पाथिभरा माता

  • Home
  • पाथिभरा माता

पाथिभरा माता Aajako Rashifal

"सपना देख्न नडराऊ,पाथिभरा माताले हरेक चढाइमा साथ दिनुहुन्छ।ढोका ढिलो खुल्ला होला,तर खोलेपछि चमत्कार पक्कै देखिन्छ।"🔱 श्र...
26/07/2025

"सपना देख्न नडराऊ,
पाथिभरा माताले हरेक चढाइमा साथ दिनुहुन्छ।
ढोका ढिलो खुल्ला होला,
तर खोलेपछि चमत्कार पक्कै देखिन्छ।"
🔱 श्रद्धा गर, बाटो आफैं खुल्लन्छ। जय पाथिभरा माता!🌿

Wow… झापाकी श्रृङखला भट्टराईले पाथीभरा माताको २१ पटक दर्शन गर्नुभएको छ भने उहाँको १०० पटक पुराउने इच्छा रहेको छ । उहाँ भ...
24/07/2025

Wow… झापाकी श्रृङखला भट्टराईले पाथीभरा माताको २१ पटक दर्शन गर्नुभएको छ भने उहाँको १०० पटक पुराउने इच्छा रहेको छ । उहाँ भन्नुहुन्छ, "पाथीभरा माताको कृपा यति रहोस कि म ९० वर्षको उमेर हुन्जेल यसैगरी हिडेर सय पटक पुराउन पाउँ ।"🙏

तस्बिर: पाथीभरा क्षेत्र विकास समिती, Taplejung

जय पाथीभरा आमा ❣️
22/07/2025

जय पाथीभरा आमा ❣️

मंगलबारको दिनमा यस्ता क्रियाकलाप गर्नाले मनोकामना पुरा हुनुको साथै सुख,शान्ति संबृद्धी प्राप्त हुनेमंगलबारको दिनमा यस्ता...
22/07/2025

मंगलबारको दिनमा यस्ता क्रियाकलाप गर्नाले मनोकामना पुरा हुनुको साथै सुख,शान्ति संबृद्धी प्राप्त हुने

मंगलबारको दिनमा यस्ता क्रियाकलाप गरी शुभ बिहानीको सुरुवात गर्नाले मनोकाङ्छ्या प्राप्त हुनुको साथै शुख,शान्ति संबृद्धी पाईने …

मंगलबार आजका दिन दिनलाई सुख,शान्ति एव मनोकामना पुरा गर्न गणेश जीको पुजा आजा यसरी गर्नुहोस …

यहाँ शास्त्रअनुसार मंगलबारको दिन गर्न नहुनेकाम तल उल्लेख छ । सोमबार, बुधवार रशुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छभने आइतबार र बिहीबारलाई कडाबारकोश्रेणीमा राखिएको छ । मंगलबार तथा शनिबारक्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् ।

मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमायसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँगसम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुनेरातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्ततथा मज्जा मंगलसँग सम्बन्धित छ ।

मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रहमानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगतसँग हुन्छ ।

धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्नकाम बर्जित गरिएको छ । यी काम मंगलबार गर्दा

तपाइँको जीवनमा समस्या बढ्न सक्छन् । के हुन्त मंगलबारको दिन गर्न नहुने कामहरुः

मंगलबारको दिन गर्न नहुने ५ काम

१– मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तैखराव मानिन्छ । यसले सन्तानमा नकारात्मकप्रभाव पर्ने हुन्छ ।
२– मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दामानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।
३– मंगलबारको दिन माछा खाँदा तपाइँलाईआर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासुपनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षयहुन्छ ।
४– मंगलबार झगडा गर्दा बेइज्जत हुने खतराहुन्छ ।
५– मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँकोक्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ।

आजको राशिफलमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला । जिम्मेवारी भने बढि...
21/07/2025

