प्रयोग हुन्थ्यो, तर अचेल कसैलाई “सामन्त” भन्यो भने “शोषक” “गरीबको रगत चुस्ने नरभक्षी” भन्ने अर्थ लाग्छ। तेस्तै, “भक्त” शब्दले पहिले “स्रद्धालु” भन्ने अर्थ लाग्थ्यो अचेल कसैको “चाकर” या कसैको “हनुमान” भन्ने अर्थ लाग्छ, जस्तैः “राजभक्त” भनेको राजाको ब्लाइण्ड सपोर्टर, लोकतन्त्र-गणतन्त्र विरोधी। “ओली-भक्त” भनेमा ओली नामक अमुक व्यक्तीको “हनुमना” भन्ने अर्थ लाग्छ। तेस्तै, Villain शब्दको अर्थ पहिले “गाउँमा बस्ने मानिस” अर्थ लाग्थ्यो, अचेल यसको अर्थ “खलनायक” लाग्छ। Minister शब्द (लेटिन भाषामा) को अर्थ “सेवक” थियो, अचेल कुनै मन्त्रालय सम्हाल्ने पावरदार तर महाभ्रष्ट मानिस भन्ने अर्थ लाग्छ। Mad को पुरानो अर्थ “जोसिलो” लाग्थ्यो, अचेल मानसिक रोगी या “पागल” भन्ने अर्थ पो लाग्छ।

विचार चोके।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति: समस्या की समाधान?
09/10/2025

प्रत्यक्ष निर्वाचित राष्ट्रपति: समस्या की समाधान?

म धर्म मान्ने मान्छे होइन, तर राष्ट्रपतीय प्रणाली नेपालले अपनायो भने विश्वको अनुभवको आधारमा नेपाललाई भगवानले रक....

08/10/2025

A new long-term study has revealed something truly fascinating — eating just one or more eggs per week could help lower your risk of developing Alzheimer’s by nearly 47%. Researchers tracked over 1,000 older adults for 6.7 years and found that much of this benefit comes from choline, a brain-boosting nutrient found abundantly in egg yolks.

For decades, eggs were unfairly labeled as “bad” due to cholesterol fears — but modern science is rewriting that story. Choline supports memory, learning, and cell repair, while the healthy fats and proteins in eggs nourish the brain and help slow age-related decline. Even though the study shows a strong association rather than direct proof, it suggests that small dietary habits — like adding an egg or two weekly — could have lasting cognitive benefits.

एउटा रोचक अध्ययनले देखाएको छ कि ७२ घण्टा उपवासले शरीरलाई डिटोक्सिफाइ गर्नुभन्दा बढी गर्न सक्छ - यसले पूर्ण प्रतिरक्षा प्...
07/10/2025

एउटा रोचक अध्ययनले देखाएको छ कि ७२ घण्टा उपवासले शरीरलाई डिटोक्सिफाइ गर्नुभन्दा बढी गर्न सक्छ - यसले पूर्ण प्रतिरक्षा प्रणाली पुनर्जन्मलाई ट्रिगर गर्न सक्छ। यस अवधिमा, शरीरले स्टेम सेलहरूलाई सक्रिय गर्दछ जसले ताजा सेतो रक्त कोषहरू उत्पादन गर्न थाल्छ, पुरानो वा क्षतिग्रस्तहरूलाई प्रतिस्थापन गर्दछ। सारमा, उपवासले शरीरलाई भित्रबाट यसको प्रतिरक्षा प्रतिरक्षा पुन: प्रयोग गर्न र पुनर्निर्माण गर्न संकेत गर्दछ।

उपवास बस्दा, शरीर संरक्षण मोडमा प्रवेश गर्छ, आफ्ना स्रोतहरू अझ प्रभावकारी रूपमा प्रयोग गर्छ र कमजोर वा निष्क्रिय प्रतिरक्षा कोषहरूलाई सफा गर्छ। खाना खान सुरु भएपछि, पुनर्जीवित स्टेम कोषहरूले बलियो, थप लचिलो कोषहरू सिर्जना गर्छन्। अनुसन्धानकर्ताहरू विश्वास गर्छन् कि यसले बुढ्यौली, दीर्घकालीन सूजन, र केमोथेरापी जस्ता उपचारहरूको साइड इफेक्टहरूबाट पनि बचाउन मद्दत गर्न सक्छ। लामो उपवास प्रयास गर्नु अघि चिकित्सा मार्गदर्शन आवश्यक भए तापनि, यी निष्कर्षहरूले प्राकृतिक पुनर्जन्मको शक्तिलाई हाइलाइट गर्दछ - मानव शरीरले उल्लेखनीय तरिकाले आफूलाई निको पार्न र नवीकरण गर्न सक्छ भनेर देखाउँछ।

