Thalara Khabar

  • Home
  • Thalara Khabar

Thalara Khabar थलाराखबरले सम्मानित समाचार मिडियामा समाचार संवादको रूपमा काम गर्दै आएको छ।

23/03/2025

बझाङको माल्ला लाग्ने भिर नजिकै झुन्डिएको अबस्थामा फेला परेका ब्याक्तीको पहिचान खुलेको छ। मृतक ब्यक्ती मष्टा गाउँपालिका वडा न- ४ का धन बहादुर थापा रहेको उहाँका आफन्तले जानकारी दिएका छन् ।
हिजो घरबाट निस्केका थापा आज बिहान तमैल नजिकै माल्ला लाग्ने भिरको ग्याबिनमा झुन्डिएको अबस्थामा फेला परेका हुन् ।
प्र.नि.लोकेन्द्र सिंह ठगुन्ना(९८५८४९१८९९)को कमाण्डमा SOCO सहित ५ जनाको प्रहरी टोली खटि गएको उक्त स्थान जि.प्र.का.बझाङ बाट १२ कि.मि. पश्चिमतर्फ फेला पारेको छ।जिल्ला प्रहरी कार्यालय बझाङले यस घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ।

आज मिति २०८१।१२।१० गतेको अ.०९;१० बजेको समयमा जिल्ला बझाङ जयपृथ्बी  न.पा.७ माल्लाभिर स्थित जयपृथ्बी राजमार्गको छेउ जाली व...
23/03/2025

आज मिति २०८१।१२।१० गतेको अ.०९;१० बजेको समयमा जिल्ला बझाङ जयपृथ्बी न.पा.७ माल्लाभिर स्थित जयपृथ्बी राजमार्गको छेउ जाली वालमा नामथर वतन नखुलेको अ.३६ बर्षको पुरुष ब्यक्तिले रातो रङको रुमालले पासो लगाई झुण्डि घोप्टो अबस्थामा रहेको छ भनि ऐ.छबिसपाथिभेरा गा.पा.५ बस्ने राम प्रसाद भट्टले टे.फो.मार्फत यस कार्यालयमा जानकारी गराउना साथ प्र.नि.लोकेन्द्र सिंह ठगुन्ना(९८५८४९१८९९)को कमाण्डमा SOCO सहित ५ जनाको प्रहरी टोली खटि गएको उक्त स्थान जि.प्र.का.बझाङ बाट १२ कि.मि. पश्चिम प

बझाङमा १३ बर्षीया बालिकालाई बलात्कार गरेको भन्दैं पक्राउ परे ६० बर्षीय बृद्ध !
21/03/2025

बझाङमा १३ बर्षीया बालिकालाई बलात्कार गरेको भन्दैं पक्राउ परे ६० बर्षीय बृद्ध !

बझाङमा १६ बर्षीय बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा ६० बर्षिया बृद्ध पक्राउ परेका छन् । जिल्लाको थलारा गाउँपा....

21/03/2025

बझाङमा १६ बर्षीय बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा ६० बर्षिया बृद्ध पक्राउ परेका छन् । जिल्लाको थलारा गाउँपालिका–४ कि १६ बर्षिय बालिकालाई जबरजस्ति करणी गरेको भन्दै थलारा वडा नम्बर–४ कै ६० बर्षिय बृद्ध गम्भिरे सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बझाङमा जिप दुर्घटना चालक घाईते
21/03/2025

बझाङमा जिप दुर्घटना चालक घाईते

बझाङको खप्तडछान्ना गाउँपालिका १ खैराडी स्थित कच्ची सडक खण्डमा जिप दुर्घटना भएको छ।आज (शुक्रबार) बिहान ७ बजेको सम.....

घोडाघोडी जंगलमा एकसय भन्दा बढी विदेशी नागरिकहरूबिना अनुमति अस्वाभाविक गतिविधि गर्दै
21/03/2025

घोडाघोडी जंगलमा एकसय भन्दा बढी विदेशी नागरिकहरूबिना अनुमति अस्वाभाविक गतिविधि गर्दै

कैलाली : यहाँको एक जंगलमा एकसय भन्दा बढी विदेशी नागरिकहरूबिना अनुमति अस्वाभाविक गतिविधिमा सक्रिय रहेको पाइएको छ...