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने देखिन्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । व्यावसायिक काममा पनि खर्च बढ्नेछ । अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गृहिणीले मानसिक तनाव, व्यापारीले घाटा, विद्यार्थीले अनावश्यक बखेडा र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । यात्रा घातक बन्न सक्छ, सचेत र सावधान भई ड्राइभिङ गर्नुपर्छ अनि लामो यात्रामा जानु हुँदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । स्वास्थ्यप्रति समेत सचेत रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । घरायसी परिबन्दका लागि चाहिने धनको जोहो हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । आज काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन । घरमा विवाद, तनाव र असमझदारी बढ्नाले निर्णयमा पुग्न सकिंदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । आत्मबलमा कमी आउने छ, निर्णय कार्यान्वयन हुन सक्दैनन् । हल्लाको भर पर्दा दुस्ख पाइने छ तर मिहिनेत गर्दा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । तर मन भावना, खेलवाड र कल्पनामा अल्मलिन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवाडप्रति मनको आकर्षण बढे पनि इच्छा पूरा गर्न सकिंदैन । रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मुखमा कमजोर चन्द्रमा रहेकाले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । विलासिताका क्षेत्रमा धन खर्चको योग छ । कामको दायित्व क्रमशः बढ्दै जानेछ । छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । नयाँ काममा हात हाल्नु उति राम्रो छैन, तर गरिआएका काममा फाइदा नै हुनेछ । पछिसम्म काम लाग्ने वस्तुको खरिदमा फाइदा हुँदैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मन उत्ताउलो बन्नेछ, निर्णयक्षमतामा कमी आउनसक्छ । चन्द्रमा भए पनि आज मित्रवर्ग र सहयोगीहरूले मनले चाहेजस्तो साथ दिन सक्ने छैनन् । पुराना र रोकिएका काम पूरा गर्न धेरै समय लाग्नसक्छ । परिश्रम र कर्तव्यपालनाका कारण फुर्सद पाउन गाह्रो हुन्छ । अध्ययन–अध्यापनको क्षेत्रमा समय निकाल्न सकिंदैन । आर्थिक पक्ष धेरै बलियो छैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ । सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला । यद्यपि श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा भए पनि आम्दानीमा कमी हुनेछैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ, आज । नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा केन्द्रित हुनाले दिन बितेको पत्तो पाइँदैन । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा हाकिम, मातापिताका साथमा चित्त नबुझ्न सक्छ । मातापिता र अभिभावकवर्गको सेवासुश्रुषामा समय दिनु राम्रो हुन्छ ।

शुक्रबार किन बसिन्छ सन्तोषी माताको व्रत ? (पूजा विधिसहित)धार्मिक आस्था राख्ने मानिसहरु बार अनुसार विभिन्न देवी देवताको न...
18/07/2025

शुक्रबार किन बसिन्छ सन्तोषी माताको व्रत ? (पूजा विधिसहित)

धार्मिक आस्था राख्ने मानिसहरु बार अनुसार विभिन्न देवी देवताको नाममा ब्रत बस्ने तथा पूजा आराधना गर्ने गर्दछन् ।

आज शुक्रबार । शुक्रबारबारका दिन सन्तोषी माताको वर्त बस्ने गरिन्छ । सन्तोषी मातालाई हिन्दु धर्ममा सन्तोष, सुख, वैभवकी माताको रुपमा पुजिन्छ ।

धार्मिक मान्यता अनुसार माता सन्तोषी भगवान गणेशकी पुत्री हुन् । सन्तोषी माताले हामीलाई सन्तोष दिएर हाम्रो जीवनमा खुसी प्रवाह गर्छिन् ।

माता सन्तोषीको व्रत तथा पूजा गर्नाले धन, सन्तान, विवाह आदि भौतिक सुख शान्ति मिल्ने विश्वास गरिन्छ । यो व्रत शुक्ल पक्षको प्रथम शुक्रबारबाट आरम्भ गरिन्छ ।

खास गरेर महिलाहरु सन्तोषी माताको ब्रत बस्छन् । माताको ब्रत भौतिक सुख प्राप्तिको लागि बस्ने गरिन्छ । सन्तोषी माताको पूजापाठ व्रत बस्दा शोक, चिन्ता, आपतविपत आइपर्दैन र धन–सम्पत्ती प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।

सुख–सौभाग्यको कामना गर्दैं लगातार १६ शुक्रबार सन्तोषी माताको ब्रत बसेपछि सन्तोषीमाताको ब्रत पूरा हुन्छ । सन्तोषी मातालाई धनकी देवी लक्ष्मीको अवतारका रुपमा समेत लिइन्छ ।

