Europe Nepali Hub

  • Home
  • Europe Nepali Hub

Europe Nepali Hub आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान हुन्छन्, हिमालको देशबाट जन्मिए पनि हामी विश्वभर आफ्नो पहिचान कायम राखौँ।

🕯️ हार्दिक श्रद्धाञ्जली 🕯️   हाम्रो नेपाली समुदायका सदस्य राजेश श्रेष्ठ(काठमाडौं–४ गोकर्णेश्वर निवासी, उमेर २९ वर्ष) स्प...
23/05/2026

🕯️ हार्दिक श्रद्धाञ्जली 🕯️

हाम्रो नेपाली समुदायका सदस्य राजेश श्रेष्ठ
(काठमाडौं–४ गोकर्णेश्वर निवासी, उमेर २९ वर्ष) स्पेनको फोर्तेभेन्तुरामा सुतिरहेको अवस्थामा भएको असामयिक निधन ।
यस दुःखद घडीमा सम्पूर्ण स्पेनवासी नेपाली समुदाय परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै, शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी कामना तथा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सबैले सकेको सहयोग ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।

स्पेनको सर्वोच्च अदालत (Tribunal Supremo) ले सरकारले सुरु गरेको करिब ५ लाख आप्रवासीलाई वैधानिकता दिने प्रक्रिया तत्काल र...
22/05/2026

स्पेनको सर्वोच्च अदालत (Tribunal Supremo) ले सरकारले सुरु गरेको करिब ५ लाख आप्रवासीलाई वैधानिकता दिने प्रक्रिया तत्काल रोक्न अस्वीकार गरेको छ।

यो माग म्याड्रिड क्षेत्रीय सरकार, Vox पार्टी तथा Hazte Oír लगायत संगठनहरूले गरेका थिए। अदालतले हालका लागि “अस्थायी रोक” आवश्यक नभएको भन्दै प्रक्रिया जारी राख्न अनुमति दिएको हो।

अदालतको अन्तिम फैसला भने पछि

स्पेनको Máx Regulación प्रक्रियाको आवेदन दिनुभएको छ कि अझै बाँकी छ?यदि आवेदन दिनुभएको छ भने:* कति जना हुनुहुन्छ?* कुन–कु...
18/05/2026

स्पेनको Máx Regulación प्रक्रियाको आवेदन दिनुभएको छ कि अझै बाँकी छ?

यदि आवेदन दिनुभएको छ भने:

* कति जना हुनुहुन्छ?
* कुन–कुन condition मा हुनुहुन्छ?
* आवेदन दिएको कति दिन/महिना भयो?
* अहिले process कहाँ पुगेको छ?
* के अपडेट छ?

सबैले आफ्नो अनुभव कमेन्टमा शेयर गरौँ है 🙏
एक-अर्काको कौतुहलता पनि मेटिन्छ र सबैलाई नयाँ अपडेट पनि थाहा हुन्छ।

स्पेनको सर्वोच्च अदालतले आप्रवासी नियमितीकरण प्रक्रिया रोक्ने मागसम्बन्धी सुनुवाइ मे २२ सम्म सारेको छ। अदालतले प्रशासनिक...
12/05/2026

स्पेनको सर्वोच्च अदालतले आप्रवासी नियमितीकरण प्रक्रिया रोक्ने मागसम्बन्धी सुनुवाइ मे २२ सम्म सारेको छ। अदालतले प्रशासनिक कारण देखाउँदै मे १३ को सुनुवाइ स्थगित गरेको हो। हाल प्रक्रिया रोकिएको छैन—केवल निर्णयको सुनुवाइ नयाँ मितिमा सारिएको हो।

वरिष्ठताको आधारमा पहिलो नम्बरमा सपना मल्ल प्रधान रहे पनि कार्यसम्पादनका आधारमा मनोज कुमार शर्मा अब्बल साबित भएका छन्। सब...
07/05/2026

वरिष्ठताको आधारमा पहिलो नम्बरमा सपना मल्ल प्रधान रहे पनि कार्यसम्पादनका आधारमा मनोज कुमार शर्मा अब्बल साबित भएका छन्। सबैभन्दा बढी मुद्दा किनारा लगाउनेहरूको सूचीमा मनोज कुमार शर्मा पहिलो स्थानमा छन् भने सपना मल्ल प्रधान सबैभन्दा कम मुद्दा किनारा लगाउनेमध्ये परेकी छन्।”

काठमाडौं — रास्वपा नेतृत्वको सरकारले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा विगतको परम्परा तोड्दै नयाँ निर्णय गरेको जनाएको ...
07/05/2026

काठमाडौं — रास्वपा नेतृत्वको सरकारले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा विगतको परम्परा तोड्दै नयाँ निर्णय गरेको जनाएको छ। सरकारले वरिष्ठताको परम्परागत अभ्यासभन्दा फरक ढंगले सिफारिस गरेको भन्दै यसलाई न्याय क्षेत्रमा सुधारको कदमका रूपमा प्रस्तुत गरेको छ।

