Nayanaya khabar

  • Home
  • Nayanaya khabar

Nayanaya khabar लोकतन्त्र र सुशासनको पक्षमा पहरेदारी
बेथितिविरुद्ध Nayanaya khabar काे निर्भीक खबरदारी

अवाज बिहिनहरूकाे आवाज Nepali News

🛎️✨ होटल म्यानेजमेन्टमा उज्यालो भविष्यको सुरुवातपूर्वी नेपालको पहिलो IAF (International Accreditation Forum) द्वारा मान्...
15/07/2025

🛎️✨ होटल म्यानेजमेन्टमा उज्यालो भविष्यको सुरुवात
पूर्वी नेपालको पहिलो IAF (International Accreditation Forum) द्वारा मान्यताप्राप्त ISO 9001:2015 प्रमाणित कोर होटल म्यानेजमेन्ट कलेज
D’eastern Empire College of Hotel Management — गुणस्तरको नयाँ परिभाषा
हामी गर्वका साथ जानकारी गराउँछौं कि D’eastern Empire College of Hotel Management पूर्वी नेपालको पहिलो IAF (International Accreditation Forum) द्वारा मान्यताप्राप्त ISO 9001:2015 प्रमाणित कोर होटल म्यानेजमेन्ट कलेज बनेको छ।

ISO 9001:2015 अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणाली हो, जुन शिक्षण, तालिम, प्रशासनिक प्रक्रिया तथा विद्यार्थी सेवाहरूमा उच्च मापदण्ड सुनिश्चित गर्ने प्रमाणपत्र हो।
हाम्रो कलेजले प्राप्त गरेको यो प्रमाणपत्रको प्रमाणीकरण स्थिति तपाईंले https://www.iafcertsearch.org/ मा जाँच गर्न सक्नुहुन्छ।
Name of college: D’eastern Empire college of Hotel Management.
Certificate No : GINE-0062-QC

✨ हाम्रो प्रमुख विशेषताहरू ✨
🔹 कोर होटल म्यानेजमेन्टमा केन्द्रित
🔹 अनुभवी तथा उद्योगसँग प्रत्यक्ष आबद्ध प्रशिक्षकहरू
🔹 व्यवहारिक तालिम, अनिवार्य इन्टर्नशिप र अन्तर्राष्ट्रिय समन्वय
🔹 आधुनिक प्रविधियुक्त प्रयोगशाला: किचन, रेस्टुरेन्ट, हाउसकिपिङ, फ्रन्ट अफिस, बरिस्ता, बेकरी, बारटेन्डिङ
🔹 जागीरमुखी पाठ्यक्रमहरू — विद्यार्थीको करियर विकासमा सीधा प्रभाव
🔹 HACCP तालिम प्रमाणपत्र उपलब्धता
हामी तपाईंको भविष्यलाई अन्तर्राष्ट्रिय स्तरको होटल व्यवस्थापन विशेषज्ञतासँग जोड्न प्रतिबद्ध छौं।
D’eastern Empire College of Hotel Management मा अध्ययन गर्नुहोस् — जहाँ गुणस्तर, व्यवहारिकता र भविष्य एकसाथ अगाडि बढ्छन्।
📲 संजय आचार्य (CEO/Marketing Officer): ९८१०४०३७९९
📲 रेजिना विष्ट (Principal): ९८१५६६८२८१

सहारा नेपाल साकोसका कर्मचारीमाथि दुर्व्यवहारप्रति कडा विरोध, दोषीलाई कारबाहीको माग मधुमल्ला मोरङ।सहारा नेपाल बचत तथा ऋण ...
14/07/2025