‎A fascinating study has shown that fasting for 72 hours can do more than detox the body — it can trigger full immune system regeneration. During this period, the body activates stem cells that begin producing fresh white blood cells, replacing old or damaged ones. In essence, fasting signals the body to recycle and rebuild its immune defense from the inside out.

‎When fasting, the body enters a conservation mode, using its resources more efficiently and clearing out weak or inactive immune cells. Once eating resumes, the rejuvenated stem cells create stronger, more resilient cells. Researchers believe this could help protect against aging, chronic inflammation, and even the side effects of treatments like chemotherapy. While medical guidance is essential before attempting long fasts, these findings highlight the power of natural regeneration — showing that the human body can heal and renew itself in remarkable ways.

Conspiracy Theory भनेको के हो ?१) शब्दको अर्थः Conspiracy = षड्यन्त्र, मिलेमतो गरेर केही गुप्त कार्य गर्ने र Theory = सि...
05/10/2025

Conspiracy Theory भनेको के हो ?
१) शब्दको अर्थः Conspiracy = षड्यन्त्र, मिलेमतो गरेर केही गुप्त कार्य गर्ने र Theory = सिद्धान्त वा व्याख्या ‍= Conspiracy Theory भनेको कुनै घटना वा प्रक्रियाको वास्तविक कारण बारे “सरकारी” वा “आधिकारिक व्याख्या”लाई “त्यो होइन” भनेर अस्वीकार गर्दै, पर्दा पछाडि केही शक्तिशाली समूह (अर्कै सरकार, गोप्य संस्था, गुप्त समाज आदि) ले षड्यन्त्रपूर्वक योजना बनाएर घटाएको हो भन्ने “व्याख्या” अघि सारेर बास्तविकता के हो के हो भन्ने धमिलो बनाइदिनु। जस्तैः “चन्द्रमामा अमेरिकीहरू कहिल्यै गएनन्, स्टुडियोमा खिचेको भिडियो नक्कली दृश्य देखाएको थियो।” भनेर अमेरिकी घमण्डलाई थिलिपितुली पारिदिएको। सबैभन्दा हरामी उदाहरणः “कोभिड–१९ प्रयोगशालामा जानाजानी चीनले विकास गरेर अमेरिकाको विरुद्ध छोडेको हो।” भनेर राष्ट्रपति डोनाल्ड ट्रम्पले नै “कूप्रचार” गरेको देखिएकै हो। तेस्तै, हालैको जेन्जीको आन्दोलनलाई थरिथरिका कथित “विश्लेषक”हरुले “यो भारतीय RAW ले गराएको हो” भने, कसैले “जेन्जीहरुले के कसरी आन्दोलन गर्ने भनेर CIA ले ToR विकास गरिदिएको छ, More or less त्यसै अनुरुप सन्सारभरिका जेन्जीहरुले काम गर्छन्, र जेन्जीहरुलाई आफु CIA को Format अनुसार चलिरहेछु भन्ने नै पत्तो नभइ “प्रयोग” हुन्छन्” भने। विश्व स्तरमा सँधै “चीनको अर्थतन्त्र ध्वस्त हुनै लाग्यो” भन्ने र “अमेरिका रिणैरिणमा डुबिसक्यो अब उठ्नै सक्दैन” भनेर प्रचार गर्ने गरेको पाइन्छ। यी सबै Conspiracy Theory अनुसार रचित भाश्य-कथन (Narratives) हुन।

