RADIO BARA 106.6 MHZ Kalaiya

RADIO BARA 106.6 MHZ Kalaiya तराई बासी को ढुक ढुकी रेडियो बारा हामी सबै को सहारा

बारा प्रहरीले फरार रहेका १३ जना प्रतिवादीलाई एकैदिनमा पक्राउ गर्‍यो  बारा । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न अपराधम...
29/06/2025

बारा प्रहरीले फरार रहेका १३ जना प्रतिवादीलाई एकैदिनमा पक्राउ गर्‍यो

बारा । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न अपराधमा फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्लाका फरक–फरक स्थानमा लुकिछिपी बसेका ती प्रतिवादीलाई शनिबार एकैदिनमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी बिजयराज पण्डितले जानकारी दिए।
पक्राउ परेकाहरू कर्तव्य ज्यान, जुगुवा, ठगी, अभद्र व्यवहार, सरकारी कागज किर्ते, गाँजा खेती, बैंकिङ कसूर, अप्राकृतिक मैथुन, ठगी तथा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ।
यात्रा डेली

डिएसपी पण्डितका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोली परिचालन गरी ती प्रतिवादीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र अदालतको आदेश अनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रहरीले फरार अभियुक्तहरूलाई खोजी गरी पक्रन अभियान जारी रहेको र सार्वजनिक सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको जानकारी दिएको छ।

एसइईको नतिजामा सुधार विद्यार्थी र शिक्षकको मेहनतले आएको होः प्रधानमन्त्री ओलीकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले म...
28/06/2025

एसइईको नतिजामा सुधार विद्यार्थी र शिक्षकको मेहनतले आएको होः प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा आएको सुधार विद्यार्थी र शिक्षकको मेहनतका कारणले सम्भव भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष अहिलेको तुलनामा अझ राम्रो नतिजा ल्याउनका लागि प्रयास गरिने समेत उल्लेख गर्नुभयो ।
एसइईको नतिजामा सुधार ल्याउन मेहनत गर्ने विद्यार्थी र शिक्षकलाई शुभकामना व्यक्त गर्दे उहाँले भन्नुभयो, “धेरै वर्षपछि एसइईको नतिजामा सुधार देखिनु खुसीको अवसर हो, ४८ प्रतिशतभन्दा कमको अवस्थाबाट ६१ दशमलव ८१ प्रतिशत सफल हुनु राम्रो हो ।”
प्रधानमन्त्री ओलीले यो नतिजामा पनि केहीले भने नकारात्मक टिप्पणी गरेको उल्लेख गर्दै यो नतिजा र मेहनतलाई अपमान नगर्न आग्रह गर्नुभयो । “केहीले अङ्क थपेर पास गराइयो भनेर हचुवाको भरमा बिना आधार बोलिरहेका छन्, मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान गर्ने र नयाँ पुस्ताको उत्साहलाई होच्याएको देख्दा दुःख लागेको छ”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्मा सरकारले प्राथमिकता राखेको समेत उल्लेख गर्दै उद्धार र राहतका लागि सरकारले तयारी गररहेको बताउनुभयो । “नेपाल प्राकृतिक प्रकोपले जोखिमयुक्त देश हो । मनसुनको समयमा कहाँ कति बेला क्षति पु¥याउन सक्छ आकलन गर्न सकिँदैन । यद्यपि हामीले राहत र उद्धारको पूर्व तयारी गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

मानव–बन्यजन्तु द्वन्द्वका कारण र समाधानका उपायहरूबारे गम्भीर जरुरी : बक्ताहरुजीतपुर । पछिल्लो समय तीव्र रूपमा देखापरेका ...
27/06/2025

मानव–बन्यजन्तु द्वन्द्वका कारण र समाधानका उपायहरूबारे गम्भीर जरुरी : बक्ताहरु

जीतपुर । पछिल्लो समय तीव्र रूपमा देखापरेका मानव–बन्यजन्तु द्वन्द्वका कारणहरू र त्यसका समाधानका उपायहरूबारे समेत कार्यक्रममा गम्भीर जरुरी रहेको बाराको सिमरामा आयोजित कार्यक्रममा छलफल गरिएको छ ।

