01/11/2025
यति सङ्घर्षले पाएको जागिर निल्नु न ओकल्नु 🙏😥
१८ वर्षको उमेरमा विवाह हुँदा आइए पढ्दै थिएँ। बिहे भएको पाँच वर्षसम्म घरायसी काममा मात्र सीमित रही सन्तान जन्माउने लगायत घरायसी काम गाईभैंसी पाल्ने घाँस काट्ने काम गरें । यो अवधिमा धेरै दुःख गरे आइए पास गरेकी म कुनै जागिर व्यवसाय नगरी बसेकोले गाउँघरका मानिसले यति पढेर पनि केही गर्न सकिन भन्दा मन खिन्न हुन्थ्यो । त्यसैले बिहे भएको पाँच वर्षपछि बि एडमा भर्ना भएर घरमै घरायसी काम गर्दै प्राइभेट पढेर बि एड पास गरें, त्यसपछि निमावि अध्यापन अनुमतिपत्र पास गरेर २०७६ सालमा प्रावी स्थायिमा नियुक्ति भए। जीवन राम्रै चलिरहेको थियो, एक्कासी मेरो जीवनमा बज्रपात भयो। २०७८ सालमा मेरो श्रीमानको मृत्यु भयो। यस घटनाले मेरो जीवन उथलपुथल भयो। बच्चाहरू एकातिर जागिर एकातिर भयो, मानसिक पीडा त छँदै थियो। घर पनि अस्तव्यस्त भयो । त्यो समयमा त सरुवा कार्यविधि २०८० थिएन । दुःखी पीडित र समस्यामा भएकालाई घरपायक बनाई समस्या समाधान गर्न सकिन्थ्यो । मेरो पनि घरपायक सरुवा भयो र म बच्चाहरूसँग बस्न पाउँदा जीवनसाथीसँगको वियोगको पीडा अलि कम भयो बच्चाहरूको रेखदेख गर्न पनि पाइयो।
यसरी नै दिनहरू बित्दै थिए । आफ्नो सुख दुःखको साथी माया गर्ने मान्छे गुमाउँदाको पीडा त कति हुन्छ, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ। त्यसमाथि हाम्रो समाज एउटा विधुवा नारीलाई हेर्ने दृष्टिकोण र विभिन्न आरोप प्रत्यारोप, पीडाबाट मुक्त राख्न विद्यालय गई अध्यापन गर्नुको अलावा मैले बिहान साँझ खाली समयमा माध्यमिक तहको नेपाली विषयको दरबन्दीमा लुम्बिनी प्रदेशबाट शिक्षक सेवा आयोगको तयारी गरें । फलस्वरूप २०८१ सालमा एकैपटकमा माध्यमिक तहमा नाम निस्कियो र म अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका अन्तर्गत ज्योति माध्यमिक विद्यालयमा पोस्टिङ भई अध्यापन गर्दै आइरहेकी छु। घरमा दुईवटा बच्चाहरु छन् तिनीहरुलाई हेरचाह गर्ने मान्छे छैन सरुवा होला भनेर माध्यमिक तहमा नाम निकालियो त्यो बेला यो सरुवा कार्यविधि २०८० पनि बनेको थिएन नत्र त्यही प्रावी जागिरमै भएपनि सीमित बसिन्थ्यो। अहिले यो शिक्षकको जेष्ठताबाट सरुवा गर्ने भन्ने कार्यविधिले कहिल्यै पनि हाम्रो सरुवा हुने आशा छैन। किनभने रिक्त दरबन्दी शिक्षक सेवा आयोगमा विज्ञापनको लागि पठाइसक्छ। पहिलेको शिक्षा नियमावली अनुसार सरुवा हुन पाउने भए त हामी जस्ता समस्यामा परेका व्यक्तिहरुको लागि समाधान हुन सक्थ्यो अहिले जागिर छोडौँ त म एकल महिला घरमा बच्चाहरूको पालनपोषण पढाइलेखाइ कसरी गरौं जागिर गरौं त घरमा बच्चाको हेरचाह गर्ने मान्छे छैन घरव्यवहार सम्हाल्ने मान्छे छैन त्यसैले मलाई यो कार्यविधिले जागिर निल्नु न ओकल्नु बनाएको छ।
भन्दै गुनासो पोख्नु भएको छ 😥😥
नाम : कमला भुसाल
पद : माध्यमिक तह नेपाली शिक्षिका
ठेगाना : घोराही दाङ
हाल कार्यरत : श्री ज्योति माध्यमिक विद्यालय ठाडा, अर्घाखाँची