Koshi Tappu.Khabar

Koshi Tappu.Khabar सत्य तथ्य अपडेट्स

29/07/2025
14/07/2025

गाउँ - गाउँमा सिंहदरबारको अवधारणा स्वारुप सहितको बिकास ।
यो हो सुनसरीको कोशी गाउँपालिका वाड नं ५ को बिकास फेरिस्त २०६५ साल भदौ २ गते आएको बाढीले बनेको खोला नाला बालुवाले पुरिसकेको अवस्थामा अहिले कोशी गाउँपालिका संचालनमा ल्याएको कार्यहरुको स्थलगत रिपोर्टिङ ।

13/07/2025

अफताब आलम काण्ड : जिउँदो प्रमाण भएको भन्ने व्यक्तिको यस्तो छ स्विकारोक्ती ! न्याय माथि अन्याय भएको आलम परिवारको गुनासो ।

यस्तो छ उच्च अदालत जनकपुरको पुर्ण पाठको फैसला ।

माथि विवेचित आधार र कारणबाट प्रस्तुत मुद्दामा मिति 2064/12/27 मा बम बिष्फोटको बारदात भएको भनिएकोमा सो बारदात अनुसन्धानबाट पुष्टि हुन नसकेको, सो बिषयमा जाहेरी परी अनुसन्धान भई मारिएका भनिएका व्यक्तिहरुको मृत्यु भएको भन्‍ने यकिन साथ पुष्टि हुन नसकेको भनी महान्यायाधिवक्ता कार्यालयबाट मिति 2065/03/30 मा कसै उपर मुद्दा नचलाउने गरी निर्णय गरेको देखियो। सम्मानित सर्वोच्च अदालतबाट उक्त मिति 2065/03/30 को निर्णय बदर गरी पुनः प्रमाण बुझी प्रचलित कानून बमोजिम गर्न गराउन मिति 2069/02/16 मा परमादेश जारी भई मिति 2075/12/11 मा पुनः अनसुन्धान भएको देखिन्छ। संकलित सबुद प्रमाणबाट मोहम्मद अफताब आलमको घरमा मिति 2064/12/27 मा बम बिष्फोटको बारदात बस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको, बिष्फोटको घाईते भनिएका पिन्टु भन्‍ने त्रिलोक प्रताप सिंह र ओसी अख्तरलाई ट्रयाक्टरमा हाली राजा ईट्टा भट्टामा लगी पोलेको भन्‍ने ठोस सबुद प्रमाण वादीले पेश गर्न नसकेको र विधिविज्ञान परीक्षण प्रतिवेदनबाट समेत मृतकहरुलाई ईट्टा भट्टामा पोलिएको अभियोग दावी पुष्टि हुन नसकेको अवस्थामा सुरु रौतहट जिल्ला अदालतबाट प्रतिवादीहरु मोहम्मद अफताब आलम, मोहम्मद महताब आलम, शेख सेराज भन्‍ने शेष सराज र बद्री सहनीलाई तत्काल प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धी महलको 13(3) बमोजिम कसूर ठहर गरी जन्मकैद हुने ठहर गरेको र बिष्फोटक पदार्थ ऐन, 2018 को दफा 10(1)(ख) बमोजिम जनही 1 वर्ष कैद र रू.10,000/- जरिवाना हुने ठहर गरी मिति 2081/01/13 मा भएको फैसला मिलेको नदेखिदा उल्टी भई सबै प्रतिवादीहरु मोहम्मद अफताब आलम, मोहम्मद महताब आलम, बद्री सहनी र शेख सेराज भन्‍ने शेष सराजले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ। वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन।

13/07/2025

झापाको दमकमा रास्वपाको हस्ताक्षर अभियानमा प्रहरी हस्तक्षेप

माइक प्रहरीले भाँचिदियो, प्रधानमन्त्री ओली झापामा रहुन्जेल अभियान रोक्न दबाब

10/07/2025

स्वास्थ्य परीक्षण शिविर सम्पन्न ।

सुनसरी। शान्तिपूर्ण तथा सुरक्षित समाज निर्माणका लागि "समुदाय–प्रहरी साझेदारी" कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय सुनसरीले आज हिरासतमा रहेका थुनुवाहरुको स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।

