Anmol Time

Anmol Time निडर भएर समाचार समप्रशन गर्ने ।

मृतक आरति शाहको मुदालाई प्रहरी द्ररा ढाकछोप जनकपुरमा हालसालै घटेको घटना हो बिहे गरेको करिब डेढ बर्ष नपुग्दै आफ्नै श्रीमा...
23/06/2023

मृतक आरति शाहको मुदालाई प्रहरी द्ररा ढाकछोप
जनकपुरमा हालसालै घटेको घटना हो बिहे गरेको करिब डेढ बर्ष नपुग्दै आफ्नै श्रीमान,ससुरा,सासू र देवरले गरे आरतिको हत्या त्यो पनि आरति शाहको माईति पक्ष गरिब र कमजोर भएकै कारण । मृतक कि बहिनिको भनाइ छ मेरो दिदिको हत्या हुनुभन्दा पहिले ज्ञण्रज्ञज्ञ दिन दिदी माईतिघरमै बसेकी हुन र दिदिले आमालाई एउटा राम्रो मोटरसाइकल र दराज किनिदिन आग्रह गर्नुभएको थियोे । त्यसपछि आमाले मोटरसाइकल किन्न सक्ने अवस्था नभएका कारण तत्कालका लागि दराज भनेजस्तै किनिदिने छौ भन्नुभएको थियो । तर त्यसको केही दिनमै दिदिको योजना बद्द तरिकाले हत्या गरियो दिदिको सरिरभरि डाम र चोटपटक हुदा समेत डाक्टरले पोष्टमार्टपोष्टमार्टम रिपोर्टमा त्यस्तो केही देखाएन ।अनि प्रहरी प्रसासनको अनुसन्धानमा पनि फितलो देखिन्छ हामीलाई सोधपुछ गर्न बोलाएर हाम्रो बयान समाबेश नगरीकन लिखित कागजमा साईन गर भनेपछि हामीले नगर्दा उल्टै हामीलाई प्रहरीले कुटपिट गरेकोे छ। यदि यो देशमा साच्चिकै कानुन छ भने मेरो दिदी आरति शाहले न्याय पाउनुपर्छ ।

J̲a̲n̲h̲i̲t̲m̲a̲ j̲a̲r̲i̲ s̲a̲n̲d̲e̲s̲h̲
12/06/2023

J̲a̲n̲h̲i̲t̲m̲a̲ j̲a̲r̲i̲ s̲a̲n̲d̲e̲s̲h̲

नेपाल निर्माण व्यवसाय संघ सुनसरीको सधारण सभा इनरुवा, जेठ १५ गते । नेपाल निर्माण व्यवसायी संघ सुनसरीको १६ औ वार्षिक साधार...
29/05/2023

