samacharbiz

samacharbiz News site

लेखनाथकि चेली यमुना कँडेल एनआरएनए अष्ट्रेलिया एसीटी राज्यका लागि एसएनएन सदस्य पदमा उम्मेदवारJuly 17,  2025क्यानबेरा, अष्...
17/07/2025

लेखनाथकि चेली यमुना कँडेल एनआरएनए अष्ट्रेलिया एसीटी राज्यका लागि एसएनएन सदस्य पदमा उम्मेदवार
July 17, 2025

क्यानबेरा, अष्ट्रेलिया | १४ जुलाई २०२५ — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया, ACT राज्यका लागि समाजसेवी तथा लेखनाथ बागमारा निवासी यमुना कँडेलले सामाजिक न्याय तथा महिला सञ्जाल (SNN) सदस्य पद (कार्यकाल २०२५–२०२७) मा उम्मेदवारी घोषणा गरेकी छिन्।

“म यमुना कँडेल, NRNA अष्ट्रेलिया ACT SNN सदस्य पदको लागि उम्मेदवार बनेकी छु,” भन्दै उनले महिला सशक्तिकरण र समुदाय सेवाप्रतिको आफ्नो अठोट प्रस्तुत गरेकी हुन्।

उनी भन्छिन्, “हामी SNN का सदस्यहरूका रूपमा ACT को नारी निकुञ्जलाई अझ सक्रिय, समावेशी र सहयोगी बनाउने प्रतिबद्धता गर्छौं — यो स्थान केवल महिलाहरूका लागि मात्र होइन, कठिन परिस्थितिमा परेका वा सहारा खोजिरहेका सबैका लागि हुनुपर्छ।”

उनको दृष्टिकोण स्पष्ट छ — समुदायभित्र सबैको सहभागिता, सुरक्षाको अनुभूति र स्वतन्त्र अभिव्यक्तिको सुनिश्चितता:

“हामी सबै मिलेर सुरक्षित र समावेशी समुदाय निर्माण गरौं, जहाँ प्रत्येक व्यक्तिले बिना झिझक आफ्नो समस्या र विचारधाराहरू स्वतन्त्र रूपमा अभिव्यक्त गर्न सकून्।”

NRNA ACT राज्यको निर्वाचन २६ जुलाई २०२५ मा हुने तय भएको छ। कँडेलले महिला सशक्तिकरण र समाज सुधारतर्फ कार्य गर्न इच्छुक नेपाली समुदायका सदस्यहरूबाट समर्थनको अपील गरेकी छन्।

13/07/2025

पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम पश्चात

11/07/2025

Diamond Secondary school announces admission open.

अष्ट्रेलियामा एकता अधिवेशन गराउने जिम्मा थापालाईअष्ट्रेलियामा हाल काम गरिरहेको अनिल पोखरेल नेतृत्वको एनआरएनएले आगामी जुल...
10/07/2025

अष्ट्रेलियामा एकता अधिवेशन गराउने जिम्मा थापालाई
अष्ट्रेलियामा हाल काम गरिरहेको अनिल पोखरेल नेतृत्वको एनआरएनएले आगामी जुलाई २६ मा निर्वाचन घोषणा गरेको छ । १५ हजार बढी सदस्यता विवतरण भएर, अभियन्ता डिल्ली ढकालको नेतृत्वमा निर्वाचन समिति समेत गठन भएको छ ।
तर, महेश श्रेष्ठ नेतृत्वको एनआरएनए अभियन्ताहरुले भने सहकार्य गरेर जान आग्रह गरिरहेका छन् । यसैविच विवेक थापा नेतृत्वको अधिवेशन समिति घोषणा भएको हो ।
आफुलाई आएको निर्देशनबारे विज्ञप्ती जारी गर्दै थापाले एनआरएनएका वर्तमान तथा पुर्व जिम्मेवार नेतृत्व तथा समुदायका सबै तह र तप्काका साथीहरुसँग छलफल र सहमतीपछि समितीलाई पुर्णता दिइने बताएका छन् ।