२) Conspiracy Theory को अवधारणा प्राचीन सभ्यतादेखि नै देखिन्छ। तर “Conspiracy Theory” भन्ने शब्दमा नामाकरण आधुनिक अर्थमा लोकप्रिय रूपले प्रयोग सन 1960s पछि विशेषगरी 1963 मा अमेरिकी राष्ट्रपति John F. Kennedy (JFK) को हत्या पछि व्यापक भयो। अमेरिकाको CIA ले 1967 मा पत्रकार र बौद्धिक वृत्तमा एक गुप्त सर्कुलर पठाएको थियो जसमा JFK हत्याबारे उठेका वैकल्पिक व्याख्याहरूलाई “conspiracy theories” भनेर जनसामान्यबीच सो भाश्यहरुलाई ढिसमिस गर्न सुझाइएको थियो। त्यसपछि यो शब्द “अविश्वसनीय, पागल, षड्यन्त्रकारी सोच” भन्ने अर्थमा मुख्यधारका अमेरिकी मिडियामा प्रयोग हुन थाल्यो जसलाई यूरोप, र भारतका मिडीयाले पनि फैलाए। यसरी, मूलतः “conspiracy theory” भन्ने शब्द आलोचकहरूको कुरालाई बदनाम गरेर ढिसमिस्याउँन पनि प्रयोग गरिंदै आएको देखिन्छ। नेपालमा एउटा राजनैतिक पार्टीले अर्को पार्टीले केही आरोप लगायो भने जवाफमा झन ठूलो (हुँदै नभएको) आरोप कथेर लगाउँने र जनता सामु मामला ढिसमिस्याउँने चलन देखिएकै छ। कतिपयले यसलाई Intellectual Prostitution पनि भन्ने गर्छन्।

३) किन यस्ता Theory हरू आकर्षक र प्रभावकारी हुन्छन्? Conspiracy Theory हरू १००% हावादारी भए पनि धेरै मानिसलाई आकर्षित गर्छन्, अलमल्ल पारिदिन्छन्। कारण: क) जटिल घटनाको सरल र बांगो व्याख्या दिन्छन्; ख) मान्छेको अनिश्चितता र डरको भावनामा खेल्छन्; ग) ‘भित्री जानकारी’ दुरुस्तै (विशेषशुत्रबाट) थाहा पाएको नटकियता हुन्छ; घ) कहिलेकाहीँ केही Theory मा सत्यका अंशहरू पनि मिसिएका हुन्छन्, जसले विश्वसनी जस्तो लाग्ने हुन्छन्।

४) Conspiracy Theory हरूलाई Intellectual Prostitution (बौद्धिक फटाहा प्रवृत्ति) किन भनिन्छ? क) किनभने Conspiracy Theory हरुले क) प्रमाणविहीन कुरा नाटकीय शैलीमा फैलाउँछन्; ख) जनतालाई भ्रमित पारेर आफ्नो प्रभाव/लोकप्रियता बढाउँछन्; ग) “सबै कुरा मलाई मात्र थाहा छ” भन्ने ढंगले बोल्छन्; घ) वैकल्पिक दृष्टिकोणलाई छल, षड्यन्त्र भनेर सोझै खारेज गर्छन्। यस्तो प्रवृत्ति न त वैज्ञानिक हो न त जिम्मेवार बौद्धिक। यसले लोकतन्त्र, सार्वजनिक विमर्श, नीति निर्माणमा गम्भीर हानी मात्र पुर्‍याउँछ। तर, सबै ‘Conspiracy Theory’ झूटै हुन्छन् भन्ने होइन। कहिलेकाहीँ सुरुवाती “Conspiracy Theory” पछि सत्य ठहरिएका केसहरू पनि छन्। जस्तैः अमेरिकाको Watergate Scandal (1970s) सुरुवातमा ‘Conspiracy Theory’ आधारित भाश्य भनिएको थियो, पछि सत्य ठहरियो र राष्ट्रपति Nixon नै पदबाट हटे। त्यसैले यस्ता दावीहरूलाई “फटाहा” भन्दै बिना अनुसन्धानै खारेज गर्नु पनि बुद्धिमानी हुँदैन। तर प्रमाणबिनाको हल्लालाई अन्धविश्वास गर्नु त झन् खतरनाक हुन्छ। अर्थात, Conspiracy Theory सामान्यतया घटना वा प्रक्रियाको पर्दा पछाडिको गोप्य षड्यन्त्रपूर्ण व्याख्या हो। यो शब्द CIA को रणनीतिमा लोकप्रिय भयो (1960s)। धेरैजसो Theory हरू हावादारी हुन्छन्, तर केहीमा सत्यका अंश पनि भेटिन सक्छ। यस्ता विचार फैलाउने फटाहाहरूले जनमानसमा भ्रम र अविश्वास फैलाउँछन्। विवेक, प्रमाण र अनुसन्धानले मात्र यस्तो हल्लाबाट बच्न सकिन्छ।