नेपाल निर्माण व्यवसाय संघ सुनसरीको सधारण सभा

इनरुवा, जेठ १५ गते । नेपाल निर्माण व्यवसायी संघ सुनसरीको १६ औ वार्षिक साधारण सभा इनरुवामा सम्पन्न भएको छ । नेपाल निर्माण महासंघका बरिष्ठ उपाध्यक्ष एडी लामाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष लामाले निर्माण व्यवसायीलाई राज्यले संरक्षण र सम्मान गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले निर्माण व्यसायीहरुले सबै भन्दा बढी कर तिर्ने, विकट गाउँमा जोखिम मोलेर काम गर्ने भएपनि राज्यले सम्मान र संरक्षण नगरेकाले चिन्ता व्यक्त गर्नुभयो । उहाँले निर्माण व्यवसायी विना विकास सम्भव नभएकाले व्यवसायीका समस्या सम्बोधन गर्न सरकार समक्ष आग्रह गर्नुभयो । विकास आयोजना निर्माणमा राज्यकै कैयन नीति नियमले समेत ढिलाइ हुने भएपनि व्यवसायीलाई मात्रै दोष देखाउने प्रवृत्ति हटाउनुपर्ने उहाँले बताउनुभयो । महासंघका उपाध्यक्ष मोहन प्रसाद अधिकारीले निर्माण व्यवसाय क्षेत्रमा कोभिड र वर्तमान राजनीतिक परिस्थितिका कारणले गर्दा थप समस्या परेको भन्दै समस्या समाधानको लागि महासंघको वर्तमान नेतृत्व क्रियाशील रहेको बताउनुभयो ।
महासंघका महासचिव रोशन दाहालले सहज र सरल तरिकाले निर्माण सामाग्री उपलब्ध गराउन माग गर्नुभयो । सरकारले निर्माणको ठेक्का लगाउदाँ असार ३१ गतेसम्मको समय सीमा दिने तर क्रसर उद्योग र खोला असारको १ गतेबाट नै बन्द गर्ने भएकाले समस्या भएको औल्याउनुभयो । महासंघका कोशी प्रदेश अध्यक्ष जनसेवक भण्डारीले निर्माण उद्योगप्रति राज्य अनुदार रहेकोे दुखेसो पोख्नुभयो । उहाँले निर्माण व्यवसायीहरु एकिकृत र एकताको सुत्रमा बाधिएर टेण्डर कममा नहाली स्तरीय काम गर्न सकेको खण्डमा सम्मानित हुने भएकाले यसमा निर्माण व्यवसायीहरुले ध्यान दिनुपर्ने बताउनुभयो । संघका सुनसरी अध्यक्ष ऋद्धिराज कार्कीले स्थानीय तहले उपभोक्ता समितिलाई निरुत्साहित गरी इजाजत प्राप्त निर्माण व्यवसायीलाई प्रश्रय दिनुपर्ने बताउनुभयो । उहाँले एउटै र्फमले ५ वटा भन्दा बढि काम लिन नपाउने व्यवस्था गरिएकोमा निर्माण व्यवसायी महासंघलाई धन्यवाद दिदै कडाईका साथ लागु गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काग्रेंसका सुनसरी सभापती एवम् इनरुवा नगर प्रमुख केदार भण्डारीले ठेक्का लिदाँ गुणस्तरीय काम गर्ने गरि पोसाउने दरभाउँमा लिन आग्रह गर्नुभयो । ठेक्का लिनका लागि ४० देखी ६० प्रतिसतसम्म कममा लिने गरेकाले गुणनस्तर प्रति प्रश्न उठेकाले त्यसमा सुधार गर्न संघ तथा महासंघलाई आग्रह गर्नुभयो ।
संघका महासचिव तिलकराज पोखरेल(मनोहर)ले संचालन गर्नुभएको सधारण सभामा व्यवसायी विश्वनाथ ठाकुर, उधोग वाणिज्य संघ धरानका अध्यक्ष विजय श्रेष्ठ, उद्योग बार्णिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द कुमार साह लगायतले मन्तव्य राख्नुभएको थियो ।
यसैबीच अधिवेसनको बन्द सत्रले नयाँ नेतृत्व चयनको प्रकृया सुरु गर्ने समेत अध्यक्ष ऋद्धिराज कार्कीले जनाकारी दिनुभयो ।

अबैध रुपमा मैदा र चिनीको खुला तस्करी सुनसरीको लौकही नाका बन्यो तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’पछिल्लो समय धेरै हदसम्म नियन...
28/05/2023

