
28/10/2024
Sad News 🗞️🗞️😭😭😭😭😭😭😭😭😭😭😭
कपुरकोट गाउँपालिका-६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्ग जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटनामा परेको हो ।
मिनी ट्रक दुर्घटना हुँदा स्थानीय १४ वर्षीय गोबर्द्धन खडका र १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारीको मृत्यु भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए। उनका अनुसार घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय संजीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक रेसम बहादुर खत्रीले घाइते भएका सबैलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर लगिएको बताए । घाइते भएका केहीको अवस्था गम्भीर रहेको उनले जानकारी गराए ।
उनका अनुसार डाक्टरले पुष्टि नगरेकाले कति जनाको मृत्यु भयो भन्ने तत्काल खुलाउन सकिएको छैन । उनका अनुसार दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो ।
साँघुरो बाटो भएकाले मिनी ट्रक दुर्घटनामा परेको देखिएपनि कसरी दुर्घटना भयो भन्ने नखुलेको उनको भनाइ छ ।