सहारा नेपाल साकोसका कर्मचारीमाथि दुर्व्यवहारप्रति कडा विरोध, दोषीलाई कारबाहीको माग
मधुमल्ला मोरङ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना कर्मचारीहरूमाथि भएको दुर्व्यवहारप्रति कडा आपत्ति जनाउँदै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ। संस्थाले सोमबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा मोरङको मिक्लाजुङ गाउँपालिका–२ रचना निवासी दुर्गामाया लिम्बु र माया मगरले मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछाने बिकमाथि गालीगलौज, हातपात तथा जुत्ताको माला लगाउनेजस्तो अशोभनीय व्यवहार गरेको उल्लेख गरिएको छ।
ऋण असुलीको सिलसिलामा कर्मचारीहरू पीडित पक्षको घर पुगेका बेला आइतबार दिउँसो अमर्यादित आचरण भएको सहकारी संस्थाले जनाएको छ। संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता घटनाले सहकारी तथा वित्तीय क्षेत्रको समग्र छवि धूमिल बनाउने भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ। “कर्मचारीहरूको आत्मसम्मानमाथि आघात पुग्ने यस्तो घटनाले उनीहरूको मनोबल कमजोर बनाएको छ,” विज्ञप्तिमा उल्लेख छ, “यस्ता कार्य दोहोरिन नदिन दोषीलाई कानुन अनुसार कडा कारबाही हुनुपर्छ।”
कर्मचारी संगठनको पनि ध्यानाकर्षण
एकीकृत कर्मचारी संगठन सहारा नेपाल साकोसले पनि घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। संगठनका अध्यक्ष यादवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा कर्मचारीहरूमाथिको यस्तो दुर्व्यवहारलाई “निन्दनीय, निकृष्ट, अक्षम्य र अमानवीय” ठहर गरिएको छ। संगठनले दोषीहरूलाई कानुनी कारबाही गर्न र भिडियो सामाजिक सञ्जालमा अपलोड गरी चरित्र हत्या गर्नेहरूमाथि समेत कानुनी प्रक्रिया अघि बढाउन प्रशासन समक्ष माग गरेको छ।

प्रहरीमा जाहेरी, अनुसन्धान अघि बढ्दै
सहकारीका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दर्ता भइसकेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायण चिमरियाले अभद्र व्यवहारसम्बन्धी जाहेरी दर्ता भएको पुष्टि गर्दै दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु भएको जानकारी दिएका छन्।
सहकारी संस्थाले वित्तीय कारोबारलाई स्वस्थ, मर्यादित र सुरक्षित राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने भन्दै यस्ता घटनाले संस्थाको मात्र होइन, समग्र सहकारी आन्दोलनको नै बदनाम गराउने चेतावनी दिएको छ।

14/07/2025

नेकपा माओवादी केन्द्रका प्रदेश सल्लाहकार लक्ष्मी प्रसाद पौडेलसहित २१ जना रास्वपामा प्रवेश

मिक्लाजुङ, मोरङ — नेकपा माओवादी केन्द्र कोशी प्रदेशका सल्लाहकार सदस्य तथा मिक्लाजुङ गाउँपालिका–३ निवासी लक्ष्मी प्रसाद पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

आइतवार मिक्लाजुङमा आयोजित रास्वपाको हस्ताक्षर अभियान कार्यक्रममा सहभागी हुँदै उनले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। सो अवसरमा रास्वपा मिक्लाजुङका सभापति नन्द कुमार तामाङले पार्टीको झण्डा प्रदान गर्दै पौडेललाई स्वागत गरेका थिए।

पौडेलसहित विभिन्न राजनीतिक दल परित्याग गरेका २१ जना व्यक्तिहरूले पनि सोही कार्यक्रममा रास्वपामा सामूहिक प्रवेश गरेका छन्। उनीहरूले रास्वपाको विचार, नीति र कार्यशैलीप्रति विश्वास व्यक्त गर्दै सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

महत्वपूर्ण कागजात सहितको झोला हराएको सूचना   आज मिति २०८२ साल असार  २९ गते आइतबारको दिन करिब अपरान्न ५ बजेतिर मोरङ्ग मिक...
13/07/2025

महत्वपूर्ण कागजात सहितको झोला हराएको सूचना

आज मिति २०८२ साल असार २९ गते आइतबारको दिन करिब अपरान्न ५ बजेतिर मोरङ्ग मिकलाजंग को मधुमल्ला बजारबाट टाँडी जाने क्रममा मधुमल्ला र धोबेनीको बीचमा सुशिला पौडेल, हेमलाल पौडेल लगायतको नामको नेपाली नागरिकताको प्रमाणपत्र र सुशीला पौडेलको नामको जग्गा धनी प्रमाण पुर्जा,अन्य विवाह दर्ता, मृत्यु दर्ता लगायतको महत्वपूर्ण कागजात सहितको निलो रङको कागजको झोला झरेर हराइरहेको हुँदा देख्नु वा भेट्नु नै महानुभावले मोबायल न ९८५२६७०६३२ मा सम्पर्क गरी बुझाइदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