बन तथा वातावरण मन्त्रालय मधेश प्रदेशको आयोजनामा सिमरामा बुधबार आयोजित बन तथा बन्यजन्तु व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम यस्तो छलफल गरिएको हो ।

कार्यक्रमका सहभागीहरूले बन्यजन्तु संरक्षण प्रयासमा स्थानीय तह,समुदाय,सरकारी निकाय तथा सरोकारवाला संस्थाबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए। मधेश प्रदेशभित्र रहेको बन तथा बन्यजन्तुको संरक्षण र उचित व्यवस्थापनमा सरोकारवालाहरूबीच साझा बुझाइ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बन तथा बन्यजन्तुको महत्व,सम्बन्ध,संरक्षण र व्यवस्थापनका विविध पक्षहरूमा विस्तृत छलफल गरिएको थियो। विशेषगरी बन्यजन्तुको बासस्थान संरक्षण र त्यसको प्रभावकारी व्यवस्थापन,बन तथा बन्यजन्तु संरक्षणसम्बन्धी विद्यमान ऐन,नियम,कानुन र प्रावधानहरूप्रति सहभागीहरूलाई जानकारी गराइएको थियो।
कार्यक्रमको अध्यक्षता बन तथा वातावरण मन्त्रालयकी प्रशासन तथा योजना शाखा प्रमुख अञ्जना कायस्थले गर्नु भएको थियो। उहाँले बन तथा बन्यजन्तुको दिगो व्यवस्थापनका लागि नीति, कानुन मात्र पर्याप्त नभई व्यवहारमा लागु हुने संयन्त्र मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका संयोजक भु–संरक्षण अधिकृत नवोनारायण मिश्रले कार्यक्रमको उद्देश्य र विषयवस्तु प्रस्तुत गर्दै सहभागीहरूबीच छलफल सञ्चालन गर्नुभएको थियो।कार्यक्रमबाट बन तथा बन्यजन्तु संरक्षण र व्यवस्थापनमा सकारात्मक सन्देश र साझा प्रतिवद्धता व्यक्त भएको आयोजकको भनाइ छ।
साथै, यस्ता कार्यक्रमले संरक्षण क्षेत्रमा सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा लिइएको छ । पर्सा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बन ब्यवस्थापनको साथसाथै बन्यजन्तुको संरक्षणमा जोड दिएका थिए ।
बन्यजन्तुको संरक्षणमा समुह,प्रदेश,संघ र अन्तराष्ट्रिय जगत सबै लाग्नुपर्नेमा जोड दिनुभयो । मानिस र बन्यजन्तु बीच द्धन्द हुँदा कहिले मानिस ज्यान गुमाउँनु परेको त कहिले बनजन्तुले ज्यान गुमाउँनु परिरहेका बताए ।उहाँले डिभिजन बन कार्यालहरुलाई बन संरक्षणको साथसाथै बन्यजन्तुको संरक्षणमा पनि ठोस कदम चाल्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा डिभिजन बन कार्यालयका बन अधिकृत संजय चौधरी र जेड.एस.एल.का प्रचण्ड महर्जनले बन तथा बन्य जन्तु संरक्षण सम्बन्धी प्रस्तुती प्रस्तुत गरेका थिए ।
रञ्जन यादव

चेक अनादर मुद्दाको फरार प्रतिवादी धनेश पक्राउकलैया : जिल्ला प्रहरी कार्यालय बाराले चेक अनादर मुद्दाका एक जना फरार प्रतिव...
27/06/2025

चेक अनादर मुद्दाको फरार प्रतिवादी धनेश पक्राउ

कलैया : जिल्ला प्रहरी कार्यालय बाराले चेक अनादर मुद्दाका एक जना फरार प्रतिवादीलाई कलैया उपमहानगरपालिका वडा नम्बर १५ बाट पक्राउ गरेको छ।

चेक अनादर मुद्दामा एक हजार रुपैयाँ अदालतले जरिवाना गरेका कलैया १५ का ३२ वर्षीय धनेश रामलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले खोज तलास गरी लुकिछिपि बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई आवश्यक कारवाहीको लागी बारा जिल्ला अदालत कलैयामा दाखिल गरेको पण्डितले जानकारी दिए।
साझेदारी दैनिक

कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरीदमा गरिएको भ्रष्टाचार
08/04/2025

कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरीदमा गरिएको भ्रष्टाचार

07/04/2025

भौगोलिक कठिनाइका कारण काठमाडौँ जान समस्या भएपछि विकट हिमाली जिल्ला हुम्लाका शिक्षकहरूले काठमाडौँमा जारी शिक्षक आन्दोलनलाई समर्थन गर्दै ५० हजार रुपैयाँ नगद सहयोग पठाउने भएका छन् ।

स्रोत :- शिक्षा

20/03/2025

ठाकुरराम क्याम्पसको ताजा मत परिणाम ।
सभापति पदका उम्मीदवार
राज कुमार यादव- ४२०
विकाश मण्डल -२६१
हरि किशोर यादव-२२१
कमलेश यादव- २०४
पवन यादव - १५०

19/03/2025

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको पहिलो नतिजा सार्वजनिक भएको छ ।

चारवटा मतगणना केन्द्रमा अहिलेसम्म २५२ सय मतपत्र गणना गरिएको छ । दुइ सय ५२ मत गन्दा सभापतिमा राजकुमार यादवले ६३ मत प्राप्त गरेका छन । उनी नेविसंघको बागी उम्मेदवार हुन ।

कूल खसेको मत मध्ये २५२ वटा मत गणना गर्दा अध्यक्षका उम्मेदवारहरूले निम्न मत प्राप्त गरेका छन् ।

राजकुमार यादव ६३
विकास मण्डल ४४
कमलेश कुमार यादव ३६
हरिकिशाेर यादव २९
पवन यादव २३
राजु गुप्ता १२
सागिर अलि १५
सुधांशु चौरसिया १

19/03/2025

भोलि देखि सुरु हुन गइरहेको
SEE परीक्षामा सहभागी हुने सम्पूर्ण परीक्षार्थीहरुलाई
सफलताको कामना

10/03/2025
09/03/2025

India win by 4 wickets
Champion Trophy 2025

साथी हामी भेट्नेछौँ कुनै दिन: रामराजा क्याम्पसको २०७३ बिबिएस ब्याचको बिद्यार्थीहरुले गेट टुगेदर कार्यक्रम गरेका छन्।बारा...
01/03/2025

साथी हामी भेट्नेछौँ कुनै दिन: रामराजा क्याम्पसको २०७३ बिबिएस ब्याचको बिद्यार्थीहरुले गेट टुगेदर कार्यक्रम गरेका छन्।

बाराको रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसको २०७३ सालको बिबिएस ब्याचका बिद्यार्थीहरुले कलैयाको बरेवा दरबार होटेलको सभा हालमा शुक्रबार सो कार्यक्रम गरेका हुन्। उनीहरुले एक कार्यक्रम बीच गेट टुगेदर कार्यक्रममा सामूहिक केक काटी मनाएका हुन्।

उक्त बिद्यार्थीहरु ८ वर्षपछि भेटघाट कार्यक्रमको आयोजना गरेका छन् । यति व्यस्त समयमा साथीहरूको लागि समय निकाल्नुपर्छ भन्ने उदाहरण ७३ को ब्याचले दिएको छ।

साथीहरु आफ्नो क्षेत्रमा सफलता हासिल गरेपछि एक पटक खुसी साटासाट गर्नलाई कार्यक्रमको आयोजना गरिएको नन्दनी उपाध्यायले बताएकी छिन् ।

अजय पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा दिपेन्द्र साह,सौरब पाण्डे,पवन कुशवाहा,पन्नालाल यादव,राज कपुर,रबिन्द्र शर्मा,अभिषेक पाण्डे,अजय पाण्डे,सबिता कुशवाहा,मनोरमा कुशवाहा,प्रतिभा साह,गिता यादव,रन्जु साह,लालु यादव,संजय पटेल,राजु साह र दिलिप कुशवाहाको सहभागिता रहेको थियोे ।

सो कार्यक्रममा स्वागत मन्तव्य बिकेशकुमार यादबको रहेको थियोे । कार्यक्रमको संचालन रामानन्द प्रसाद यादवले गरेका थिए।

Address

Kalaiya

Alerts

Be the first to know and let us send you an email when RADIO BARA 106.6 MHZ Kalaiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RADIO BARA 106.6 MHZ Kalaiya:

Share

Category