अबैध रुपमा मैदा र चिनीको खुला तस्करी सुनसरीको लौकही नाका बन्यो तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’
पछिल्लो समय धेरै हदसम्म नियन्त्रणमा रहेको अवैध तस्करी केही समय यता सुनसरीको लौकही नाकाबाट निर्वाध रुपमा सुरु भएको छ ।सो क्षेत्रको सीमा पारी र वारीका तस्करहरूले अहिले दिनरात भारतबाट चिनी र मैदा अवैध रुपमा तस्करी माध्यमबाट लौकही भित्र्याई देशका विभिन्न मुख्य बजारहरूमा पठाउने गरेको खबर प्राप्त भएको छ ।तस्करहरूले साइकल र मोटरसाइकल लगायत पैदल मजदुरको प्रयोग गरी तस्करी गर्ने लौकही क्षेत्रमा भण्डारण गरी रातीको समयमा ठूलो सवारी साधनबाट देश भरी पठाउने र स्थानीय टेम्पुको प्रयोग गरी २४ घण्टा समान तस्करी हुँदै आएको बताइएको छ ।स्थानीय सुरक्षा निकायको पूर्ण मिलोमतोमा हुँदै आएको सो तस्करी बापत त्यहाँ स्थापित सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारी समेतले मोटो रकम नजराना बुझ्ने गरेको प्रमाण फेला परेको छ । भन्सार कर्मचारीले थोरै परिणामको प्रज्ञापन पत्र बनाई कैयन् पटक गरी ठूलो परिमाणमा तस्करी गराउन सहकार्य गर्ने गरेको तथ्य समेत फेला परेको छ ।छोटी भन्सार कार्यालय लौकहीमा कार्यरत कर्मचारीहरूले एक पटक काटी दिएको भन्सार कागजको आधारमा तस्करहरूले दैनिक २० पटक भन्दा बढी स्थानीय टेम्पुको प्रयोग गरी मालसामान गन्तव्यसम्म पुर्याउने गरेका छन् । भारतीय बजार भन्दा झन्डै ४० प्रतिशत मैदाको मूल्य नेपाली बजारमा उच्च रहेका कारण केही महिना यता देखी सुनसरीका लौकही नाकासहित अन्य दक्षिणवर्ती नाकाहरूबाट मैदाको आयत अवैध रुपमा फस्टाएको हो ।तस्करी नियन्त्रणका लागि सरकारले सक्रिय बनाएका विभिन्न निकाय नै तस्करसँग मिलोमतो गर्दा सुनसरीको लौकहीसँगै अन्य नाकाहरूबाट करोडौंको अवैध मालसामान सुनसरी हुँदै देशका विभिन्न क्षेत्रमा पुर्याउने कार्य तीब्र बनेको छ ।सुनसरीको लौकही क्षेत्रमा अपराध नियन्त्रण तथा सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीको ठूलो दस्ताका पदाधिकारीहरू र तस्कर बीचको सेटिङमै हुँदै आएको तस्करीले दैनिक सरकारले पाउनुपर्ने लाखौं बराबरको राजश्व संकलनमा समेत चुहावट गरिँदै आएको छ । तस्करहरूको समूहले लौकही नाकाबाट खुलेयाम रुपमा दैनिक रुपमा २ सय देखी ३ सय बोरा सम्म चिनी र मैदा पनि सोही परिणाममा भित्राउने गरेका छन् । भारतबाट मोटरसाइकल, साइकलको प्रयोग गरी दिन भरी लौकही सीमा क्षेत्रका घरमा अवैध मालसामान भण्डार गर्ने र त्यसपछि त्यहाँ भण्डारण गरिएका मालसामान समय अनुकूल मिलाएर अटो, टेम्पु र सिटी रिक्सामा लोड गरी भोक्राहा नरसिंह, इनरुवा हुँदै सुनसरीसहित देशभरीका बजारसम्म पुर्याउने गरेको स्रोतको दाबी छ । अहिले सो नाकाबाट चिनी, मैदा मात्र नभई अन्य सरसामान पनि तस्करीको माध्यमबाट भित्रिरहेको जनाइएको छ ।सुनसरी जिल्लामा लौकही नाकासहित अन्य नाकाहरूबाट पनि विगत लामो समय देखी भारतबाट नेपालतर्फ चिनी र मैदा तस्करी हुँदै आएको छ । भारतसँग खुल्ला सिमानाका कारण भारतबाट सुनसरी जिल्लामा अहिले दैनिक सयौं क्विन्टल चिनी र मैदा चोरी निकासी हुने गरेको छ ।सीमामा खटिएका सशस्त्र प्रहरी सीमा सुरक्षा बल, नेपाल प्रहरीको सीमा गस्ती टोली र भन्सार कर्मचारीको मिलोमतो मै सुनसरीको लौकही नाकाबाट भारतीय मालसामानको तस्करी हुने गरेको हो । तस्करहरूले झोला, पोका र ठूलठूला बोरासमेतमा राखेर भारतिय चिनी, मैदा सहित अवैध माल समान तस्करी गर्ने गरेका छन् ।लौकही सीमा नाकाको वरपर खेतमा दैनिक चिनी, मैदा लगायत अन्य माल समान तस्करी गर्ने तस्करहरूको मेला लागेको देखिन्छ । सीमा नाकामा अवस्थित गाउँका बासिन्दाहरूको भनाइ अनुसार तस्करहरूले दिनको समयमा कम गतिविधि गरे पनि रातीको बेला रातभर सीमा नाकाको गाउँहरूको बाटो हुँदै चिनी, मैदा तस्करी गर्ने गरेको र रातभरिमा ओहोरदोहोर गर्ने गरेको बताउँछन् ।
नाम प्रकाशित नगर्ने शर्तमा एकजना स्थानीय बासिन्दाले भने–लौकही नाकामा सीमा सुरक्षा, तस्करी र अवैध क्रियाकलाप नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलोमतोमा सरसामान तस्करी गर्ने कार्य भइरहेको छ ।भारतीय सीमा नाकासँग जोडिएको लौकही क्षेत्रमा प्रहरी अधिकारीले सामान ल्याउने तस्करहरूसँग सेटिङ मिलाएर भन्सार छली ल्याउने सरसामान ओसारपसारमा रकम लिएर सहयोग गर्ने गरेको उनको भनाई छ । नेपाल भारत सीमा लौकही क्षेत्रमा सञ्चारकर्मीको एक टोलीले निरीक्षण गर्दा शनिबार सशस्त्र प्रहरीले तस्करहरूसँग मिलि रकम लिएर सामान छोड्ने गरेको भेटिएको छ । सुनसान स्थानमा रहेको सीमा नाकामा अटो टेम्पु, सिटी रिक्सा, मोटरसाइकल, साइकल र पैदल सामान ओसारपसार गर्नेहरूको भीड हुने गरेको छ ।