शिविरमा वरिष्ठ डाक्टर किशोर कुमार पौडेलले थुनुवाहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै भिडियो एक्सरे मेसिनद्वारा चेकजाँच गरी विभिन्न समस्या पहिचान गरेका थिए । स्वास्थ्य परीक्षणका क्रममा केही थुनुवामा सामान्य रोगको लक्षण देखिएको र आवश्यक सल्लाह, औषधि तथा थप उपचारका लागि आग्रह गरेको डा. पौडेलले जानकारी दिनुभयो ।

07/07/2025

प्रहरी चौकीमै अमानवीय व्यवहार।
सुनसरीको कोसी कटान स्थित रहेको स्थायी प्रहरि चौकीमा एक जना बालक र मानिसलाई अमानवीय व्यवहार गरेको घटना बाहिरीएको छ। घटना कटान क्षेत्रबाट साइकल चोरी गरेको आरोपमा अमानवीय व्यवहार गरेको भिडियो बाहिरीएको छ। दुई जनालाई कुरतापुर्वक
अमानवीय व्यवहार गरेको छ। शान्ति , सुरक्षा र अपराध नियन्त्रण गर्ने निकायमा केही व्यक्तिहरुले यस्तो अमानवीय व्यवहार गरेको हो। चोरलाई कानुनमा रहेको व्यवस्था बमोजिम कार्वाही हुनुमा कतै छुट छैन तर यसरी ठाडो मानव अधिकार उलंघनको धज्जी उडाएको देखिन्छ।

04/07/2025

सार्वजनिक सुनुवाइ सम्पन्न
लौकही । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ गरेको छ । गाउँपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गर्नु भएको हो । भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा र कोशी टप्पु राष्ट्रिय साप्ताहिकको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

04/07/2025

जसपा मधेस प्रदेश अध्यक्ष : अशोक यादव र सर्लाही जिल्लाका एस पि योगेन्द्र कुमार खड्काबिच गालीगलौज अडिवो। सुन्नुहोस 🤣🤣

यहि मिति २०८२ साल असार २० गते शुक्रबारका दिन भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा र कोशी टप्पु राष्ट्रिय साप्ताहिकको सह...
03/07/2025

यहि मिति २०८२ साल असार २० गते शुक्रबारका दिन भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा र कोशी टप्पु राष्ट्रिय साप्ताहिकको सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम हुन गइरहेकोले उपस्तिथिको लागि सबै सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्द्छु।

स्थान : भोक्राहा नरसिंह गाउँपालिकाको सभा हल
समय : बिहान १०:३० बजे
दिन: शुक्रबार

30/06/2025

मेलमिलापकर्ता भेला तथा पुनर्ताजकी तालिम कार्यक्रम
मुस्ताक आलम
लौकही । सुनसरीको भोक्राहा नरसिंह गाउपालिका न्यायिक समिति को आयोजनामा मेलमिलाप कर्ता भेला तथा पुनर्ताजकी कार्यक्रम शुरु भयको छ ।
न्याय सम्पादनलाई छिटो, छरितो, भरपर्दो र प्रभावकारी बनाउन मेलमिलाप कर्ताहरुको पुनर्ताजकी एबम क्षमता विकास गर्ने उद्देश्य ले आयोजना गरियको कार्यक्रम को उदघाटन कार्यक्रम का प्रमुख अतिथि एबम भोक्राहा नरसिंह गाउपलिकाका अध्यक्ष अजमल अख्तर आजादले गर्नु भएको थियो । भोक्राहा नरसिंह गाउपलिका न्यायिक समिति का संयोजक सुनिता कुमारी उराँवको अध्यक्षतामा भयको उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक युबराज खतिवडा =

30/06/2025

मेलमिलाप कर्ताहरुलाई पुर्नताजगी तालीम कार्यक्रममा बोल्नु हुँदै भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद ।

29/06/2025

किसान अबलोकन भ्रमणमा यस्तो भन्नू हुन्छ किसान ।
सुनसरीको कोशी गाउँपालिका ५ नं वडा कार्यालयको आयोजनामा अगुवा किसनहरुले सामुहिक अबलोकन गरेको छ। अबलोकन पछीको प्रतिक्रिया यस्तो छ।

Address

Sunsari
Sunsari

Telephone

+9779842057654

Website

Alerts

Be the first to know and let us send you an email when Koshi Tappu.Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Koshi Tappu.Khabar:

Share