सरकार पक्षले योग्य, सक्षम र प्रभावकारी नेतृत्व चयन गर्न यस्तो निर्णय गरिएको दाबी गरेको छ भने विपक्षी दल तथा केही कानुनविद्हरूले भने यस विषयमा पारदर्शिता र संवैधानिक प्रक्रियाबारे प्रश्न उठाएका छन्। उक्त निर्णयले राजनीतिक तथा न्यायिक वृत्तमा व्यापक बहस सुरु भएको छ।

05/05/2026

राष्ट्रपति Ram Chandra Paudel ले अन्ततः संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेका छन्।

घटनाक्रम यस्तो देखिन्छः

* सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश पहिलो पटक राष्ट्रपतिसमक्ष पठाएको थियो।
* राष्ट्रपति पौडेलले त्यसलाई पुनर्विचार गर्न भन्दै फिर्ता पठाएका थिए, किनकि यसको केही प्रावधान—विशेषगरी बैठकको कोरम र निर्णय प्रक्रियासम्बन्धी विषय—विवादित मानिएको थियो।
* त्यसपछि मन्त्रिपरिषद्ले कुनै संशोधन नगरी फेरि उही अध्यादेश राष्ट्रपतिसमक्ष पठायो।
* मंगलबार राष्ट्रपति पौडेलले दोस्रो पटक आएको सिफारिसअनुसार अध्यादेश जारी गरे।

किन विवाद भइरहेको छ?

विपक्षी दलहरू र केही संवैधानिक विज्ञहरूले सरकारले संसदलाई छलेर अध्यादेशमार्फत संवैधानिक निकायहरूमा नियुक्ति गर्न खोजेको आरोप लगाइरहेका छन्। विशेषगरी, संवैधानिक परिषद्को निर्णय प्रक्रिया सहज बनाएर सरकारलाई नियुक्तिमा बढी नियन्त्रण दिन खोजिएको भन्ने आलोचना छ।

अब के हुन्छ?

यो अध्यादेश लागू भएपछि सरकारले विभिन्न संवैधानिक निकायहरूमा रिक्त पदपूर्ति प्रक्रिया अगाडि बढाउन सक्छ। तर, यसले राजनीतिक बहस र सम्भावित कानुनी चुनौती अझ बढाउने संकेत देखिएको छ।

पोर्चुगलको नागरिकता कानूनमा नयाँ परिवर्तनपोर्चुगलका राष्ट्रपति António José Seguro ले मे ३, २०२६ मा नयाँ नागरिकता कानूनम...
04/05/2026

पोर्चुगलको नागरिकता कानूनमा नयाँ परिवर्तन

पोर्चुगलका राष्ट्रपति António José Seguro ले मे ३, २०२६ मा नयाँ नागरिकता कानूनमा हस्ताक्षर गरेका छन्। नयाँ व्यवस्था अनुसार अब अधिकांश विदेशी नागरिकले पोर्चुगलको नागरिकता आवेदन दिन कम्तीमा १० वर्ष कानुनी रूपमा बसेको हुनुपर्नेछ, जबकि यसअघि यो अवधि ५ वर्ष थियो।

नयाँ नियमअनुसार १० वर्षको अवधि पहिलो पटक रेसिडेन्स कार्ड (TRC) प्राप्त गरेको मितिबाट गणना गरिनेछ। साथै, पोर्चुगिज भाषा A2 स्तरको योग्यता र पोर्चुगलको इतिहास तथा संस्कृतिसम्बन्धी नागरिक ज्ञान परीक्षा पनि अनिवार्य गरिएको छ।

यद्यपि नागरिकता प्राप्त गर्न लाग्ने समय बढाइए पनि ५ वर्षपछि स्थायी बसोबास अनुमति (Permanent Residency) पाउने व्यवस्था भने यथावत राखिएको छ।

🇳🇵 राष्ट्रियताको आवाज: सम्झौताहीन स्वाभिमान! 🇳🇵"हाम्रो भूमि, हाम्रो गर्व!"• सत्य: कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाल...
04/05/2026

🇳🇵 राष्ट्रियताको आवाज: सम्झौताहीन स्वाभिमान! 🇳🇵
"हाम्रो भूमि, हाम्रो गर्व!"
• सत्य: कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न अंग हो र सधैं रहनेछ।
• अडान: ऐतिहासिक प्रमाण र दस्ताबेज नै हाम्रो शक्तिका आधार हुन्।
• ऐक्यबद्धता: राष्ट्रिय सार्वभौमिकताको रक्षाका लागि संसारभरका नेपाली एक छौँ।

सरकार छ...
04/05/2026

सरकार छ...

कैलाश मानसरोवर यात्राबारे भारतको धारणा ।
03/05/2026

कैलाश मानसरोवर यात्राबारे भारतको धारणा ।

Address


Telephone

+9779844568264

Website

Alerts

Be the first to know and let us send you an email when Europe Nepali Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Europe Nepali Hub:

  • Want your business to be the top-listed Media Company?

Share