Korala Khabar

Korala Khabar News only

बडिगाडमा पहिरो: बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध, सात जिल्लाको यातायात प्रभावितबडिगाड गाउँपालिका–२ खर्बाङमा गएको पहिरोका कार...
08/08/2025

बडिगाडमा पहिरो: बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध, सात जिल्लाको यातायात प्रभावित

बडिगाड गाउँपालिका–२ खर्बाङमा गएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गतको बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ। सडक बन्द हुँदा रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङका यात्रु पोखरा, काठमाडौंलगायतका गन्तव्यमा पुग्न असमर्थ भएका छन्। लगातारको वर्षाले सडक खुलाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

#सडकअवरुद्ध #बुर्तिबाङसडक #पहिरोखतरा

मसोट खोलाको डाइभर्सन बग्दा सडक अवरुद्ध
08/08/2025

मसोट खोलाको डाइभर्सन बग्दा सडक अवरुद्ध

दाङको लमही–घोराही सडकखण्डमा पर्ने मसोट खोलाको डाइभर्सन बाढीले बगाएपछि सवारी आवागमन पुनः अवरुद्ध भएको छ। शुक्रब...

साओमीका ६ नयाँ स्मार्ट टिभी नेपाली बजारमा: मूल्य ३० हजारदेखि २ लाखसम्मसाओमीले नेपाली बजारमा विभिन्न साइज र प्रविधियुक्त ...
07/08/2025

साओमीका ६ नयाँ स्मार्ट टिभी नेपाली बजारमा: मूल्य ३० हजारदेखि २ लाखसम्म

साओमीले नेपाली बजारमा विभिन्न साइज र प्रविधियुक्त ६ मोडलका स्मार्ट टेलिभिजनहरू सार्वजनिक गरेको छ। ३२ इन्चको एचडी मोडलदेखि लिएर ६५ इन्चको क्युएलईडी प्रिमियम टिभीसमेत उपलब्ध छन्। मूल्य ३०,००० देखि २,००,००० रुपैयाँसम्म तय गरिएको छ। साओमीको टिभीहरू डल्बी अडिओ, फोरके रिजोल्युसन, गुगल टिभी, र मेटल डिजाइनसहितको आकर्षक फिचरमा आधारित छन्।

#साओमीनेपाल

सामसङ ग्यालेक्सी वाच ८ सिरिज नेपाली बजारमा सार्वजनिक, सुरु मूल्य रु. ५४,९९९सामसङले नेपाली बजारमा ग्यालेक्सी वाच ८ सिरिज ...
07/08/2025

सामसङ ग्यालेक्सी वाच ८ सिरिज नेपाली बजारमा सार्वजनिक, सुरु मूल्य रु. ५४,९९९

सामसङले नेपाली बजारमा ग्यालेक्सी वाच ८ सिरिज सार्वजनिक गरेको छ। यस अन्तर्गत ग्यालेक्सी वाच ८ र ग्यालेक्सी वाच ८ क्लासिक भित्रिएका छन्। यी स्मार्टवाचहरूमा ३ नानोमिटरको पाँच-कोर प्रोसेसर, एआई-समर्थित निद्रा विश्लेषण, भास्कुलर लोड ट्र्याकिङ, एन्टिअक्सिडेन्ट मापन, रनिङ म्याट्रिक्स, Vo2Max सुविधा, र नयाँ वन यूआई ८ अनुभव उपलब्ध छन्।

मूल्यहरू:

ग्यालेक्सी वाच ८ (४०mm): रु. ५४,९९९
ग्यालेक्सी वाच ८ (४४mm): रु. ५९,९९९
ग्यालेक्सी वाच ८ क्लासिक: रु. ७४,९९९

स्वास्थ्य ट्र्याकिङ, आरामदायी स्ट्र्याप र स्मार्ट सुविधासहित वाच ८ सिरिज सामसङको अहिलेसम्मकै सबैभन्दा उन्नत वाच मानिन्छ।

ललितपुरमा केटा साथीको घरमा गएकी किशोरीको मृत्यु
07/08/2025

ललितपुरमा केटा साथीको घरमा गएकी किशोरीको मृत्यु

ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीमा केटा साथीको घरमा गएकी एक १८ वर्षीया किशोरीको मृत्यु भएको छ । प्रह.....