बझाङमा प्रमुख जिल्ला अधिकारी परिवर्तन
21/03/2025

बझाङमा प्रमुख जिल्ला अधिकारी परिवर्तन

गृह मन्त्रालयले बझाङमा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।मन्त्रालयले बझाङका प्रमुख जिल्ला अधिकारी ओमप्र....

आजदेखि एसइई : पोहोरभन्दा बढी विद्यार्थी सहभागी
20/03/2025

आजदेखि एसइई : पोहोरभन्दा बढी विद्यार्थी सहभागी

माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुँदैछ।

19/03/2025

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बझाङको सुचना ।।

भोली बिहान ८ बजेदेखि वेलुका ५ बजेसम्म जालेबगरमा नयाँ ३३ केभि प्रसारण लाइन निर्माण गर्नुपर्ने भएकाले चैनपुर सब स्टेशनबाट वितरण हुने जयपृथ्वी नगरपालिकासहित तल्कोट, मष्टा, छबिसपाथिभेरा, खप्तडछान्ना, दुर्गाथली र थलारा गाउँपालिकाको ९ नम्बर वडामा विद्युत सेवा अवरुद्ध हुने व्यहोरा जानकारी गराइन्छ ।

सुजन खड्का
बझाङ वितरण केन्द्र प्रमुख
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बझाङ

19/03/2025

बझाङको केदारस्यूँ गाउँपालिका-९ झोतामा रहेको बझाङदीप क्याम्पसको स्ववियु सभापतिमा सुरेश राज जैसी निर्वाचित भएका छन् ।
आज भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) निर्वाचन मा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका साझा उम्मेदवार अनेरास्ववियूका जैसी सभापति पदमा १ सय २५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुका साझा उम्मेदवार नेविसंघका रोशन भण्डारीले १ सय ९ मत र विप्लव निकट अखिल समाजवादीका अक्कल धामीले ६३ मत प्राप्त गरे ।

त्यस्तै सचिवमा अनेरास्ववियूका विपिन रोकाया निर्वाचित भएका छन् । रोकाया नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार धनबहादुर धामी र अखिल समाजवादीका नवीन जेठारालाई पराजित गर्दै स्ववियु सचिवमा निर्वाचित भएका हुन् । निर्वाचित रोकायाले १ सय ३४, धामीले १ सय ९, र जेठाराले ४६ मत प्राप्त गरे ।

कोषाध्यक्षमामा रबिना कुमारी धामी निर्वाचित भएकी छन् । १ सय २६ मत सहित अखिल क्रान्तिकारीकी धामी स्ववियु कोषाध्यक्षमा निर्वाचित भएकी हुन् ।
उनका प्रतिद्वन्द्वी नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार मनिषा बोगटीले ९५ मत र अखिल समाजवादीकी सुष्मिता थापाले ६९ मत प्राप्त गरिन् ।

जम्मा ३ सय ३४ मत खसेको थियोे जसमा १७ मत बदर भएको छ ।

यसअघिको स्ववियु निर्वाचनको सभापति पद अखिल समाजवादीका कमल थापाले जितेका थिए । उनको कार्यकाल सकिएपछि मंगलबार स्ववियु निर्वाचन भएर नयाँ नेतृत्व चयन भएको छ ।

18/03/2025

सुनकुडा क्याम्पस बित्थडिचरमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियुबीचको संयुक्त प्यानल बिजयी भएको छ । सुनकुडामा सभापतिमा संयुक्त प्यानलका उम्मेदवार कपिल १४१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेस निकट नेविसंघका जयदेव भट्टले ७७ र नेकपा बिप्लप निकट अखिल भानुभक्त जोशीले ४ मत प्राप्त गरेका छन् ।