मोबाइल फोन हराएको सूचनामिति २०८२ असार २७ गते, शुक्रबार बेलुका करिब ५:३० बजे गोलाटारबाट मधुमल्ला स्थित वाड न –९ मनकामना ट...
11/07/2025

मोबाइल फोन हराएको सूचना
मिति २०८२ असार २७ गते, शुक्रबार बेलुका करिब ५:३० बजे गोलाटारबाट मधुमल्ला स्थित वाड न –९ मनकामना टोलतर्फ आउँदै गर्दा Samsung Galaxy A54 मोडेलको मोबाइल फोन हराएको छ।

उक्त मोबाइल कसैले फेला पार्नुभएको खण्डमा कृपया निम्न नम्बरमा सम्पर्क गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ:
संपर्क नम्बर: ९८२५३३३४२६
धनीको नाम: कोपिला गौतम

शुद्धयाई सुचनामाेरङ जिल्ला मिक्लाजुङ गा.पा. वडा नं. ९ असाेक चाेक निवसि सुर्य कुमारि खडगिकाे भाेलि असार २८ गते सनिबार   (...
11/07/2025

शुद्धयाई सुचना
माेरङ जिल्ला मिक्लाजुङ गा.पा. वडा नं. ९ असाेक चाेक निवसि सुर्य कुमारि खडगिकाे भाेलि असार २८ गते सनिबार (शुद्धाई) कार्यक्रम गरिने भएको हुँदा उपस्थित भइदिन हुन समस्थ छरछिमेकआफन्तजन,साथीभाइ
ईस्टमित्र,बन्धु वान्धव, मलामीजन सवैमा जानकारी गराईन्छ |
भदाहरू
अरूण अस्बिन खडगि मधुमल्ला ९ असाेक चाेक

सुनचाँदी व्यवसायीको आन्दोलनलाई नजरअन्दाज: सरकारको अभिव्यक्तिप्रति व्यवसायी आक्रोशितकिशाेर निराैला मधुमल्ला — आर्थिक वर्ष...
10/07/2025

सुनचाँदी व्यवसायीको आन्दोलनलाई नजरअन्दाज: सरकारको अभिव्यक्तिप्रति व्यवसायी आक्रोशित

किशाेर निराैला
मधुमल्ला — आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदी व्यवसायसम्बन्धी करका प्रावधानविरुद्ध आन्दोलनरत व्यवसायीहरूले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएका छन्। सरकारको विलासिता कर २ प्रतिशत र पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि असार १३ गतेदेखि नेपालभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित छन्।

नेपाल सुनचाँदी महासंघलगायत सम्पूर्ण व्यवसायी संघहरू व्यवसाय बन्द गरेर शान्तिपूर्ण आन्दोलनमा उत्रिरहेका छन्। तर अर्थमन्त्रीको "व्यवसायीको माग जायज छैन र छलफल गर्न सकिन्न" भन्ने भनाइप्रति व्यवसायीहरू आक्रोशित बनेका छन्।

"यो अभिव्यक्ति लोकतान्त्रिक प्रक्रियाको अपमान हो," व्यवसायीहरूले बताएका छन्, "राज्यसँग संवादको ढोका बन्द गर्नु तानाशाही प्रवृत्तिको संकेत हो।"

नेपालको सांस्कृतिक र सामाजिक जीवनशैलीमा सुनचाँदी गहनाको ऐतिहासिक महत्त्व रहेको भन्दै व्यवसायीहरूले परम्परागत गहनालाई विलासिता ठहर गर्नु गलत भएको जिकिर गरेका छन्। बुलाकी, ढुङ्ग्री, तिलहरी, फुली, चन्द्रमा, श्रीबन्दी लगायत परम्परागत गहनाहरू नेपाली पहिचानका प्रतीक हुन्, जसको प्रयोग बिवाह, पास्नी, छेवर, न्वारन लगायत संस्कारमा अनिवार्यजस्तै छ।

"के नाकमा १ लालको फुली लगाउनु विलासी व्यवहार हो?" आन्दोलनरत व्यवसायीहरूको प्रश्न छ, "के कानमा १ आनीको मुन्द्री लगाएर पहिचान र संस्कार जोगाउनु विलासिता हो त?"

