BuddhaShanti Update

  • Home
  • BuddhaShanti Update

BuddhaShanti Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BuddhaShanti Update, Media/News Company, .

बुद्धशान्ति,झापा, देश तथा विदेशका सम्पुर्ण समाचार, सुचना तथा अन्य सम्पुर्ण जानकारीका लागि हाम्रो पेज लाईक गर्नुहोला !
सम्पर्क गर्नुहोस् : ९८१५०७२६२०| किरण काफ्ले

घरमा नियम बनाउनुहोस् ;१. बेलुका खानाको समयमा मोबाइल नचलाउने।२. राति ८ बजेपछि घर बाहिर नजाने।३. बेलुकी १० मिनेट पारिवारिक...
25/07/2025

घरमा नियम बनाउनुहोस् ;
१. बेलुका खानाको समयमा मोबाइल नचलाउने।
२. राति ८ बजेपछि घर बाहिर नजाने।
३. बेलुकी १० मिनेट पारिवारिक बैठक गर्ने ।
४. गृहकार्य नगरेसम्म टिभी नहेर्ने।
५. साना होस् या ठूला, सबैलाई सम्मान दिने।
६. खेल्नुभन्दा पहिले घरको काम गर्नु।
७. शनिबार विश्राम र परिवारलाई समय दिने।
८. दाजुभाइ दिदीबहिनीबीच झगडा नगर्ने।
९. सभ्य र उचित अभिवादन गर्ने।
१०. ठुलो आवाजमा संगीत नबजाउने।
११. खाना परिवारसँगै बसेर खाने।
१२. सधैं सत्य बोल्ने।
१३. अपरिचितलाई घरभित्र नल्याउने।
१४. ढोका राति ९ बजेभित्र बन्द गर्ने।
१५. सानालाई माया र सम्मान दुबै गर्ने।
१६. लुगा इस्त्री गरेर मात्र लगाउने।
१७. पानीको बचत गर्ने।
१८. बिना अनुमति कुनै कुरा नलिने।
१९. घर सफा गरेर मात्र बाहिर निस्किने।
२०. रिसमा पनि अपशब्द नबोल्ने।
२१. पारिवारिक समयमा मोबाइल बन्द गर्ने।
२२. पाहुनालाई सम्मानपूर्वक व्यवहार गर्ने।
२३. जेठाले कान्छालाई हेरचाह गर्ने।
२४. साँझ हुनुअघि घर फर्कने ।
२५. बिहान सबेरै उठ्ने ।
२६. खाना नफाल्ने,नछोड्ने।
२७.पैसाको बचत गर्ने ।
२८. जिम्मेवारीहरू समान रूपमा बाँड्ने।
२९. एक आपसमा शिष्टाचारी हुने ।
३०. गोप्य फोनकल नगर्ने।
३१. प्रयोग नगरेको बत्ती निभाउने।
३२. मजाकमै भए पनि झूठ नबोल्ने।
३३. हरेक काममा आफैँ जिम्मेवार हुने।
३४. बाहिर जानुभन्दा पहिले कोठा सफा गर्ने।
३५. अग्रजप्रति सधैं कृतज्ञ हुने ।
३६. घरको सम्पत्ति जोगाउने।
३७. अनावश्यक प्रतिवाद नगर्ने।
३८. सकारात्मक सोचको विकास गर्ने।
३९. आवश्यकता अनुसार अरूलाई सहयोग गर्ने।
४०. कसैलाई पनि अरूसँग तुलना नगर्ने ।
धन्यवाद :::🙏❤️

25/07/2025

झापाको कचनकवल गाउँपालिका–४ लोधावारीमा लागुऔषध ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ परेका छन्।

काठमाडौं‌ महानगरका सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक ५ सय जरिवाना तिर्नुपर्ने भएको छ। 😮
25/07/2025

काठमाडौं‌ महानगरका सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक ५ सय जरिवाना तिर्नुपर्ने भएको छ। 😮

युवाहरुको जोस ! हल्दिबारी गाउँपालिका वडा नं. १ स्थित गोलधापमा दुई युवाहरुले आफ्नो ठाउँ आफै सरसफाई गरौ भन्ने एक उदाहरण दि...
25/07/2025

युवाहरुको जोस !
हल्दिबारी गाउँपालिका वडा नं. १ स्थित गोलधापमा दुई युवाहरुले आफ्नो ठाउँ आफै सरसफाई गरौ भन्ने एक उदाहरण दिएका छन् । सबैले यस कार्यलाई मनन् गरौं र अघि बढौं ।