लौकहीबाट सबैभन्दा नजिक सीमा पारिको बजार बसमतिया, बिरपुरबाट व्यापारीहरूले चिनी, मैदा, खाने तेल, मसला, किराना सामान तथा इलेक्ट्रोनिक सामान ल्याउने गरे पनि सुरक्षामा खटिएका प्रहरी जवान तथा अधिकारी उनीहरूलाई बिनाकुनै जाँच नेपाल भित्रिने अनुमति दिइरहेका छन् ।

यता सुनसरी जिल्लाका कुनै पनि क्षेत्रमा तस्करी जिरो रहेको रटान रट्दै आएको सुनसरी प्रशासन र सुरक्षा अधिकारीहरूको रटान झुटो साबित भएको छ । यसबारे शनिबार सुनसरी जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसँग विस्तृत प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरी सक्रिय रुपमा काम गरी रहेको र विगत भन्दा पछिल्लो समय तस्करी नियन्त्रण कम भएको बताइन् ।

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु  सप्तरीको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कु...
26/05/2023

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु
सप्तरीको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल राजविराजका कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ ।
विद्यालय द्धारा आयोजित हाउस वाईज क्रिकेट तुर्नामेंटमा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लागेर राजगढ गाउँपालिका (२ झुटकी हाल राजविराज नगरपालिका (५ बस्ने लक्ष्मण यादवको छोरा १५ वर्षीय पेसलान्नद यादवको आज बिहान मृत्यु भएको हो ।
राजविराज कुनौली रोडमा रहेको सो विद्यालयमा साउण्ड सिस्टम बजाउन विद्युतको पोलमा हुकिङ गर्न खोज्दा करेन्ट लागेर घाइते भएका विद्यार्थीलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा पुराएलगत्तै उनको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेश कुमार सिंहले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । यता मृतकका आफन्तले भने विद्यालयको लापर्बाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । घटनाबारे विद्यालयका प्रिन्सिपल नरेशप्रताप साहसँग बुझ्न खोज्दा समर्पक हुन सकेन ।

हनुमाननगर कंकालिनी नगरपालिकामा वडा नं ४ मधवापुर स्थिति घाँटी काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ😪😪😪 । सोमबार बिहा...
23/05/2023

हनुमाननगर कंकालिनी नगरपालिकामा वडा नं ४ मधवापुर स्थिति घाँटी काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ😪😪😪 । सोमबार बिहान सडकको छेउमा खेतमा अपरिचित शब देखेर स्थानियबासीले नजिकको प्रहरी कार्यालय भारदहको प्रहरीलाई खबर गरे । प्रहरी घटनास्थलमा पुगेर शवलाई पोस्टर्माटमको लागी अंचल अस्पताल पठाएको छ । थप जानकारी आँउन बाँकी ।

महोत्तरीमा एक मजदुरले काम गरेको ज्याला माग्दा साहु द्वारा चोरीको आरोपमा कुटपिट महोत्तरी जिल्लामा एक मजदुरले आफूले काम गर...
12/04/2023