एनआरएन क्यानडामा सन्तोष दाहालको उम्मेदवारीक्यालगरी, क्यानडा – जुन २०२५नेपाली डायस्पोरा समुदायमा लामो समयदेखि सेवाभाव, सम...
08/07/2025

एनआरएन क्यानडामा सन्तोष दाहालको उम्मेदवारी

क्यालगरी, क्यानडा – जुन २०२५
नेपाली डायस्पोरा समुदायमा लामो समयदेखि सेवाभाव, समर्पण र सशक्त नेतृत्वको परिचय दिँदै आउनुभएका समाजसेवी, शिक्षाविद् तथा उद्यमी सन्तोष दाहालले गैरआवासीय नेपाली संघ (NRN Canada) को आगामी २०२५–२०२७ कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष (Senior Vice President) पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्नुभएको छ।

उहाँको उम्मेदवारीले क्यानाडा भरिका नेपाली समुदायमा नयाँ आशा, सहकार्य र अग्रगमनको भावनालाई बलियो बनाएको छ। नेतृत्वको यो यात्रालाई उहाँ “पदको होइन, सेवाको जिम्मेवारी” भन्नुहुन्छ।

📚 शैक्षिक पृष्ठभूमिबाट नेतृत्वको यात्रा

सन्तोष दाहालले नेपालको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्मकन्या बहुमुखी क्याम्पसमा एसीसटेन्ट प्रोफेसरका रूपमा अध्यापन गर्नुभएको थियो। साथै उहाँ सिपिएस (Central Department of Population Studies) तथा सीआरटी (Center for Research and Training) मा अनुसन्धान र तालिमको क्षेत्रमा क्रियाशील रहनुभएको थियो।
उहाँको शैक्षिक पृष्ठभूमिले उहाँको सोचमा स्पष्टता, नीतिगत दृष्टिकोण र सामुदायिक हितको गहिरो बोध स्थापित गरेको छ।

🌎 क्यानाडामा उद्यमशीलता र समुदायप्रति समर्पण

क्यानाडा आगमनपछि पनि दाहालले आफ्नो नेतृत्व क्षमतालाई सामाजिक र आर्थिक क्षेत्रमा निरन्तर प्रयोग गर्नुभएको छ। उहाँले युवा नेतृत्व विकास, वित्तीय सशक्तिकरण, बीमा र सम्पत्ति व्यवस्थापनजस्ता क्षेत्रमा उल्लेखनीय काम गर्दै आउनुभएको छ।

हाल उहाँ एसोसिएसन अफ नेपालीज इन द अमेरिकाज (ANA) का उपाध्यक्ष हुनुहुन्छ। साथै, नेपाल सरकारद्वारा नियुक्त क्यानाडाका लागि पर्यटन प्रवर्द्धन दूतको रूपमा कार्यरत रहँदै, उहाँले नेपाल–क्यानाडाबीच सांस्कृतिक, आर्थिक तथा मानवीय सम्बन्ध सुदृढ गर्न निरन्तर लागिरहनुभएको छ।

🗣️ स्पष्ट दृष्टिकोणसहितको नेतृत्व

“नेतृत्व भनेको केवल संस्थागत उपस्थिति होइन,” उहाँ भन्नुहुन्छ, “यो हाम्रो साझा भविष्य निर्माण गर्ने माध्यम हो। NRN क्यानडा अब केवल निर्वाचित पद होइन, साझा सपनाको संरचना हो। हामीले राजनीति होइन, सम्भावना र पहिचानको आन्दोलन निर्माण गर्नुपर्छ।”

दाहालको उम्मेदवारी समावेशी सोच, पारदर्शिता र परिणाममुखी नेतृत्वमा आधारित रहेको छ। महिला, युवा, व्यवसायिक वर्ग र सामान्य सदस्यबीच सहभागिता र भरोसा कायम गराउन उहाँले विशेष प्राथमिकता दिनुभएको छ।

