Satya Aastha khabar

Satya Aastha khabar "Your Trusted Media Partner"

We are an officially registered news media from Birgunj,(Parsa), Nepal under the name of Satya Aastha Khabar Pvt. Ltd.
(1)

Department Of Information Reg. No 1655/076/77
Press Council Reg. No
1939/076/09/06

हमासले दिएको श*वको डिएनए परीक्षण गर्दा बिपिन जोशीकै भएको पुष्टि भएको छ । इजरायली सेनाका अनुसार बिपिनलाई लगेको पहिलो महिन...
14/10/2025

हमासले दिएको श*वको डिएनए परीक्षण गर्दा बिपिन जोशीकै भएको पुष्टि भएको छ । इजरायली सेनाका अनुसार बिपिनलाई लगेको पहिलो महिनामै ह*त्या गरिएको हुन सक्ने अनुमान गरिएको छ ।

जेन-जी विद्रोहपछि पहिलो पटक देउवा दम्पती सार्वजनिक, पुगे सानेपा
14/10/2025

जेन-जी विद्रोहपछि पहिलो पटक देउवा दम्पती सार्वजनिक, पुगे सानेपा

जेन-जी आन्दोलन पश्चात् पहिलो पटक बाहिर आउँदै देउवाभदौ २३ र २४ को आन्दोलनपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पहि...
14/10/2025

जेन-जी आन्दोलन पश्चात् पहिलो पटक बाहिर आउँदै देउवा

भदौ २३ र २४ को आन्दोलनपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पहिलो पटक पार्टी कार्यालय पुग्दै छन् ।

मङ्गलवार बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुन देउवा सानेपा जान लागेका हुन् । देउवा उपस्थित हुने भएपछि काँग्रेस पार्टी कार्यालय सानेपामा सुरक्षा व्यवस्था कडा गरिएको छ ।

पार्टी कार्यालयमा सभापति देउवाबाहेकको गाडीलाई प्रवेश नदिन उपसभापति पूर्णबहादुर खड्काले निर्देशन दिएका छन् । देउवा एक छिन बैठकमा उपस्थित भएर केही बेरमा निस्किने तयारी रहेको स्रोतले बतायो । ‘अहिलेसम्म देउवा बैठकमा उपस्थित हुने भन्ने नै छ, केही बेर बसेर जाने बुझेका छौँ,’ एक पदाधिकारीले भने । भदौ २४ गतेको आन्दोलनमा देउवामाथि घरमै आक्रमण भएको थियो । घाइते देउवालाई १४ ठाउँमा टाँका लगाउनु परेको थियो ।

यसअघि स्वास्थ्यका कारण भन्दै पदाधिकारी बैठकमा देउवा उपस्थित भएका थिएनन् ।

कतारसँग को खेलमा हिजो सन्दिप लामिछानेले लिएको ५ विकेट उनको करियरको दोस्रो ५ विकेट थियो योसँगै उनी अन्तराष्ट्रिय क्रिकेटम...
14/10/2025

कतारसँग को खेलमा हिजो सन्दिप लामिछानेले लिएको ५ विकेट उनको करियरको दोस्रो ५ विकेट थियो योसँगै उनी अन्तराष्ट्रिय क्रिकेटमा आफ्नो २५० विकेट पुरा गरेका छन्।

नेपाली सेनाको विभिन्न १९ तालिम केन्द्र तथा युनिटहरूबाट सैन्य आधार तालिम सम्पन्न गरी २ हजार ४५१ जना सैन्यहरु हिजो दिक्षित...
14/10/2025

नेपाली सेनाको विभिन्न १९ तालिम केन्द्र तथा युनिटहरूबाट सैन्य आधार तालिम सम्पन्न गरी २ हजार ४५१ जना सैन्यहरु हिजो दिक्षित भएका छन्।

विपिनको शव इजरायली सेनाको अस्पतालमा, डीएनए परीक्षणपछि परिवारलाई बुझाइनेइजरायली युद्धको क्रममा हमासको कब्जामै मृत्यु भएका...
14/10/2025

विपिनको शव इजरायली सेनाको अस्पतालमा, डीएनए परीक्षणपछि परिवारलाई बुझाइने

इजरायली युद्धको क्रममा हमासको कब्जामै मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायली सेनाको अस्पतालमा पुर्याइएको छ । इजरायलको राजधानी तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा शव लगिएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले पुष्टि गरेका छन् । उनका अनुसार शवको डीएनए परीक्षणको तयारी भइरहेको छ ।

डीएनए परीक्षण पछि विपिनकी आमा पद्मा र बहिनी पुष्पालाई शव हस्तान्तरणको तयारी गरिएको छ । सन् २०२३ को अक्टुबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्ने क्रममा विपिन अपहरणमा परेका थिए ।

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायरसर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध रिट दायर भएका छन् । मंगलबार बिहान ११ बजे...
14/10/2025