महोत्तरीमा एक मजदुरले काम गरेको ज्याला माग्दा साहु द्वारा चोरीको आरोपमा कुटपिट

महोत्तरी जिल्लामा एक मजदुरले आफूले काम गरेको ज्याला माग्दा साहुले चोरीको आरोप लगाउँदै बीच बजारमा पोलमा बाधेर मोसो दली हाथ बाँधी कपाल मुण्डन गरी कुटपिट गर्दै अमानविय व्यवहार गरेको छ।लोहारपट्टी नगरपालिका वडा नं. ६ बस्ने २१ वर्षीय मोबारक नदाफलाई पैसा दिन्छु भनेर बोलाई सोहि ठाउँ बस्ने साहु ३४ वर्षीय कृष्णा मिश्र भन्ने आनन्द मिश्रले पैसा दिनुको सट्टा चोरीको अरोप लगाएरे लोहारपट्टी चोकमा अमानविय व्यवहार गरेको छ।पीडित नदाफका अनुसार आफूले काम गरेको ज्याला वापतको रकम रामजान पर्व पनि चलिरहेको हुँदा पटक पटक माग्दा समेत नदिएको र बीच बजारमा अमानवीय व्यवहार गरेको हो । नदाफले भने, “धेरै दिन देखि ठेकेदार मिश्र संग मैले आफ्नो ज्याला मागे तर दिन नमाने पछि रिस उठेर पैसा नदिए म ग्रिन्डर मेसिन र पंखा लैजान्छु भनेर त्यो औजारहरु घर लिएर आए । अनि चैत्र २३ गते ठेकेदारले मेरो समान लिएर आउनु म पैसा दिन्छु भनेर लोहारपट्टीको चौकस्थित शिव आश्रममा बोलाए पछि जाँदा पैसा दिनुको सट्टा चोरीको अरोप लगाउँदै पोलमा बाधेर मोसो दली हाथ बाँधी कपाल मुण्डन गरी कुटपिट गर्दै अमानविय व्यवहार गरे।”पछि स्थानीयको विरोध र प्रहरीलाई खबर गरेपछि मिश्र फरार भएका थिए भने नदाफलाई प्रहरी र स्थानीले उद्धार गरेको थियो ।
घटना पश्चात पीडित नदाफले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा चैत्र २७ गते उजुरी गरे पश्चात प्रहरीले सोहि दिन घटनामा संलग्न कृष्णा मिश्र भन्ने आनन्द मिश्रलाई प्रकाउ गरेको छ ।महोत्तरी प्रहरी प्रवक्ता डिएसपी दिलिप गिरिको अनुसार ठेकेदार मिश्रले गरेको व्यवहार अमानविय भएको हुँदा उजुरी लगतै गिफ्तार गरि कारबाही प्रकृया अगाडि बढाइएको छ।स्थानीयले मिश्रले गरेको नदाफ माथिको अमानविय व्यवहारको लागि कडा कारबाहीको माग गरेको छ ।अमानवीय अपमानजनक व्यवहार कसुरमा पाँचवर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।यता पीडि़त नदाफ ऊपर समेत अर्को पक्ष बाट चोरीको आरोप लागेको हुँदा उनलाई समेत प्रहरी ले अनुसंधान मा राखेको छ ।

07/04/2023

जनमत पाटीको अध्यक्ष डा. सि.के राउत लाई गाली गर्ने व्यक्ति लाई सजाय हुने यो देशमा कुनै प्रकारको कानुन छ कि छनै ?

किशोरीको अर्धनग्न भिडियो टिकटोकमा पोष्ट गर्ने युवक बचाउ गर्दा कुटिए जसपा जिल्ला अध्यक्ष यादव जनता समाजवादी पार्टी  का सप...
05/04/2023