🗳️ निर्वाचन जुलाई २०२५ मा, प्रत्यासी दाहाल अग्रपंक्तिमा

NRN क्यानडाको निर्वाचन सन् २०२५ जुलाई महिनामा तय भएको छ। विगतको योगदान, समर्पण र नेतृत्व क्षमताका आधारमा सन्तोष दाहाललाई यो पदका लागि एक सशक्त, अनुभवी र दूरदर्शी उम्मेदवारका रूपमा हेरिएको छ।

“हामी अब भविष्यका पुस्ताका लागि सोच्नुपर्छ,” उहाँ जोड दिनुहुन्छ, “NRN क्यानडा हाम्रा सन्तानका लागि अवसर र पहिचानको मञ्च हुनुपर्छ — कुनै राजनीतिक जमघटको केन्द्र होइन।”

🖋 सम्पर्क
Santosh Dahal
Candidate – Senior Vice President
NRN Canada 2025–2027
📍 Calgary, Alberta, Canada

एनआरएन क्यानडामा सन्तोष दाहालको उम्मेदवारीक्यालगरी, क्यानडा – जुन २०२५नेपाली डायस्पोरा समुदायमा लामो समयदेखि सेवाभाव, सम...
08/07/2025

एनआरएन क्यानडामा सन्तोष दाहालको उम्मेदवारी

क्यालगरी, क्यानडा – जुन २०२५
नेपाली डायस्पोरा समुदायमा लामो समयदेखि सेवाभाव, समर्पण र सशक्त नेतृत्वको परिचय दिँदै आउनुभएका समाजसेवी, शिक्षाविद् तथा उद्यमी सन्तोष दाहालले गैरआवासीय नेपाली संघ (NRN Canada) को आगामी २०२५–२०२७ कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष (Senior Vice President) पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्नुभएको छ।

उहाँको उम्मेदवारीले क्यानाडा भरिका नेपाली समुदायमा नयाँ आशा, सहकार्य र अग्रगमनको भावनालाई बलियो बनाएको छ। नेतृत्वको यो यात्रालाई उहाँ “पदको होइन, सेवाको जिम्मेवारी” भन्नुहुन्छ।

📚 शैक्षिक पृष्ठभूमिबाट नेतृत्वको यात्रा

सन्तोष दाहालले नेपालको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्मकन्या बहुमुखी क्याम्पसमा एसोसिएट प्रोफेसरका रूपमा अध्यापन गर्नुभएको थियो। साथै उहाँ सिपिएस (Central Department of Population Studies) तथा सीआरटी (Center for Research and Training) मा अनुसन्धान र तालिमको क्षेत्रमा क्रियाशील रहनुभएको थियो।
उहाँको शैक्षिक पृष्ठभूमिले उहाँको सोचमा स्पष्टता, नीतिगत दृष्टिकोण र सामुदायिक हितको गहिरो बोध स्थापित गरेको छ।

🌎 क्यानाडामा उद्यमशीलता र समुदायप्रति समर्पण

क्यानाडा आगमनपछि पनि दाहालले आफ्नो नेतृत्व क्षमतालाई सामाजिक र आर्थिक क्षेत्रमा निरन्तर प्रयोग गर्नुभएको छ। उहाँले युवा नेतृत्व विकास, वित्तीय सशक्तिकरण, बीमा र सम्पत्ति व्यवस्थापनजस्ता क्षेत्रमा उल्लेखनीय काम गर्दै आउनुभएको छ।

हाल उहाँ एसोसिएसन अफ नेपालीज इन द अमेरिकाज (ANA) का उपाध्यक्ष हुनुहुन्छ। साथै, नेपाल सरकारद्वारा नियुक्त क्यानाडाका लागि पर्यटन प्रवर्द्धन दूतको रूपमा कार्यरत रहँदै, उहाँले नेपाल–क्यानाडाबीच सांस्कृतिक, आर्थिक तथा मानवीय सम्बन्ध सुदृढ गर्न निरन्तर लागिरहनुभएको छ।

