Dhruv Astro Vaastu Studio

Dhruv Astro Vaastu Studio Result Oriented Consultation of Astrology, Numerology and Vastu for Individuals, Businesses and Organizations.

"अंक, ग्रह र दिशाले खोल्छ तपाईको जीवन रहस्य,
यहाँ छ तपाईंले खोजिरहनु भएको जीवन बदल्ने परामर्श।"

21/10/2025

Goddess Lakshmi — the divine powers of prosperity, wisdom, courage, and victory! 🌟
Kuber the God of Fixed Property 🪔
Remember to light one special diya in the south direction for your ancestors — their blessings multiply your fortune. 💫
Happy Deepawali! 🌼
May your home shine with peace, power, and prosperity.

✨🌸 यस दीपावलीमा आह्वान गरौं महालक्ष्मीका आठ रूप — समृद्धि, बुद्धि, वीरता र विजयका शक्तिहरू! 🌟प्रत्येक लक्ष्मी (आदि, धन, ...
19/10/2025

✨🌸 यस दीपावलीमा आह्वान गरौं महालक्ष्मीका आठ रूप — समृद्धि, बुद्धि, वीरता र विजयका शक्तिहरू! 🌟
प्रत्येक लक्ष्मी (आदि, धन, धान्य, गज, सन्तान, वीर, विद्याको र विजय लक्ष्मी) को नाममा एक–एक दियो बालौं र जीवनमा आशीर्वाद आमन्त्रण गरौं। 🪔

वास्तु उपाय :
लक्ष्मी पुजाको दिन हरेक नाममा एक एक दियो अवश्य बाल्नुहोस। साथै घरको दक्षिण दिशातर्फ एक दियो पितृहरूको सम्झनामा बाल्न नबिर्सौं — पितृहरूको आशिर्वादले धन र सुख प्राप्त हुन्छ। 💫

शुभ दीपावली! 🌼
तपाईंको घर उज्यालो, शान्ति र समृद्धिले भरियोस्।

#दीपावली२०२५ #अष्टलक्ष्मी #लक्ष्मीपूजा #धनतेरस #धार्मिकखबर #ध्रुवराजपराजुली #समृद्धिकोउत्सव #शक्तिकोप्रकाश

19/10/2025

✨🌸 This Deepawali, invoke the 8 forms of Goddess Lakshmi — the divine powers of prosperity, wisdom, courage, and victory! 🌟
Light one diya in the name of each Lakshmi — Aadi, Dhan, Dhanya, Gaja, Santan, Veer, Vidya, and Vijay Lakshmi — and let abundance flow into your life. 🪔
Remember to light one special diya in the south direction for your ancestors — their blessings multiply your fortune. 💫

Happy Deepawali! 🌼
May your home shine with peace, power, and prosperity.

🌿 धन्वन्तरी जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना 🌿भगवान् धन्वन्तरी — आयुर्वेदका जनक, स्वास्थ्य र जीवन ऊर्जा का प्रतीक।स...
18/10/2025

🌿 धन्वन्तरी जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना 🌿

भगवान् धन्वन्तरी — आयुर्वेदका जनक, स्वास्थ्य र जीवन ऊर्जा का प्रतीक।
समुद्र मन्थनबाट उदाएर अमृत कलश ल्याउने यी दिव्य शक्तिले हामीलाई स्मरण गराउँछन् —
“स्वास्थ्य नै सर्वोत्तम धन हो।”

आजको दिनमा आयुर्वेद, प्राकृतिक उपचार, ध्यान र सन्तुलित जीवनशैली अपनाऔँ।
भगवान् धन्वन्तरीको कृपा ले सबैमा आरोग्य, समृद्धि र आध्यात्मिक चेतना फैलोस्।

🪔 जय धन्वन्तरी !
🌿 आयुर्वेद अमृत हो, आत्म–साधना यसको मूल।

01/10/2025

नवरात्रि शक्तिसाधना सम्पन्न
#शक्ति_साधना #नवरात्रि #विजयादशमी

30/09/2025

🌸 महानवमी — नवरात्रिको नवौँ दिन 🌸

नवरात्रिको नवौँ दिनलाई महानवमी भनिन्छ। यस दिन देवी दुर्गाले दैत्यराज सुम्भ (अहंकारको प्रतीक) लाई वध गर्नुभयो।