पूजा विधिका लागि आवश्यक सामग्री

सन्तोषी माताको तस्वीर
कलश
पानको पात
फूल
प्रसादका रुपमा चना तथा गुड
आरतीका लागि कपूर
अगरबत्ती
दीपक
हल्दी
कुमकुम
कलश स्थापनाका लागि नरिवल
पहेलो अक्षता

यी सामग्रीहरु तयारी पारेपछि सूर्यदय हुनुपूर्व नै उठेर घरलाई सरसफाई गर्नुस् । नुवाई धुवाई गरेर पूजा प्रारम्भ गर्नुपर्छ ।

सवैभन्दा पहिले घरको पवित्र स्थानमा सन्तोषीमाताको तस्वीर, मूर्ति, प्रतिमा राख्नुस् । उक्त तस्वीर नजिकै एक सफा भाँडोमा पानी भरेर त्यसमा चना र गुड राख्नुपर्छ । प्रतिमाको नजिक कलस राखी गाईको घ्यूको दियो, अगरबत्ती बाल्नुहोस् । पूजा सामग्रीहरु फूल, पानको पात, पहेलो अक्षता, कुमकुम, नरिवललगायत प्रतिमाको वरिपरि राख्नुस् ।

त्यसपछि सन्तोषीमाताको कथा वाचन गर्नुस् । पूजा सम्पन्न गरिसकेपछि अन्य भक्तजनहरुलाई उक्त गुड र चना प्रसादका रुपमा बाड्नुस् ।

घरलाई पवित्र बनाउन उक्त भाँडोमा भएको पानी घरका कुना कुनामा छर्नुस् । हरेक शुक्रबार (१६ शुक्रबार) सम्म यही विधि अपनाउनुपर्छ ।

जुन दिन व्रतको समापन गरिन्छ त्यो दिन ८ जना बच्चालाई खीर र पुरीको भोजन गराउनुपर्छ । यसका साथै ती बालबालिकाहरुलाई दक्षिणका साथ केरालाई प्रसादका रुपमाा ग्रहण गराउनुपर्छ ।

सन्तोषी माताको व्रत बस्ने व्रतालुले अमिलो फलफू, सागसब्जी सेवन गर्नुहुँदैन ।

आजको राशिफलमेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक कामगरि समाजमा नाम तथा द...
18/07/2025

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक कामगरि समाजमा नाम तथा दाम दुबै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसी पार्न सकिनेछ । नया काम पाउने तथा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाफा कमाउने समय रहेको छ । बिहानको समय मध्ययम रहेकोले प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाइने छ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । भौतिक सम्पतिको प्रयोग गर्दा वा सवारि साधनको प्रयोग गर्दा तथा चलाउदा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरु पढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मीत वस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । बिद्यार्थीहरुले अध्ययनमा सफलता पाउँनेछन् भने गुरुहरुको राम्रो सहयोग पाइने हुँदा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिहानको समय राम्रो रहेकोले राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्सटाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । मध्यान्हबाट सवारि साधन तथा अन्य बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पति हात लागि हुने योग रहेकोछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् । बिहानको समयमा लामो दुरिको यात्रा हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला छाति तथा श्वास प्रश्वास सम्बन्धि समस्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथिसँग थप आत्मियता बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले दिनभर परिश्रम गरेपनि न्यून कमाई हुने हुदा दैनिक गुजारा गर्न असजिलो महशुष हुनेछ । यात्रा गर्ने अवसर आएपनि गन्तब्यमा पुग्न जटिल परिस्थितिहरुको सामना गर्नुपर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाफा कमाउन सक्नेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुनालेएक अर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनालेबोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउँन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति सुदृड हुनेछ । बिहानको समयमा माया प्रेममा अबिश्वास बढ्ने तथा कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाति रहनेछ । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्निबिच अबिश्वास बढ्ने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच बिश्वासको वाताबरण बढेर जानेछ । नया कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुने हुदा पढाइ लेखाइमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । सरकारि सम्पति तथा पैत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिहानको समय राम्रो रहेकोले अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रा सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । मध्यान्हबाट मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । निति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुबाट आलोचना खप्नु पर्नेछ ।

जय पाथीभरा माता: आर्थिक वर्ष २०८१-८२ भित्र ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा ३ करोड ११ लाखभन्दा बढी भेटी संकलन भएको छ। ❤️🙏...
18/07/2025