🗣️ स्पष्ट दृष्टिकोणसहितको नेतृत्व

“नेतृत्व भनेको केवल संस्थागत उपस्थिति होइन,” उहाँ भन्नुहुन्छ, “यो हाम्रो साझा भविष्य निर्माण गर्ने माध्यम हो। NRN क्यानडा अब केवल निर्वाचित पद होइन, साझा सपनाको संरचना हो। हामीले राजनीति होइन, सम्भावना र पहिचानको आन्दोलन निर्माण गर्नुपर्छ।”

दाहालको उम्मेदवारी समावेशी सोच, पारदर्शिता र परिणाममुखी नेतृत्वमा आधारित रहेको छ। महिला, युवा, व्यवसायिक वर्ग र सामान्य सदस्यबीच सहभागिता र भरोसा कायम गराउन उहाँले विशेष प्राथमिकता दिनुभएको छ।

🗳️ निर्वाचन जुलाई २०२५ मा, प्रत्यासी दाहाल अग्रपंक्तिमा

NRN क्यानडाको निर्वाचन सन् २०२५ जुलाई महिनामा तय भएको छ। विगतको योगदान, समर्पण र नेतृत्व क्षमताका आधारमा सन्तोष दाहाललाई यो पदका लागि एक सशक्त, अनुभवी र दूरदर्शी उम्मेदवारका रूपमा हेरिएको छ।

“हामी अब भविष्यका पुस्ताका लागि सोच्नुपर्छ,” उहाँ जोड दिनुहुन्छ, “NRN क्यानडा हाम्रा सन्तानका लागि अवसर र पहिचानको मञ्च हुनुपर्छ — कुनै राजनीतिक जमघटको केन्द्र होइन।”

🖋 सम्पर्क
Santosh Dahal
Candidate – Senior Vice President
NRN Canada 2025–2027
📍 Calgary, Alberta, Canada

बेगनासको आनन्द ज्योति मा.बि. बाट एसईई परीक्षामा सहभागी सत प्रतिशत विद्यार्थी उत्तिर्ण कृष्ण आचार्य पोखरा, १५ असार । बेगन...
29/06/2025

बेगनासको आनन्द ज्योति मा.बि. बाट एसईई परीक्षामा सहभागी सत प्रतिशत विद्यार्थी उत्तिर्ण

कृष्ण आचार्य
पोखरा, १५ असार ।

बेगनासमा अवस्थित श्री आनन्द ज्योति माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी सत प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । पोखरा ३१ बेगनासमा रहेको सामुदायिक विद्यालय श्री आनन्द ज्योती मा.बि. बाट राष्ट्रिय परीक्षा बोर्डद्वारा लिईएको एसईई (SEE) परिक्षा २०८१ मा सहभागी भएका सत प्रतिशत विद्यार्थी उत्तिर्ण भएपछि विद्यालयले नयाँ इतिहास रच्न सफल भएको छ ।

यस विद्यालयबाट शैक्षिक बर्ष २०८१ को एसईई परिक्षमा सहभागी भएका नियमित तर्फका १६ जना र ग्रेड वृद्धि तर्फका १ जना विद्यार्थी राम्रो जीपिए सहित उत्तिर्ण भएपछि विद्यालयले नयाँ इतिहास रचेको प्रधानध्यापक शिबराज अधिकारीले बताए ।

जसमध्ये ३.६ देखि ४.० जिपिए अर्थात A+ ल्याउने ५ जना, ३.२ देखि ३.६ जिपिए अर्थात A ल्याउने ८ जना र २.८ देखि ३.२ जिपिए अर्थात B+ ल्याउने ३ जना विद्यार्थी सहित १६ जना र एक जना ग्रेड वृद्धिमा सहभागी विद्यार्थी पनि राम्रो ग्रेडका साथ उत्तीर्ण भएको प्रधानाध्यापक अधिकारीले जानकारी दिए ।