किशोरीको अर्धनग्न भिडियो टिकटोकमा पोष्ट गर्ने युवक बचाउ गर्दा कुटिए जसपा जिल्ला अध्यक्ष यादव
जनता समाजवादी पार्टी का सप्तरी जिल्ला अध्यक्ष केदार यादवले आरोपितको पैरवी गर्न जाँदा कुटाई खाएको बताइएको छ । सप्तरीको महादेवा गाउँपालिका वडा नं। १ पकरीकी एक १६ बर्षिय किशोरी आफ्नै घरको कल ट्युबेल मा नुहाईरहेकी अवस्थामा सोही ठाउँ बस्ने मन्जित कुमार यादवले लुकिछिपी भिडियो बनाएर टिकटोकमा हालेपछि प्रहरीले पक्राउ गरेको थियो । किशोरी नुहाइरहेको अर्धनग्न भिडियो बनाएर टिकटोकमा हालेका यादवविरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राखेको थियो । घटनाको बारेमा अनुसन्धान चलिरहँदा जसपाका जिल्ला अध्यक्ष केदार यादवले आरोपित युवकलाई छुटाउन दबाब दिए । जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी उपर छानबिन भईरहेको अवस्थामा जिल्ला अध्यक्ष यादवले गैर–कानुनी रुपले प्रहरी उपर दबाब दिदैँ प्रहरीलाई धाकधम्की देखाउन थालेपछि प्रहरीले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।मुद्दाका प्रहरी ईन्सपेक्टर नविन थापा मगरले यस्तो संवेदनशिल मुद्दामा संवेदनशिल हुन पटक पटक आग्रह गरेपनि जिल्ला अध्यक्ष यादवले पदको दम्भ प्रदर्शन गर्दै प्रहरीमाथि गैर–कानुनी दबाब दिँदै दुरव्यवहार समेत गरेपछि प्रहरीले कुटपिट गरेको बताइएको छ । भिडियो बनाउने मन्जित यादव जसपाबाट महादेवा वडा नम्बर १ को वडा अध्यक्ष पदका प्रत्याशी मनोज यादवका छोरा हुन । आफ्नो पार्टीको भएकोले त्यस्तो संवेदनशिल घटनामा अनैतिक दबाब दिएपछि कुटाई खाएका हुन् । जिल्ला अध्यक्ष यादवलाई प्रहरीले कुटिपट गरेपछि केहीबेर नारावाजी गरेका जसपाका कार्यकर्ताहरुले उनको अनैतिक दबाब र मुद्दाबारे बुझेपछि कार्यकर्ताहरु समेत त्यहाँबाट गएका थिए ।

पूर्वमन्त्री खान लाई भारतीय गिरोहको सेक्स ट्रयापमा परे  जनमत पार्टीका नेता तथा पूर्व खानेपानी मन्त्री अब्दुल खान सेक्स ट...
05/04/2023