५) “Intellectual Prostitution” (बौद्धिक वेश्यावृत्ति) भन्ने अभिव्यक्ति सामान्यतया ती व्यक्तिहरू वा समूहलाई जनाउन प्रयोग हुन्छ जो आफ्नो ज्ञान, विचार वा कलमलाई सत्ताधारी, निगम, वा प्रभावशाली शक्तिहरूको हितमा बेचिदिन्छन्, र सच्चाइ वा बौद्धिक ईमानदारीलाई तिलाञ्जली दिन्छन्। अवधारणात्मक रुपमा Intellectual Prostitution कुनै औपचारिक शैक्षिक शब्द होइन, तर राजनीतिक-सामाजिक आलोचनात्मक भाषामा व्यापक प्रयोग हुन्छ। जसले क) ज्ञान बेच्ने प्रवृत्ति हुन्छ, आफूलाई बौद्धिक, विश्लेषक, पत्रकार, विज्ञ भनेर प्रस्तुत गर्ने तर विचार वा लेखनी शक्तिशाली वर्गले निर्धारण गरेको लाइनअनुसार चाकडि चलाउने; ख) सिद्धान्तभन्दा स्वार्थलाई प्राथमिकता दिएर साँचो कुरा सार्वजनिक गर्नुभन्दा सत्ता/पैसाको अनुकूल बोल्ने-लेख्ने; ग) “Expert” को नाटक गर्दै मिडिया वा सार्वजनिक मंचमा गहिरो विश्लेषकझैँ देखिएर वास्तविक सत्ता-संरचनालाई ढाकछोप गर्ने गर्छन्। यसले “intellectual” को मूल उद्देश्य “स्वतन्त्र सोच, सत्यप्रति निष्ठा, जनहित” लाई बेचिदिन्छ, त्यसैले बौद्धिक वेश्या भनिएको हो।

६) Intellectual Prostitution किन राजधानी र ठूला शहरमा बढी देखिन्छन्? किनभनेः क) राजधानी/ठूला शहरहरूमा सरकार, ठूला निगम, मिडिया हाउस, एनजिओ/आइजिओ, विश्वविद्यालय, थिंक ट्यांक आदि केन्द्रित हुन्छन्। यिनै शक्तिशाली संस्थाले आफ्नो पक्षमा जनमत निर्माण गर्न “बौद्धिक मुखपात्र” खोज्छन्; ख) ‘Visibility’ र ‘Networking’ को अवसर राजधानीमा देखा पर्नु = टिभी, रेडियो, सेमिनार, डिनर पार्टी, थिंक ट्यांकमा घुस्ने मौका हुन्छ। कतिपय बुद्धिजीवीले यसैलाई करियरको सीढी बनाउँछन् र जसका लागि उनीहरू “आवश्यक विचार” बोल्छन्, र नाम कमाउँछन्; ग) ठूला शहरमा बौद्धिक ब्रान्डिङले Consultancy, Donor Project, मिडिया शो, सरकार वा NGO को उच्च पद पडकाउँने सम्भावना हुन्छ। यसरी विचारलाई बजारको माल बनाइन्छ; घ) ठूला शहरहरूमा समान सोचका बौद्धिक र मिडिया वर्ग आपसमा Echo Chamber बनाउँछन् जसले वैकल्पिक वा rural दृष्टिकोणलाई दबाउँछ। त्यही Echo मा फिट हुने विचार मात्र पुरस्कृत हुन्छ, बाँकीलाई fringe, backward वा conspiracy भनेर हेला गर्दै लैजान्छन्।