राम्रो नतिजा सहित सत प्रतिशत बिद्यार्थी उत्तिर्ण भएर नयाँ इतिहास रच्न सफल भएकोमा खुसी व्यक्त गर्दै बिद्यालयले सम्पूर्ण विद्यार्थीहरू, शिक्षक एवं कर्मचारीहरू, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरु, शिक्षक अभिभावक संघका पदाधिकारी एवं सदस्यहरु, भू.पू विद्यार्थी मञ्च परिवार, अभिभावक तथा शुभचिन्तकहरुका साथै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैमा कृतज्ञता प्रकट गरेको छ ।

यो नतिजाले सामुदायिक र संस्थागत विद्यालय विचमा जनमानसमा रहेको अविश्वासको खाडललाइ पुर्न महत्वपूर्ण भूमिका खेल्ने विद्यालयले विश्वास ब्यक्त गरेको छ । यो नतिजा विद्यालयको मात्र नभई समग्र बेगनास र यस विद्यालयमा अध्ययन गरेका भू.पू. विद्यार्थीहरू एवं सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि पनि गर्वको विषय बनेको विद्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स...
28/06/2025

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिस्ट कक्षमा सलामी र बिदाइ लिँदै । तस्बिर: प्रधानमन्त्रीको सचिवालय

तनहुँको शुक्लागण्डकी नगरपालिका-९ बाजस्थलामा रहेको प्रसिद्द ढोरवारही मन्दिर ।❤️🙏
18/06/2025

तनहुँको शुक्लागण्डकी नगरपालिका-९ बाजस्थलामा रहेको प्रसिद्द ढोरवारही मन्दिर ।❤️🙏

18/06/2025
पोखरामा 'Urban Planning: Tools and Techniques' विषयक ४ दिवसीय तालिम सम्पन्नपोखरा, गण्डकी — नगर विकास कोषको सहयोगमा तथा न...
15/06/2025

पोखरामा 'Urban Planning: Tools and Techniques' विषयक ४ दिवसीय तालिम सम्पन्न

पोखरा, गण्डकी — नगर विकास कोषको सहयोगमा तथा नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको समन्वयमा आयोजित ‘Urban Planning: Tools and Techniques’ विषयक चार दिवसीय तालिम पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ।

तालिमको समापन समारोह नेपाल इन्जिनियर्स एसोसिएसन केन्द्रीय समितिका उपसभापति इन्जिनियर प्रकाश केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा गण्डकी प्रदेश अध्यक्ष इन्जिनियर सन्तोष जिसीले अध्यक्षता गर्नुभएको थियो भने विशेष अतिथिका रूपमा केन्द्रीय कोषाध्यक्ष सुमन थापा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूको रूपमा केन्द्रीय सदस्यहरू इन्जिनियर प्रभुराम पोखरेल, अवित केसी, एमेन्द्र गुरुङ, पूर्व गण्डकी प्रदेश अध्यक्षहरू रमेश बास्तोला र विजेन्द्र केसी, पूर्व केन्द्रीय सदस्य रविन्द्रलाल मूल, नेपाल भ्यालुएस एसोसिएसन कास्कीका सचिव हरि अधिकारी, नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशका उपसभापति इन्जिनियर विशाल थापा, प्रदेश कोषाध्यक्ष विश्वास आचार्य तथा सदस्यहरू इन्जिनियर महेन्द्र पौडेल, इन्जिनियर मनोज गिरी, इन्जिनियर संजयराज तिम्सिना, इन्जिनियर रोचक क्षेत्री, र इन्जिनियर सक्षम अधिकारीको उपस्थिति रहेको थियो।

जेठ २८ देखि ३१ गतेसम्म सञ्चालन भएको तालिममा ४० जना भन्दा बढी सहभागीहरूले प्रत्यक्ष रूपमा लाभ लिएका थिए। सहभागी सन्देश पराजुली र प्रतीक्षा पाठकले तालिम अनुभव साझा गर्दै शहरी योजना तथा बस्ती विकासका विषयमा व्यवहारिक र ज्ञानवर्धक प्रशिक्षण पाएको उल्लेख गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति विशाल थापा र सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका अध्यक्ष विजेन्द्र केसीले नेपाल इन्जिनियर्स एसोसिएसनले इन्जिनियरहरूको हकहितका लागि गर्दै आएको विविध क्रियाकलापबारे प्रकाश पार्नुभयो।

