04/07/2025
Great Information @हिमाल साउद
🔵 📌 SEE सकेपछि Plus 2 वा CTEVT मा Admission गर्न खोज्दै हुनुहुन्छ? एकपटक मेरो अनुभव पढ्नुहोस् — तपाईंको भविष्य बच्न सक्छ। 🔵
SEE सकेपछि प्रत्येक विद्यार्थी र अभिभावकको सोच हुन्छ:
“अब राम्रो कलेज वा संस्थामा गई भविष्य बनाउने।”
तर ठ्याक्कै यही सोचका आधारमा धेरै विद्यार्थी ठगिने गरेका छन्।
आजकल कलेज/संस्था (Plus 2 होस् वा CTEVT) ले यस्तो प्रचार गर्छन्:
🌟 "100% Scholarship"
🌟 "Free Books, Uniform, Computer Training"
🌟 "Personality Development, Foreign Language, Job Guarantee"
🌟 "Tapai hāmro family ho — timro sapana hāmro zimmedari!"
सुनाउँदा लाग्छ: "जिन्दगी त सेट हुने भो नि!"
तर...
🧨 Admission पछि आउने तीतो यथार्थ:
शुरूका केही दिन सब ठीक लाग्छ।
शिक्षक, counselor, staff — सबै एकदमै मिठो व्यवहार गर्छन्।
तर पछि के हुन्छ?
🔻 Hidden charges आउन थाल्छन् —
❌ Exam form fee
❌ Lab fee / Practical fee
❌ Extra class fee
❌ Even ID card fee!
💔 मध्यम वर्गीय विद्यार्थीका लागि झनै कठिन:
जब तपाईं शुल्क ढिलो गर्नुहुन्छ, वा शुल्क तिर्न सक्नुहुन्न —
त्यसपछि सुरू हुन्छ mental torture:
➡ Gate मा रोकिन्छ
➡ “Exam dina mildaina ” भनिन्छ
➡ Friends अगाडि बेइज्जती गरिन्छ
➡ Teacher ले “tapai jasto students le yestai garchha” भनेर ignore गर्छन्
सुरुमा "Tapai hāmro family ho" भन्ने संस्था
पछाडि "Timro fee kati baaki xa?" मात्र सोध्न थाल्छ।
🧠 तपाईंले जान्नैपर्ने कुरा:
👉 यो पोस्ट मैले कुनै संस्था बदनाम गर्न होइन,
म जस्ता हजारौं मध्यम वर्गीय विद्यार्थीको प्रतिनिधित्व गर्दै लेखिरहेको छु।
✅ Admission गर्नु अघि यी कुरामा ध्यान दिनुहोस्:
1. 🔎 Fee structure कागजमा लिऊनुहोस्
2. 🔎 Refund policy छ कि छैन सोध्नुस्
3. 🔎 Late fee को policy प्रस्ट पार्नुस्
4. 🔎 Scholarship कति जना पाउँछन्? Criteria के हो?
5. 🔎 “Free” भन्ने service साँच्चिकै निःशुल्क हो कि extra charge लाग्ने?
6. 🔎 पुराना विद्यार्थी, अभिभावक वा कर्मचारीसँग सिधा अनुभव सोध्नुस्
7. 🔎 भवन, banner वा मिठो बोली हेरेर निर्णय नगर्नुहोस् — भित्रको व्यवहार बुझ्नुस्।
🙏 अन्तिम कुरा:
मध्यम वर्गीय विद्यार्थीका लागि पढाइ मात्र होइन,
सम्मान, साथ र सहानुभूति पनि चाहिन्छ।
त्यो तपाईंले ठिक Plus 2 वा CTEVT संस्था रोजेपछि मात्र पाइन्छ।
👉 तपाईंको एउटै निर्णयले तपाईंको २ व- ३र्षको भविष्य निर्धारण गर्छ।
👉 र तपाईंको एक share ले तपाईं जस्तै सयौं साथीहरूलाई सजग बनाइदिन्छ।
---