Mero Pyaro Gaighat Online

Mero Pyaro Gaighat Online Gaighat, is a city of Triyuga municipality in Udayapur District lies in Koshi Province of Eastern NPL

उदयपुर, मोतिगडा घर भएका र रास्ट्रीय कलाकार PK don अर्थात प्रदीप कुमार चौधरीको एक फरक लभस्टोरी भएको नेपाली चल्चित्र तरंग ...
30/07/2026

उदयपुर, मोतिगडा घर भएका र रास्ट्रीय कलाकार PK don अर्थात प्रदीप कुमार चौधरीको एक फरक लभस्टोरी भएको नेपाली चल्चित्र तरंग आउदो मंसिरमा प्रदर्शन हुने भएको छ। PK जीलाई शुभकामना छ।

चिन्नु भो उहालाई? viral भन्ने शब्द उहाँको काम र सुन्दरता देखेपछि एक बिदेशीले फोटो खिचेर सामाजिक संजालमा हालेपछि भएको थिय...
30/07/2026

चिन्नु भो उहालाई? viral भन्ने शब्द उहाँको काम र सुन्दरता देखेपछि एक बिदेशीले फोटो खिचेर सामाजिक संजालमा हालेपछि भएको थियोे। उहाँ को हुनुहुन्छ कृपया नाम उल्लेख्य गरीदिनु होला।🙏

मदन भन्डारी राजमार्ग नबन्दा त्रियुगा नगरपालिका-११ गाईघाट बजार डुबान हुन्थ्यो। कतिको सम्झना छ साथीहरू हो?🙏
28/07/2026

मदन भन्डारी राजमार्ग नबन्दा त्रियुगा नगरपालिका-११ गाईघाट बजार डुबान हुन्थ्यो। कतिको सम्झना छ साथीहरू हो?🙏

हात्तीमारा खोला खोइ??🤔हात्तीमारा जग्गा संरक्षणको माग गर्दै गाईघाटका युवाको शान्तिपूर्ण आन्दोलन जारी।।गाईघाट, उदयपुर। उदय...
24/07/2026

हात्तीमारा खोला खोइ??🤔

हात्तीमारा जग्गा संरक्षणको माग गर्दै गाईघाटका युवाको शान्तिपूर्ण आन्दोलन जारी।।

गाईघाट, उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका–स्थित पुरानो खोला क्षेत्रको हात्तीमारा सम्बन्धी जग्गा भूमाफियाले अतिक्रमण गरेको आरोप लगाउँदै गाईघाटका युवाहरूले "हात्तीमारा खोइ?" भन्ने नारासहित शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिएका छन्।
अभियानमा सहभागी युवाहरूका अनुसार हात्तीमारा क्षेत्रको संरक्षण तथा अतिक्रमण रोक्न स्थानीय सरकारसमक्ष यसअघि नै निवेदन पेश गरिएको भए पनि हालसम्म कुनै ठोस पहल नभएको उनीहरूको गुनासो छ। त्यसपछि आन्दोलनको स्वरूप परिवर्तन गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय, उदयपुरमा समेत हात्तीमारा सम्बन्धी विषयमा ध्यानाकर्षण गराउँदै निवेदन बुझाएका थिए।
यसै अभियानअन्तर्गत आज गाईघाट चोकमा पनि शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको अभियान्ताहरूले जानकारी दिएका छन्। प्रदर्शनका क्रममा उनीहरूले हात्तीमारा क्षेत्रको संरक्षण, अतिक्रमणको निष्पक्ष छानबिन तथा दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
अभियान्ताहरूले सम्बन्धित निकायबाट मागको उचित सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने चेतावनी समेत दिएका छन्। यद्यपि, यस विषयमा स्थानीय सरकार तथा सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

हात्तीमारा टोल खोजी अभियानले के भन्छ ?? अभियान निरन्तर जारी छ।
22/07/2026

हात्तीमारा टोल खोजी अभियानले के भन्छ ?? अभियान निरन्तर जारी छ।

मदन भण्डारीको सन्दर्भमा त्रियुगा नगरपालिकाको बोल्ड निर्णय आयो।
22/07/2026

मदन भण्डारीको सन्दर्भमा त्रियुगा नगरपालिकाको बोल्ड निर्णय आयो।

22/07/2026

नियम मिच्दा टिफर पल्टियो।😁😂

सामुदायिक होम स्टेलाई त्रियुगा नगरपालिकाको सहयोग। जनता भन्छन सरकारी सम्पत्तिको दुरुपयोग भयो।त्रियुगा नगरपालिका-Triyuga M...
07/07/2026

सामुदायिक होम स्टेलाई त्रियुगा नगरपालिकाको सहयोग। जनता भन्छन सरकारी सम्पत्तिको दुरुपयोग भयो।

त्रियुगा नगरपालिका-Triyuga Municipality - १३, बहेडवा
त्रियुगा नगरपालिका वडा नं १३ स्थित सञ्चालनमा रहेका थारु होम स्टे अन्तर्गतका होम स्टेहरुको सेवामा सुधारका साथै गर्मीमा अतिथिको सहजताका लागि क्षमता विकास तथा पर्यटन कार्यक्रम अन्तर्गत त्रियुगा नगरपालिकाद्वारा ५ वटा कुलर नगर प्रमुख बसन्त कुमार बस्नेत, उपप्रमुख महेस्वरी राईले हस्तान्तरण गर्नु भएको छ।

   रौतामाई गाउँपालिका–३, लाफागाउँ क्षेत्रमा बिग्रिएको विद्युत् लाइन मर्मत गर्न जाने क्रममा मर्मत टोलीले जङ्गलको बाटोमा ज...
03/07/2026


रौतामाई गाउँपालिका–३, लाफागाउँ क्षेत्रमा बिग्रिएको विद्युत् लाइन मर्मत गर्न जाने क्रममा मर्मत टोलीले जङ्गलको बाटोमा जङ्गली चितुवा देखेको छ। त्यसका कारण टोलीलाई कार्यस्थलसम्म पुग्न कठिनाइ भइरहेको छ।
स्थानीय बासिन्दालाई सो क्षेत्रमा सावधानी अपनाउन र आवश्यक नभएसम्म जङ्गलको बाटो प्रयोग नगर्न अनुरोध गरिन्छ।🙏

Address

Gaighat
Udayapur Garhi

Telephone

+9779862268068

Website

Alerts

Be the first to know and let us send you an email when Mero Pyaro Gaighat Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share