Raj Magar Quote

  • Home
  • Raj Magar Quote

Raj Magar Quote खुशी💖बनाउन हरेक पल struggle गरिरहेको छु

रबि लामिछानेलाई श्रीमतीको जिम्मा लगाउने तयारी
09/09/2025

रबि लामिछानेलाई श्रीमतीको जिम्मा लगाउने तयारी

नेपाली सेनाले सत्ता हातमा लिएर बालेनलाइ अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने अन्तिम तयारी!😲
09/09/2025

नेपाली सेनाले सत्ता हातमा लिएर बालेनलाइ अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने अन्तिम तयारी!😲

08/09/2025

Dear B***n Take
Lead Now Or Never😢
😢😢🇳🇵

06/09/2025

एउटा सर्पले जुनकिरीलाई लखेट्न थालेछ। धेरै बेर लेखेटिए पछि जुनकिरी थाकेर उभिन्छ र सर्पलाई सोध्छ, "के म तिमीलाई मात्र तीन वटा प्रश्न सोध्न सक्छु ?"

सर्पले सहमति जनाउदै भन्यो, " हुन्छ, ल सोध !"

जुनकिरी: "के म तिम्रो खाद्य श्रृंखला (food chain) भित्र पर्छ?" सर्पः "अँह, पर्दैनौ।"

जुनकिरीः "मैले तिमीलाई के हानि गरेको छु?"

सर्पः "अँह, केही पनि गरेका छैनौ !"

जुनकिरी: "त्यसो हो भने किन तिमी मलाई निलौला झैँ गरेर लखेटी रहेका छौ?"

सर्पः "किनकि, म तिमीलाई यसरी चम्किएर हिँडेको देख्न सक्दिनँ।"

अरुको प्रगति देखी नसक्नेहरु सर्प भन्दा पनि बिषालु हुन्छ ।

हाम्रो जीवनमा पनि, केही मानिसहरू यहि सर्प जस्तै हुन्छन्। जसले तपाईंलाई जुनकिरी झैँ चम्किएको देख्न चाहदैनन् । तपाईंको चम्काइले उसलाई कुनै हानि नगरे पनि तपाईंलाई सिध्याउन ऊ सधैं तयार भएर बसेको हुन्छ !

सवैको आ-आफ्नो तनाव ! 😓Poland,Malta पुगेको साथी भन्छ :Spain छिर्न मात्रै पाए ,भविष्यको चिन्ता अलि कम हुन्थ्यो कि lSpain भ...
23/08/2025

सवैको आ-आफ्नो तनाव ! 😓

Poland,Malta पुगेको साथी भन्छ :
Spain छिर्न मात्रै पाए ,भविष्यको चिन्ता अलि कम हुन्थ्यो कि l

Spain भएको साथी भन्छ :
काम गर्ने ठाउतिर कोठा पाईन्न ,कोठा भएको तिर काम पाईन्न तनाव छ l

उता America तिर भएको साथी भन्छ :
मन त छ नि घर जान ,टिकटमै लाखौ खर्च हुन्छ l
फेरी घर/गाडीको Loan बाँकीमा बस्छ,पछि क्यारी तिर्ने l

- Korea भएको साथी भन्छ :
पैसा भनेर मात्रै के गर्नु यार.. Machine ले झै छिटो काम गर्नु पर्छ l Korean मालिक छ ,Machine को काम एउटा सानो गल्ती भो भने कि हात काटिन्छ ,नत्र ज्याननै जान सक्छ l

- Japan गएको साथी भन्छ :
Class पनि जानै पर्यो काम पनि गर्ने पर्यो,त्यत्रो ऋण गरेर आएको तिर्न परिहाल्यो l सुत्नेको ठेगान हुदैन यार.. प्राय निन्द्रा त Train को यात्रामै पुरा गर्नु पर्छ l

-ओहो ! सबैलाई रहेछ केहि न केहि पिडा त..
म बेरोजगारी लाइ छुट्टै तनाब छ. वस् सपना अलि थोरै देख्नुपर्छ रहर अलि कम राख्नुपर्छ मात्रै कमाई को कमि हो ,अरु सबै ठिक छ l