त्यस्तै, प्रमुख अतिथि इन्जिनियर प्रकाश केसीले सहरीकरणको सन्दर्भमा व्यवस्थित बस्ती विकास, प्रविधिको प्रभावकारी उपयोग र नीति निर्माणमा इन्जिनियरहरूको भूमिकाबारे महत्वपूर्ण विचार राख्नुभयो। उहाँले हालै नेपाल इन्जिनियर्स एसोसिएसनले नेपाल इन्भेष्टमेन्ट बैंकसँग गरिएको बिना धितो १५ लाख रुपैयाँसम्मको ऋण सुविधा तथा मेडिसिटी अस्पतालसँग गरिएको सहकार्यबारे समेत सहभागीहरूलाई जानकारी गराउनुभयो।

कार्यक्रमका अध्यक्ष सन्तोष जिसीले गण्डकी प्रदेशमा नियमित रूपमा तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी गराउँदै आउँदो साउन ३ गते मनाइने 'नेपाल इन्जिनियर दिवस'को अवसरमा एक हप्ते विशेष कार्यक्रम आयोजना गरिने घोषणा गर्नुभयो।

कार्यक्रमको सञ्चालन इन्जिनियर निरोज लामिछानेले गर्नुभएको थियो।

लेखनाथ उद्योग वाणिज्य संघद्वारा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्नकविराज खनाललेखनाथ, ३० जेठ।लेखनाथ उद्योग वाणिज्य स...
13/06/2025

लेखनाथ उद्योग वाणिज्य संघद्वारा स्वागत तथा
परिचयात्मक कार्यक्रम सम्पन्न
कविराज खनाल
लेखनाथ, ३० जेठ।
लेखनाथ उद्योग वाणिज्य संघद्वारा संघको सभाहलमा शुक्रवार एक स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा नेपाल प्रदेश राजमार्ग सुरक्षा व्यवस्थापन कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापालाई विशेष सम्मान गरिएको थियो ।
संघका अध्यक्ष विनोद श्रेष्ठले स्वागत मन्तव्य दिँदै समाजमा कानुन र सुरक्षा व्यवस्थाको पालना सबै नागरिकको साझा दायित्व भएको उल्लेख गरे । उनले ट्राफिक सुरक्षाको सुदृढीकरणका लागि प्रहरी प्रशासन र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।
प्रमुख अतिथि प्रहरी उपरीक्षक दानबहादुर थापाले राजमार्ग सुरक्षा र ट्राफिक व्यवस्थापनमा समुदायको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरे । उनले भने, “राजमार्ग दुर्घटना न्यूनीकरण गर्न प्रहरीको मात्रै प्रयास पर्याप्त हुँदैन । नागरिक, व्यवसायी, चालक र सम्पूर्ण समुदायको साझा जिम्मेवारी र सचेत सहभागिता अत्यावश्यक छ ।” थापाले प्रहरी प्रशासन जनमैत्री बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरूले सरोकारवालाबीचको समन्वय र विश्वास सुदृढ गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागी सदस्यहरूले राजमार्ग सुरक्षा, ट्राफिक व्यवस्थापन तथा ब्यवसायी क्षेत्रसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए । प्रमुख अतिथि थापाले सो अवसरमा सहभागीहरूको प्रश्नको जवाफ दिँदै ट्राफिक दुर्घटनामा कमी ल्याउन प्रहरी प्रशासनको पहल र नागरिक सहयोग दुवै महत्वपूर्ण हुने बताए ।
कार्यक्रमको सञ्चालन संघकी महासचिव जानुका पराजुलीले गरेकी थिइन् भने, स्वागत मन्तव्य संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले प्रस्तुत गरे । अन्त्यमा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरे।
कार्यक्रममा संघका पदाधिकारी, सदस्य, व्यवसायी तथा सुरक्षाकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Address


Alerts

Be the first to know and let us send you an email when samacharbiz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share