मेरो Voice Universe Season 2 को Top 10 बाट बाहिरिए पनि, इलामका अभिजित अधिकारीले आफ्नो गायन क्षमताबाट लाखौं दर्शकको मन जि...
25/07/2025

मेरो Voice Universe Season 2 को Top 10 बाट बाहिरिए पनि, इलामका अभिजित अधिकारीले आफ्नो गायन क्षमताबाट लाखौं दर्शकको मन जित्न सफल भएका छन्
प्रतियोगिताबाट बाहिरिँदा उनले नगद रु. ३ लाख र १० लाखको बीमा पुरस्कार प्राप्त गर्नुभएको छ।
अभिजित अधिकारीलाई उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना ।

बैज्ञानिक डा. महाबिर पुन मगर आत्मा कथा पुस्तक बिक्रि बितरण कार्यक्रम भोलि श्रावण १० गते शनिवार झापा बिर्तामोड महानन्द चो...
25/07/2025

बैज्ञानिक डा. महाबिर पुन मगर आत्मा कथा पुस्तक बिक्रि बितरण कार्यक्रम भोलि श्रावण १० गते शनिवार झापा बिर्तामोड महानन्द चोक समय बिहान ९.०० बाट हुने भएकाले
इच्छुक महानुभावहरूले सम्पर्क गर्ने होला

आज शुक्रबार ! श्री भगवान हनुमानको आशीर्वादले तपाईंको दिन शुभ रहोस् ! ❤️🙏
25/07/2025

आज शुक्रबार ! श्री भगवान हनुमानको आशीर्वादले तपाईंको दिन शुभ रहोस् ! ❤️🙏

24/07/2025

फाइनल्लि १४ बर्स पछि स्वस्तिकाले भेटिन आफुलाइ ६ बर्सको हुदा बाटाेमा छाड्ने बुवा

घरमा आमाबुवालाई कम्प्युटर कक्षा जान्छु भनेर ढाटेर १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल भागेर काठमाडौं आए । म...
24/07/2025

घरमा आमाबुवालाई कम्प्युटर कक्षा जान्छु भनेर ढाटेर १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल भागेर काठमाडौं आए । मरेर गए नि नतोडिने बन्धन माया हो…’ भन्ने गीत राखेर टिकटक बनाए । अनि आज बिहान एउटै डोरीमा पासो लगाए । दुबैजना मृ'त भेटिए ।

झापामा अत्याधिक गर्मी बढिरहेको छ। धेरै मात्रामा पानी पिउने, हल्का र सुतेको कपडा लगाउने साथै, गर्मीजन्य लक्षण देखिएमा तुर...
24/07/2025

झापामा अत्याधिक गर्मी बढिरहेको छ। धेरै मात्रामा पानी पिउने, हल्का र सुतेको कपडा लगाउने साथै, गर्मीजन्य लक्षण देखिएमा तुरुन्त स्वास्थ्य केन्द्र जाने आफ्नो ख्याल राख्नुहोला धन्यवाद

 : झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्।PS: अत्याधिक गर्मीका कारण उनको मृत्यु भएको अन...
24/07/2025

: झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्।

PS: अत्याधिक गर्मीका कारण उनको मृत्यु भएको अनुमान गरिएको छ। हालसम्म उनको पहिचान खुल्न सकेको छैन। प्रहरी उनीसँग सम्बन्धित परिवार तथा आफन्तको खोजीमा जुटेको छ।

झापाकी श्रृङखला भट्टराईले पाथीभरा माताको २१ पटक दर्शन गर्नुभएको छ भने उहाँको १०० पटक पुराउने इच्छा रहेको छ । उहाँ भन्नुह...
24/07/2025

झापाकी श्रृङखला भट्टराईले पाथीभरा माताको २१ पटक दर्शन गर्नुभएको छ भने उहाँको १०० पटक पुराउने इच्छा रहेको छ । उहाँ भन्नुहुन्छ, "पाथीभरा माताको कृपा यति रहोस कि म ९० वर्षको उमेर हुन्जेल यसैगरी हिडेर सय पटक पुराउन पाउँ ।"

Address


Telephone

+9779815072620

Website

Alerts

Be the first to know and let us send you an email when BuddhaShanti Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BuddhaShanti Update:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share