त्रिवेणी आदर्श बहुमुखि क्याम्पस बुङ्गल बिजगडामा नेबिसंघ प्यानल सहित ३८ मतले बिजयी ।
18/03/2025

त्रिवेणी आदर्श बहुमुखि क्याम्पस बुङ्गल बिजगडामा नेबिसंघ प्यानल सहित ३८ मतले बिजयी ।

18/03/2025

बझाङदिप क्याम्पसमा झोता बझाङमा प्रत्यक्ष तर्फको सभापतिको १०८ मत गणना हुँदा !
नेविसंघ र अनेरास्ववियु संयुक्त _ ४१
अखिल (क्रान्तिकारी) र अनेरास्ववियू _ ४०
अखिल (समाजवादी ) _ १४

18/03/2025

बझाङका दुई क्याम्पसको समानुपातिक तर्फको नतिजा

केदारस्युँ गाउँपालिकामा रहेको बझाङदिप बहुमुखी क्याम्पसमा ५ सय १८ जना मतदाता रहेकोमा ३ सय ३४ मत खसेको छ । यहाँ समानुपातिक तर्फको मतगणना सम्पन्न भइसकेको छ । सार्वजनिक मतगणना अनुसार नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुको संयुक्त प्यानलले ११७ मत प्राप्त गरेको छ भने अखिल क्रान्तीकारी र एकीकृत समाजवादी निकट अनेरास्ववीयुको संयुक्त प्यानलले १०३ मत प्राप्त गरेको छ । यस्तै एक्ले भिडेको नेकपा विप्लव निकट अखिल समाजवादीले ५५ मत प्राप्त गरेको छ । प्रत्यक्ष तर्फका मतगणनाका लागि तयारी रहेको बझाङदिप बहुमुखी क्याम्पसका मतदान अधिकृत प्रेम प्रसाद जोशीले बताए ।
यस्तै वित्थडचिर गाउँपालिकामा रहेको सुनकुडा बहुमुखी क्याम्पसमा ३ सय ३८ मतदाता रहेकोमा २ सय ३३ मत खसेको छ । यहाँ समानुपातिक मतगणनाको नतिजा सार्वजनिक भइसकेको छ भने प्रत्यक्ष तर्फको मतगणना भइरहेको मतदान अधिकृत हिक्मत स्याँडाले बताउनुभयो । उहाँका अनुसार सुनकुडा क्याम्पसमा समानुपातिक तर्फ सार्वजनिक नतिजा अनुसार संयुक्त म्यानलले १२९ मत, नेविसंघले ८८ मत र अखिल समाजवादीले ०६ मत प्राप्त गरेका छन् भने ०९ मत बदर भएका छन् । सुनकुडामा जम्मा खसेको मत २२३ मतसंख्यामध्ये संयुक्त प्यानलबाट ०४ जना र नेपाल विद्यार्थी संघ नेविसंघबाट ०३ जना गरि जम्मा ०७ जना उम्मेदवारको नाम यही चैत्र ११ गतेभित्र सिफारिस गर्न अनुरोध गरिएको छ ।

18/03/2025

बझाङका तीन क्याम्पसमा मात्रै आज स्ववियू निर्वाचन हुँदै

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चैत ५ गते (आज) गर्न लागेका देशभरका क्याम्पसमा हुने तयारी रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन बझाङमा भने तीन क्याम्पसमा मात्रै हुने भएको छ । आज बिहान ८ बजेबाट हुने तयारी गरिएको स्ववियु निर्वाचनमा त्रिवेणी बहुमुखी क्याम्पस, बझाङदीप बहुमुखी क्याम्पस र सुनकुडा बहुमुखी क्याम्पसमा मात्रै निर्वाचन हुन लागेको हो । छविसपाथिभेरा गाउँपालिकामा रहेका सेती बहुमुखी क्याम्पस बगडगाउँ र शान्ति आदर्श बहुमुखी क्याम्पसमा यसअघि नै सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । निर्वाचनको प्रक्रिया सबै अगाडि बढाइएका अन्य क्याम्पसहरूमा भने विद्यार्थीको भर्नादर कम रहेका कारण निर्वाचन रोकिएको हो । थलारा बहुमुखी क्याम्पस, खापरदेव बहुमुखी क्याम्पसमा विद्यार्थीको भर्ना संख्या कम भएकाले निर्वाचन गराउन नसकिने अवस्था आएको बताएका छन् ।