📖 कथा

नवमीको दिन देवी पार्वतीको कौशिकी रूप ले अष्टमात्रिका (ब्रह्माणी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, इन्द्राणी, चामुण्डा र नरसिंही) शक्तिहरूलाई आह्वान गर्नुभयो।
यी सबै शक्तिहरूको संयुक्त बलसाथ देवीले अहंकारी दैत्यराज सुम्भसँग भीषण युद्ध गर्नुभयो। अन्ततः देवीले अहंकारलाई परास्त गरेर सुम्भको वध गर्नुभयो।

✨ महत्त्व

सुम्भ अहंकारको प्रतीक भएकाले यसको वध जीवनमा अहंकारको अन्त्य र विनम्रताको सुरुवात हो।

नवमीमा गरिएको पूजा–आराधनाले शक्ति, ज्ञान र आत्मनियन्त्रण प्राप्त हुन्छ।

यो दिनलाई नै विजयाको प्रतीक दिन मानिन्छ।

🔬 वैज्ञानिक व्याख्या

यो कथा मानवीय मनोविज्ञानसँग गहिरो सम्बन्धित छ।

निश्चुम्भ (लोभ) को वध अष्टमीमा,

र सुम्भ (अहंकार) को वध नवमीमा —
यसले देखाउँछ कि मानिसको आत्मिक उन्नतिका लागि पहिले लोभ हटाउनुपर्छ, अनि अहंकारको अन्त्य भएपछि मात्र पूर्ण विजय (आत्मज्ञान) सम्भव हुन्छ।

🌺 नवमीको सन्देश :
“जीवनमा लोभलाई जितेर अहंकारको अन्त्य गर्ने दिन हो महानवमी। यही सत्यबाट आत्मज्ञान र विजयको मार्ग खुल्छ।”
















विजया दशमीको यस पावन अवसरमा दुर्गा देवी माता कौशिकीले सम्पूर्ण वैदिक सनातनी हिन्दु नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख...
30/09/2025

विजया दशमीको यस पावन अवसरमा दुर्गा देवी माता कौशिकीले सम्पूर्ण वैदिक सनातनी हिन्दु नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, स्वास्थ्य, समृद्धि तथा आत्मिक उन्नतिको ऊर्जा प्रदान गरून्।
देशले पाएको परिवर्तन सार्थक र सफल बनोस्, नेपालीहरूको जीवन अझ उन्नत र गौरवपूर्ण बनोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।
-
ध्रुवराज पराजुली
ज्योतिष, वास्तु, अंक ज्योतिष तथा अकल्प विज्ञान परामर्शदाता
संस्थापक : ध्रुव एस्ट्रो वास्तु स्टुडियो (Dhruv Astro Vaastu Studio)

30/09/2025

नवरात्रि महाअष्टमी —

अष्टमीको दिन देवी महागौरी/कौशिकी माताको पूजा गरिन्छ। यही दिन देवीले दैत्यराज निश्चुम्भ (लोभको प्रतीक) लाई युद्धमा पराजित गर्नुभयो।

दैत्यहरूको बढ्दो अत्याचारका कारण तीनै लोक संकटमा परेपछि देवी पार्वतीले आफ्ना तेजबाट कौशिकी स्वरूप लिनुभयो। उहाँको शक्तिशाली रूपले असंख्य देवशक्तिहरूलाई जागृत गर्‍यो र अन्ततः निश्चुम्भलाई संहार गर्नुभयो।

यस दिनलाई महाअष्टमी भनिन्छ। यो दिनको साधना–आराधनाले जीवनमा लोभ, आसक्ति र दुर्गुणहरूको नाश भई शुद्धता, करुणा र मोक्ष मार्गको द्वार खुल्ने विश्वास गरिन्छ।

वैज्ञानिक दृष्टिले, यो प्रसङ्गले मानिसभित्रको लोभ हटाएर चेतनाको उच्च स्तरमा पुग्ने प्रक्रियालाई दर्शाउँछ।

🌺 अष्टमीमा सन्देश :
“आफ्नो जीवनबाट लोभ र आसक्तिको अन्त्य गरेर शुद्धता र ज्ञानको नयाँ अध्याय सुरु गर्ने दिन।”

29/09/2025

Mahisasur Mardini Mata Katyayani

29/09/2025
जय मां शोभाभगवती🙏
29/09/2025

जय मां शोभाभगवती🙏

Address

Thimi

Website

Alerts

Be the first to know and let us send you an email when Dhruv Astro Vaastu Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share