खाडी मुलुक गएको साथी भन्छ:
यहाँ त पैसा कमाउने बाटो छ तर सजिलो छैन है यार 😓
१२-१२ घण्टा तातो घाममा पसिना बगाउनै पर्छ ☀️💦
कम्पनीको नियममा बाँधिएर बस्नु पर्छ 🔒
परिवार टाढा, मन घरमै हुन्छ 🏠❤️
महिनौँको मेहनतले पैसा घर पठाइन्छ 💰✈️
तर आफ्नै लागि रमाइलो शून्य जस्तै 😔
खाडीमा बस्नेको पीडा पनि कम छैन 👊

नेपालमा बस्ने साथी भन्छ :
सबे साथी विदेश कोही जापान , कोरिया , अमेरिका , यूरोप, दुबई कतार गएर प्रगति गरे, आफु जस्ताको त्यस्ते । 😒

- सुर्य तिमिलसिना

Happy Birthday to our spin wizard, Sandeep Lamichhane 👑Your incredible talent, dedication, and game-changing abilities a...
02/08/2025

Happy Birthday to our spin wizard, Sandeep Lamichhane 👑
Your incredible talent, dedication, and game-changing abilities are an inspiration to us all. You're not just a key player you are true icon for Nepali cricket worldwide.
Wishing you a year filled with immense success, joy, and countless more wickets!

🎉 Just completed level 3 and am so excited to continue growing as a creator on Facebook!
31/07/2025

🎉 Just completed level 3 and am so excited to continue growing as a creator on Facebook!

मलामी यतिबेला म मरेको छु मेरो लाश बोकिरहेको मानिस मेरै तेह्र दिने दाजुभाई हो,जो मसंग तेह्र वर्ष बोलेन !अर्को छ मेरो लाश ...
30/07/2025

मलामी

यतिबेला म मरेको छु

मेरो लाश बोकिरहेको मानिस
मेरै तेह्र दिने दाजुभाई हो,
जो मसंग तेह्र वर्ष बोलेन !

अर्को छ
मेरो लाश बोक्न पालो कुरिरहेको
ऊ घर जोडिएको छिमेकी हो
जसको मन मसंग कैलै जोडिन मानेन !

पछाडि छन्
मलाई जलाउने विधिबारे
छलफल गरिरहेका आफन्तहरू
जसले मलाई चलाउने विधिबारे
कहिलै छलफल गरेनन् !

धेरै छन् यो मलामीको भिडमा
जो मौन छन्
कसैले चलन निभाइरहेका छन् !
कसैले जलन निभाइरहेका छन् !

कतिले मलामी आउन पाइन
भन्ने सन्देश पठाएका छन् !
ती तिनै हुन्
जो जिऊँदो हुन्जेल आउन नै चाहेनन् !

म सोंचिरहेछु-
लाश बनेपछि यति प्यारो हुने मानिस
सास हुन्जेल किन प्यारो नहुने होला ?!

ऊ..
हस्यांगफस्यांग गर्दै कोही आइपुग्यो
अन्तिमपटक मेरो मुख हेर्न भनी !
सायद त्यो मेरो छोरो हो
जसले तेरो मुख कहिलै हेर्दिन भनी
घर छोडेको थियो !!

लाशले ठुलो कुरो गर्यो
नभन्नुहोला है,,
जिऊँदो हुन्जेल त
कहाँ बोल्न सकिंदो रहेछ र
बेबारिसे मरिन्छ कि भन्ने डरले पनि !
मरियो हजुर शानदार मरियो,
बाँचुन्जेल जसरी बाँचे पनि !

खोई त हजुरको फुलबुट्टे श्रद्धान्जली ?
छुट्नुहोला नि फेरि…!!!

✍️हेमन्त गिरी

Address

Shimla Himachal Pardesh

171001

Alerts

Be the first to know and let us send you an email when Raj Magar Quote posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Raj Magar Quote:

  • Want your business to be the top-listed Media Company?

Share