Akhabarpatra

Akhabarpatra डिजिटल युगको डिजिटल पत्रिका : अखबारपत? The news is updated 24/7 365 days a year.

www.akhabarpatra.com is an online news portal for all type of Nepali national, International, entertainment, business, sports, culture etc.

13/07/2026
वीर अस्पतालमा उपचारका क्रममा नि'धन भएका मुगुका गणेश नेपालीको घटनामा सरकार, महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भए...
13/07/2026

वीर अस्पतालमा उपचारका क्रममा नि'धन भएका मुगुका गणेश नेपालीको घटनामा सरकार, महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ। सहमति अनुसार पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन गरिनेछ र दोषी नगरप्रहरी निलम्बनमा पर्नेछन्। यस्तै, महानगरपालिकाले मृ'तककी श्रीमतीलाई रोजगारी, छोरीलाई उच्च शिक्षा र आश्रित परिवारलाई उचित राहत एवं किरिया खर्च उपलब्ध गराउनेछ।

उद्योगमन्त्री गौरी यादवलाई पक्राउ गर्न प्रधानमन्त्री बालेनले आईजीपीलाई सिधै आदेश दिएपछि -----०००००००००००००००००००००००००००...
13/07/2026

उद्योगमन्त्री गौरी यादवलाई पक्राउ गर्न प्रधानमन्त्री बालेनले आईजीपीलाई सिधै आदेश दिएपछि -----
०००००००००००००००००००००००००००
प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई पक्राउ गर्न आदेश दिएको खुलासा भएको छ। पेट्रोलियम पदार्थको मूल्य आफूखुसी घटाएको र त्यससम्बन्धी सूचना चुहाएको आशंकामा प्रधानमन्त्री शाहले उद्योगमन्त्री यादवलाई तत्कालै थुनेर सोधपुछ गर्न नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी)दानबहादुर कार्कीलाई निर्देशन दिएका थिए।

अनियमितता गरेको आशंका लागे स्पष्टीकरण लिने वा पदबाट बर्खास्त गर्ने अभ्यास विपरीत प्रधानमन्त्री शाहले आफ्नै मन्त्रीलाई पक्राउ गर्न सिधै आइजीपीलाई निर्देशन दिएको घटना आश्चर्यजनक छ।

यस घटनाबारे जानकार राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेताहरू र सुरक्षा अधिकारीहरूका अनुसार प्रधानमन्त्री शाहले राति सिधै फोन गरेर सांसदसमेत रहेकी बहालवाला मन्त्रीलाई तत्कालै पक्राउ गर्न आदेश दिएपछि आईजीपी कार्की आत्तिएका थिए।

‘असार १६ गते राति साढे १० बजेतिर प्रधानमन्त्रीको फोन आयो। आईजीसाप रनभुल्लमा पर्नुभयो। यस्तो आदेश आयो भनेर सुरुमा उहाँले संगठनको उच्च तहमा छलफल गर्नुभयो। त्यसपछि तत्काल पक्राउ नगरी मन्त्रीलाई निगरानीमा मात्र राखिराख्ने कुरा भयो। त्यही अनुसार उहाँको निवासमा रातिबाटै निगरानी बढाएका थियौँ,’ ती अधिकारीले भने।


Good News 😮:प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘ब'र्न’(जलन) उपचार केन्द्र स्थापनाको योजना तत्काल ...
13/07/2026

Good News 😮:प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘ब'र्न’(जलन) उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

पूर्वराजदूत दीपकुमार उपाध्यायले भने— ‘सकारात्मक कदम, तर परिणाम हेर्न बाँकीसिंहदरबारको कुर्सी सम्हाल्नासाथ विदेशी कूटनीति...
13/07/2026

पूर्वराजदूत दीपकुमार उपाध्यायले भने— ‘सकारात्मक कदम, तर परिणाम हेर्न बाँकी

सिंहदरबारको कुर्सी सम्हाल्नासाथ विदेशी कूटनीतिज्ञहरूलाई भेट्न मरिहत्ते गर्ने र फोटो खिचाउन हतारिने परम्परागत नेपाली राजनीतिमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले एउटा नयाँ ‘ट्रेन्ड’ सेट गरेका छन्। उनको यो शान्त र मर्यादित कूटनीतिक शैलीले पूर्वराजदूत दीपकुमार उपाध्यायलाई पनि निकै प्रभावित बनाएको छ।

अनुभवी कूटनीतिज्ञ उपाध्यायले प्रधानमन्त्री बालेनको कूटनीतिक सुरुवातलाई चासोका साथ हेर्दै केही मीठा तारिफ र केही गम्भीर सुझाव दिएका छन्।

प्रमुख अंशहरू:

प्रोटोकल र मर्यादामा पास: विगतका प्रधानमन्त्रीहरू जस्तो जथाभाबी दौडधुप नगरेर बालेनले देखाएको कूटनीतिक प्रोटोकल र 'अर्थपूर्ण मौनता'लाई उपाध्यायले निकै सकारात्मक कदम मानेका छन्।

परिणामको व्यग्र प्रतीक्षा: "कूटनीतिमा हतारो होइन, आत्मअनुशासन चाहिन्छ," उपाध्यायले भनेका छन्। यद्यपि, यो शान्त शैलीले राष्ट्रको हितमा कस्तो परिणाम र उपलब्धि ल्याउँछ, त्यो हेर्न आफू अझै प्रतीक्षामै रहेको उनको भनाइ छ।

संसद्‌को त्यो बोलीमा असन्तुष्टि: तारिफका बीच उपाध्यायले एउटा सुझाव पनि दिएका छन्। प्रधानमन्त्री बालेनले संसद्‌मा नेपाल–भारत सीमाका विषयमा दिएको अभिव्यक्तिप्रति इङ्गित गर्दै उनले भनेका छन्, "कूटनीतिक दृष्टिकोणले त्यो बोल्न आवश्यक थिएन।"

कूटनीतिमा तौलिएर बोल्ने सुझाव

नयाँ सरकार बन्नेबित्तिकै विदेशी दूतहरूको लर्को लाग्ने र सरकार प्रमुखहरू पनि उनीहरूसँगै रम्ने विगतको परिदृश्यलाई बालेनको मौनताले पक्कै चिरेको छ। तर, कूटनीति जस्तो संवेदनशील विषयमा जोसिने भन्दा पनि होसिने सल्लाह पूर्वराजदूत उपाध्यायको छ। सीमा जस्तो गम्भीर र संवेदनशील विषयमा संसद्‌मै बोल्नुभन्दा कूटनीतिक च्यानलबाटै काम गर्नुपर्ने अनुभवी राजदूतको यो सुझाव प्रधानमन्त्रीका लागि मननयोग्य हुन सक्छ।

समग्रमा, बालेनको कूटनीतिक 'डेब्यु' ले अनुभवी कूटनीतिज्ञहरूको ध्यान मात्र तानेको छैन, नेपालको कूटनीति अब नयाँ र परिपक्व बाटोमा हिँड्न खोजेको सङ्केत पनि दिएको छ। अब हेर्न बाँकी छ— बालेनको यो मौनताले कस्तो कूटनीतिक छलाङ मार्नेछ!

Address

Baudha

Alerts

Be the first to know and let us send you an email when Akhabarpatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Akhabarpatra:

Shortcuts

  • Want your business to be the top-listed media company?

Share