व्यवसायीहरूले जनाएका छन् कि नेपालमा सुनको उत्खनन इतिहास नभएकाले परापूर्वकालदेखि नै भारत, तिब्बत, सिंगापुर, मलेशिया, लाहोर लगायत देशबाट व्यक्तिगत रूपमा सुन आयात हुँदै आएको छ। पूर्वका राजा-महाराजा, राणाहरूले समेत ठूलो परिमाणमा सुन भित्र्याएको इतिहास छ, जसको तथ्यांक सरकारसँग छैन।

"अब अर्थमन्त्रीको कथन अनुसार ती सबै गहना अवैध हुन्छन्," उनीहरूको जिकिर छ, "तर कर तिरेर व्यवसाय गर्न पाउनुपर्ने हाम्रो माग नै हो।"

महाभूकम्प, कोरोना महामारी, आर्थिक मन्दी र बैंकको चर्को ब्याजदरका कारण सयौं सुनचाँदी व्यवसायी पलायन भएका र केहीले आत्महत्या समेत गर्नुपरेको पृष्ठभूमिमा सरकारको हालको कठोर र संवेदनहीन रवैया पीडादायक भएको व्यवसायीहरूको भनाइ छ।

"छलफल गर्न सकिन्न भन्ने अर्थमन्त्रीको अभिव्यक्तिले हामी व्यवसायीहरूको मनमा गहिरो चोट पुर्याएको छ," उनीहरूले भने।

अब व्यवसायीहरूको माग छ — कम्तीमा सरोकारवाला महासंघहरूसँग प्रतिनिधिमूलक छलफलको वातावरण बनाइयोस्। कर उठाउने मात्र हैन, रोजगार सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ठोस नीति ल्याइयोस्।

"बर्षौं अर्बौं कर नतिर्नेहरूलाई छुट दिने सरकार हामी जस्ता करदातालाई किन दण्डित गर्दैछ?" भन्ने प्रश्न व्यवसायीहरूको छ। सुनको मूल्य अत्यधिक बढेसँगै बिक्री लगभग शून्य भएको र व्यवसाय धान्न मुस्किल परेको अवस्थामा राज्यले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको माग छ।

𝐖𝐞 𝐚𝐫𝐞 𝐡𝐢𝐫𝐢𝐧𝐠...........   𝐏𝐨𝐬𝐢𝐭𝐢𝐨𝐧:𝐑𝐞𝐜𝐞𝐩𝐭𝐢𝐨𝐧𝐢𝐬𝐭(𝐅𝐞𝐦𝐚𝐥𝐞)  𝐂𝐄𝐆 𝐩𝐯𝐭. 𝐋𝐭𝐝./𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐂𝐨𝐧𝐬𝐮𝐥𝐭𝐚𝐧𝐜𝐲   𝐒𝐚𝐥𝐚𝐫𝐲: 𝐍𝐞𝐠𝐨𝐭𝐢𝐚𝐛𝐥𝐞 𝐋𝐨𝐜...
10/07/2025

𝐖𝐞 𝐚𝐫𝐞 𝐡𝐢𝐫𝐢𝐧𝐠...........
𝐏𝐨𝐬𝐢𝐭𝐢𝐨𝐧:𝐑𝐞𝐜𝐞𝐩𝐭𝐢𝐨𝐧𝐢𝐬𝐭(𝐅𝐞𝐦𝐚𝐥𝐞)
𝐂𝐄𝐆 𝐩𝐯𝐭. 𝐋𝐭𝐝./𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐂𝐨𝐧𝐬𝐮𝐥𝐭𝐚𝐧𝐜𝐲
𝐒𝐚𝐥𝐚𝐫𝐲: 𝐍𝐞𝐠𝐨𝐭𝐢𝐚𝐛𝐥𝐞
𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧:𝐏𝐚𝐭𝐡𝐚𝐫𝐢 𝐂𝐡𝐨𝐰𝐤
𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭:𝟗𝟖𝟎𝟎𝟗𝟖𝟎𝟔𝟎𝟐/𝟗𝟖𝟓𝟐𝟎𝟎𝟒𝟎𝟑𝟎 𝐄𝐦𝐚𝐢𝐥:𝐜𝐞𝐠𝐩𝐚𝐭𝐡𝐚𝐫𝐢@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦
𝐜𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐨𝐫 𝐬𝐞𝐧𝐝 𝐲𝐨𝐮𝐫 𝐂𝐕 𝐚𝐭 𝐖𝐡𝐚𝐭𝐬𝐚𝐩𝐩 𝐚𝐛𝐨𝐯𝐞 𝐦𝐞𝐧𝐭𝐢𝐨𝐧𝐞𝐝 𝐧𝐮𝐦𝐛𝐞𝐫𝐬 𝐨𝐫 𝐦𝐚𝐢𝐥 𝐮𝐬.

