District Police Office, Udayapur

District Police Office, Udayapur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from District Police Office, Udayapur, Digital creator, udayapur, Udayapur.

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्नउदयपुर, २०८२ कात्तिक २ गते ।***********              यस कार्यालयबाट जिल्ला प्रहरी कार...
19/10/2025

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
उदयपुर, २०८२ कात्तिक २ गते ।
***********
यस कार्यालयबाट जिल्ला प्रहरी कार्यालय झापा सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक सुमन बानियालाई एक विशेष कार्यक्रमका बींच बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजन चापागाई, प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदार मान दोङ लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक सुमन बानियालाई कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजन चापागाई लगायत उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुले बधाई तथा आगामी कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

७० औं प्रहरी दिवस-२०८२ सम्पन्नउदयपुर, ३१ असोज २०८२***********************            जिल्ला प्रहरी कार्यालय उदयपुरका प्र...
17/10/2025

७० औं प्रहरी दिवस-२०८२ सम्पन्न
उदयपुर, ३१ असोज २०८२
***********************
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईको प्रमुख आतिथ्यतामा ७० औं प्रहरी दिवस-२०८२ सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा रहेको बहुउदेश्यीय हलमा ७० औं प्रहरी दिवस-२०८२ को अवसरमा अमर प्रहरीहरुप्रति श्रद्धाञ्जली अपर्ण गर्ने कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजन चापागाई, सूचना अधिकारी प्रहरी नायव उपरीक्षक केदार मान दोङ लगायत प्रहरी अधिकृत तथा जवानहरु गरी करिब ८० जनाको उपस्थिति रहेको थियो । उपस्थित सम्पूर्ण सकल दर्जाका प्रहरी कर्मचारीहरुले अमर प्रहरीहरुको सम्झना गर्दै श्रद्धाञ्जली अपर्ण गर्नुभएको छ ।
कार्यक्रमको अन्त्यमा उदयपुर जिल्लाभर रहेका प्रहरी इकाईहरुबाट अत्यन्त अनुशासित, ईमान्दार, कर्तव्यनिष्ट र लगनशील भई तोकिएको जिम्मेवारी रचनात्मक, सिजर्नशील र व्यवसायिक तवरबाट सम्पन्न गरी प्रहरी संगठनको छवी उच्च बनाउन सहयोग गर्नु हुने २० जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको छ ।

"लागू औषध दुर्व्यसन न्यूनीकरण" सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न मिति २०८२ असोज ३० गते, बिहीबार ।*******************...
16/10/2025

"लागू औषध दुर्व्यसन न्यूनीकरण" सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
मिति २०८२ असोज ३० गते, बिहीबार ।
*************************
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्थाई प्रहरी चौकी पोष्ट रौतापोखरी उदयपुरको आयोजनामा रौतामाई गाउँपालिका वडा नं. ०६ रौतापोखरी स्थित स्थानीय महिला, भद्रभलाद्धमी, बुद्धिजीवी, जनप्रतिनिधि तथा समाजसेवीहरुको उपस्थितिमा "लागू औषध दुर्व्यसन न्यूनीकरण" सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरिएको ।

“सामाजिक संजालको दुरुपयोग” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न मिति २०८२ असोज २९ गते, बुधबार ।************************...
15/10/2025

“सामाजिक संजालको दुरुपयोग” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
मिति २०८२ असोज २९ गते, बुधबार ।
*************************
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी जोगिदह उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका वडा नं. ०१ पूर्व टोल स्थित स्थानीय महिला, भद्रभलाद्धमी, बुद्धिजीवी, जनप्रतिनिधि, तथा समाजसेवीहरुको उपस्थितिमा “सामाजिक संजालको दुरुपयोग” सम्बन्धी विषयमा जनचेतनामूलक कार्यक्रम संचालन गरिएको ।

विभिन्न प्रहरी इकाईहरुद्वारा सचेतनामूलक कार्यक्रमहरु सम्पन्नउदयपुर, मिति २०८२ असोज २६ गते आईतबार ।**********************...
12/10/2025

विभिन्न प्रहरी इकाईहरुद्वारा सचेतनामूलक कार्यक्रमहरु सम्पन्न
उदयपुर, मिति २०८२ असोज २६ गते आईतबार ।
************************
यस जिल्ला प्रहरी कार्यालय उदयपुरको मातहत प्रहरी इकाईहरुले विभिन्न शीर्षकमा २ वटा सचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ ।
इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं. ५ स्थित श्री जनज्वती आ.वि देउरीमा अध्ययानत विद्यार्थीहरुलाई “सामाजिक संजालको दुरुपयोग” र अस्थाई प्रहरी पोष्ट बगाहा खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका वडा नं. ४ राजाजि टोल स्थित मुसहर बस्तिमा “अल्पसंख्यक सँग प्रहरी” कार्यक्रम संचालन गरेको छ ।

“लैंगिक हिंसा/घरेलु हिंसा” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्नमिति २०८२ असोज २३ गते, बिहीवार ।************************...
09/10/2025

“लैंगिक हिंसा/घरेलु हिंसा” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
मिति २०८२ असोज २३ गते, बिहीवार ।
*************************
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नगर प्रहरी कार्यालय त्रियुगा उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका वडा नं. ११ स्थित स्थानीय भद्रभलाद्धमी, बुद्धिजीवी, जनप्रतिनिधि, तथा समाजसेवीहरुको उपस्थितिमा “लैंगिक हिंसा/घरेलु हिंसा” सम्बन्धी विषयमा जनचेतनामूलक कार्यक्रम संचालन गरिएको ।

“आत्महत्या न्यूनीकरण” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न मिति २०८२ असोज २३ गते, बिहीवार ।*************************समु...
09/10/2025

“आत्महत्या न्यूनीकरण” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
मिति २०८२ असोज २३ गते, बिहीवार ।
*************************
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी साउने उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका वडा नं. १४ साउने चोक स्थित स्थानीय भद्रभलाद्धमी, बुद्धिजीवी, जनप्रतिनिधि, तथा समाजसेवीहरुको उपस्थितिमा “आत्महत्या न्यूनीकरण” सम्बन्धी विषयमा जनचेतनामूलक कार्यक्रम संचालन गरिएको ।

“चोरी हुनबाट अपनाउनुपर्ने सावधानी” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न मिति २०८२ असोज २२ गते, बुधवार ।****************...
08/10/2025

“चोरी हुनबाट अपनाउनुपर्ने सावधानी” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
मिति २०८२ असोज २२ गते, बुधवार ।
*************************
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्थाई प्रहरी पोष्ट बसपार्क उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका वडा नं. ०३ बसपार्क स्थित स्थानीय भद्रभलाद्धमी, बुद्धिजीवी, जनप्रतिनिधि, तथा समाजसेवीहरुको उपस्थितिमा “चोरी हुनबाट अपनाउनुपर्ने सावधानी” सम्बन्धी विषयमा जनचेतनामूलक कार्यक्रम संचालन गरिएको ।

05/10/2025

# sms alert असोज १८,राती ०९.३५ बजे
बागमती, कमलाका सहायक नदिहरु ले खतरा तह पार गरेको र नारायणी,कोशी का सहायक नदीहरुको बहाव सतर्कता तह पार गरेको

Address

Udayapur
Udayapur

Alerts

Be the first to know and let us send you an email when District Police Office, Udayapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to District Police Office, Udayapur:

Share