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध रिट दायर भएका छन् । मंगलबार बिहान ११ बजेसम्म ५ वटा रिट दायर भएका हुन् ।

प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै बदर हुनुपर्ने माग राखेका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले आज विश्वासको मत लिंदै
14/10/2025

मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले आज विश्वासको मत लिंदै

एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाम...
14/10/2025

एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

वीरगञ्जबाट २ किलो सुन र १० किलो चाँदी बरामद विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घर...
14/10/2025

वीरगञ्जबाट २ किलो सुन र १० किलो चाँदी बरामद

विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरमा अवैध रूपमा भन्सार छली गरेको दुई हजार २५४ ग्राम सुन र दस हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जानकारी दिए।

सशस्त्र प्रहरीले सुनजस्तो देखिने थप पाँच सय ५९.१० ग्राम र चाँदीजस्तो देखिने पाँच सय ५० ग्राम पनि बरामद गरेको जनाएको छ। त्यसैगरी सोही गोदामबाट एक लाख नौ हजार नेपाली रुपैयाँ र भारु ४१ हजार ६० पनि बरामद गरेको छ।
राजस्व चुहावटको सूचनाका आधारमा सो सुनचाँदी बरामद भएकाले पनि आवश्यक कागजात हेरेर मुद्दा चलाइने उनको भनाइ छ।

“६ महिना देखि तलब नपाएका शिक्षक र बालविकास कर्मचारी आक्रोशित — चन्द्रपुरमा सामूहिक भेला, मागपत्र बुझाउँदै कडा चेतावनी!”आ...
13/10/2025

“६ महिना देखि तलब नपाएका शिक्षक र बालविकास कर्मचारी आक्रोशित — चन्द्रपुरमा सामूहिक भेला, मागपत्र बुझाउँदै कडा चेतावनी!”
आज साँझ ५ बजे चन्द्रपुर नगरपालिकामा अवस्थित ४७ मध्ये ३५ वटा आधारभूत विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको संयुक्त भेला सम्पन्न भयो।
उक्त भेलाको अध्यक्षता चन्द्रपुरमा हालै गठन गरिएको बौद्धिक शिक्षक समूहका संयोजक तथा जनता आधारभूत विद्यालयका प्रमुख श्री ध्रुव सिग्देलले गर्नुभएको थियो।

भेलामा सहभागी शिक्षकहरूले नगर प्रमुख प्रशासकीय अधिकृत श्री श्रवण कुमार साह, शिक्षा शाखा प्रमुख श्री दिपेन्द्र कुमार मण्डल, र शिक्षा शाखा अधिकृत श्री जुना तिमल्सिनालाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधानको माग गरेका छन्।

ज्ञापनपत्रमा उठाइएका मुख्य मागहरू यसप्रकार छन् —

1.६ महिनादेखि रोकिएको बाल विकास कर्मचारीहरूको बाँकी तलब तुरुन्त भुक्तानी,
2.कार्यालय सहयोगीहरूको ६ महिन देखिको छुट तलब भुक्तानी,
3.स्वयंसेवक शिक्षक सम्बन्धी अन्यौलता हटाउँदै,९ महिनादेखि रोकिएको बाकी तलब अबिलम्ब भुक्तानी गर्न जोडदार माग।

शिक्षकहरूले मागपत्रमार्फत स्पष्ट चेतावनी दिएका छन् —
👉 “अब पनि सुनुवाइ नभए कडा आन्दोलनको बाटो लिन बाध्य हुनेछौं।”

यो भेला चन्द्रपुरका शिक्षकहरूको एकता, असन्तोष र अधिकारका लागि उठेको सशक्त आवाज बनेको छ।

📍 स्थान: चन्द्रपुर नगरपालिका, रौतहट
🕔 समय: आज साँझ ५ बजे

पर्सा जिल्लाको पर्सा पर्सागढी नगरपालिका वडा नम्बर पाँच का वडा अध्यक्षमाथि जान मार्ने उद्योग मुद्दा दर्ता भएको छ । वडा अध...
13/10/2025

पर्सा जिल्लाको पर्सा पर्सागढी नगरपालिका वडा नम्बर पाँच का वडा अध्यक्षमाथि जान मार्ने उद्योग मुद्दा दर्ता भएको छ । वडा अध्यक्ष सहित पाँच जनलाई पक्राउ पुर्जी जारी पनि भएको जनाइएको छ, वडा अध्यक्ष नितेश मिश्रा र त्यहि ब्यक्ति भने चुनु मिश्रा रहेको बताइएको छ ।
हालको समयमा वडा अध्यक्ष फरार रहेका छन् " र प्रहरीको खोजी कार्य जारी रहेको जनाइएको छ ।

Address

Shreepur
Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Satya Aastha khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Satya Aastha khabar:

Share