७) Intellectual Prostitution बास्तबमा विषाक्त (Toxic) कुरा हो। किनभने यसले क) जनताको वास्तविक आवाज राजधानीका चमकिला बहसमा ढिमिस गरिन्छ; ख) नीति–निर्माणमा “पैसाको एजेन्डा” जनहितभन्दा अगाडि ल्याइन्छ; ग) विश्वविद्यालय, मिडिया र थिंक ट्यांक सन्सारमै स्वतन्त्र विचारका केन्द्र होइन, हितसमूहका माउथपिस बन्छन्; घ) गाउँ वा सीमान्तिकृत समाजका वास्तविक समस्याहरुलाई “देखावटी” नमुनामा घटाइन्छ। यसले लोकतन्त्रको नै आत्मा (सत्य र विचारको स्वतन्त्रता)लाई भित्रैबाट खिया लगाउँछ। बाहिरबाट देख्दा त बौद्धिक चमकिलो देखिन्छ, तर भित्रबाट नक्कली बत्तीको उज्यालो मात्र हुन्छ। यसको शृंखला हेरेः राजधानीले प्रदेश तहकालाई छल्छ, प्रदेशहरुले जिल्लाहरुलाई छल्छन्, जिल्लाहरुले स्थानीय (गापा, नपा) तहहरुलाई छल्छन्, गापा-नपाका कर्मचारीले वडा तहकालाई या अज्ञानी नागरिकहरुलाई छल्छन् यसरी किटनाषक औषधीले गाउँगाउँका अरग्यानिक कुराहरुलाई ध्वस्त गरेजस्तै Conspiracy Theory हरुले ध्वस्तिकरण गर्दै आएकाछन् जहाँ सत्य छोपिन्छ, र असत्य भाश्यहरुको बहुमतीय शासन चलिरहेको हुन्छ। विचार चोके
बिक्रम सुब्बा ।

फोक्सोदेखि रक्तप्रवाहसम्म लगभग हरेक मानव अंगमा माइक्रोप्लास्टिक पत्ता लागेको छ जसले गम्भीर विश्वव्यापी चिन्ता जगाएको छ। ...
05/10/2025

फोक्सोदेखि रक्तप्रवाहसम्म लगभग हरेक मानव अंगमा माइक्रोप्लास्टिक पत्ता लागेको छ जसले गम्भीर विश्वव्यापी चिन्ता जगाएको छ। तर वैज्ञानिकहरूले एउटा असम्भव स्रोतमा आशाको किरण फेला पारेका छन्: इमली। प्रारम्भिक प्रयोगशाला परीक्षणहरूले देखाउँछन् कि इमलीमा भएका यौगिकहरू माइक्रोप्लास्टिक कणहरूसँग बाँध्न सक्छन्, जसले शरीरलाई पाचन मार्फत प्राकृतिक रूपमा बाहिर निकाल्न मद्दत गर्दछ।

यदि भविष्यका अध्ययनहरूले मानिसहरूमा यी प्रभावहरू पुष्टि गरे भने, यो साधारण फल हाम्रो समयको सबैभन्दा व्यापक प्रदूषकहरू मध्ये एक विरुद्ध प्राकृतिक डिटोक्स सहयोगी बन्न सक्छ। परम्परागत सामग्रीले चाँडै नै आधुनिक स्वास्थ्यमा अभूतपूर्व भूमिका खेल्न सक्छ।

‎Microplastics have been detected in almost every human organ — from the lungs to the bloodstream — sparking serious global concern. But scientists have found a glimmer of hope in an unlikely source: tamarind. Early lab tests show that compounds in tamarind can bind with microplastic particles, helping the body flush them out naturally through digestion.

‎If future studies confirm these effects in humans, this simple fruit could become a natural detox ally against one of the most widespread pollutants of our time. A traditional ingredient may soon play a groundbreaking role in modern health.

04/10/2025

केपी ओलीको झोले ।

केपी ओलीको झोले आदिबासी नामको कलङ्क पासाङ्ग शेर्पा ।
04/10/2025

केपी ओलीको झोले आदिबासी नामको कलङ्क पासाङ्ग शेर्पा ।

04/10/2025

Most people don’t realize that the “paper” coffee cups they use daily are lined with a thin layer of plastic. When exposed to hot liquids, that lining can leach out 25,000 microplastic particles in just 15 minutes, along with harmful ions like fluoride and chloride, heavy metals such as lead and cadmium, and endocrine-disrupting chemicals like BPA and phthalates. These contaminants don’t just stay in your cup—they end up inside your body.

Scientists warn that repeated exposure to these toxins can have long-term effects on health, ranging from digestive and respiratory issues to reproductive harm and even links with cancers. Even more alarming is the presence of lead, which has no safe exposure level and can cause irreversible damage to the brain, nervous system, and other vital organs. While research is still ongoing, the evidence already suggests that disposable cups may carry far greater risks than previously believed.