आज निर्वाचन हुने तीन क्याम्पसमा एमाले निकट अनेरास्ववियु, काँग्रेस निकट नेविसंघ,नेकपा (एकीकृत समाजवादी) निकटको अनेरास्ववियु, विप्लव माओवादीनिकटको अखिल समाजवादी र माओवादी निकट अखिल क्रान्तिकारी गरी पाँच विद्यार्थी संगठन चुनावमा होमिएका छन् ।

14/03/2025

बझाङमा जबर्जस्तिकरणी गरेको आरोपमा र जबर्जस्ति करणीमा सहयोग गरेको आरोपमा दुई जना पक्राउ ।।

बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुर बजारमा एक किशोरीमाथि जबरजस्ती करणी भएको आरोप लागेको छ।
प्रहरीका अनुसार मष्टा गाउँपालिका–१ घर भई हाल चैनपुरमा बस्दै आएकी १४ वर्षीया किशोरीलाई तल्कोट गाउँपालिका -०५ घर भई चैनपुरमा डेरा गरि बस्दै आएका २२ वर्षीय हेमन्त भण्डारीले आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको आरोप लागेको हो । यस्तै
तलकोट गाउँपालिका–२ घर भई चैनपुर बजारमा बस्ने २१ वर्षीय महेश कुँवरले उक्त घटनामा कोठाको ढोकामा बाहिरबाट चुक्कुल लगाएर जबरजस्ती करणीमा सहयोग गरेको पीडित पक्षको उजुरीमा उल्लेख गरिएको छ।
उक्त घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक जयबहादुर डागाको कमाण्डमा खटिएको प्रहरी टोलीले दुबै आरोपितलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
पीडित र आरोपित दुवै जनाको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बझाङ जिल्ला प्रशासन भन्छ होली मर्यादित ढंगले खेल्नुस् ।बझाङ जिल्ला प्रशासन कार्यालयले होली/फागु पर्व अवसरमा सम्पूर्ण जिल...
12/03/2025

बझाङ जिल्ला प्रशासन भन्छ होली मर्यादित ढंगले खेल्नुस् ।

बझाङ जिल्ला प्रशासन कार्यालयले होली/फागु पर्व अवसरमा सम्पूर्ण जिल्लावासीलाई हार्दिक शुभकामना व्यक्त गर्दै यस पर्वलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य ढंगले मनाउन अनुरोध गरेको छ।

कार्यालयले जारी गरेको सूचनामा होली/फागु पर्वलाई उल्लासपूर्वक तर अनुशासित तरिकाले मनाउन आह्वान गरिएको छ। सूचनामा भनिएको छ, "पर्व मनाउने नाममा कसैको इच्छा विपरीत जबरजस्ती, अमर्यादित, गैरकानुनी र उच्चश्रृंखल क्रियाकलाप नगर्नु हुन सबैमा अनुरोध छ।"

मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, सार्वजनिक स्थानमा सवारी साधन चलाउने, जर्बजस्ती रंग र पानी दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहोर फैलाउने, बाटोमा हिंड्ने व्यक्तिलाई दुःख दिने, हैरानी गर्ने, तथा कुनै पनि अवाञ्छित र गैरकानुनी क्रियाकलाप नगर्न प्रशासनले चेतावनी दिएको छ। यस्तो गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारवाही गरिने सूचनामा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय, बझाङले होली पर्वको उल्लास र सौहार्दता कायम राख्न सबैलाई मर्यादित र अनुशासित रहन अनुरोध गर्दै कुनै पनि अमर्यादित कार्य नगर्न सचेत गराएको छ।

जारी सूचनामा प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराईले हस्ताक्षर गरेका छन्।

Address


Alerts

Be the first to know and let us send you an email when Thalara Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Thalara Khabar:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share