Janta voice

Janta voice News and Media Website

11/18/2025

विराटनगर किंग्सद्वारा पोखरा एभेन्जर्स ५३ रनले पराजित

11/15/2025

नेकपा एमाले उदयपुरले सम्सद पुनर्स्थापनाको माग गर्दै बाइक र्याली निकालेको छ । Bhagabat Raut Hem Khadka

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, एक जना घाइतेकात्तिक ३ गते सोमबारकटारी/उदयपुरको कटारी नगरपालिका–४ ककुर खोलास्थित मद...
10/20/2025

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, एक जना घाइते
कात्तिक ३ गते सोमबार

कटारी/उदयपुरको कटारी नगरपालिका–४ ककुर खोलास्थित मदन भण्डारी लोकमार्गमा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्को जना घाइते भएका छन्।

गएराति १०:२० बजे कटारीबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५४ प ६९९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार कटारी नगरपालिका–४ तल्लो कटारीका करिब १६ वर्षीय सम्राट खड्का र सोही वडा सिम्ले निवासी करिब १८ वर्षीय राजमणी कटवाल गम्भीर घाइते भएका थिए।

घाइते दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल कटारीमा लगिएकोमा सम्राट खड्काको कात्तिक ३ गते राति १२:१८ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन्।

दुर्घटनामा घाइते भएका राजमणी कटवाललाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्रियुगा नगरपालिकाले अस्थायी, दैनिक ज्यालादारी र सेवा करार कर्मचारीकाे नियुक्ति रद्द गर्ने निर्णयउदयपुर, असोज ३१ —त्रियु...
10/18/2025

त्रियुगा नगरपालिकाले अस्थायी, दैनिक ज्यालादारी र सेवा करार कर्मचारीकाे नियुक्ति रद्द गर्ने निर्णय

उदयपुर, असोज ३१ —
त्रियुगा नगरपालिकाले नेपाल सरकारको निर्देशन अनुसार अस्थायी, दैनिक ज्यालादारी तथा सेवा करारमा नियुक्त भएका कर्मचारीहरुको नियुक्ति रद्द गर्ने निर्णय गरेको छ।

नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै नेपाल सरकारको आर्थिक मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी र सेवा करारमा नियुक्त कर्मचारीको करार रद्द गर्न निर्देशन प्राप्त भएको जनाएको छ।

त्यसैअनुसार, त्रियुगा नगरपालिकामा दरबन्दी बाहेक अस्थायी, दैनिक ज्यालादारी तथा सेवा करारमा कार्यरत कर्मचारीहरूको नियुक्ति २०८२ साल मंसिर १ गतेदेखि लागू हुने गरी रद्द गरिएको सूचना सार्वजनिक गरिएको हो।

10/16/2025

मन्त्रिपरिषद् कहिले सम्म बिस्तार हुन्छ भन्दा यसरि जंगिईन प्रधानमन्त्री 😲

कटारीमा जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रती श्रद्धाञ्जली कार्यक्रम ।
09/30/2025

कटारीमा जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रती श्रद्धाञ्जली कार्यक्रम ।

09/30/2025
09/28/2025

नोटको जतन गरौँ 🙏

09/27/2025

कटारी ५ भोर्लेमा जारी तेस्रो शलेस कप फुटबलमा जुनेली फुटबल क्लव पत्रिंगा दुधौलीलाई ० का विरुद्ध ३ गोल गर्दै वागमती प्रदेश प्रहरी तालिम केन्द्र कोकटी दुधौली फाईनलमा प्रवेश गरेको छ ।

उदयपुरमा गाँजा सहित दुई महिला पक्राउ।उदयपुरगढी गाउँपालिका–७ कमानमा प्रहरीले ११.८५२ केजी गाँजा सहित दुई महिलालाई नियन्त्र...
09/27/2025

उदयपुरमा गाँजा सहित दुई महिला पक्राउ।

उदयपुरगढी गाउँपालिका–७ कमानमा प्रहरीले ११.८५२ केजी गाँजा सहित दुई महिलालाई नियन्त्रणमा लिएको छ।

शनिबार बिहान करिब ६:४५ बजे अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको टोलीले नियमित चेकजाँचको क्रममा लुकाइ–छिपाइ ल्याइएको गाँजा बरामद गरेको हो। पक्राउ पर्नेमा सिराहा जिल्लाको लहान नगरपालिका–१७ निवासी ४५ वर्षीया लिला देवी राम र सोही स्थानकी ४० वर्षीया अस्मिता राम रहेका छन्। उनीहरूको साथबाट झोलामा राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखी थप अनुसन्धान भइरहेको छ ।

कटारी अस्पतालमा विश्व मुटु दिवसको अवसरमा १२३ जनाको स्वास्थ्य परीक्षणकटारी, असोज १० ।विश्व मुटु दिवस २०८२ (सेप्टेम्बर २९)...
09/26/2025

कटारी अस्पतालमा विश्व मुटु दिवसको अवसरमा १२३ जनाको स्वास्थ्य परीक्षण

कटारी, असोज १० ।
विश्व मुटु दिवस २०८२ (सेप्टेम्बर २९) को अवसरमा कटारी अस्पतालमा “शारीरिक मास अनुपात (BMI) कार्यक्रम” सम्पन्न गरिएको छ। “मुटुलाई धडकिन देउ” भन्ने नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी सेवाग्राहीहरूको तौल, उचाइ र रक्तचाप (ब्लड प्रेसर) जाँच गरिएको छ।

कार्यक्रममा कुल १२३ जना सेवाग्राही सहभागी भएका थिए, जसमा ५८ जना पुरुष र ६५ जना महिला थिए। परीक्षणमा सहभागीमध्ये ५० जनाको BMI सामान्य भन्दा बढी देखिएको र असन्तुलित तौल मुटु रोगको प्रमुख जोखिम कारक हुने भएकाले आवश्यक स्वास्थ्य सल्लाह तथा सुझाव चिकित्सकहरूले प्रदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले आफ्नो तौल, उचाइ र रक्तचाप परीक्षण गर्दै औपचारिक उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा कटारी अस्पतालका मेसु डा. गौरव शाहले मुटु रोगबाट बच्न अपनाउनुपर्ने जीवनशैली, खानपान र नियमित स्वास्थ्य परीक्षणको महत्वबारे चिकित्सकीय सल्लाह दिनुभएको थियो।

उक्त कार्यक्रमलाई प्राविधिक समन्वय कटारी प्रदेशिक अस्पतालले गरेको थियो भने सहयोग कटारी चेम्वर अफ कमर्स र ज्योति विकास बैंकले गरेका थिए। कार्यक्रमको सभापतित्व नेपाल हृदय रोग निवारण उदयपुरका अध्यक्ष पवन श्रेष्ठले गर्नुभएको थियो।

कार्यक्रममार्फत “शरीरको तौल सन्तुलन राखौँ, मुटु रोगबाट बचौँ” भन्ने सन्देश सहभागीहरूमाझ प्रवाह गरिएको थियो।

Address

Charlotte, NC

Alerts

Be the first to know and let us send you an email when Janta voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janta voice:

Share