20/07/2025
नेपालीहरुलाई खाडी ल्याएर अलपत्र पार्ने दले दाइ हरु प्रति समर्पित -
कबिताको शिर्षक - "दले दाइ ,जागिर चाहिँ खै ?
अनि तपाईले भन्नू भा थ्यो
भिसा आइसक्यो
क्युभिसी गरिहाल्नु
मेडिकल रिपोर्ट ल्याइहाल्नु
घरबाट निस्किहाल्नु
काठमाडौ आइहाल्नु
पैसा बुझाइ हाल्नु
टिकट काटिहाल्नु
एअरपोर्ट हिडिहाल्नु !
मैले तपाईंले भने जति सबै गरे ,
क्युभिसी गरे
मेडिकल गरे
सानी छोरीलाइ माइतिमा छोडे,
ठूलो बाबुलाइ बैनिको मा राखे
घरबाट साइत गरेर निस्किए
काठमाडौ आए ,
लाखका २ बिटा पैसा बुझाए
प्लनेको टिकट काटे,
एअरपोर्ट आए ,
प्लेन चढे
कतार झरे,
तपाईंलाई पनि भेटे
र बेस्सरी धन्यवाद दिए ।।
तपाईंले खोजिदिएको रुममा आए
म जस्तै धेरै दिदिबहिनीलाइ भेटे
हतार हतारमा कतार आएकाहरु ,
थुप्रै हन्डर ठक्कर खाएकाहरु ,
जो महिनौ देखि
त्यही सानो कोठामा कोच्चिएर बसेका रैछन,
दिन दुई गुना
रात चौगुना पीडा थपेर बसेकाहरु ,
अलिकती उनिहरुका पीडा सुने
त्यसैमा मेरो अलिकति आँसु मिसाइदिए ।
भन्न त सबै रेडि छ भन्नू भा थ्यो ,
हो रै छ,
एउटा भाच्चिएको खाट रेडि रैछ
त्यो माथी एउटा मैलो तन्ना रेडि रैछ
महिनौ नधोएको गन्हाएको ब्लान्केट रेडी रैछ
फ्रीजमा अलिकति बासी भात रेडि रैछ
अलि कति गन्हाएको बासी दाल रेडि रैछ
म भन्दा जेठो चिकनको सब्जि रेडि रैछ
रेडि नभएको त्यही एउटा जागिर रैछ
अब भन्नुस दले दाइ
मुख्य रेडि हुनु पर्ने जागिर चाहिँ खै ?
कोठामा उडुस र साग्ला पनि साथी रैछन
रात भरी उडुसको नाइट ड्युटी रैछ
मज्जाले ड्युटी गरे र सुते उडुस हरु
म नसुती नसुती उनिहरुको ड्युटी गरे
म उठ्नु अगाडि एक लस्कर साङ्ले उठे ,
ढोका अगाडि एक हुल बिराला आए ,
अल्लो पल्लो घर बस्नेहरुका
ड्युटी लैजाने लामा लामा बस आए ,
हर्न बजाएर मान्छे उठाए लगे ,
कुनै बसले ड्युटी सकेका मान्छे ल्याए
डेरामा छोडी दिएर गए ,
महिनौ हुदा पनि
मलाइ ड्युटी लैजान उठाउने बस आएन ,
न कोहि जागिर बोकेर आयो
न कोहि तलब बोकेर आयो ,
न कोहि एटिम कार्ड बोकेर आयो ?
अब भन्नुस दले दाइ
मेरो जागिर चाहिँ खै ?
आजकल उठ्न पर्ने तपाईको फोन उठ्दैन,
नउठ्नु पर्ने घरमा ब्याज चाहिँ उठिरहेको छ ,
तपाईं नया नम्बर बाट मेसेज गर्नु हुन्छ ,
दलेलाई भन् -भन्नू हुन्छ
दलेले बलेलाई भन् - भन्छ ।
अहिले न दले भेटिन्छ -न बले भेटिन्छ
सबैका कोठा लक छ
फेकबुक सबै ब्लक छ ,
अब भन्नुस दले दाइ
मेरो जागिर चै खै ?
एउटाले सिभी बना भन्यो
मैले सिभी बनाए ,
इन्टरभ्यु छ भेट्न आउनु भन्यो -भेट्न गए ,
अफिस सोधे - यहि हो भन्यो फराकिलो बेड देखाए ,
मीठो खाना ख्वायो -खाजा ख्वायो
अलिकती चुस्स लगाउच्छ्यौ भने सोध्यो,
मैले मुन्टो हल्लाए ,
उनले मेरो गाला चिमोट्यो,,
मैले नाइँ भने -उस्ले केही हुन्न भन्यो ,
ईन्टरभ्यु सुरु भो ,
पहिलो प्रश्न सोधियो -
के तिमी मेरो गर्लफ्रेन्ड बन्छ्यौ ?
आजकल आइडि छैन ,
आइडिया पनि छैन ,
बस्नलाई मन स्थिर छैन ,
हिड्नलाई गाडि भाडा छैन ,
जारमा पानी छैन
बोरामा चामल छैन
फ्रीजमा सब्जी छैन
भुटुन छैन -मसालो छैन
मोबाइलमा ब्यालेन्स छैन
आखामा निद छैन ,
मनमा चैन छैन ,
ओठमा हासो छैन ,
कोहि चिनेको छैन
कतै जानेको छैन ,
गोजिमा पैसा छैन ,
फोन उठ्ने खाले दले दाइको नम्बर छैन
मुख्य कुरा भनेकै जागिर छैन ,
ए दले दाइ
भन्नुस न मेरो जागिर खै ।
धन्यवाद
सिताराम थापा
हाल -कतार