12/06/2025
डिभोर्सपछि एक नारी भन्छिन
"विवाहपछि जीवन रमाइलो र सुखमय हुनेछ भन्ने सपना देखेकी थिएँ। अन्ततः विवाह भयो। सुरुवातमा सबै कुरा ठीकै थियो, तर समय सधैं एउटै किसिमले बित्दैन रहेछ। विस्तारै स-साना विषयमा विवाद हुन थाल्यो। म आफूलाई सहनशील सम्झन्थें, तर व्यवहार उल्टो हुँदै गयो। छरछिमेक र आफन्तका कुरा सुनेर मैले आफ्नै श्रीमानप्रति अविश्वास गर्न थालें। उहाँले सम्भवतः बुझ्नु भएको थियो, तर कहिलेकाहीँ पुरुषहरूको मौनता 'चुप लाग्नु' भन्ने स्वभाव मेरो अहंकारलाई थप बढाइरहन्थ्यो।
एक दिन रिसले घर छोडेर माइती गएँ। पछि उहाँ लिन आउनुभयो, तर म त आफन्तको उक्साहटमा गहिरिएर फर्किन इन्कार गरें। त्यसपछि सुरु भयो झूटो आरोपको सिलसिला र अदालतसम्मको यात्रा। अन्ततः हाम्रो सम्बन्ध अन्त्य भयो।
विवाह विच्छेदपछि स्वतन्त्रताको अनुभव त गरें, तर मनभित्र एक किसिमको रिक्तता थियो, जुन कुनै 'स्वतन्त्रताले' पनि भरिन सकेन। आज मेरो पूर्व श्रीमानले पुनः विवाह गरिसक्नुभएको छ। तर मेरो मन भने भन्छ- "काश! त्यो पुरानो घर फर्कन पाएको भए, सायद जीवन अर्कै हुन्थ्यो।"
जब म अरू जोडीहरू हात समाई हिँडेको देख्छु, मेरा भित्री अनुभूतिहरू चिच्याउँछन् - "तँले के गुमाइस्, थाहा छ त?" आज म एक्लिएकी छु। ती सल्लाह दिनेहरू पनि हराएका छन्। केवल म मात्र बाँकी छु, पछुतोको भारी बोकेर ।
अब म खुलेर भन्छु - "कृपया, एकछिन मौन रही आफूलाई बुझ्ने प्रयास गर्नुहोस्। सम्बन्धको मूल्य चिन्नुहोस्। अरूका भनाइमा लागेर निर्णय नलिनुहोस्। नत्र, एक दिन तपाईं पनि मझें आफ्नै जीवनप्रति गुनासो गरिरहनु हुनेछ।"
सम्बन्धमा कहिलेकाहीं विवाद हुनु सामान्य कुरा हो। तर संवादको अभाव भने असामान्य र पीडादायी छुट्टाइ हो। सम्बन्ध जोगाउन 'माफ गर्न सक्नु' ठूलो कुरा होइन, 'सम्झन सक्ने' आँट चाहिन्छ। मसँग त्यो ऑट थिएन, र अहिले पनि त्यसकै सजाय भोगिरहेकी छु