पूर्वमन्त्री खान लाई भारतीय गिरोहको सेक्स ट्रयापमा परे

जनमत पार्टीका नेता तथा पूर्व खानेपानी मन्त्री अब्दुल खान सेक्स ट्रयापमा परेका छन् । भारतीय गिरोहको सेक्स ट्रयापमा परेका खानको भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल भएको छ । सुरुमा युवतीको तस्बिर र नाममा फेसबुकबाट प्रवेश गरेका भारतीय गिरोहले मन्त्री खानसँग केही दिन प्रोफेसनल कुराकानी गरेपछि एकाएक ह्वाट्सएपमा सम्पर्क गरी अश्लील हर्कत सुरु गरेका थिए । त्यसपछि पूर्वमन्त्री खानले पनि अश्लील हर्कत गरेको भिडियोमा देख्न सकिन्छ । ह्वाट्सएपमा भएको भिडियो कलको स्क्रिन रेकर्ड गरी भारतीय गिरोहले पूर्वमन्त्री खानसँग रकमको बार्गेनिङ गरेको बुझिएको छ । खानले रकम दिन इन्कार गरी फेसबुकमा जोडिएका गिरोहका सदस्यलाई ब्लक गरेपछि गिरोहका सदस्यले उक्त भिडियो खानका फेसबुकमा जोडिएका अन्य व्यक्तिहरूलाई पठाएका थिए । सोही भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल बनेको छ । उक्त भिडियो के कसो भएको हो भन्ने प्रश्नमा पूर्व मन्त्री खानले सुरुमा फेसबुकमा साथी बनेर व्यवहारिक कुराकानी गरेकी ‘युवती’ले पछि ह्वाट्सएपमा भिडियो कल गरेर अश्लील भिडियो बनाएको स्वीकार गरे । पूर्वमन्त्री खानले भने, ‘मलाई भारतीय गिरोह नै हो भन्ने लाग्छ । मसँग रकमको बार्गेनिङ भने भएन । सुरुमा त्यस्तो अश्लील भिडियो थिएन, त्यो भिडियो जोडिएको हो जस्तो लाग्छ । जब पछि अश्लीलता देखाउन थालियो, त्यसपछि मैले भिडियो कल काटेर ब्लक गरेको हुँ । पूर्वमन्त्री खानले भने, ‘म यतिबेला नेपालगञ्जमा छु । यस विषयमा मैले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिसकेको छु । केही व्यक्तिहरूलाई पक्राउ पनि गरिसकिएको छ ।’पूर्वमन्त्री खानले उक्त भिडियो इडिट गरी तयार पारिएको र आफूले कुनै अश्लील हर्कत नगरेको समेत दाबी गरे । ‘अनुहार मेरो हो, तर त्यहाँ यौन अङ्ग देखाएर अश्लील बनाइएको छ, त्यो मेरो होइन । ’भारतीय र पाकिस्तानी गिरोहले सेक्स ट्रयापमा पारी ठगी र ब्ल्याकमेल गर्ने गरेको बारे विभिन्न सँचारमाध्यमहरुले समाचार प्रकाशित गरेको थियो । पूर्वमन्त्री खानलाई सम्पर्क मार्फत ब्लैकमेलिँग भएको बुझिएको छ । मन्त्री खान देखिएको भिडियोमा स्क्रीन रेकर्ड गरिरहेको प्रष्ट हेर्न सकिन्छ । अश्लिल हर्कत गरिरहेकी युवति विदेशी हुन र उनी त्यस बखत क्यामेरामा नभएर एक स्क्रीनमा चलिरहेको भिडियोलाई फोकस गरिएको देख्न सकिन्छ । भिडियो कलमा देखिएकी महिला लाईभ च्याटमा भए उनले मोबाईल कसरी समाते त रु वास्तवमा, त्यस बखत मोबाईल चलाउने पनि अर्कै व्यक्ति हुन र स्क्रीन रेकर्ड गर्दै गरेको एपको ओभरल्याप पनि हेर्न सकिन्छ । हनीट्रयाप गरी पूर्वमन्त्री खानलाई फँसाइएको देखिन्छ । ठुलो रकमको ब्लैकमेलिँग गर्न सक्ने भएपछि खानले उनीहरुलाई ब्लोक गरिदिएको छ । त्यसपछि सो गिरोहले सोही भिडियो यहाँ स्थानीय केही ग्रुपहरुमा ह्याक हानेर पोष्ट गरिदिएको छ । पूर्वमन्त्री खानको ती भिडियोको स्क्रीनसट राख्दा नै फेसबुकले ब्लोक गर्न थालेका छन् । आपत्तिजनक तस्विर राख्न नहुने भन्दै तस्ता तस्विर पोष्ट गर्नेहरुको फेसबुक अकाउण्ट डिजेबल वा ब्लोक हुन थालेको छ । फेसबुकमा ती तस्विर राख्नेहरु आकस्मिक फोटो डिलिट गरेर खाता सुरक्षित गर्न थालिएको हो ।

नवीन थापा मगरले रक्सी खाएर जिल्ला प्रहरी कार्यालय भित्रै आम जनतालाई धाक धमकी सप्तरी जिल्लाको जिल्ला प्रहरी कार्यालयमा का...
04/04/2023

नवीन थापा मगरले रक्सी खाएर जिल्ला प्रहरी कार्यालय भित्रै आम जनतालाई धाक धमकी

सप्तरी जिल्लाको जिल्ला प्रहरी कार्यालयमा कार्यरत ईन्सपेक्टर नवीन थापा मगरले रक्सी खाएर जिल्ला प्रहरी कार्यालय भित्रै आम जनतालाई धाक धमकी दिदाँ गर्दै रहेको छ । जसपा नेपालको सप्तरी अध्यक्ष केदार यादब बुझन जादा सन्की ईन्स्पेक्टर नवीन थापाले ज्यादती गरेर फाईटले हानेको छ, अध्यक्ष को टाउकोमा फुटेको छ । ईन्सपेक्टर को निलम्बनको माँग गर्दै राजबिराजमा आम जनताले प्रदर्शन गरिरहेको छ । अहिले तनाव ग्रस्त वनेको छ राजविराजको क्षेत्र ।

Address


Alerts

Be the first to know and let us send you an email when Anmol Time posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Anmol Time:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share