उर्लाबारी नगरपालिकाद्वारा पत्रकार हरि कोइराला र जगन्नाथ भट्टराईलाई सम्मान हुने उर्लाबारी नगरपालिकाले सूचना, सञ्चार र पत्...
10/07/2025

उर्लाबारी नगरपालिकाद्वारा पत्रकार हरि कोइराला र जगन्नाथ भट्टराईलाई सम्मान हुने

उर्लाबारी नगरपालिकाले सूचना, सञ्चार र पत्रकारितामार्फत समाजमा सकारात्मक योगदान पुर्‍याउँदै आएका गोरखापत्रका पत्रकार हरि कोइराला र पुर्वज्योतिका सम्पादक जगन्नाथ भट्टराईलाई सम्मान गर्ने भएको छ।

नगरपालिकाको १४औं नगरसभा अधिवेशनको अवसरमा, उनीहरूलाई असार २७ गते सम्मान गर्ने कार्यक्रम तय गरिएको हो। यसबारे जानकारी दिँदै नगरपालिकाका प्रेस संयोजक मिलन के. राउतले भने, स्थानीय स्तरमा निष्ठाका साथ पत्रकारितामा सक्रिय व्यक्तित्वहरूको सम्मान गर्नु नगरपालिकाको कर्तव्य हो। समाजप्रतिको उनीहरूको योगदान प्रशंसनीय छ।

उर्लाबारीमा अज्ञात सवारी ठक्करबाट मोटरसाइकलमा सवार देवि निरौला गम्भीर घाइते मोरङको उर्लाबारीस्थित महेन्द्र राजमार्गअन्तर...
10/07/2025

उर्लाबारीमा अज्ञात सवारी ठक्करबाट मोटरसाइकलमा सवार देवि निरौला गम्भीर घाइते


मोरङको उर्लाबारीस्थित महेन्द्र राजमार्गअन्तर्गत भद्रमारी सडकखण्डमा बुधबार साँझ सवारीको ठक्करबाट एक पुरुष गम्भीर घाइते भएका छन्।

मधुमल्ला घर भई नेपाल विद्युत प्राधिकरण उर्लाबारी उपशाखामा कार्यरत करिव ४० वर्षीया देवि निरौला सवार को २०प ७६९० नम्बरको मोटरसाइकललाई साँझ करिब ७:३० बजे अज्ञात सवारीले ठक्कर दिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका निरौलाको हाल विराटनगरस्थित आर्य न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अस्पतालस्रोतअनुसार उनको अवस्था गम्भीर रहेको छ।

एक प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकललाई एक ट्याङ्करले ठक्कर दिई घटनास्थलबाट फरार भएको हो। यद्यपी घटनास्थलमा सीसीटीभी फुटेज नभएकाले ठक्कर दिने सवारीको पहिचान भने हालसम्म खुल्न सकेको छैन।

ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक रञ्जन बरालले सो घटनाको अनुसन्धान तीव्र गतिमा भइरहेको जानकारी दिएका छन्। फरार सवारीको पहिचान तथा खोजीका लागि प्रहरी सक्रिय रहेको उनले बताए।

यातायात कार्यलय धनकुटाका कार्यलय प्रमुख बाबुराम लुईंटेललाई सेवाग्राहीबाट घुस लिएको आरोप सहित  नेकपा (बहुमत ) धनकुटाले का...
10/07/2025

यातायात कार्यलय धनकुटाका कार्यलय प्रमुख बाबुराम लुईंटेललाई सेवाग्राहीबाट घुस लिएको आरोप सहित नेकपा (बहुमत ) धनकुटाले कालोमोसो दलेको छ । उनलाई सर्वसाधारणले पटकपटक ध्यानाकर्षण गराउदा समेत अटेर गरेपछि कालोमोसो दलिएको बुझिएको छ ।

आज गुरु पुर्णिमा
10/07/2025

आज गुरु पुर्णिमा

Address


Alerts

Be the first to know and let us send you an email when Nayanaya khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share