साधारण झारपातको रूपमा प्रायः खारेज गरिने बोट, डन्डेलियन जरा, यसको शक्तिशाली औषधीय क्षमताको लागि वैज्ञानिक ध्यान आकर्षित ...
04/10/2025

साधारण झारपातको रूपमा प्रायः खारेज गरिने बोट, डन्डेलियन जरा, यसको शक्तिशाली औषधीय क्षमताको लागि वैज्ञानिक ध्यान आकर्षित गर्दैछ। हालैको प्रयोगशाला अनुसन्धानले देखाएको छ कि डन्डेलियन जराको अर्कले केवल ४८ घण्टा भित्र ९५% सम्म क्यान्सर कोषहरूमा प्रोग्राम गरिएको कोष मृत्युलाई ट्रिगर गर्न सक्छ - जबकि स्वस्थ कोषहरूलाई अक्षुण्ण छोड्छ। यसले यसलाई एक अद्वितीय प्राकृतिक यौगिक बनाउँछ जसले एक दिन क्यान्सर उपचार दृष्टिकोणलाई पूरक वा रूपान्तरण गर्न सक्छ।

अनुसन्धानकर्ताहरूले पत्ता लगाए कि यसको जैविक सक्रिय यौगिकहरूले क्यान्सर कोशिकाको चयापचयलाई बाधा पुर्‍याउँछ र वृद्धि मार्गहरू रोक्छ, प्रभावकारी रूपमा ट्यूमरहरूलाई भित्रबाट बन्द गर्दछ। निष्कर्षहरू अझै पनि पूर्व-क्लिनिकल चरणमा छन् र मानव परीक्षणहरू आवश्यक छन्, परिणामहरूले परम्परागत उपचारहरूले आधुनिक उपचारहरूलाई कसरी रोक्न सक्छ भनेर प्रकाश पार्छ। प्रकृतिले स्पष्ट दृष्टिमा लुकेका उत्तरहरू पर्खिरहेका हुन सक्छन्, र डन्डेलियन जरा क्यान्सर विरुद्धको लडाईमा सबैभन्दा आशाजनक खोजहरू मध्ये एक हुन सक्छ।

‎‎Dandelion root, a plant often dismissed as a simple w**d, is gaining scientific attention for its powerful medicinal potential. Recent laboratory research has shown that dandelion root extract can trigger programmed cell death in up to 95% of cancer cells within just 48 hours—while leaving healthy cells unharmed. This makes it a unique natural compound that could one day complement or even transform cancer treatment approaches.

‎Researchers found that its bioactive compounds disrupt cancer cell metabolism and block growth pathways, effectively shutting tumors down from the inside. While the findings are still at the preclinical stage and human trials are needed, the results highlight how traditional remedies may hold modern cures. Nature may have hidden answers waiting in plain sight, and dandelion root could be one of the most promising discoveries in the fight against cancer.

04/10/2025

Pomegranate juice isn’t just refreshing — it’s a natural powerhouse for your heart. A new study shows that drinking one cup daily can reduce artery blockages by up to 30%, protecting your cardiovascular system from serious risks. The antioxidants in pomegranates fight free radicals, reduce oxidative stress, and improve blood circulation, making it harder for plaque to build up in the arteries.

Beyond that, pomegranate juice helps regulate cholesterol by lowering LDL (bad cholesterol) while boosting HDL (good cholesterol). It can also lower inflammation and support healthy blood pressure, giving your heart a strong line of defense. A simple glass a day may be one of the easiest ways to naturally support long-term heart health.

04/10/2025

Dandelion root, a plant often dismissed as a simple w**d, is gaining scientific attention for its powerful medicinal potential. Recent laboratory research has shown that dandelion root extract can trigger programmed cell death in up to 95% of cancer cells within just 48 hours—while leaving healthy cells unharmed. This makes it a unique natural compound that could one day complement or even transform cancer treatment approaches.

Researchers found that its bioactive compounds disrupt cancer cell metabolism and block growth pathways, effectively shutting tumors down from the inside. While the findings are still at the preclinical stage and human trials are needed, the results highlight how traditional remedies may hold modern cures. Nature may have hidden answers waiting in plain sight, and dandelion root could be one of the most promising discoveries in the fight against cancer.

Address

Terhathum

Website

Alerts

Be the first to know and let us send you an email when KESAMI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share