जय पाथीभरा माता: आर्थिक वर्ष २०८१-८२ भित्र ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा ३ करोड ११ लाखभन्दा बढी भेटी संकलन भएको छ। ❤️🙏

Pic. Santosh Purkuti

पाथिभरा माताको दर्शन गरौं ।। 🙇🙏माताले सबैको कल्याण गरुन् ।🌿🕊️
16/07/2025

पाथिभरा माताको दर्शन गरौं ।। 🙇🙏
माताले सबैको कल्याण गरुन् ।🌿🕊️

असार महिनामा मात्र ४,०७८ श्रद्धालुहरूले ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा दर्शन गरेका छन्। 🙏❤️
15/07/2025

असार महिनामा मात्र ४,०७८ श्रद्धालुहरूले ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा दर्शन गरेका छन्। 🙏❤️

श्री पाथिभरा माताले हामी सबैको रक्षा गर्नुहोस् जय श्री पाथिभरा माता ।।🕉️😍😍
13/07/2025

श्री पाथिभरा माताले हामी सबैको रक्षा गर्नुहोस् जय श्री पाथिभरा माता ।।🕉️😍😍

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : तपाईंका लागि आजको दिन सामान्य छ। दैनिक काममा अवरोध हुनेछ। खानपा...
09/07/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : तपाईंका लागि आजको दिन सामान्य छ। दैनिक काममा अवरोध हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। यात्रामा समस्या हुनेछ। संकटमा आफन्तको साथ मिल्नेछ।

वृष : आजको दिन तपाईंका लागि राम्रो छ। व्यापारमा नाफा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। राजनीतिमा नियुक्तिको सम्भावना रहेको छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। लगानीका क्षेत्रबाट नाफा हुनेछ। शैक्षिक क्षेत्रमा प्रगति हुने दिन छ। तपाईंको काममा विपक्षी साथीकोसमेत साथ मिल्नेछ। आफन्तसँगको सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। कृषि सम्बन्धी व्यापारमा नाफा आर्जन गर्ने योग छ।

कर्कट : आज तपाईंका लागि दिन राम्रो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथमा गरेको काम सफल बन्ने योग छ। राजनीतिक क्षेत्रमा भन्दा तपाईंलाई व्यापारमा फाइदा हुनेछ। परिवारसँगको व्यवहार सफल बन्नेछ।

सिंह : आज तपाईंका लागि दिन सामान्य राम्रो छ। एकल भन्दा समूहिक निर्णय गर्नुपर्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीको साथमा गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर हुने योग छ।

कन्या : दिन राम्रो छ। धनलक्ष्मी योग परेकोकाले सम्पत्ति आर्जन हुनेछ। सञ्चित धन खर्च गर्ने समय छ। लगानी गर्ने भए सामूहिकतामा अगाडि बढेमा फाइदा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

तुला : दिन निकै नै राम्रो छ। विरोधी कमजोर भएकाले हरेक काममा सफलता मिल्नेछ। सामान्य अवरोध देखिए पनि कामलाई निरन्तरता दिनुपर्नेछ। संकटको समयमा परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : आज तपाईंका लागि दिन राम्रो छ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा नाफा हुने योग छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। छोटो दूरीको यात्राले मन शान्त बन्नेछ।

धनु : आजको दिन तपाईंका लागि सामान्य छ। हरेक काममा मिहिनेतको खाँचो देखिन्छ। शिक्षाका क्षेत्रमा प्रगति देख्न लामो समय संघर्ष गर्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

मकर : दिन राम्रो छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध शान्त र सुमधुर बन्नेछ।

कुम्भ : दिन राम्रो छ। आज तपाईंले गरेको व्यापारमा फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमै लगानी गर्नु उचित हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मीनः तपाईंका लागि आजको दिन सामान्य छ। जे जस्तो भए पनि दैनिक काममा रमाउनुपर्ने बाध्यता छ। संकटमा साथीको साथ मिल्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Address


Telephone

+9779840000000

Website

Alerts

Be the first to know and let us send you an email when पाथिभरा माता posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to पाथिभरा माता:

  • Want your business to be the top-listed Media Company?

Share