सर्लाहीमा छुरा प्रहारबाट तीन जना घाइते
07/08/2025

सर्लाहीमा छुरा प्रहारबाट तीन जना घाइते

सर्लाहीको बलरा नगरपालिका–१ मा दुई समूहबीच मदिरा सेवनका क्रममा भएको विवाद झडपमा परिणत हुँदा एक समूहले अर्को समूह....

विद्यालय शिक्षा विधेयकमाथि पुनः छलफल, विद्यालय व्यवस्थापन समिति र अभिभावक संघ कायमै राख्ने सहमतिशिक्षा, स्वास्थ्य तथा प्...
07/08/2025

विद्यालय शिक्षा विधेयकमाथि पुनः छलफल, विद्यालय व्यवस्थापन समिति र अभिभावक संघ कायमै राख्ने सहमति

शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा बिहीबार विद्यालय शिक्षा विधेयकमाथि पुनः छलफल सुरु भएको छ। छलफलमा विद्यालय व्यवस्थापन समिति (विव्यस) र अभिभावक संघलाई विधेयकमा पुनः राख्ने सहमति जुटेको हो। परामर्श उपसमितिले यसबारे सहमति जुटाई समितिका सभापति अम्मरबहादुर थापामार्फत बैठकमा प्रस्ताव प्रस्तुत गरेको छ। यससँगै शिक्षक बढुवामा कार्यक्षमता मूल्याङ्कन, जेष्ठता र आन्तरिक प्रतियोगिता गर्ने गरी तीनवटा प्रस्ताव पनि समितिमा पेस गरिएको छ।

#विद्यालयशिक्षाविधेयक #शिक्षासमिति #विव्यस #अभिभावकसंघ #शिक्षकबढुवा #शिक्षासुधार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
07/08/2025

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरि.....

बारामा फलामले लागेर क्रेन अपरेटरको मृत्यु
07/08/2025

बारामा फलामले लागेर क्रेन अपरेटरको मृत्यु

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा फलामले लाग्दा एक क्रेन अपरेटरको मृत्यु भए....

आज कुन सागसब्जी र फलफूलको मूल्य कति ?
07/08/2025

आज कुन सागसब्जी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार...

डा. बाबुराम भट्टराईले भैरहवा कारागारमा भेटे रवि लामिछानेलाई, थुनामुक्ति र न्यायको मागनेपाल समाजवादी पार्टीका अध्यक्ष एवं...
07/08/2025

डा. बाबुराम भट्टराईले भैरहवा कारागारमा भेटे रवि लामिछानेलाई, थुनामुक्ति र न्यायको माग

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भैरहवा कारागारमा रास्वपा सभापति रवि लामिछानेलाई भेटेर थुनामुक्ति र न्यायको माग गरे। उनले लामिछानेलाई थुनामा राख्नु उचित नभएको भन्दै जमानतमा छुटाएर मुद्दा लड्न दिनुपर्ने बताए। कारागारमा पत्रपत्रिका नपठाइएर सूचनाबाट बञ्चित गरिएको र कोठा साँघुरो भएको कुरा पनि भट्टराईले माथिल्लो निकायमा उजागर गर्ने प्रतिबद्धता जनाए।

#बाबुरामभट्टराई #रविलामिछाने #भैरहवाकारागार #राजनीतिकन्याय #थुनामुक्ति #नेपालसमाजवादीपार्टी #नयाँशक्ति #राजनीति #मानवअधिकार

एसपी नवीनकृष्ण भण्डारीको अनिवार्य अवकाश अघि नै राजीनामा, विदेश जाने चर्चा३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान ...
07/08/2025

एसपी नवीनकृष्ण भण्डारीको अनिवार्य अवकाश अघि नै राजीनामा, विदेश जाने चर्चा

३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका प्रहरी उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीले निर्धारित मितिभन्दा तीन दिनअघि १८ साउनमा राजीनामा दिएका छन्। प्रहरी जवानबाट सेवा सुरु गरेका भण्डारीले घरायसी कारण देखाएर राजीनामा दिएको जनाइएको छ। तर, उनले विदेश जान लागेको भन्दै राजीनामालाई लिएर विभिन्न अड्कलहरू चलिरहेका छन्। उनी राजीनामा दिएपछि खाली भएको पदमा डीएसपी वीरेन्द्र थापाको बढुवा सिफारिस गरिएको छ।

#प्रहरीसेवा #अनिवार्यअवकाश #राजीनामा

Address

Pokhara 10
Pokhara

Alerts

Be the first to know and let us send you an email when Korala Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Korala Khabar:

Share